Danish

Nepali

Mark

8

1I de Dage da der atter var en stor Skare, og de intet havde at spise, kaldte han sine Disciple til sig og siger til dem:
1अर्को एक समय येशूको साथमा धेरै मानिसहरू थिए। मानिसहरूसंग खानेकुरा केही थिएन। अनि उहाँले आफ्ना चेलाहरूलाई बोलाउनु भयो।
2"Jeg ynkes inderligt over Skaren; thi de have allerede tøvet hos mig i tre Dage og have intet at spise.
2येशूले भन्नुभयो, “यी मानिसहरू प्रति मलाई अति दया लाग्छ। तीनदिनदेखि तिनहरू मसंग छन्। अनि अहिलेसम्म तिनीहरूसंग खानेकुरा केही छैन।
3Og dersom jeg lader dem gå fastende hjem, ville de vansmægte på Vejen, og nogle af dem ere komne langvejsfra."
3म तिनीहरूलाई भोकै तिनीहरूको घर पठाउन सक्तिन किनभने, तिनीहरू बाटामा नै बेहोश हुनेछन्। कतिजना त यहाँदेखि धेरै टाढामा बस्ने हरन्छन्।”
4Og hans Disciple svarede ham: "Hvorfra skal nogen kunne mætte disse med Brød her i en Ørken?"
4येशूका चेलाहरूले भने, “तर हामी कुनै पनि शहरभन्दा टाढा छौं। यति धेरै मानिसहरूको लागि त्यत्ति धेरै रोटीहरू कहाँ पाइएला?”
5Og han spurgte dem: "Hvor mange Brød have I?" Og de sagde:"Syv."
5तब येशूले तिनीहरूलाई सोध्नु भयो, “तिमीहरूसंग कतिवटा रोटीहरू छन्?” चेलाहरूले जवाफ दिए, “हामीहरूसंग सातवटा रोटीहरू छन्।”
6Og han byder Skaren af sætte sig ned på Jorden; og han tog de syv Brød, takkede, brød, dem og gav sine Disciple dem, at de skulde lægge dem for; og de lagde dem for Skaren.
6येशूले तिनीहरू सबैलाई भूइँमा बस्ने निर्देशन दिनुभयो। उहाँले सातवटा रोटीहरू लिएर परमेश्वरलाई धन्यवाद चढाउनुभयो, अनि रोटीहरू टुका पार्नु भयो अनि चेलाहरू लाई ती रोटीहरू मानिसहरूलाई बाँढन दिनुभयो चेलाहरूले त्यसै गरे।
7Og de havde nogle få Småfisk; og han velsignede dem og sagde, af også disse skulde lægges for.
7चेलाहरूसंग केही माछाहरू पनि थिए। येशूले तिनीहरूको लागि परमेश्वरलाई धन्यवाद चढाउनुभयो अनि चेलाहरूलाई ती मानिसहरूलाई बाँढनु भन्नु भयो।
8Og de spiste og bleve mætte; og de opsamlede af tiloversblevne Stykker syv Kurve.
8सबै मानिसहरूले खाए अनि तृप्त भए। तब उब्रिएका रोटीका टुकाहरू चेलाहरूले बटुलेर सात टोकरी भरे।
9Men de vare omtrent fire Tusinde; og han lod dem gå bort.
9प्रायः त्यहाँ भएका चार हजार मानिसहरूले भोजन गरे। तिनीहरूले खाइसके पछि, यशूले तिनीहरूलाई घरमा जाऊ भन्नुभयो।
10Og straks gik han om Bord i Skibet med sine Disciple og kom til Dalmanuthas Egne.
10त्यसपछि उहाँ आफ्ना चेलाहरूसंग डुङ्गामा चढेर दलमनुथाको जिल्लातिर जानुभयो।
11Og Farisæerne gik ud og begyndte at strides med ham og forlangte af ham et Tegn fra Himmelen for at friste ham.
