Danish

Nepali

Mark

7

1Og Farisæerne og nogle af de skriftkloge, som vare komne fra Jerusalem, samle sig om ham.
1फरिसीहरू र केही शास्त्रीहरू यरूशलेमबाट आएका थिए। तिनीहरू येशूको वरिपरि भेला भए।
2Og da de så nogle af hans Disciple holde Måltid med vanhellige, det er utoede, Hænder
2तिनीहरूले येशूका केही चेलाहरूले मैला हातले खाना खाइरहेको देखे। (“मैला हात” को अर्थ मानिसहरूले हातहरू धोएका थिएनन्)।
3thi Farisæerne og alle Jøderne spise ikke uden at to Hænderne omhyggeligt, idet de fastholde de gamles Overlevering;
3फरिसीहरू र सबै यहुदीहरुले परम्परा अनुसार राम्ररी हात नधोई खाँदैनन्। तिनीहरु आफ्ना पुर्खाले दिएको शिक्षा अनुसार यसो गर्ने गर्दछन्।
4og når de komme fra Torvet, spise de ikke uden først at tvætte sig; og der er mange andre Ting, som de have vedtaget at holde, Tvætninger af Bægere og Krus og Kobberkar og Bænke,
4यहूदीहरूले बजारमा केहि चिजहरु किने भने त्यसलाई पनि बिशेष रुपले नधोई खाँदैनन्। तिनीहरुले आफ्ना पुर्खाहरूले बजारमा केही चीजहरू किने भने त्यसलाई पनि विशेषरूपले नधोई खाँदैनन्। तिनीहरूले आफ्ना पुर्खाहरूबाट प्राप्त गरेका अरू धेरै रीति-तिथिहरू पनि त्यसरी नै पालन गर्छन् जस्तै कचौराहरू, गाग्रो वा लोहोटाहरू र तामाका भाँडा-कुँडाहरू माझ्छन् इत्यादि।
5så spurgte Farisæerne og de skriftkloge ham ad: "Hvorfor vandre dine Disciple ikke efter de gamles Overlevering, men holde Måltid med vanhellige Hænder?"
5यसकारण फरिसीहरू र शास्त्रीहरूले येशूलाई सोधे, “तापईंको चेलाहरूले त हामीले जस्तो आफ्ना पुर्खाहरूको रीतिहरू पालन गर्दैनन् तिनीहरूले किन फोहोर हातले खान्छन्?”
6Men han sagde til dem: "Rettelig profeterede Esajas om eder, I Hyklere! som der er skrevet: "Dette Folk ærer mig med Læberne, men deres Hjerte er langt borte fra mig.
6येशूले जवाफ दिनुभयो, “तिमीहरू सबै कपटीहरू हौ यशैयाले तिमीहरूको विषयमा ठीकै भनेका छन्। यशैयाले लेखेका छन् यी मानिसहरूले तिनीहरूको ओठद्वारा मलाई आदर गर्दछन् तर तिनीहरूका हृदय मदेखि धेरै टाढा छन्।
7Men de dyrke mig forgæves, idet de lære Lærdomme, som ere Menneskers Bud."
7तिनीहरूको मप्रतिको उपासना अर्थहिन छ, किनभने तिनीहरूले सिकाएका कुराहरु केवल मानिसहरूले बनाएका नियममात्र हुन्।’ यशैया 2913
8I forlade Guds Bud og holde Menneskers Overlevering."
8तिमीहरूले परमेश्वरको आज्ञालाई त्यागेकाछौ, अनि तिमीहरू मानिसहरूको परम्परा मान्दछौ।”
9Og han sagde til dem: "Smukt ophæve I Guds Bud, for at I kunne holde eders Overlevering.
9तब येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू ठान्दछौ तिमीहरू चलाख छौ। तिमीहरू आफ्ना परम्परालाई कायम राख्न परमेश्वरको आज्ञालाई पर सार्छौ।
10Thi Moses har sagt: "Ær din Fader og din Moder"; og:"Den, som hader Fader eller Moder, skal visselig dø".
10मोशाले भनेका छन्, ‘तिमीहरूले आफ्ना आमा र बाबुलाई आदर गर्नैपर्छ। फेरि उनले भनेका छन् कसैले आफ्ना बाबु र आमाको खराब कुरा गर्छ भने त्यसलाई मार्नु पर्छ।
11Men I sige: Når en Mand siger til sin Fader eller sin Moder: "Det, hvormed du skulde være hjulpen af mig, skal være Korban (det er: Tempelgave),"
11तर तिमीहरू भन्छौ कि यदि कसैले उसको बाबु र आमालाई भन्नेछ, ममा केही छ जसलाई तपाईंहरू को सहायताको निम्ति प्रयोग गर्नसक्छु तर म तपाईंहरूको सहायताको निम्ति यसो गर्न चाहन्न किनभने मैले यसलाई परमेश्वरलाई भेटी को रुपमा अलग राखेकोछु।
12da tilstede I ham ikke mere at gøre noget for sin Fader eller Moder,
12तिमीहरू त्यस मानिसलाई भन कि त्यसले आफ्ना बाबु र आमाको निम्ति केही गर्न आवश्यकता छैन।
13idet I ophæve Guds Ord ved eders Overlevering, som I have overleveret; og mange lignende Ting gøre I."
