Danish

Nepali

Nahum

2

1Hærgeren drager imod dig, hold Vagt med Omhu, hold Udkig, omgjord din Lænd, saml al din Kraft!
1हे निनवे, तिम्रो बिरूद्धमा युद्ध गर्ने शत्रुहरु आउँदैछन्। यसकारण तिमीले आफ्नो शहर शक्तिशाली भूमिहरु सुरक्षित राख। बाटोमा रक्षागर र युद्धका निम्ति तयार होऊ। लडाईंका निम्ति तत्पर होऊ।
2Thi HERREN genrejser Jakobs og Israels Højhed; dem har jo Hærværksmænd hærget og ødt deres Ranker.
2किभने परमप्रभुले इस्राएलको महिमा जस्तै याकूबको महिमा फर्काएर ल्याउँदै हुनुहुन्छ। शत्रुले तिनीहरुलाई ध्वंश पारेकोछ अनि तिनीहरुको दाखबारि नष्ट पारेकोछ।
3Hans Heltes Skjolde er røde, hans Stridsmænd skarlagenklædt, hans Vogne funkler af Stål, den Dag han ruster og Spydene svinges.
3ती सैनिकहरुको ढालहरु राताछन्। तिनीहरुको पोशाक रातो चम्किलो छ। उनीहरुको रथहरु लडाईंको पंक्तिमा राखिएकाछन् अनि आगोको ज्वाला झैं चम्किरहेकाछन्। तिनीहरुका भालाहरु ठाडो राखिएकाछन्।
4Igennem Gaderne raser Vognene frem, hen over Torvene farer de i susende Fart; de ser ud som Fakler, farer frem og tilbage som Lyn.
4तिनीहरुका रथहरु बाटोमा अत्यन्तै बेगसित दौडन्छन्। तिनीहरु खूल्ला मैदानमा यताउता गरिरहन्छन्। तिनीहरु बलिरहेको राँको जस्तै, ठाउँ-ठाउँबाट बिजुली चम्किरहे जस्तै देखिन्छन्।
5Hans Helte kaldes frem, de snubler i Farten, de styrter frem imod Muren. Skjoldtaget er rejst.
5शत्रुले आफ्नो सर्वोत्तम सेनाहरुलाई बोलाइरहेका छन्। तर जब तिनीहरु बाटोमा कदम मिलाएर अघि बढ्छन् तब तिनीहरु धर्मराउँछन्। तिनीहरु भित्तातिर आतुरिंदै अघि बढ्छन् अनि तिनीहरुको रक्षा ढाल भित्ता भत्काउने यन्त्रमाथि राख्छन्।
6Flodportene bliver åbnet, Kongsgården vakler.
6तर बाढीका फाटकहरु खुल्लाछन्। शत्रुहरु बाढी झैं भित्र पसिरहेकाछन् अनि राजाको महल ध्वंश पारिंदैछ।
7Herskerinden føres bort i Landflygtigbed med sine Terner; de sukker som kurrende Duer, slår sig for Brystet.
7हेर, शत्रुहरुले रानीलाई लाँदैछन् अनि तिनका नोकर्नीहरु छात्ती पिट्दै ढुकुर झैं विलाप गर्दैछन्।
8Nineve er som en Dam, hvis Vand flyder bort. "Stands dog, stands dog!" råbes der, men ingen vender om.
8निनवे पानीको तलाऊ जस्तैछ जसको पानी बगेर गइरहेकोछ। मानिसहरु चिच्याउँदै भन्दैछन्, “पर्ख! पर्ख! भागेर नजाऊ।” तर न त कोही रोकिए न त कसैले त्यसको वास्ता नै गरे।
9Ran Sølv, ran Guld! Der er Liggendefæ uden Ende, alskens kostbare Ting i store Måder.
9हे, सैनिकहरु ज-जसले निनवेको नष्ट गरिरहेका छौ तिमीहरुले चाँदी लैजाऊ। तिमीहरुले सुन लैजाऊ। यहाँ सुन र चाँदीका धेरै वस्तुहरु छन्। यहाँ धेरै बहुमूल्य वस्तुहरुछन्।
10Tomt og tømt og udtømt, ængstede Hjerter, rystende Knæ og Skælven i alle Lænder! Og alle Ansigter blegner.
10अब निनवे रित्तियो। प्रत्येक चिज चोरियो। शहरको बिनाशभयो। मानिसहरुको साहस हरायो तिनीहरुको हृदय डरले गलेकोछ। तिनीहरुको घुँडाहरु काम्दैछन्, तिनीहरुको शरीर काम्छ, तिनीहरुको अनुहार डरले पहेंलो भएकाछन्।
11Hvor er nu Løvernes Bo, Ungløvernes Hule, hvor Løven frak sig tilbage, hvor Ungløven ej kunde skræmmes?
11सिंहहरुको गुफा अब खोई? जहाँ सिंह अनि सिंहिनी बस्दथिए। उनीहरुको डम्मरूहरु निर्भय साथ रहन्थे।
12Den røved til Ungernes Tarv og myrded til Løvinderne, fyldte sine Hier med Bytte. sit Bo med Rov.
12जुन सिंहहरुले आफ्ना डम्मरूहरु र सिंहिनीहरुको निम्ति कति शिकार मारेको थियो, अनि आफ्नो गुफा भरेको थियो। त्यसले आफ्नो ओढारमा शिकार गरेर ल्याएका पशुहरुले र चिथोरेका मासुहरुले भरपुर पार्थ्यो।
13Se, jeg kommer over dig, lyder det fra Hærskarers HERRE, dit Lejrsted lader jeg gå op i Røg. Dine Ungløver skal Sværdet fortære; jeg rydder din Røverfærd bort fra Jorden. Dine Sendebuds Røst skal aldrig høres mer.
13सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “निनवे म तिम्रो बिरूद्धमा छु। म तिम्रो रथहरु जलाई दिनेछु। म तिम्रो जवान सिंहहरुलाई तरवारले मारिदिनेछु। तिमाले कसैलाई पनि पृथ्वीमा शिकार गर्नेछैनौ। मानिसहरुले कहिल्यै पनि तिम्रो बारेमा नराम्रो समचारहरु सुन्ने छैनन्।