Danish

Nepali

Luke

10

1Men derefter udvalgte Herren også halvfjerdsindstyve andre og sendte dem ud to og to forud for sig, til hver By og hvert Sted, hvorhen han selv vilde komme.
1त्यसपछि, प्रभु येशूले 72 जना मानिसहरूलाई छान्नु भयो। उहाँले तिनीहरूलाई दुई दुई जनाको दल बनाई आफू जुन जुन शहर र ठाउँहरू जान चाहनुहुन्थ्यो ती ठाउँहरूमा आफ्नो अगुवा बनाई पठाउनु भयो।
2Og han sagde til dem: "Høsten er stor, men Arbejderne ere få; beder derfor Høstens Herre om, at han vil sende Arbejdere ud til sin Høst.
2येशूले भन्नु भयो, “फसल त धेरै छ, तर खेतालाहरू कम्ती छन्। यसर्थ फसलका प्रभुलाई प्रार्थना गर ताकि उहाँले आवश्यकता अनुसार खेतालाहरू पठाउन सकुन्।
3Går ud! Se, jeg sender eder som Lam midt iblandt Ulve.
3अब तिमीहरू जानसक्छौ। तर सुन! म तिमीहरूलाई पठाउँदैछु, अनि तिमीहरू ब्वाँसोहरू माझ भेडा जस्तै हुनेछौ।
4Bærer ikke Pung, ikke Taske, ej heller Sko; og hilser ingen på Vejen!
4पैसा, झोला जुत्ता केही साथमा नलैजाऊ। बाटो हिंडदा मानिसहरूसंग बोल्न नछाड।
5Men hvor I komme ind i et Hus, siger der først: Fred være med dette Hus!
5कसैको घरमा पस्न अघि, भन, यस घरमा तिमीहरूलाई शान्ति होस्।’
6Og er der sammesteds et Fredens Barn, skal eders Fred Hvile på ham; men hvis ikke, da skal den vende tilbage til eder igen.
6यदि शान्तिप्रिय मानिस त्यहाँ छ भने, तिमीहरूको शान्तिको आशीर्वाद उहीसंग रहनेछ। यदि त्यहाँ शान्तिप्रिय मानिस छैन भने तिमीहरूको शान्तिको आशीर्वाद तिमीहरूसँगै फिर्ता हुनेछ।
7Men bliver i det samme Hus, spiser og drikker, hvad de have; thi Arbejderen er sin Løn værd. I må ikke flytte fra Hus til Hus
7शान्त घरमा बस, मानिसहरूले जे खाना-पिउन दिन्छन्, खाऊ। किनभने कर्मचारीले आफ्नो ज्याला पाउनु योग्यको हुन्छ। अर्को घरमा बस्नलाई पहिलो घर नछोड।
8Og hvor I komme ind i en By. og de modtage eder, spiser der, hvad der sættes for eder;
8यदि तिमीहरू शहरमा जान्छौ र मानिसहरूले त्यहाँ स्वागत गर्छन् भने, तिनीहरूले जे खानेकुरा दिन्छन् खाऊ।
9og Helbreder de syge, som ere der, og siger dem: Guds Rige er kommet nær til eder.
9त्यस ठाँउका बिमारीहरूलाई निको पार। अनि तिनीहरूलाई भन, परमेश्वरको राज्य तिमीहरूको नजिक आएको छ।’
10Men hvor I komme ind i en By og de ikke modtage eder, der skulle I gå ud på dens Gader og sige:
10तर जब तिमीहरू शहरमा जान्छौ, अनि मानिसहरूले त्यहाँ तिमीहरूको स्वागत नगरे, शहरको गल्लीहरूमा आऊ अनि भन,
11Endog det Støv, som hænger ved vore Fødder fra eders By, tørre vi af til eder; dog dette skulle I vide, at Guds Rige er kommet nær.
11तिमीहरूको विरोधमा हाम्रा पइतालामा टाँसिएको तिम्रो शहरको धूलो समेत टक्टकाएर जाँदैछौ। तर यो याद राख्नु परमेश्वरको राज्य नजिकै आएको छ।’
12Men jeg siger eder, det skal gå Sodoma tåleligere på hin Dag end den By.
12म तिमीहरूलाई भन्छु, न्यायको दिन त्यो शहरका मानिसहरूको अवस्था सदोमका मानिसहरूको भन्दा अझ असहनीय हुनेछ।
13Ve dig, Korazin! ve dig, Bethsajda! thi dersom de kraftige Gerninger, som ere skete i eder, vare skete i Tyrus og Sidon, da havde de for længe siden omvendt sig, siddende i Sæk og Aske.