11फरिसीहरू यशूकहाँ आए अनि उहाँलाई केही प्रश्नहरू सोधे। तिनीरूहरूले येशूको जाँच लिन चाहन्थे। तिनीहरूले येशू परमेश्वबाट आउनु भएको हो भनी प्रमाणको निम्ति उहाँ लाई चमत्कार गर्नुभने।
12Og han sukkede dybt i sin Ånd og siger: "Hvorfor forlanger denne Slægt et Tegn? Sandelig, siger jeg eder, der skal ikke gives denne Slægt noget Tegn!"
12येशूले लामो सास लिनु भयो अनि भन्नुभयो, “तिमीहरूले किन प्रमाणको रूपमा चमत्कार हेर्न चाहेको? म तिमीहरूलाई साँचो भन्दछु। कुनै यस्तो चमत्कार प्रमाणको रूपमा तिमीहरूलाई देखाइने छैन।”
13Og han forlod dem og gik atter om Bord og for over til hin Side.
13तब येशूले तिनीहरूलाई छोडनुभयो र डुङ्गामा चढनु भयो अनि समुद्रको अर्को तिर जानुभयो।
14Og de havde glemt at tage Brød med og havde kun eet Brød med sig i Skibet.
14डुङ्गामा भएको बेला चेलाहरूसंग खाली एउटा रोटी थियो। तिनीहरूले आफूसित धेरै रोटीहरू लैजान बिर्सेका थिए।
15Og han bød dem og sagde: "Ser til, tager eder i Vare for Farisæernes Surdejg og Herodes's Surdejg!"
15येशूले तिनीहरूलाई सर्तक गराउनु भयष्ठ्वो, “होशियार बस फरिसीहरूको खमीर र हेरोदको खमीरबाट आफूलाई रक्षा गर।”
16Og de tænkte med hverandre: "Det er, fordi vi ikke have Brød."
16चेलाहरूले यस कुराको अर्थ बारे चर्चा गरे। तिनीहरूले भने, “उहाँले यसो भनेको कारण हामीसंग रोटी छैन भन्नु भएको हो।”
17Og da han mærkede dette, siger han til dem: "Hvorfor tænke I på, at I ikke have Brød? Skønne I ikke endnu, og forstå I ikke? Er eders Hjerte forhærdet?
17चेलाहरूले रोटीकै बारेमा कुरा गरिरहको हो भन्ने यशूले थाहा पाऊनु भयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “रोटी छैन भन्ने बारेमा तिमीहरू किन बात गरिरहेछौ? अझसम्म तिमीहरूले नदेखेको अनि नबुझेको? तिमीहरू भझ्न सक्तैनौ?
18Have I Øjne og se ikke? Og have I Øren og høre ikke? Og komme I ikke i Hu?
18के तिमीहरूको आँखाहरूले देख्न सक्तैन? के तिमीरूको कानहरूले सुन्न सक्तैन के तिमीहरूलाई थाहा छैन, कि हामीसित प्रशस्त रोटी नहूँदा मैले के गरे।
19Da jeg brød de fem Brød til de fem Tusinde, hvor mange Kurve fulde af Stykker toge I da op?" De sige til ham: "Tolv."
19मैले पाँचवटा रोटीलाई पाँच हजार मानिसहरूको माझमा बाँडको थिएँ तिमीहरूलाई थाहा छैन? कति टोकरी भरियो थाहा छैन। उब्रेका रोटीहरू बटुल्यै?” चेलाहरूले उत्तर दिए, “हामीले बाह्र टोकरी खाना बटुल्यौं।”
20"Og da jeg brød de syv til de fire Tusinde, hvor mange Kurve fulde af Stykker toge I da op?" Og de sige til ham: "Syv."
20“अनि त्यो पनि सम्झ कि मैले सातवटा रोटीलाई चारहजार जना मानिसहरूमाझ बाँडेको थिएँ। कतिवटा टोकरीहरूमा उब्रेका खानाहरू बटुलेका थियौ त्यो तिमीहरूलाई थाहा छ?” चेलाहरूले उत्तर दिए, “हामीले सात टोकरी बटुल्यौं।”
21Og han sagde til dem "Hvorledes forstå I da ikke?"