13यसकारण परमेश्वरले जे आदेश गर्नु भएको छ, त्यो मान्न त्यति महत्वपूर्ण होइन भनी सिकाउँछौ तर तिम्रा नियमहरू मानिसहरूले पछ्याउनु अति महत्वपूर्ण छ। अनि त्यर्स्तै प्रकारले तिमीहरू पनि यस्ता कुराहरू धेरै गर्छौ।”
14Og han kaldte atter Folkeskaren til sig og sagde til dem: "Hører mig alle, og forstår!
14येशूले फेरि भीडहरूलाई आफूकहाँ बोलाउनुभयो। उहाँले भन्नुभयो, “प्रत्येकले राम्ररी सुन्नु मेरा कुरा बुझ्नु पर्छ। म के भनिरहेछु।
15Der er intet uden for Mennesket, som, når det går ind i ham, kan gøre ham uren; men hvad der går ud af Mennesket, det er det, som gør Mennesket urent.
15यस्तो केही कुरा छैन जो कुनै मानिस भित्र बाहिरबाट पस्छ जसले उसलाई अशुद्ध पार्छ। तर मानिसको भित्रबाट बाहिर आउने कुराहरूले नै मानिसलाई अशुद्ध पार्न सक्‌छन्।”
16Dersom nogen har Øren at høre med, han høre!"
16तिमीहरू जसले मलाई सुनिरहेकाछौ, सुन।
17Og da han var gået ind i Huset og var borte fra Skaren, spurgte hans Disciple ham om Lignelsen.
17त्यसपछि येशूले भीडलाई छाडेर घर जानुभयो। चेलाहरूले उहाँलाई त्यो दृष्टान्त बारेमा सोधे।
18Og han siger til dem: "Ere også I så uforstandige? Forstå I ikke, at intet, som udefra går ind i Mennesket, kan gøre ham uren?
18येशूले भन्नुभयो, “के तिमीहरूलाई अझै पनि यो बुझ्न गाह्रो परिरहेछ? के तिमीहरू जान्दैनौ कि कुनै मानिसमा जे पनि बाहिरबाट पस्छ त्यसले उसलाई अशुद्ध पार्न सक्तैन
19Thi det går ikke ind i hans Hjerte men i hans Bug og går ud ad den naturlige Vej, og således renses al Maden."
19किनभने खाना मुटुभित्र जाँदैन तर भूँडीमा जान्छ अनि तब यो शरीरबाट बाहिर नालीमा आउँछ।” (जब येशूले यसो भन्नुभयो उहाँले यस कुरालाई स्पष्ट पार्नु भयो कि सबै खाद्यपदार्थ सफा हुन्छन्।)
20Men han sagde: "Det, som går ud af Mennesket, dette gør Mennesket urent.
20फेरि येशूले भन्नुभयो, “जे कुराहरू मानिसबाट बाहिर निसकन्छ त्यसैले उसलाई अशुद्ध तुल्याउँछ।
21Thi indvortes fra, fra Menneskenes Hjerte, udgå de onde Tanker, Utugt, Tyveri, Mord,
21सबै अशुद्ध कुरा मानिसका भित्रबाटै आउँछ ती पाप, चोरी, हत्या
22Hor, Havesyge, Ondskab, Svig, Uterlighed, et ondt Øje, Forhånelse, Hovmod, Fremfusenhed;
22वेश्यागामन, कुदृष्टि, स्वार्थीपन, निन्दा, धोका, अश्लीलता, इर्ष्या, अभद्रता, अहंकार, घमण्ड अनि मूर्खता हुन्।
23alle disse onde Ting udgå indvortes fra og gøre Mennesket urent."
23यी सबै दुष्ट कुराहरू मानिसका भित्रबाटै निस्कन्छन् अनि अशुद्ध तुल्याउँछ।”
24Og han stod op og gik bort derfra til Tyrus's og Sidons Egne. Og han gik ind i et Hus og vilde ikke, at nogen skulde vide det. Og han kunde dog ikke være skjult;
24यशूले त्यो ठाउँ छाडनु भयो अनि टायरको जिल्लातिर जानुभयो, उहाँ त्यहीं नै भएको कुरा मानिसहरूले थाहा नपाओस् भन्ने चाहनुहुन्थ्यो। त्यहाँ उहाँको उपस्थितिलाई गुप्त राख्न सम्भव थिएन।
25men en Kvinde, hvis lille Datter havde en uren Ånd, havde hørt om ham og kom straks ind og faldt ned for hans Fødder;
25एउटी आइमाईले येशू त्यहीं हुनुहुन्छ भन्ने थाहा पाई। त्यसको छोरीलाई दुष्टात्मा लागेको थियो। यसकारण त्यो आइमाई येशूकहाँ आएकी थिई अनि उहाँका चरणमा परी।
26(men Kvinden var græsk, af Herkomst en Syrofønikerinde), og hun bad ham om, at han vilde uddrive den onde Ånd af hendes Datter.
