Icelandic

Nepali

1 Chronicles

14

1Híram, konungur í Týrus, gjörði menn á fund Davíðs og sendi honum sedrustré, steinhöggvara og trésmiði til þess að reisa höll handa honum.
1हीराम सोर शहरका राजा थिए। हीरामले दाऊदकहाँ दूतहरू पठाए। हीरामले देवदार बृक्षका मूढाहरू, डकर्मी र सिकर्मीहरू पनि दाऊद कहाँ पठाए। हीरामले ती दाऊदको निम्ति महल निर्माण गर्नलाई पठाए।
2Davíð kannaðist þá við, að Drottinn hefði staðfest konungdóm hans yfir Ísrael, að konungdómur sinn væri hátt upp hafinn fyrir sakir þjóðar hans, Ísraels.
2तब दाऊदले देखे कि परमप्रभुले साँच्चै नै तिनलाई इस्राएलका राजा बनाउनु भयो। परमप्रभुले दाऊदको राज्यलाई खुबै विशाल अनि शक्तिशाली तुल्याइदिनु भयो। परमेश्वरले यसो गर्नुभयो किनभने उहाँले दाऊदलाई अनि इस्राएलका मानिसहरूलाई प्रेम गर्नुहुन्थ्यो।
3Davíð tók sér enn konur í Jerúsalem, og Davíð gat enn sonu og dætur.
3दाऊदले यरूशलेम शहरमा धेरै स्त्रीहरूलाई विवाह गरे। अनि तिनका धेरै छोरा छोरीहरू भए।
4Þetta eru nöfn þeirra sona, sem hann eignaðist í Jerúsalem: Sammúa, Sóbab, Natan, Salómon,
4यरूशलेममा जन्म भएका दाऊदका छोरा छोरीहरूका नाँउ यी हुन्; शम्मूअ, शोबाब, नातान, सुलेमान,
5Jíbhar, Elísúa, Elpelet,
5यिभार, एलीशूअ, एल्पेलेत,
6Nóga, Nefeg, Jafía,
6नोगह, नेपेग, यापी,
7Elísama, Beeljada og Elífelet.
7एलीशामा, बेलीयादा अनि एलीपेलेत।
8Þegar Filistar heyrðu, að Davíð væri smurður til konungs yfir allan Ísrael, lögðu allir Filistar af stað að leita Davíðs. Og er Davíð frétti það, fór hann í móti þeim.
8पलिश्ती मानिसहरूले सुने कि दाऊद इस्राएलका राजा चुनिएकाछन्। यसर्थ सबै पलिश्ती मानिसहरू दाऊदको खोजिमा गए। दाऊदले यस विषयमा सुने। तब तिनी पलिश्ती मानिसहरूसित युद्ध गर्न निक्ले।
9Og Filistar komu og dreifðu sér um Refaímdal.
9पलिश्ती मानिसहरूले रपाईमको बेंसीमा बस्ने मानिसहरू माथि आक्रमण गरे अनि तिनीहरूका सर सामानहरू चोरे।
10Þá gekk Davíð til frétta við Guð og sagði: ,,Á ég að fara móti Filistum? Munt þú gefa þá í hendur mér?`` Drottinn svaraði honum: ,,Far þú, ég mun gefa þá í hendur þér.``
10दाऊदले परमेश्वरलाई सोधे, “के म जाऊँ अनि पलिश्ती मानिसहरूसित युद्ध गुरू? के मलाई तपाईले उनीहरूलाई परास्त गर्नु दिनुहुन्छ?” परमप्रभुले दाऊदलाई उत्तर दिनु भयो, “जाउ, म तिमीलाई ती पलिश्ती मानिसहरु माथि बिजय गराउनेछु।”
11Héldu þeir þá til Baal Perasím. Og Davíð vann þar sigur á þeim, og Davíð sagði: ,,Guð hefir látið mig skola burt óvinum mínum, eins og þegar vatn ryður sér rás.`` Fyrir því var sá staður nefndur Baal Perasím.
11तब दाऊद र तिनका मानिसहरू बाल पराजीम शहरसम्म गए। त्यहाँ दाऊद अनि तिनका मानिसहरूले पलिश्ती मानिसहरूलाई परास्त गरे। दाऊदले भने, “भत्केको बाँधबाट पानी छुट्छ। त्यही प्रकारले परमेश्वरले मेरो शत्रुहरू माथि छुट्नु भयो। परमेश्वरले मेरो माध्यमबाट यसो गर्नुभयो।” त्यसै कारणले त्यस स्थानको नाउँ बाल-पराजीम राखिएको हो।
12En þeir létu þar eftir guði sína, og voru þeir brenndir á báli að boði Davíðs.
12पलिश्ती मानिसहरूले बाल पराजीममा आफ्ना मूर्तिहरू छाडेका थिए। दाऊदले आफ्ना मानिसहरू ती मूर्तिहरूलाई जलाउने आदेश दिए।
13Filistar komu aftur og dreifðu sér um dalinn.
13पलिश्तीहरूले रपाईमको बेंसीमा बस्ने मानिसहरू माथी फेरि आक्रमण गरे।
14Þá gekk Davíð enn til frétta við Guð, og Guð svaraði honum: ,,Far þú eigi í móti þeim. Far þú í bug og kom að baki þeim og ráð á þá fram undan bakatrjánum.
14दाऊदले फेरी परमेश्वरसित प्रार्थना गरे। परमेश्वरले दाऊदको प्रार्थनाको उत्तर दिनुभयो। परमेश्वरले भन्नु भयो, “दाऊद, जब तँ आक्रमण गर्दा पलिश्तीहरूको पछि पहाड तिर नलाग। त्यसको साटो तिनीहरूको चारै तिर जा अनि पीपलका रूखहरूका पहाड पट्टी लुक।
15Og þegar þú heyrir þyt af ferð í krónum bakatrjánna, þá skalt þú leggja til orustu, því að þá fer Guð fyrir þér til þess að ljósta her Filista.``
15अनि त्यस समयमा तिमीले किम्बूको टुप्पोहरूबाट हिडीरहेको आवाज सुन्ने छौ। तब तिमीले पलिश्तीहरू माथि आक्रमण गर्नु नै पर्छ। तिमीले यसो अवश्यै गर्नु पर्छ। परमेश्वर आफैं तिमीहरूका अघि अघि पलिश्तीका सेनाहरूलाई प्रहार गर्न जानुहुनेछ।”
16Og Davíð gjörði eins og Guð bauð honum og vann sigur á her Filista frá Gíbeon til Geser.Og frægð Davíðs barst um öll lönd, og Drottinn lét ótta við hann koma yfir allar þjóðir.
16दाऊदले त्यसै गरे जो परमेश्वरले तिनलाई गर्नु भन्नुभएको थियो। यसरी दाऊद अनि तिनका मानिसहरूले पलिश्ती सेनालाई परास्त गरे। तिनीहरूले गिबोन शहरदेखि गेजेर शहर सम्मका सबै पलिश्ती सेनालाई परास्त गरे। तिनीहरूले गिबोन शहरदेखि गेजेर शहर सम्मका सबै पलिश्ती सेनाहरूलाई मारे।
17Og frægð Davíðs barst um öll lönd, og Drottinn lét ótta við hann koma yfir allar þjóðir.
17यसरी दाऊद सबै देशहरूमा प्रसिद्ध भए। परमप्रभुले सबै राष्ट्रहरूलाई दाऊददेखी भयभीत तुल्‌याउनु भयो।