Danish

Nepali

Luke

9

1Men han sammenkaldte de tolv og gav dem Magt og Myndighed over alle de onde Ånder og til at helbrede Sygdomme.
1येशूले बाहजना प्रेरितहरूलाई एक साथमा बोलाउनु भयो। उहाँले बिमारीहरूलाई निको पार्ने र भूतहरूलाई भगाउने शक्ति र अधिकार तिनीहरूलाई दिनुभयो।
2Og han sendte dem ud for at prædike Guds Rige og helbrede de syge.
2येशूले तिनीहरूलाई परमेश्वरको राज्यको बारेमा घोषणा गर्नु बिमारीहरू र रोग निको पार्न बाहिर पठाउनु भयो।
3Og han sagde til dem: "Tager intet med på Vejen, hverken Stav eller Taske eller Brød eller Penge, ej heller skal nogen have to Kjortler.
3उहाँले प्रेरितहरूलाई भन्नुभयो, “जब कतै हिंडदछौ, साथमा लौरो, खानेकुरा, झोला र पैसा रूपियाँ केही नलैजाऊ।
4Og hvor I komme ind i et Hus, der skulle I blive og derfra drage bort.
4कुनै घरमा गयौ भने फर्किने समय नभएसम्म त्यहीं बस।
5Og hvor som helst de ikke modtage eder, fra den By skulle I gå ud og endog ryste Støvet af eders Fødder til Vidnesbyrd imod dem."
5यदी शहरका मानिसहरूले तिमीहरूलाई स्वागत गरेनन् भने त्यो शहरदेखि बाहिर जाऊ, अनि खुट्टाको धुलो समेत टक्टकाएर जाऊ। यो तिनीहरूको विरोधमा साक्षी हुनेछ।”
6Men de gik ud og droge fra Landsby til Landsby, idet de forkyndte Evangeliet og helbredte alle Vegne.
6त्यसकारण प्रेरितहरू बाहिर गए। तिनीहरू सुसमाचार प्रचार गर्दै र प्रत्येक बिमारी मानिसलाई निको पार्दै सबै शहरहरूमा यात्रा गरे।
7Men Fjerdingsfyrsten Herodes hørte alt det, som skete; og han var tvivlrådig, fordi nogle sagde, at Johannes var oprejst fra de døde;
7शासक हेरोदले यी सब घटनाहरू थाहा पाए । तिनी अन्योलमा परे किनभने कतिजना मानिसले भने, “बप्तिस्मा दिने यूहन्ना मृत्युबाट बौरी उठेका छन्।”
8men nogle, at Elias havde vist sig; men andre, at en af de gamle Profeter var opstanden.
8अरू मानिसहरूले भने, “एलिया हामीकहाँ आउनु भएको छ।” अनि अरू कोही मानिसहरूले भने, “धेरै समय अघिका अगमवक्ताहरुमा एकजना बौरी उठेका छन्।”
9Men Herodes sagde: "Johannes har jeg ladet halshugge; men hvem er denne, om hvem jeg hører sådanne Ting?" Og han søgte at få ham at se.
9[This verse may not be a part of this translation]
10Og Apostlene kom tilbage og fortalte ham, hvor store Ting de havde gjort. Og han tog dem med sig og drog bort afsides til en By, som kaldes Bethsajda.
10जब प्रेरितहरू र्फकि आए, तिनीहरूले गरेका सम्पूर्ण विवरण सुनाए। त्यसपछि येशूले तिनीहरूलाई बेत्सैदा भन्ने एउटा शहरमा सुटुक्कै लिएर जानभयो।
11Men da Skarerne fik det at vide, fulgte de efter ham; og han tog imod dem og talte til dem om Guds Rige og helbredte dem, som trængte til Lægedom.
11तर तिनी कहाँ गए मानिसहरूले थाह पाए। तिनीहरू उहाँको पछि लागे। तिनिहरूलाई येशूले स्वागत गर्नुभयो अनि परमेश्वरको राज्यको बारेमा तिनीहरूलाई बताउनु भयो। उहाँले बिमारीहरूलाई निको पार्नुभयो।
12Men Dagen begyndte at hælde. Og de tolv kom hen og sagde til ham: "Lad Skaren gå bort, for at de kunne gå herfra til de omliggende Landsbyer og Gårde og få Herberge og finde Føde; thi her ere vi på et øde Sted."
