1Dømmer ikke,for at I ikke skulle dømmes; thi med hvad Dom I dømme, skulle I dømmes,
1“अरू प्रति निसाफ नगर, जस्तो कि परमेश्वरले पनि तिमीहरूको निसाफ गर्नु हुनेछैन।
2og med hvad Mål I måle, skal der tilmåles eder.
2जुन नियम उपयोग गरी तिमीहरू अरूको निसाफ गर्दछौ, उसैगरी तिमीहरू पनि निसाफ गरिनेछौ। अनि जुन उपाय प्रयोग गरी अरूलाई तिमीरू क्षमा गर्नेछौ त्यही उपाय उपयोग गरी तिमीहरूलाई क्षमा प्रदान गरिनेछ।
3Men hvorfor ser du Skæven, som er i din Broders Øje, men Bjælken i dit eget Øje bliver du ikke var?
3किन तिमी आफ्नो भाइको आँखामा भएको सानो कसिङ्गर देख्छौ, तर तिम्रो आफ्नै आँखामा भएको ठूलो काठको चोइटो भने देख्दैनौ।
4Eller hvorledes kan du sige til din Broder: Lad mig drage Skæven ud af dit Øje; og se, Bjælken er i dit eget Øje.
4अथवा कसरी तिमीले तिम्रो भाइलाई भन्नसक्छौ, ‘मलाई तिम्रो आँखाबाट कसिङ्गर निकाल्नदेऊ,’ जब तिम्रो आफ्नै आँखामा त्यो काठको ठूलो चोइटो रहेकोछ?
5Du Hykler! drag først Bjælken ud af dit Øje, og da kan du se klart til at tage Skæven ud af din Broders Øje.
5ए कपटी हो ! पहिले तिम्रो आफ्नै आँखामा भएको त्यो ठूलो काठको चोइटो निकाल त्यसपछि मात्र तिमीले आफ्ने भाइको आँखामा भएको कसिङ्गर देख्नेछौ।
6Giver ikke Hunde det hellige, kaster ikke heller eders Perler for Svin, for at de ikke skulle nedtræde dem med deres Fødder og vende sig og sønderrive eder.
6“कुकुरहरूलाई पवित्र चीजहरू नदेऊ। तिमीहरूले तिमीलाई झम्टने छन् अनि टुक्रा-टुक्रा पारी च्यात्नेछन्। आफ्ना मोतीहरू सुँगुरका अगाडी नफाल। तिमीहरूले केवल त्यसलाई कुल्चने छन्।
7Beder, så skal eder gives; søger, så skulle I finde; banker på, så skal der lukkes op for eder.
7‘माँग, तब परमेश्वरले तिमीहरूलाई दिनुहुनेछ। खोजी गर तब तिमीहरूले पाउनेछौ। ढक्ढकाऊ, तब ढोका तिमीहरूको लागि उघ्रनेछ।
8Thi hver den, som beder, han får, og den, som søger, han finder, og den, som banker på, for ham skal der lukkes op.
8साँचो हो, जसले माग्छ त्यसले पाउँदछ। जसले खोज्दछ उसले भेट्टाउँदछ। अनि जसले ढक्ढाउँछ उसको निम्ति ढोका खोलिनेछ।
9Eller hvilket Menneske er der iblandt eder, som, når hans Søn beder ham om Brød, vil give ham en Sten?
9तिमीहरूमध्येको बाबु होला? यदि तिमीहरूको छोरोले रोटी मागे, के तिमीहरू उसलाई ढुङ्गा दिन्छौ? अहँ।
10Eller når han beder ham om en Fisk, mon han da vil give ham en Slange?
10अथवा, जब तिम्रो छोरोले माछा माग्छ भने के तिमीले उसलाई साँप दिन्छौ? अहँ!
11Dersom da I, som ere onde, vide at give eders Børn gode Gaver, hvor meget mere skal eders Fader, som er i Himlene, give dem gode Gaver, som bede ham!
11तिमी परमेश्वर झैं होइनौ-तिमी दुष्ट हौ र पनि तिमीहरूका छोरा-छोरीहरूलाई असल कुराहरू दिन जान्दछौ। यसकारण तिमीहरूका पिताले उहाँसित माग्नेहरूलाई कति बढी भरेर असल चीजहरू दिनु हुनुहुनेछ।
12Altså, alt hvad I ville, at Menneskene skulle gøre imod eder, det skulle også I gøre imod dem; thi dette er Loven og Profeterne.
12“अरू मानिसहरूले तिमीहरूलाई जे जसो गरून् भन्ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिमीहरूलाई त्यसै गर। यहीनै मोशाको व्यवस्थाको अर्थ र अगमवक्ताहरूको उपदेश हो।
13Går ind ad den snævre Port; thi den Port er vid, og den Vej er bred,som fører til Fortabelsen, og de ere mange, som gå ind ad den;
13“साँघुरो ढोकाबाट भित्र पस, जसले स्वर्ग तिर पुर्याउँछ। र्नकमा जाने बाटो एकदमै सजिलो छ। अनि ढोका पनि फराकिलो छ। धेरै मानिसहरू त्यसबाट भित्र पस्दछन्।
14thi den Port er snæver, og den Vej er trang, som fører til Livet og de er få, som finde den
14जीवनको बाटोमा लाने ढोका साँघुरो हुन्छ। अनि बाटो अति कठिन छ। केवल केही मानिसहरूले मात्र त्यो बाटो पैलाउन सक्छन्।
15Men vogter eder for de falske Profeter, som komme til eder i Fåreklæder, men indvortes ere glubende Ulve.
