1Og det skete på en af de Dage, medens han lærte folket i Helligdommen og forkyndte Evangeliet, da trådte Ypperstepræsterne og de skriftkloge tillige med de Ældste hen til ham.
1एकदिन येशू मन्दिरमा हुनुहुन्थ्यो अनि मानिसहरूलाई शिक्षा दिइरहनुभएको थियो। उहाँले परमेश्वरको राज्यको विषयमा सुसमाचारहरू भनिरहनुभएको थियो। मुख्य पूजाहारी हरू, व्यवस्थाका शास्त्रीहरू र बूढा यहूदी प्रमुखहरू उहाँ भएकोमा प्रश्न गर्न आए।
2Og de talte til ham og sagde: "Sig os, af hvad Magt gør du disse Ting, eller hvem er det, som har givet dig denne Magt?"
2तिनीहरूले सोधे, “हामीलाई भन्नु होस्, कुन अधिकारले तपाईं यी सब काम गर्नु हुन्छ? कसले तपाईंलाई यस्तो अधिकार दियो?”
3Men han svarede og sagde til dem: "Også jeg vil spørge eder om en Ting, siger mig det:
3येशूले उत्तर दिनुभयो, “म पनि तिमीहरूलाई एउटा प्रश्न सोध्छु। मलाई भन
4Johannes's Dåb, var den fra Himmelen eller fra Mennesker?"
4जब यूहन्नाले मानिसहरूलाई बप्तिस्मा दिए त्यो अधिकार तिनले परमेश्वरबाट अथवा मानिसकसबाट पाएका थिए?”
5Men de overvejede med hverandre og sagde: "Sige vi: Fra Himmelen, da vil han sige: Hvorfor troede I ham ikke?
5तिनीहरूले यस विषयमा आपसमा बहस गरे, “यदि हामीले भन्यौं, यूहन्नाको बप्तिस्मा परमेश्वरबाट भएको थियो, तब उनले भन्नेछन्, त्यसो भए यूहन्नालाई किन विश्वास नगरे को?’
6Men sige vi: Fra Mennesker, da vil hele Folket stene os; thi det er overbevist om, at Johannes var en Profet."
6तर यदि हामीले भन्यौं, ‘यूहन्नाको बप्तिस्मा मानिसद्वारा भएको हो, तब सबै मानिसहरूले हामीलाई ढुङ्गाले हान्नेछन्, किनभने तिनीहरूले यूहन्नालाई अगमवक्ताको रूपमा विश्वास गर्छन्।”
7Og de svarede, at de vidste ikke hvorfra.
7अनि तिनीहरूले भने, “यो कहाँबाट आयो हामी जान्दैनौं।”
8Og Jesus sagde til dem: "Så siger ikke heller jeg eder, af hvad Magt jeg gør disse Ting."
8यसर्थ येशूले तिनीहरूलाई भन्नुभयो, “त्यसैले म यी कामहरू कुन अधिकारबाट गर्दैछु, भन्दिन।”
9Men han begyndte at sige denne Lignelse til Folket: "En Mand plantede en Vingård og lejede den ud til Vingårdsmænd og drog udenlands for lange Tider.
9त्यसपछि येशूले दृष्टान्त कथा सुनाउनुभयष्ठ्वो, “एकजना मानिसले खेतमा दाखहरू रोपे। उसले आफ्नो खेत केही खेतीवालहरूलाई किरायमा दिए। त्यसपछि ती मानिस धेरै समयको लागि बाहिर गए।
10Og da Tiden kom, sendte han en Tjener til Vingårdsmændene, for at de skulde give ham af Vingårdens Frugt; men Vingårdsmændene sloge ham og sendte ham tomhændet bort.
10त्यसपछि, खेतमा दाखको फसल उठाउने समय आयो। अनि त्यो मानिसले आफ्नो एकजना नोकरलाई ती खेतीवालहरूकहाँ आफ्नो पाउनु पर्ने दाखको भाग लिन पठायो। तर खेतीवालहरूले त्यो नोकरलाई कूटपीट गरे अनि खाली हात पठायो।
11Og han sendte fremdeles en anden Tjener; men de sloge også ham og forhånede ham og sendte ham tomhændet bort.