12साँझमा बाह्रैजना प्रेरितहरू येशूकहाँ आए अनि भने, “यो ठाउँमा कुनै मानिस बस्दैन, यिनीहरूलाई फर्काइदेऊ, यी मानिसहरूलाई तिनीहरूको खाना र सुत्ने व्यवस्थाको लागि वरिपारिकै बस्ती र शहरूमा जाऊन्।”
13Men han sagde til dem: "Giver I dem at spise!"Men de sagde: "Vi have ikke mere end fem Brød og to Fisk, med mindre vi skulle gå bort og købe Mad til hele denne Mængde."
13तर येशूले ती प्रेरितहरूलाई भन्नुभयो, “तिनीहरूको निम्ति खानाको व्यवस्था गर।” प्रेरितहरूले भने, “हामीसँग पाँचवटा रोटी र दुई टुक्रा माछा मात्र छन्। के तपाईं चाहनु हुन्छ हामी गएर तिनीहरूको लागि खानेकुरा किनेर ल्याऊँ?”
14De vare nemlig omtrent fem Tusinde Mænd. Men han sagde til sine Disciple: "Lader dem sætte sig ned i Hobe, halvtredsindstyve i hver."
14त्यहाँ तिनीहरू प्रायः पाँच हजार जति पुरुषहरू छन्। उहाँले आफ्ना प्रेरितहरूलाई भन्नुभयो, “तिनीहरूलाई एक दलमा पचास जना गरेर बस्न लगाऊ।”
15Og de gjorde så og lode dem alle sætte sig ned.
15त्यसपछि चेलाहरूले त्यसै गरे अनि सबै मानिसहरू भुईमा बसे।
16Men han tog de fem Brød og de to Fisk, så op til Himmelen og velsignede dem, og han brød dem og gav sine Disciple dem at lægge dem for Skaren.
16येशूले पाँचवटा रोटी र दुइवटा माछा लिए। उहाँले आकाशतर्फ हेर्नुभयो अनि खानेकुराको निम्ति परमेश्वरलाई धन्यवाद चढाउनु भयो। त्यसपछि उहाँले ती खानेकूरा टुक्रा टुक्रा पार्नुभयो अनि प्रेरितहरूलाई दिनुभयो। उहाँले खानेकुरा मानिसहरूलाई बाँडन प्रेरितहरूलाई आह्राउनु भयो।
17Og de spiste og bleve alle mætte; og det, som de fik tilovers af Stykker, blev opsamlet, tolv Kurve.
17सबैले अघाउन्जेल खाना खाए अनि प्रेरितहरूले उब्रेको खाना बटुले जो बाह्र डालो भरीभयो।
18Og det skete, medens han bad, vare hans Disciple alene hos ham; og han spurgte dem og sagde: "Hvem sige Skarerne, at jeg er?"
18एकपल्ट येशू एक्लै प्रार्थनामा बस्नु भएको थियो। जम्मै चेलाहरू एकैसाथ त्यहाँ आए। येशूले तिनहरूलाई सोध्नु भयो, “मानिसहरूको विचारमा म को हुँ?”
19Men de svarede og sagde: "Johannes Døberen; men andre: Elias; men andre: En af de gamle Profeter er opstanden."
19चेलाहरूले भने, “कसैले तपाईंलाई बप्तिस्मा दिने यूहन्ना हुन् भन्छन्। कति मानिसहरूले तपाईंलाई एलिया भन्छन्। अनि कति मानिसहरूले पहिलेका अगमवक्ताहरू मध्ये जीवनमा फर्की आएका हुन् भन्छन्।”
20Og han sagde til dem: "Men I hvem sige I, at jeg er?" Og Peter svarede og sagde: "Guds Kristus."