26त्यो आईमाई यहूदी थिईन्। उ सिरियाको फोनिसियमा भन्ने ठाउँमा जन्मेकी यूनानी थिई। त्यसले आफ्नो छोरीमा लागेको भूतात्मा भगाऊन उहाँलाई बिन्ती गरिन्।
27Og han sagde til hende: "Lad først Børnene mættes; thi det er ikke smukt at tage Børnenes Brød og kaste det for de små Hunde."
27येशूले त्यस आइमाईलाई भन्नुभयो, “केटा केटीहरूले खाने रोटी लिएर कुकुरहरूतिर फ्याँक्नु उचित होईन, पहिले केटा केटीहरूले जे जति खान्छन् खाऊन्।”
28Men hun svarede og siger til ham: "Jo, Herre! også de små Hunde æde under Bordet af Børnenes Smuler."
28आइमाईले भनी, “प्रभु, त्यो साँचो हो। तर टेबल मुनिका कुकुरहरूले पनि केटा-केटीले छोडेका खानेकुराहरू खान्छन्।”
29Og han sagde til hende: "For dette Ords Skyld gå bort; den onde Ånd er udfaren af din Datter"
29तब येशूले त्यस आइमाईलाई भन्नुभयो, “यो खूबै राम्रो जवाफ हो। यसर्थ तिमी जानसक्छौ। तिम्रो छोरीलाई भूतात्माले छोडिसकेको छ।”
30Og hun gik bort til sit Hus og fandt Barnet liggende på Sengen og den onde Ånd udfaren.
30त्यो आइमाई घर गई, अनि छोरीलाई ओछ्यानमा पल्टिरहेकी देखी, भूतात्मा गई सकेको थियो।
31Og da han gik bort igen fra Tyrus's Egne, kom han over Sidon midt igennem Dekapolis's Egne til Galilæas Sø.
31त्यपछि येशूले टायरको इलाका छोडनुभयो अनि साइडन भएर डिकापोलिस इलाका हूँदै गालील तालतिर जानुभयो।
32Og de bringe ham en døv, som også vanskeligt kunde tale, og bede ham om, at han vilde lægge Hånden på ham.
32जब उहाँ त्यस ठाउँमा पुग्नुभयो, केही मानिसहरूले उहाँ कहाँ एकजना मानिसलाई लिएर आए। त्यो मानिस बैहो र लाटो थियो। ती मानिसहरूले उहाँलाई त्यो मानिसमा उहाँको हात राखेर निको परिदिनुहोस् भनी बिन्ती गरे।
33Og han tog ham afsides fra Skaren og lagde sine Fingre i hans Øren og spyttede og rørte ved hans Tunge
33येशूले त्यस मानिसलाई भीडबाट उहाँसंगै अलग लानुभयो। उहाँले आफ्नो हातका औंलाहरू त्यो मानिसको कानहरूमा राख्नुभयो। त्यसपछि थुक्नुभयो अनि त्यो मानिसको जिब्रो छुनुभयो।
34og så op til Himmelen, sukkede og sagde til ham: "Effata!" det er: lad dig op!
34येशूले आकाशमा हेर्नुभयो, अनि उहाँले लामो सास लिनु भयो। उहाँले त्यस मानिसलाई भन्नुभयो, “इफ्फाता” (यसको अर्थ “खोलिजा”)
35Og hans Øren åbnedes, og straks løstes hans Tunges Bånd, og han talte ret.
35जब येशूले त्यसो गर्नुभयो, त्यस मानिसको कान खोलिए अनि जिब्रो को वन्धन फुक्यो। अनि उ र स्पष्ट बोल्ने भयो।
36Og han bød dem, at de ikke måtte sige det til nogen; men jo mere han bød dem, desto mere kundgjorde de det.
36येशूले यी सबै भएका घटनाहरूको बारे कसैलाई नभन्नु भनेर तिनीहरूलाई कडा आज्ञा गर्नुभयो। उहाँले सधै नै मानिसहरूलाई आफ्नो बारेमा केही नभन्नु भनेर आज्ञा गर्नु भएको छ। तर जति उहाँले मानिसहरूलाई उहाँको विषयमा कसैलाई नभन्नु भन्नु भयो त्यति नै मानिसहरूले भने।
37Og de bleve over al Måde slagne af Forundring og sagde: "Han har gjort alle Ting vel; både gør han, at de døve høre, og at målløse tale."
37मानिसहरू साँचै चकित भए। तिनीहरूले भने, “येशूले जे पनि गर्नु भेएको छ। येशूले बैह्रोलाई पनि सुन्नसक्ने अनि लाटोलाईपनि बोल्न सक्ने बनाउनु हुनछ।”