13“ए खोराजिन! तँलाई धिक्कार छ! ए बेत्सैदा! तँलाई धिक्कार छ। मैले तिमीहरूमा धेरै चमत्कारहरू गरें। यदि त्यही चमत्कारहरू टायर र सीदोनमा गरिएको भए, त्यहाँका मानिसहरूले आफ्नो जीवनशैली अघि नै परिवर्तन गरिसकेका हुन्थे। अनि तिनीहरूले पाप गर्न छोडिसकेका हुन्थे। तिनीहरूले अघि नै शरीरमा भाँग्रा लगाएर र खरानी धसेर आफ्नो पापहरूको निम्ति पश्चात गरी सकेका हुन्थे।
14Men det skal gå Tyrus og Sidon tåleligere ved Dommen end eder.
14तर न्यायको दिनमा टायर र सायडनका मानिसहरूका अवस्था भन्दा तिमीहरूको अवस्था अझ सहनीय हुनेछ।
15Og du, Kapernaum, som er bleven ophøjet indtil Himmelen, du skal nedstødes indtil Dødsriget.
15ए कफर्नहुम तिमी स्वर्गमा उचालिने छौ? अँहँ! तिमीलाई पनि मृत्यूको ठाउँमा खसालिनेछ।
16Den, som hører eder, hører mig, og den, som foragter eder, foragter mig; men den, som foragter mig, foragter den, som udsendte mig."
16“उ जसले तिमीलाई सुन्छ भने मलाई सुनेको हुन्छ।तर उ जसले तीमीलाई अस्वीकार गर्छ, मलाइ ग्रहण गर्न अस्वीकार गरेको हुन्छ। अनि जसले मलाई ग्रहण गर्न अस्वीकार गर्छ, त्यसले उहाँ एक जसले मलाई पठाउन भयो, उहाँलाई अस्वीकार गरेको हुन्छ।”
17Men de halvfjerdsindsfyve vendte tilbage med Glæde og sagde: "Herre! også de onde Ånder ere os lydige i dit Navn."
17जब ती सत्तरी जना मानिसहरू फर्केर आए, तिनीहरू खुबै खुशी थिए। तिनीहरूले भने, “हे प्रभु, जब तपाईंको नाउँ हामीले आदेश दियौ भूतहरूले पनि हाम्रो आज्ञा माने!”
18Men han sagde til dem: "Jeg så Satan falde ned fra Himmelen som et Lyn.
18येशूले तिनीहरूलाई भन्नुभयो, “मैले शैतानलाई स्वर्गबाट बिजुली चम्के झैं खसिरहेको देखें।
19Se, jeg har givet eder Myndighed til at træde på Slanger og Skorpioner og over hele Fjendens Magt, og slet intet skal skade eder.
19सुन, मैले तिमीहरूलाई साँपहरू र बिच्छीहरूलाई कुल्चने शक्ति दिएकोछु। मैले तिमीहरूलाई शत्रुहरूको सबै शक्तिमाथि आधिकार दिएकोछु। अनि कसैले तिमीहरूलाई हानी पुर्याउँने छैन।
20Dog, glæder eder ikke derover, at Ånderne ere eder lydige; men glæder eder over, at eders Navne ere indskrevne i Himlene."
20तर ती आत्माहरू तिमी हरूको आज्ञालाई पालन गर्दछन् भनेर तिमीहरू खुशी हुनु हुँदैन। बरू तिमीहरूको नाम स्वर्गमा लेखिएको छ भनी तिमीहरू खुशी होऊ।” मत्ती
21I den samme Stund frydede Jesus sig i den Helligånd og sagde: "Jeg priser dig, Fader, Himmelens og Jordens Herre! fordi du har skjult dette for vise og forstandige og åbenbaret det for umyndige. Ja, Fader! thi således skete det, som var velbehageligt for dig.
21त्यसपछि येशूलाई पवित्र आत्माले अत्यन्त खुशी बनायो। उहाँले भन्नुभयो, “हे पिता! स्वर्ग र पृथ्वीका परमप्रभु! म तपाईंलाई धन्यवाद चढाउँछु। म तपाईंको प्रसंशा गर्छु कि बुद्धिमान र समझदार मानिसहरूबाट तपाईंले यी कुराहरू लुकाएर राख्नु भएको छ। तर तपाईंले यी कुराहरू ती बालकहरू सरहका सरल मानिसहरूमा देखाइदिनु भयो। हो पिता, तपाईंले यसो गर्नुभयो किनभने त्यो तपाईंको रूचि थियो।
22Alle Ting ere mig overgivne af min Fader; og ingen kender, hvem Sønnen er, uden Faderen, og hvem Faderen er, uden Sønnen og den, for hvem Sønnen vil åbenbare ham."