20त्यसपछि येशूले आफ्ना चेलाहरूलाई सोध्नु भयो, “अनि तिमीहरूको विचारमा चाँहीं म को हूँ?” पत्रुसले भने, “परमेश्वरदेखि आउनु भएको तपाईं ख्रीष्ट हुनुहुन्छ।”
21Men han bød dem strengt ikke at sige dette til nogen,
21येशूले यो कूरा कसैलाई नभन्न भनेर तिनीहरूलाई चेताउनी दिनुभयो।
22idet han sagde: "Menneskesønnen skal lide meget og forkastes af de Ældste og Ypperstepræsterne og de skriftkloge og ihjelslås og oprejses på den tredje Dag."
22त्यसपछि येशूले भन्नुभयो, “मानिसका पुत्रले धेरै कष्ट सहनु पर्छ। यहूदी प्रधानहरू, मुख्य पूजाहारीहरू र शास्त्रीहरूले तिनलाई अस्वीकार गर्छन्। मानिसको पुत्रलाई मारिनेछ। तर मरेको तेस्रो दिन उहाँलाई फेरि बौरी उठाइनेछ।”
23Men han sagde til alle: "Vil nogen komme efter mig, han fornægte sig selv og tage sit Kors op daglig og følge mig;
23येशूले तिनीहरूलाई भन्नुभयो, “यदि कसैले मलाई पछ्याउन चाहन्छ भने उसले आफ्नो सबै इच्छाहरू अस्वीकार गर्नु पर्छ। उसले प्रत्येक दिन क्रूसको कष्ट भोग्नु पर्छ अनि मलाई पछ्‌याउनु पर्छ।
24thi den, som vil frelse sit Liv. skal miste det; men den, som mister sit Liv for min Skyld, han skal frelse det.
24जसले आफ्नो प्राण बचाउँन चाहन्छ भने त्यसले त्यो हराउनु पर्छ तर जसले मेरो निम्ति प्राण दिन्छ भने त्यसले त्यो चाँहि बाँच्न पाउँछ।
25Thi hvad gavner det et Menneske, om han har vundet den hele Verden, men mistet sig selv eller bødet med sig selv?
25किनभने के लाभ हुन्छ यदि कसैले सारा संसार जितेर पनि आफैलाई नोकसानमा पार्छ अथवा हराउँछ?
26Thi den, som skammer sig ved mig og mine Ord, ved ham skal Menneskesønnen skamme sig, når han kommer i sin og Faderens og de hellige Engles Herlighed.
26यदि कुनै मानिस म र मेरो वचनसंग लजाउँछ भने जति बेला मेरा पिताको र मेरो महिमा लिएर पवित्र स्वर्गदूतहरूसंग आँउछु त्यति बेला त्योसित म पनि लजाँउछु।
27Men sandelig, siger jeg eder: Der er nogle af dem, som stå her. der ingenlunde skulle smage Døden. førend de se Guds Rige."
27म तिमीहरूलाई साँचो भन्दछु तिमीहरूको मृत्यु अघि तिमीहरू मध्ये केही मानिसहरूले यहीं उभिएर परमेश्वरको राज्य देख्नपाउने छन्।”
28Men det skete omtrent otte Dage efter denne Tale, at han tog Peter og Johannes og Jakob med sig og gik op på Bjerget for at bede.
28प्रायः आठ दिनपछि येशूले यी कुराहरू भन्नु भयो, उहाँले पत्रुस, यूहन्ना र याकूबलाई लिनुभयो अनि, पर्वतमा गएर प्रार्थना गर्नुभयो।
29Og det skete, medens han bad, da blev hans Ansigts Udseende anderledes, og hans Klædebon blev hvidt og strålende.
29जब येशूले प्रार्थना गरि रहनु भएको थियो, उहाँको अनुहार बद्लियो अनि उहाँले लगाउनु भएको वस्त्र सेतो भएर चम्कने भयो।
30Og se, to Mænd talte med ham, og det var Moses og Elias,
30दुइजना मानिस त्यहाँ प्रकट भए औ येशूसँग बात गर्न लागे। तिनीहरू मोशा र एलिया थिए।
31som bleve set i Herlighed og talte om hans Udgang, som han skulde fuldbyrde i Jerusalem.