21फेरि येशूले तिनीहरूलाई भन्नुभयो, “यसकारण मैले गरेका ती कुराहरू सम्झ, तर अझै तिमीहरूले बुझन् सकेका छैनौ?”
22Og de komme til Bethsajda. Og man fører en blind til ham og beder ham om, at han vil røre ved ham.
22येशू र उहाँको चेलाहरू बेत्सैदामा आउनु भयो। कोही मानिसहरूले एउटा अन्धा मानिसलाई येशूकहाँ ल्याए, र त्यसलाई छोइदिनुहोस् भनेर बिन्ति गरे।
23Og han tog den blinde ved Hånden og førte ham uden for Landsbyen og spyttede på hans Øjne og lagde Hænderne på ham og spurgte ham, om han så noget.
23अनि येशूले अन्धो मानिसको हात समातेर उसलाई गाउँ बाहिर लैजानू भयो। त्यस मानिसका आँखाहरूमा थुक्नु भयो अनि आफ्ना हातहरू त्यसमाथि राख्नु भयो, अनि अन्धालाई सोध्नुभयो, “तिमीले देख्न सक्छौ अहिले?”
24Og han så op og sagde: "Jeg ser Menneskene; thi jeg ser noget ligesom Træer gå omkring."
24उसले माथि हेरे अनि भने, “म मानिसहरूलाई रूखहरूजस्तै, हिंडिरहेको देख्छु।”
25Derefter lagde han atter Hænderne på hans Øjne, og han blev klarsynet og var helbredt og kunde se alle Ting tydeligt.
25फेरि येशूले आफ्नोहात त्यसको आँखा माथि राख्नुभयो, तब त्यो मान्छेले आफ्ना आँखा पूरा खोल्यो। उसले आफ्नो दृष्टि फेरि प्राप्त गर्यो, अनि उसले सबै कुरा स्पष्ट देख्यो।
26Og han sendte ham hjem og sagde: "Du må ikke gå ind i Landsbyen, ej heller sige det til nogen i Landsbyen."
26येशूले त्यसलाई घर जाऊ भनेर पठाउनु भयो अनि भन्नुभयो “शहरमा नजाऊ।”
27Og Jesus og hans Disciple gik ud til Landsbyerne ved Kæsarea Filippi; og på Vejen spurgte han sine Disciple og sagde til dem: "Hvem sige Menneskene, at jeg er?"
27येशू र चेलाहरू सिजरिया फिलिप्पीका गाउँहरूमा जानूभयो। बाटोमा जाँदै गर्दा , येशूले आफ्ना चेलाहरूलाई सोध्नुभयो, “मानिसहरूले म को हूँ भनी भन्दछन्?”
28Og de sagde til ham: "Johannes Døberen; og andre: Elias; men andre: en af Profeterne."
28चेलाहरूले उत्तर दिए, “कति मानिसहरूले तपाँईंलाई बप्तिस्मा दिने यूहन्ना भन्छन्। कति मानिसहरूले तपाईंलाई एलिया भन्दछन्। अनि अरू कसैले तपाईंलाई अगमवक्ताहरूमा एकजना हुन् भन्दछन्।”
29Og han spurgte dem: "Men I, hvem sige I, at jeg er?" Peter svarede og siger til ham: "Du er Kristus."
29त्यसपछि येशूले तिनीहरूलाई सोधे, “तिमीहरू म को हुँ भनी भन्दछौ?” पत्रूसले जवाफ दिए, “तपाईं ख्रीष्ट हुनुहुन्छ।”
30Og han bød dem strengt,at de ikke måtte sige nogen dette om ham.
30येशूले चेलाहरूलाई कडासित भन्नु भयो, “कसैलाई म को हुँ भनेर नभन्नू।” : 21-28; लूका 9:22-27)
31Og han begyndte at lære dem, at Menneskesønnen skulde lide meget og forkastes af de Ældste og Ypperstepræsterne og de skriftkloge og ihjelslås og opstå efter tre Dage.