11फेरि त्यो मानिसले अर्को नोकरलाई पठायो। खेतीवालहरूले त्यो नोकरलाई पनि पिटे। तिनीहरूले त्यसलाई कुनै सम्मान गरेनन्। ती खेतीवालहरूले उसलाई खाली हात पठाए।
12Og han sendte fremdeles en tredje; men også ham sårede de og kastede ham ud.
12उसले अझ तेस्रो नोकर पठायो। खेतीवालहरूले त्यलाई नराम्रो प्रकारले कुटे अनि बाहिर फ्याँकिदिए
13Men Vingårdens Herre sagde: Hvad skal jeg gøre? Jeg vil sende min Søn, den elskede; de ville dog vel undse sig, for ham.
13त्यो खेतको मालिकले भन्यो, अब मैले के गर्नु पर्ने हो? म मेरो प्यारो छोरोलाई पठाउनेछु। हुन सक्छ खेती वालहरूले मेरो छोरोलाई आदर गर्छन्।
14Men da Vingårdsmændene så ham, rådsloge de indbyrdes og sagde: Det er Arvingen; lader os slå ham ihjel, for at Arven kan blive vor.
14जब खेतीवालाहरुले छोरोलाई देखे, तिनीहरूले आपसमा भने, यो हाम्र मालिकको छोरो हो।
15Og de kastede ham ud af Vingården og sloge ham ihjel. Hvad vil nu Vingårdens Herre gøre ved dem?
15त्यसपछि खेतीवालहरूले उसको छोरोलाई खेतबाट बाहिर निकालिदिए अनि त्यसलाई मारे। “यो खेतको मालिकले अब के गर्नेछ?
16Han vil komme og ødelægge disse Vingårdsmænd og give Vingården til andre." Men da de hørte det, sagde de: "Det ske aldrig!"
16तिनी आउनेछन्, अनि ती खेतीवालहरूलाई मार्नेछन्। त्यपछि तिनले त्यो खेत अन्य खेतीवालहरूलाई दिनेछन्।” मानिसहरूले यो कथा सुने। तिनीहरूले भने, “अहँ! यस्तो कहिल्यै नहोस्।”
17Men han så på dem og sagde: "Hvad er da dette, som er skrevet: Den Sten, som Bygningsmændene forkastede, den er bleven til en Hovedhjørnesten?
17तर येशूले तिनीहरूको आँखामा हेर्नुभयो अनि भन्नुभयो, “त्यसो भए, यो लेखिएको अर्थ के होलाः
18Hver, som falder på denne Sten, skal slå sig sønder; men hvem den falder på, ham skal den knuse."
18प्रत्येक मानिस जो ती ढुङ्गामा बजारिनु पुग्छ चक्नाचूर हुनेछ। अनि यदि त्यो ढुङ्गा कसैमाथि खसे त्यसले तिनलाई धूलो पीठो पार्नेछ!”
19Og Ypperstepræsterne og de skriftkloge søgte at lægge Hånd på ham i den samme Time, men de frygtede for Folket; thi de forstode, at han sagde denne Lignelse imod dem.
19येशूले भनेको यो कथा यहूदी प्रमुखहरूले सुने। तिनीहरूकै निम्ति भनिए झैं बुझे। त्यसर्थ तिनीहरूले त्यति बेलै येशूलाई पक्रिने चेष्टा गरे। तर तिनीहरू मानिसहरूसंग डराए।
20Og de toge Vare på ham og udsendte Lurere, der anstillede sig, som om de vare retfærdige, for at fange ham i Ord, så de kunde overgive ham til Øvrigheden og Landshøvdingens Magt.
20यसपछि व्यवस्थाका शास्त्रीहरू र मुख्य पूजाहारीहरूले येशूलाई होसियारीसित चियो गरे। तिनीहरूले केही गुप्तचरहरू येशूकहाँ पठाए अनि तिनीहरूलाई असल मानिस झैं व्यवहार गर्ने भने। तिनीहरूले येशूको भनाईमा केही खोट निकाल्नु चहान्थे। यदि तिनीहरूले कुनै खोट पाए येशूलाई राज्यपाल अघि सुम्पिदिने थिए, जसको येशूमाथि शक्ति अनि अधिकार थियो।
21Og de spurgte ham og sagde: "Mester! vi vide, at du taler og lærer Rettelig og ikke ser på Personer, men lærer Guds Vej i Sandhed.