31मोशा र एलिया पनि चम्के अनि तिनीहरू येशूसँग उहाँको मृत्युको विषयमा बात गर्दै थिए जो यरूशलेममा हुनेवाला थियो।
32Men Peter og de, som vare med ham, vare betyngede af Søvn; men da de vågnede op, så de hans Herlighed og de to Mænd, som stode hos ham.
32पत्रुस र अरूहरू मस्त निदाएका थिए। तिनीहरू बिउँझिए अनि येशूको महिमा देखे। तिनीहरूले येशूको साथमा दुइजना उभिएका मानिसलाई देखो।
33Og det skete, da disse skiltes fra ham, sagde Peter til Jesus: "Mester! det er godt, at vi ere her; og lader os gøre tre Hytter, en til dig og en til Moses og en til Elias;" men han vidste ikke, hvad han sagde.
33जब मोशा र एलिया जान लागेका थिए, पत्रुसले भने, “हे गुरूज्यू, हामीलाई यहीं बस्नु असल छ। हामी यहाँ तीनवटा डेरा बनाउँछौं एउटा तपाईंलाई, एउटा मोशालाई अनि एउटा एलियाको लागि” पत्रुसले जान्दैन थिए कि उसले के भनिरहेको छ।
34Men idet han sagde dette, kom en Sky og overskyggede dem; men de frygtede, da de kom ind i Skyen.
34पत्रुसले जब यी कुराहरू भन्दै थिए, त्यसैबेला तिनीहरूलाई वरिपरिबाट बादलले ढाक्यो। पत्रुस, याकूब र यूहन्ना बादले ढाकेको देखी डराए।
35Og der kom fra Skyen en Røst, som sagde: "Denne er min Søn, den udvalgte, hører ham!"
35बादलबाट एउटा आवाज यसो भन्दै आयो। “यी मेरो पुत्र हुन् मैले उनलाई छानेको छु। उनको आज्ञा पालन गर।”
36Og da Røsten kom, blev Jesus funden alene. Og de tav og forkyndte i de Dage ingen noget af det, de havde set.
36जब त्यो आवाज आयो, येशू मात्र त्यहाँ हुनु हुन्थ्यो। पत्रुस, याकूब र यूहन्ना चूपचाप बसे। तिनीहरूले के देखे कसैलाई भनेनन्।
37Men det skete Dagen derefter, da de kom ned fra Bjerget, at der mødte ham en stor Skare.
37भोलिपल्ट येशू, पत्रुस, याकूब र यूहन्ना पाहाडबाट तल झरे। मानिसको ठूलो भीड उहाँलाई भेट्न आयो।
38Og se, en Mand af Skaren råbte og sagde: "Mester! jeg beder dig, se til min Søn: thi han er min enbårne.
38भीडबाट एकजनाले चिच्याएर येशूलाई भने, “हेगुरुज्यू, दया गरी आउनुहोस् अनि मेरो पुत्रलाई हेरिदिनु होस्। त्यो मेरो एउटै पुत्र हो।
39Og se, en Ånd griber ham, og pludseligt skriger han, og den slider i ham, så at han fråder, og med Nød viger den fra ham, idet den mishandler ham;
39शैतानको दुष्ट आत्मा मेरो पुत्रमा आउँछ अनि त्यो त्यति नै बेला चिच्याउँछ औ त्यसले आफुमाथि होश हराउँछ अनि मुखबाट फींज निकाल्छ। त्यो दुष्ट आत्माले संधै कष्ट दिन्छ अनि त्यसबाट फर्केर कहिल्यै जाँदैन।
40og jeg bad dine Disciple om at uddrive den; og de kunde ikke."
40मैले तपाईंको चेलाहरूलाई पनि त्यसबाट दुष्ट आत्मा निकाली दिनु भनें तर तिनीहरूले त्यसो गर्न सेकेनन्।”
41Men Jesus svarede og sagde: "O du vantro og forvendte Slægt! hvor længe skal jeg være hos eder og tåle eder? Bring din Søn hid!"