22“मेरा पिताले मलाई सब थोकहरू दिनुभएकोछ। कसैले जान्दैन कि पुत्र को हो-केवल पिताले मात्र जान्नुहुन्‌छ। अनि पिता को हुन, कसैले जान्दैन केवल पुत्रलाई मात्र थाहा छ। मानिसहरूमा पितालाई तिनीहरूले जान्दछन् जसलाई पुत्रले बताउन खोजोको छ।”
23Og han vendte sig til Disciplene og sagde særligt til dem: "Salige ere de Øjne, som se det, I se.
23त्यसपछि येशू एक्लै आफ्ना चेलाहरूसंग हुनु हुन्थ्यो, उहाँ तिनीहरू पट्टि र्फकनु भयो अनि भन्नुभयो, “तिमीहरू धन्य हौं। जो तिमीहरूले देख्दैछौ।
24Thi jeg siger eder, at mange Profeter og Konger have ville se det, I se, og have ikke set det, og høre det, I høre, og have ikke hørt det."
24म तिमीलाई भन्छु, धेरै अगमवक्ताहरू अनि राजाहरूले यो हेर्न चाहन्थे जो तिमीहरूले देखिरहेकाछौ, तर तिनीहरूले यी बस्तुहरू देखेनन्। अनि धेरै अगमवक्ताहरू र राजाहरू, सुन्न चहान्थे तर तिनीहरूले ती सुनेनन्।”
25Og se, en lovkyndig stod op og fristede ham og sagde: "Mester! hvad skal jeg gøre, for at jeg kan arve et evigt Liv?"
25त्यसपछि एकजना व्यवस्थाका शास्त्री त्यहाँ खडा भए अनि तिनले येशूलाई जाँच्ने चेष्टा गरे। तिनले भने, “हे गुरुज्यु, मैले अनन्त जीवन पाउनलाई के गर्नुपर्छ?”
26Men han sagde til ham: "Hvad er der skrevet i Loven, hvorledes læser du?".
26येशूले तिनलाई भन्नुभयो, “व्यावस्था के लेखिएको छ? तिमीले त्समा के पढछौ?
27Men han svarede og sagde til ham: "Du skal elske Herren din Gud af hele dit Hjerte og med hele din Sjæl og med hele din Styrke og med hele dit Sind, og din Næste som dig selv."
27त्यस मानिसले भन्यो, “तिमीले परमप्रभु तिम्रो परमेश्वरलाई आफ्नो सारा हृदय, सारा आत्मा सारा शक्ति अनि सारा मनबाट प्रेम गर्नु पर्छ। अनि तिमीले आफैलाई जस्तो अरू मानिसहरूलाई पनि प्रेम गर्नुपर्छ।’ “
28Men han sagde til ham: "Du svarede ret; gør dette, så skal du leve."
28येशूले त्यस मानिसलाई भन्नुभयो, “तिम्रो उत्तर सही छ। त्यही गर अनि तिमीले अनन्त जीवन पाउनेछौ।”
29Men han vilde gøre sig selv retfærdig og sagde til Jesus: "Hvem er da min Næste?"
29त्यस मानिसले उहाँको प्रश्नलाई सिद्ध गर्न चाहनन्थ्यो। यसर्थ उसले येशूलाई भन्यो, “तर ती मानिसहरू को हुन् जसलाई मैले प्रेम गर्नु पर्छ?”
30Men Jesus svarede og sagde: "Et Menneske gik ned fra Jerusalem til Jeriko, og han faldt iblandt Røvere, som både klædte ham af og sloge ham og gik bort og lod ham ligge halvdød.
30यसको उत्तर येशूले भन्नुभयो, “एकजना मानिस यरूशलेमदेखि यरिको गइरहेको थियो। केही डाँकूहरूले तिनलाई घेरे। तिनीहरूले तिनको लुगा च्याते अनि कुटे। त्यसपछि त्यो मानिसलाई त्यहीं भुँईमा लडाएर छोडिराखे। त्यो मानिस प्रायः मरिसकेको थियो।
31Men ved en Hændelse gik en Præst den samme Vej ned, og da han så ham, gik han forbi.