15‘झूटा अगमवक्ताहरूबाट होशियार बस। तिनीहरू भेडाका भेषमा तिमीहरूकहाँ आउँछन्। तर वास्तावमा तिनीहरू खतरनाक ब्वाँसाहरू झैं हुन्छन्।
16Af deres Frugter skulle I kende dem. Sanker man vel Vindruer af Torne eller Figener af Tidsler?
16तिनीहरूले गरेका कामहरूबाट तिनीहरूलाई चिन्न सकिन्छ। जसरी मानिसले काँडाका बोटबाट अंगूर अथवा काँडादार पोथ्राबाट नेभारा पाउन सकिंदैन। त्यसरी नै नराम्रो मानिसहरूबाट राम्रा कामहरू हुंदैनन्।
17Således bærer hvert godt Træ gode Frugter, men det rådne Træ bærer slette Frugter.
17त्यसरी नै, प्रत्येक असल रूखले राम्रो फल दिन्छ। अनि नराम्रो रूखले नराम्रै फल दिन्छ।
18Et godt Træ kan ikke bære slette Frugter, og et råddent Træ kan ikke bære gode Frugter.
18एउटा असल रूखले खराब फल फलाउँदैन अनि नराम्रो रूखले कहिल्यै असल फल फलाउँदैन।”
19Hvert Træ, som ikke bærer god Frugt, omhugges og kastes i Ilden.
19असल फल दिन नसक्ने प्रत्येक रूख काटेर ढालिन्छ र आगोमा फालिन्छ।
20Altså skulle I kende dem af deres Frugter.
20यसकारण तिनीहरूका कर्मबाट तिमीहरूले झूटा अगमवक्ताहरूलाई चिन्नेछौ।
21Ikke enhver, som siger til mig: Herre, Herre! skal komme ind i Himmeriges Rige, men den, der gør min Faders Villie, som er i Himlene.
21‘मलाई प्रभु, प्रभु, भन्ने हरेक मानिस स्वर्गको राज्यमा प्रवेश गर्न पाउनेछैन। तर जसले स्वर्गमा हुनुहुने मेरो पिताको इच्छा पालन गर्छ। उसले स्वर्गको राज्यमा प्रवेश गर्न पाउनेछ।
22Mange skulle sige til mig på hin Dag: Herre, Herre! have vi ikke profeteret ved dit Navn, og have vi ikke uddrevet onde Ånder ved dit Navn, og have vi ikke gjort mange kraftige Gerninger ved dit Navn?
22अन्तिम दिनमा धेरैले मलाई भन्नेछन्, ‘तपाईं नै हाम्रा प्रभु हुनुहुन्छ। हामीले तपाईंकै नाउँमा अगमवाणी बोल्यौ; अनि तपाईंकै नाउँमा हामीले ती दुष्टहरूलाई निकाली पठायौं अनि अनेक अनौठा चमत्काहहरू गर्यौ।’
23Og da vil jeg bekende for dem Jeg kendte eder aldrig; viger bort fra mig, I, som øve Uret!
23तब म तिनीहरूलाई स्पष्ट रूपले भन्नेछु, ‘तिमी त्यो पाप काम गर्नेहरू म देखि टाढा होओ मैले तिमीहरूलाई कहिल्यै चिनेको छैन।’
24Derfor, hver den, som hører disse mine Ord og gør efter dem, ham vil jeg ligne ved en forstandig Mand, som byggede sit Hus på Klippen,
24“हरेक मानिस जसले मैले भनेका यी कुराहरू सुन्छ र पालन गर्छ उनै बुद्धिमान हो। बुद्धिमान मानिसले आफ्नो घर चट्टानमाथि निर्माण गरेको छ।
25og Skylregnen faldt, og Floderne kom, og Vindene blæste og sloge imod dette Hus, og det faldt ikke; thi det var grundfæstet på Klippen.
25त्यहाँ घनघोर पानी परयो अनि बाढी आयो। तुफान हुरीले त्यो घरलाई हान्यो। तर पनि त्यो घर ढलेन। किनकि त्यो घर चट्टानमाथि निर्माण गरिएको थियो।
26Og hver den, som hører disse mine Ord og ikke gør efter dem, skal lignes ved en Dåre, som byggede sit Hus på Sandet,
26तर प्रत्येक मानिस जसले मेरा कुरा सुन्छ तर मेरो अनुसरण गर्दैन, त्यो एउटा मूर्ख मानिस जस्तै हो। उसले आफ्नो घर बालुनामाथि बनायो।
27og Skylregnen faldt, og Floderne kom, og Vindene blæste og stødte imod dette Hus, og det faldt, og dets Fald var stort."
27अति बृष्टिको कारणले बाढी आयो, आँधीले घरलाई हान्यो र त्यो ठूलो आवाज सहित ढल्यो।’
28Og det skete, da Jesus havde fuldendt disse Ord, vare Skarerne slagne af Forundring over hans Lære;
28येशूले उपदेश दिनु भएको सुनेर मानिसहरू छक्क परे।
29thi han lærte dem som en, der havde Myndighed, og ikke som deres skriftkloge.
29किनभने येशूले तिनीहरूका व्यवस्थाको शास्त्रीहरूले झैं सिकाउनु भएन। तर अख्तियार भएको मानिसले जस्तो सिकाउनु भयो।