41येशूले उत्तर दिनुभयो, “अविश्वासी र भडकिएका वंशकाहरू हो! कहिलेसम्म म तिमीहरूसंग बस्नु अनि सहेर रहनु?” तब उहाँले त्यो मानिसलाई भन्नुभयो, “तिम्रो पुत्रलाई यहाँ ल्याऊ।”
42Men endnu medens han gik derhen, rev og sled den onde Ånd i ham. Men Jesus truede den urene Ånd og helbredte drengen og gav hans Fader ham tilbage.
42जब ठिटो आउँदै थियो, त्यो भूतले त्यसलाई त्यहीं भूँइमा पछारी दियो अनि त्यो केटो काम्दै थियो अनि आफ्नो नियन्त्रण बाहिर रह्यो। तर येशूले त्यस दुष्टात्मालाई कडा चेतावनी दिनु भयो। त्यसपछि त्यो केटोलाई पारी बाबुलाई सुम्पि दिनु भयो।
43Men de bleve alle slagne af Forundring over Guds Majestæt. Men da alle undrede sig over alt det, han gjorde, sagde han til sine Disciple:
43परमेश्वरको महान शक्ति देखेर सबै मानिसहरू आश्चर्य चकित भए। येशूले गरेका चीजहरूदेखि मानिसहरू अझ सम्म आश्चर्य चकित थिए। उहाँले आफ्नो चेलाहरूलाई भन्नुभयो,
44"Gemmer i eders Øren disse Ord: Menneskesønnen skal overgives i Menneskers Hænder."
44“अब म तिमीहरूलाई जे भन्दैछु कहिल्यै नबिर्सनु मानिसका पुत्रलाई केही मानिसहरूको नियन्त्रणमा सुम्पिइनेछ।”
45Men de forstode ikke dette Ord, og det var skjult for dem, så de ikke begreb det, og de frygtede for at spørge ham om dette Ord.
45तर चेलाहरू येशूले भन्नुभएको यी कुराहरूको अर्थ केही बुझेनन्। यसको अर्थ तिनीहरूले चेलाहरू त्यस विषयमा उहाँलाई सोध्न डराए।
46Men der opstod den Tanke hos dem, hvem der vel var den største af dem.
46येशूका चेलाहरू आपसमा तिनीहरू मध्ये को चाँहि सबभन्दा महान् होला भनेर बहस गर्न थाले।
47Men da Jesus så deres Hjertes Tanke, tog, han et Barn og stillede det hos sig.
47येशूले तिनका चेलाहरूले गरेको बहसको विषय बुझि हाल्नु भयो। यसकारण उहाँले एउटा बालकलाई लिनु भयो अनि आफ्नो छेउमा उभ्याउनु भयो।
48Og han sagde til dem: "Den, som modtager dette Barn for mit Navns Skyld, modtager mig; og den, som modtager mig, modtager den, som udsendte mig; thi den, som er den mindste iblandt eder alle, han er stor."
48अनि आफ्नो चेलाहरूलाई भन्नु भयो, “यदि कसैले मेरो नाम लिएर यस बालकलाई ग्रहण गर्छ भने, त्यसले मलाई पनि ग्रहण गर्छ। अनि कसैले मलाई ग्रहण गर्छ भने उसले ती मलाई पठाउनेलाई ग्रहण गर्छ जुन मानिस तिमीहरू माझ नगन्य छ, उही सब भन्दा महान हो।”
49Men Johannes tog til Orde og sagde: "Mester! vi så en uddrive onde Ånder i dit Navn; og vi forbød ham det, fordi han ikke følger med os."
49यूहन्नाले जवाफ दिए, “हे गुरुज्यू, मानिसहरूदेखि भूतहरू भगाउनलाई एकजना मानिसले तपाईंको नाउँ लिंदैथ्यो। त्यो मानिस हाम्रो दलमा नभएकोले हामीले उसलाई त्यसो गर्नवाधा दियौं।”
50Men Jesus sagde til ham: "Forbyder ham det ikke; thi den, som ikke er imod eder, er for eder."