31त्यसपछि उहाँले चेलाहरूलाई सिकाउन शुरु गरे कि मानिसको पुत्रले धेरै कष्टहरूको सामना गर्नुपर्छ। येशूले तिनीहरूलाई सिकाउनु भयो, कि यहूदा बुढाहरू, मुख्य प्रधानहरू तथा शास्त्रीहरूले मानिसको पुत्रलाई अस्वीकार गर्नेछन्। उहाँले तिनीहरूलाई सिकाउनु भयो, कि मानिसको पुत्र मारिनु पर्छ अनि मरेको तीन दिनपछि बौरी उठ्नेछन्।
32Og han talte dette frit ud. Og Peter tog ham til Side og begyndte at sætte ham i Rette.
32येशूले पछि घट्ने प्रत्येक घटनाहरूको बारेमा तिनीहरूलाई भन्नुभयो। उहाँले कुनै कुरालाई गुप्त राख्नु भएन। पत्रुसले येशूलाई अलग्ग लगे अनि येशूले भनेका कुराहरूको आलोचना गरे।
33Men han vendte sig og så på sine Disciple og irettesatte Peter og siger: "Vig bag mig, Satan! thi du sanser ikke, hvad Guds er, men hvad Menneskers er."
33तर येशू फनक्क फर्के र चलाहरूलाई हेर्नु भयो। अनि उहाँले पत्रुसलाई हकार्नुभयो। अनि उहाँले पत्रुसलाई भन्नुभयो, “शैतान मदेखि टाढो बस परमेश्वरले सोच्नु भए जस्तो तिमीले सोच्दैनौ। तिमीले मानिसहरूले जस्तै सोच्छौ।”
34Og han kaldte Skaren tillige med sine Disciple til sig og sagde til dem: "Den, som vil følge efter mig, han fornægte sig selv og tage sit Kors op og følge mig!
34तब येशूले मानिसहरूलाई आफूकहाँ बोलाउनुभयो उहाँका चेलाहरू पनि त्यहीं थिए। अनि उहाँले भन्नुभयो, “यदि कसैले मलाई अनुसरण गर्न चाहन्छ भने, त्यसले स्वयंलाई अस्वीकार गरोस् उसले आफूलाई दिईएका क्रूस (कष्टहरू) लाई ग्रहण गर्नेपर्छ, अनि मलाई पछ्याउनु पर्छ।
35Thi den, som vil frelse sit Liv, skal miste det; men den, som mister sit Liv for min og Evangeliets Skyld, han skal frelse det.
35जसले आफ्नो प्राण बचाउँन चाहन्छ, उसले त्यो गुमाउनु पर्नेछ। अनि जसले ममाथि र सुसमाचारको लागि उसको जीवन गुमाउने गर्दछ उसले मात्र आफ्नो जीवनलाई बाचाउँन सक्नेछ।
36Thi hvad gavner det et Menneske at vinde den hele Verden og at bøde med sin Sjæl?
36किनभने मानिसले सारा संसार हात पारेर पनि आफ्नो आत्मा गुमायो भने त्यसलाई के फायदा भयो?
37Thi hvad kunde et Menneske give til Vederlag for sin Sjæl?
37किनभने आफ्नो आत्मा फिर्ता पाउनको निम्ति मानिसले केही पनि तिर्न सक्तैन।
38Thi den, som skammer sig ved mig og mine Ord i denne utro og syndige Slægt, ved ham skal også Menneskesønnen skamme sig, når han kommer i sin Faders Herlighed med de hellige Engle."
38अहिले जो बाँचिरहका छन् तिनीहरू अत्यन्त पापमय अनि नराम्रो समयमा बाँचिरहेका छन्। यदि कोही म र मेरो वचनदेखि शर्माउँछ भने म पनि ती मानिससंग शर्माऊछु। उँ त्यत्तिबेला लज्जित हुनेछ जब म पिताको पूर्ण महिमामा र पवित्र दूतगणसंग आउनेछु।”