21अनि तिनीहरूले येशूलाई सोधे, “गुरुज्यू हामी बुझ्छौ कि तपाईं जे बोल्नु हुन्छ अनि शिक्षा दिनु हुन्छ त्यो सही छ। तपाईं सबै मानिसहरूलाई निष्पक्ष सित त्यहीकुरा सिकाउनु हुन्छ। अनि तपाईं सधैं नै परमेश्वरको मार्गको विषयमा सत्य सिकाउनु हुन्छ।
22Er det os tilladt at give Kejseren Skat eller ej?"
22हामीलाई भन्नुहोस्, के हामाले कैसरलाई कर तिर्नु उचित छ वा छैन?”
23Men da han mærkede deres Træskhed, sagde han til dem: "Hvorfor friste I mig?
23तर येशूले तिनीहरूको चलाकी चाल पाई हाल्नुभयो। यसर्थ उहाँले तिनीहरूलाई भन्नुभयो,
24Viser mig en Denar"; hvis Billede og Overskrift bærer den?" Men de svarede og sagde: "Kejserens."
24“एउटा सिक्का मलाई देऊ। यो सिक्कामा कसको नाउँ छ? अनि यसमा कसको चित्रको छाप छ?” तिनीहरूले भने, “कैसरको।”
25Men han sagde til dem: "Så giver da Kejseren, hvad Kejserens er, og Gud, hvad Guds er."
25येशूले तिनीहरूलाई भन्नुभयो, “त्यसो हो भने कैसरको चीज कैसरलाई नै देऊ अनि परमेश्वरको परमेश्वरलाई नै देऊ।”
26Og de kunde ikke fange ham i Ord i Folkets Påhør, og de forundrede sig over hans Svar og tav.
26उहाँ ज्ञानमय उत्तर सुनेर तिनीहरू छक्क परे। तिनीहरूले केही भन्न सकेनन्। मानिसहरूको अघि तिनीहरूले येशूलाई केही कुरामा पनि पक्रन सकेनन्, यसर्थ तिनीहरू चूपचाप बसे।
27Men nogle af Saddukæerne, som nægte, at der er Opstandelse, kom til ham og spurgte ham og sagde:
27कोही सदुकीहरू येशूकहाँ आए। तिनीहरू विश्वास गर्दथे कि मानिस मरेपछि फेरि कहिल्यै बौरी उठ्दैन। तिनीहरूले येशूलाई भने,
28"Mester! Moses har foreskrevet os: Dersom en har en Broder, som er gift, og denne dør barnløs, da skal hans Broder tage Hustruen og oprejse sin Broder Afkom.
28“गरुज्यू, मोशाले लेख्नु भएको छ कि यदि कुनै विवाहित मानिस सन्तान नजन्माई मर्यो भने उसकी पत्नीलाई उसको भाईले दाज्यूको सन्तानको निम्ति विवाह गर्नुपर्छ अनि दाज्युको लागि सन्तान जन्माउनु पर्छ।
29Nu var der syv Brødre; og den første tog en Hustru og døde barnløs.
29कुनै एक समयमा सातजना दाज्यु भाइ थिए। जेठाले एउटी स्त्रीलाई विवाह गरे, तर मरिहाले। उसको कुनै सन्तान थिएन।
30Ligeså den anden.
30अनि दोस्रो भाईले त्यो विधवालाई विवाह गरे, अनि ऊ पनि मरिहाले।
31Og den tredje tog hende, og således også alle syv; de døde uden at efterlade Børn.
31तब तेस्रो भाइले उसलाई विवाह गरयो अनि उ पनि मरयो। त्यस्तै घटना अरु भाइहरूसित पनि घट्यो। तिनीहरू सबै सन्तान नभई मरे।
32Men til sidst døde også Hustruen.
32अन्तमा त्यो स्त्री पनि मरी।
33Hvem af dem får hende så til Hustru i Opstandelsen? thi de have alle syv haft hende til Hustru."
33तर सबै सात दाज्यू-भाइहरूले त्यसलाई विवाह गरेका थिए। अनि जब मानिसहरू मरेर बौरिन्छन् त्यो स्त्री कसकी पत्नी हुन्छे?”
34Og Jesus sagde til dem: "Denne Verdens Børn tage til Ægte og bortgiftes;
34येशूले ती सदूकीहरूलाई भन्नुभयो, “पृथ्वीमा मानिसहरूले आपसमा विवाह गर्छन्।
35men de, som agtes værdige til at få Del i hin Verden og i Opstandelsen fra de døde, tage hverken til Ægte eller bortgiftes.