31संयोगवश एकजना यहूदी पूजाहारी त्यही समय त्यो बाटोमा गइरहेका थिए। त्यो पूजाहारीले जब उसलाई देखे, तिनी त्यस मानिसलाई मदत गर्न रोकिएनन् तिनी हिंडिनै रहे।
32Ligeså også en Levit; da han kom til Stedet, gik han hen og så ham og gik forbi.
32एकजना लेवी पनि त्यही बाटो आयो। उसले त्यस घाइते मानिसलाई देख्यो, तर उ अर्को पट्टि लाग्यो।
33Men en Samaritan, som var på Rejse, kom til ham, og da han så ham, ynkedes han inderligt.
33त्यसपछि एकजना सामरी त्यही बाटोमा आए। तिनी त्यो घाइते मानिसलाई देखे तिनलाई त्यो मानिसमाथि दया जाग्यो।
34Og han gik hen til ham, forbandt hans Sår og gød Olie og Vin deri, løftede ham op på sit eget Dyr og førte ham til et Herberge og plejede ham.
34सामरी त्यस मानिस भएकहाँ गए अनि जैतूनको तेल र दाखरस लगाएर उसको चोटहरूमा पट्टि बाँधिदिए। तब तिनले त्यो घाइते मानिसलाई गधामा चढाए अनि एउटा पौवामा लिएर गए। त्यस मानिसको स्याहार गरे।
35Og den næste Dag tog han to Denarer frem og gav Værten dem og sagde: Plej ham! og hvad mere du lægger ud, vil jeg betale dig, når jeg kommer igen.
35अर्को दिन, त्यो सामरीले दुइवटा चाँदीको सिक्का पौवाको मालिकलाई दिए। सामरीले भने, यो मानिसको हेरचाह गरिदिनुहोस्। यदि यस मानिसमाथि अझै तिमीले खर्च गरे, म फर्केर आँउदा तिर्नेछु।”‘
36Hvilken af disse tre tykkes dig nu at have været hans Næste, der var falden iblandt Røverne?"
36त्यसपछि येशूले भन्नुभयो, “यी तीन जना मध्ये डाकूहरूले घाइते बनाएको मानिसलाई कसले प्रेम दर्शायो?”
37Men han sagde: "Han, som øvede.Barmhjertighed imod ham." Og Jesus sagde til ham: "Gå bort, og gør du ligeså!"
37व्यवस्थाको शास्त्रीले उत्तर दिए, “त्यसैले जसले त्यो मानिसलाई मद्दत गरे।” येशूले तिनलाई भन्नुभयो, “तिमी पनि जाऊ अनि त्यसै गर।”
38Men det skete, medens de vare på Vandring, gik han ind i en Landsby; og en Kvinde ved Navn Martha modtog ham i sit Hus.
38जब येशू र उहाँका चेलाहरू जाँदै थिए, येशू एउटा शहर भित्र पस्नुभयो। मार्था नाउँ गरेकी एउटी स्त्रीले उहाँलाई आफ्नो घरमा सत्कार गरिन्।
39Og hun havde en Søster, som hed Maria, og hun satte sig ved Herrens Fødder og hørte på hans Tale.
39मार्थाको एउटी मरियम नाउँ गरेकी बहिनी थिइन्। मरियम येशूको पाऊ नेर बसेर उहाँको वचन सुनिरहेकी थिई। तर उसको दिदी मार्थ चाँहि घरको काममा नै व्यस्त थिइन्।
40Men Martha havde travlt med megen Opvartning; og hun kom hen og sagde: "Herre! bryder du dig ikke om, at min Søster har ladet mig opvarte ene? Sig hende dog, at hun skal hjælpe mig."
40मार्थाले धेरै काम गर्नु पर्दा रिसाउँथी। मार्थाले गएर भनी, “हे प्रभु! मेरो बहिनीले मलाई एक्लै घर धन्धामा छोडेकोमा तपाईं व्याकुल हुनु हुन्न? दया गरी त्यसलाई भनिदिनोस् त्यसले मलाई मदत गरोस्।”
41Men Herren svarede og sagde til hende: "Martha! Martha! du gør dig Bekymring og Uro med mange Ting;
41अनि प्रभुले त्यसलाई भन्नुभयो, “मार्था, मार्था, तिमीले धेरै कुराको विषयमा चिन्ता र फिक्री गर्दी रहेछौ।
42men eet er fornødent. Maria har valgt den gode Del, som ikke skal tages fra hende."
42एउटा कुरा चाँहि महत्वपूर्ण हुन्छ। मरियमले आफ्नो लागि कुन असल हो त्यो छानेकी छे अनि त्यो ऊबाट कहिल्यै खोसिनेछैन्।”