50येशूले यूहन्नालाई भन्नु भयो, ‘‘त्यसलाई नरोक। यदि कुनै मानिस तिम्रो बिरुद्ध छैन भने त्यो तिमी पट्टिनै हुन्छ। ‘‘
51Men det skete, da hans Optagelses Dage vare ved at fuldkommes, da fæstede han sit Ansigt på at drage til Jerusalem.
51येशूको स्वर्गारोहणको समय नजीक आउँदै थियो। उहाँले यरूशलेम जाने निश्चय गर्नुभयो।
52Og han sendte Sendebud forud for sig; og de gik og kom ind i en Samaritanerlandsby for at berede ham Herberge.
52येशूले कोही मानिसहरूलाई आफू भन्दा अघि पठाउनु भयो। ती मानिसहरू येशूको निम्ति प्रत्येक कुरो तयार राख्नलाई सामरियाको एउटा शहरमा गए।
53Og de modtoge ham ikke, fordi han var på Vejen til Jerusalem.
53तर त्यहाँका मानिसहरूले उहाँलाई ग्रहण गर्न मानेनन् किनभने उहाँ यरूशलेम तर्फ जानु हुँदै थियो।
54Men da hans Disciple, Jakob og Johannes, så det, sagde de: "Herre! vil du, at vi skulle byde Ild fare ned fra Himmelen og fortære dem, ligesom også Elias gjorde?"
54याकूब, यूहन्नाले र येशूका चेलाहरूले यी सबै देखे। तिनीहरूले भने, “हे प्रभु, के हामीले स्वर्गबाट आगो बोलाए मानिसहरूलाई भस्म पार्नु भन्ने तपाईं चाहनुहुन्छ?”
55Men han vendte sig og irettesatte dem.
55तर येशूले पछि फर्केर तिनीहरूलाई हप्काउनु भयो।
56Og de gik til en anden Landsby.
56त्यसपछि येशू र उहाँका चेलाहरू अर्का शहरतिर लाग्नु भयो।
57Og medens de vandrede på Vejen, sagde en til ham: "Jeg vil følge dig, hvor du end går hen."
57उनीहरू सबै नै बाटोम जाँदैथिए। कुनै एकले उहाँलाई भने, “तपाईं जहाँ जानुहुन्छ म पनि तपाईंसंगै जान्छु।”
58Og Jesus sagde til ham: "Ræve have Huler, og Himmelens Fugle Reder; men Menneskesønnen har ikke det, hvortil han kan hælde sit Hoved."
58येशूले भन्नुभयो, “स्यालहरूको बस्ने दूलोहरू छन्। चरा-चुरुङ्गीहरूको बस्ने गुँडहरू छन्। तर मानिसको पुत्रलाई कुनै ठाउँ छैन जहाँ उसले आफ्नो शिर अडाउन सकोस्।”
59Men han sagde til en anden: "Følg mig!" Men denne sagde: "Herre! tilsted mig først at gå hen at begrave min Fader."
59येशू ले अर्को मानिसलाई भन्नु भयो, “मेरो पछि लाग। “ तर त्यो मानिसले भन्यो, “हे प्रभु, पहिले मेरा बाबुलाई गाड्न जान दिनुहोस्।”
60Men han sagde til ham: "Lad de døde begrave deres døde; men gå du hen og forkynd Guds Rige!"
60तर येशूले तिनलाई भन्नुभयो, “मुर्दाहरूलाई आफ्नै मुर्दा मानिस गाडन देऊ। तर तिमी जाऊ अनि परमेश्वरको राज्यको विषयमा प्रचार गर।”
61Men også en anden sagde: "Herre! jeg vil følge dig; men tilsted mig først at tage Afsked med dem, som ere i mit Hus."
61अर्को मानिसले भने, “प्रभु म तपाईंको पछि लाग्नेछु, तर पहिले मेरो आफन्तहरूबाट बिदा लिन दिनुहोस्।”
62Men Jesus sagde til ham: "Ingen, som lægger sin Hånd på Ploven og ser tilbage, er vel skikket for Guds Rige."
62येशूले भन्नुभयो, “यदि कुनै मानिसले हलोमा हात लगाएर पछिल्तिर हेर्छ भने, त्यो परमेश्वरको राज्यको लायक हुने छैन।”