1Et udsagn om Nineve. En bog om Elkosjiten Nahums Syn.
1निनवे शहरको बिषयमा यो दुःखको वचन हो। यो पुस्तक नहूमको दर्शनको पुस्तक हो। नहूम एल्कीशीका छोरा थिए।
2En nidkær Gud, en Hævner er HERREN, en Hævner er HERREN og fuld af Vrede, en Hævner er HERREN mod Uvenner, han gemmer på Vrede mod Fjender.
2परमप्रभु ईर्षलु र बद्ला लिने परमेश्वर हुनुहुन्छ। परमप्रभुले दोषीहरुलाई दण्ड दिनुहुन्छ। परमप्रभुले उहाँको बिरोधिलाई दण्ड दिनुहुन्छ र एकदमै क्रोधित हुनुहुन्छ। परमप्रभुले उहाँका शत्रुहरुलाई दण्ड दिनुहुन्छ र उनीहरुसंग एकदमै क्रोधित हुनुहुन्छ।
3HERREN er langmodig, hans Kraft er stor, HERREN lader intet ustraffet. I Uvejr og Storm er hans Vej, Skyer er hans Fødders Støv.
3परमप्रभु धैर्यशील हुनुहुन्छ, तर उहाँ अत्यन्तै शक्तिशाली पनि हुनुहुन्छ अनि उहाँले दोषीलाई दण्ड दिनुहुन्छ। उहाँले तिनीहरुलाई भाग्न दिनुहुदैन। हेर, परमप्रभु दुष्ट जनहरुलाई दण्ड दिन आउँदै हुनुहुन्छ। उहाँले आफ्नो शक्ति देखाउनको निम्ति भुवँरी र आँधिहरु ल्याउनु हुँनेछ। मानिसहरु यो पृथ्वीमा माटोमाथि हिंड्छन् तर परमप्रभु बादलमाथि हिंड्नुहुन्छ।
4Han truer og udtørrer Havet, gør alle Strømme tørre; Basan og Karmel vansmægter, Libanons Skud visner hen.
4परमुप्रभु समुद्रहरुसित कर्कश शब्दमा बोल्नु हुन्छ अनि त्यो समुद्र सुक्दछ। सबै नदीहरु सुकनेछन्। बाशनर कर्मेलको हरियाली सुख्खाले मार्नेछ। लबानेनको फूलहरु ओइलिनेछन्।
5Bjergene skælver for ham, Højene står og svajer; Jorden krummer sig for ham, Jorderig og alle, som bor der.
5परमप्रभुको आगमन हुनेछ अनि पहाडहरु डरले काम्नेछन्, अमि पहाडहरु पग्लेर बग्नेछन्। परप्रभुको आगमन हुनेछ र पृथ्वी डरले काम्नेछ। यो संसार अनि यसमा रहने सबै डरले काम्नेछन्।
6Hvem kan stå for hans Vrede, hvo holder Stand mod hans Harmglød? Hans Harme strømmer som Ild, og Fjeldene styrter for ham.
6परमप्रभुको भयानक रिसको अघि कोही पनि उभिन सक्तैन। कसैले पनि परमप्रभुको भयानक रिस सहन सक्तैन। उहाँको क्रोध आगो झैं हुन्छ। जब उहाँ आउनुहुन्छ तब चट्टानहरु पनि टुक्रा-टुक्रा हुन्छन्।
7HERREN er god, et Værn på Trængselens Dag; han kender dem, som lider på ham,
7परमप्रभु असल हुनुहुन्छ! उहाँ कष्टको समयमा सुरक्षित स्थान हुनुहुन्छ। उहाँमाथि भरोसा गर्नेहरुको उहाँले हेरचाह गर्नु हुन्छ।
8og fører dem gennem Skybrud. Sine Avindsmænd gør han til intet, støder Fjenderne ud i Mørke.