35तर ती मानिसहरू जसलाई भविष्यको संसारका निम्ति योग्य ठानिन्छ अनि मृत्युबाट उठाई ल्याइन्छ तिनीहरू विवाह गर्दैनन् अथवा तिनीहरूको विवाह गराइदैन।
36Thi de kunne ikke mere dø; thi de ere Engle lige og ere Guds Børn, idet de ere Opstandelsens Børn.
36त्यतिवेला तिनीहरू स्वर्गदूत झैं हुनेछन् अनि मर्ने छैनन्। तिनीहरू पुनर्जीवित गराइएकाछन्।”
37Men at de døde oprejses, har også Moses givet til Kende i Stedet om Tornebusken, når han kalder Herren: Abrahams Gud og Isaks Gud og Jakobs Gud.
37मोशाले जलिरहेका पोथ्रोको वर्णन गर्दा स्पष्टरूपले भनेका छन् कि मानिसहरू मृत्युबाट बौरी उठ्नेछन्। परमप्रभुलाई मोशाले अब्राहमका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वरले भन्नुभएकोछ।’
38Men han er ikke dødes, men levendes Gud; thi for ham leve de alle."
38परमेश्वर मुर्दाहरूको परमेश्वर हुनुहुन्न तर उहाँ जीवित मानिसहरूका परमेश्वर हुनुहुन्छ। सबै मानिसहरू जो परमेश्वरका हुन् तिनीहरू जिउँदो छन्।”
39Men nogle af de skriftkloge svarede og sagde: "Mester! du talte vel."
39कोही व्यवस्थाका शास्त्रीहरूले भने, “हे गुरू, तपाईंको उत्तर सही हो।”
40Og de turde ikke mere spørge ham om noget.
40उहाँलाई अरू धेरै प्रश्न गर्ने साहस कसैलाई भएन।
41Men han sagde til dem: "Hvorledes siger man, at Kristus er Davids Søn?
41त्यसपछि येशूले भन्नुभयो, “मानिसहरूले किन ख्रीष्टलाई दाऊदको पुत्र भन्छन्?
42David selv siger jo i Salmernes Bog: Herren sagde til min Herre: Sæt dig ved min højre Hånd,
42भजनको पुस्तकमा, दाऊद आफै भन्छन् ‘परमप्रभुले मेरा प्रभु ख्रीष्टलाई भन्नु भएकोछ तिमी मेरो दाहिने हातपट्टि बस,
43indtil jeg får lagt dine Fjender som en Skammel for dine Fødder.
43जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा शक्तिको वशमा पार्नेछु।’ भजनसंग्रह 1101
44Altså kalder David ham en Herre, hvorledes er han da hans Søn?"
44दाऊदले ख्रीष्टलाई ‘प्रभु’ भनी सम्बोधन गर्छन्। तब कसरी ख्रीष्ट दाऊदको छोरो हुन सक्छन्?”
45Men i hele Folkets Påhør sagde han til Disciplene:
45जव सबै मानिसहरूले सुनिरहेका थिए येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो,
46"Vogter eder for de skriftkloge. som gerne ville gå i lange Klæder og holde af at lade sig hilse på Torvene og at have de fornemste Pladser i Synagogerne og at sidde øverst til Bords ved Måltiderne,
46“व्यवस्थाका शास्त्रीहरूदेखि होशियार बस। तिनीहरू लामोलामा बस्त्र लगाएर वरिपरि घुम्न चहान्छन्। तिनीहरू बजारतिर जाँदा मानिसहरूले सम्मान गरून् भन्ने चहान्छन्। सभा-घरहरूमा मुख्य मुख्य आसन ओगट्न चहान्छन्। भोजहरूमा तिनीहरू अझ वेशी सम्मानित आसन ओगट्न चहान्छन्।
47de, som opæde Enkers Huse og på Skrømt bede længe; disse skulle få des hårdere Dom."
47तर तिनीहरू विधवाहरूलाई धोका दिन्छन् र तिनीहरूको घर लुट्छन्। अनि तिनीहरू देखावटीको लागि लामालामा प्रार्थना गर्छन्। परमेश्वरले तिनीहरूलाई धेरै कडा दण्ड दिनुहुनेछ।”