8तर उहाँले आफ्नो शत्रुहरुलाई पुरै ध्वंश पार्नु हुन्छ। उहाँले शत्रुहरुलाई बाढीको पानीले बगाए जस्तै बगाउँनु हुन्छ। अँध्यारोको बिचमा पनि उहाँले आफ्नो शत्रुहरुलाई लखेट्नु हुन्छ।
9Hvad pønser I på mod HERREN? Han tilintetgør i Bund og Grund; ej kommer der to Gange Nød.
9के तिमीले परमप्रभुको बिरूद्धमा षड्यन्त्र रच्दैछौ? परमप्रभुले तिमीलाई समाप्त पारिदिनु हुनेछ अनि अरु धेरै कष्ट पैदा गर्न सक्षम हुने छैनौ।
10Er de end som sammenflettet Tjørn og gennemdrukne af Vin, skal de dog fortæres som fuldført Strå.
10भाँडा भित्र अड्किएर जलिरहेको काँडाहरु जस्तै तिमीहरु ध्वंश हुनेछौ। सुकेको बल्ने घाँसहरु जस्तै तिमी झट्टै ध्वंश हुनेछौ।
11Fra dig er der en draget ud med ondt i Sinde mod Herren, med Niddingeråd.
11हे अश्शुर! एउटा मानिस तिमीहरुबाट आएकोछ। त्यले परमप्रभुको बिरूद्धमा षड्यन्त्र रचेकोछ अनि खराब सल्लाह दिएकोछ।
12Så siger HERREN: Er de end fuldtallige og aldrig så mange, skal de dog omhugges og forsvinde. Har jeg end ydmyget dig, gør jeg det ikke mere.
12परमप्रभुले यहूदासंग भन्नु हुन्छ, “अश्शूरका मानिसहरु अत्यन्तै शक्तिशाली छन्। तिनीहरुका सैनिकहरु अनगन्ती छन्, तर तिनीहरु काटिनेछन् अनि फ्याँकिने छन्। प्रत्तेकलाई शेष गरिनेछ। हे मेरा मानिसहरु! मैले तिमीहरुलाई धेरै कष्टहरु दिएँ, तर अब म तिमीहरुलाई अरु बेशी कष्ट पैदा गर्नेछैन।
13Nu sønderbryder jeg det Åg, han lagde på dig, og sprænger dine Bånd.
13म अब तिमीहरुलाई अश्शूरको शक्तिबाट मुक्त गर्नेछु। म अब तिमीहरुको गर्दनबाट त्यो जुवा फुकालि दिनेछु। त्यसलाई म चकनाचुर पार्नेछु। जुन साङ्गलाले तिमीहरु बाँधिएका छौ त्यसलाई टुक्रायाउँनेछु।
14Om dig lyder HERRENs Bud: Dit Navn skal ikke ihukommes mere. Af din Guds Hus udrydder jeg det skårne og støbte Billede, og jeg skænder din Grav.
14हे अश्शूरको राजा! तिम्रो सम्बन्धमा परमप्रभुले यो आज्ञा दिनुभएकोछ, तिम्रो नाउँ राख्नलाई तिम्रो कुनै सन्तान रहनेछैन।तिम्रो खोपेको अनि धातुले बनाएको मुर्ति जुन तिम्रो देवताको मन्दिरमा राखिएको छन्, म ती सबै ध्वंश पार्नेछु। म तिम्रा निम्ति चिहान बनाउँदैछु किनकि तिम्रो अन्तिम क्षण आउँदैछ।
15Se, Glædsesbudet, som kundgør Fred, skrider frem over bjergene Fejr dine Fester, Juda, indfri dine Løfter! Thi aldrig skal Niddingen mer drage gennem dig; han er udryddet helt og holdent.
15हेर यहूदा! पहाडमाथिबाट त्यहाँ कोही आउँदैछ। हेर, कसैले सुसमचार लिएर आउँदैछ। हेर, त्यले भन्दैछ, ‘त्यहाँ शान्ति छ।’ यहूदा तिमी आफ्नो बिशेष भोज मनाऊ। यहूदा तिमी आफ्नो भाकल पुरा गर। फेरि दुष्टटले तिमीमाथि आक्रमण गर्नेछैनन्। ती सबै दुष्टहरु ध्वंश पारिनेछन्।