Icelandic

Nepali

1 Chronicles

15

1Davíð byggði hús handa sér í Davíðsborg, og hann bjó stað handa örk Guðs og reisti tjald fyrir hana.
1दाऊदले आपने निम्ति दाऊदशहरमा राजमहलहरू बनाए। तब तिनले करारको सन्दूक राख्नलाई एउटा स्थान बनाए। तिनले त्यसका निम्ति पाल टाँगे।
2Þá sagði Davíð: ,,Enginn má bera örk Guðs nema levítarnir, því að þá hefir Drottinn valið til þess að bera örk Guðs og til þess að þjóna sér að eilífu.``
2तब दाऊदले भने, “लेवीहरूलाई मात्र करारको सन्दूक बोक्ने अनुमति छ। किनभने तिनीहरू हुन् जसलाई परमप्रभुले करारको सन्दूक बोक्न अनि सदा सर्वदा उहाँको सेवा गर्नका निम्ति छान्नु भएको थियो।”
3Síðan stefndi Davíð öllum Ísrael saman til Jerúsalem til þess að flytja örk Drottins á sinn stað, þann er hann hafði búið handa henni.
3दाऊदले इस्राएलका सबै मानिसहरूलाई यरूशलेममा एकसाथ भेट्नु भने जब लेवीहरूले करारको सन्दूकलाई बोकेर तिनले यसको निम्ति बनाएको स्थान मा ल्याउने छन्।
4Og Davíð stefndi saman niðjum Arons og levítunum:
4दाऊदले हारूनका सन्तानहरू र लेवीहरूलाई एक साथ बोलाए।
5Af Kahatsniðjum: Úríel, er var þeirra helstur, og frændum hans, hundrað og tuttugu alls.
5कहातका परिवार समूहबाट 120 मानिसहरू थिए। ऊरीएल तिनीहरूका मुखिया थिए।
6Af Meraríniðjum: Asaja, er var þeirra helstur, og frændum hans, tvö hundruð og tuttugu alls.
6मरारीका परिवार समूहबाट 220 मानिसहरू थिए। असायाह तिनीहरूका अगुवा थिए।
7Af Gersómsniðjum: Jóel, er var þeirra helstur, og frændum hans, hundrað og þrjátíu alls.
7गेर्शोमका परिवार समूहबाट 130 जना मानिसहरू थिए। योएल तिनीहरूका अगुवा थिए।
8Af Elísafansniðjum: Semaja, er var þeirra helstur, og frændum hans, tvö hundruð alls.
8एलीसापानका परिवार समूहबाट 200 मानिसहरू थिए। शमायाह तिनीहरूका मुखिया थिए।
9Af Hebronsniðjum: Elíel, er var þeirra helstur, og frændum hans, áttatíu alls.
9हेब्रोनका परिवार समूहबाट 80 जना मानिसहरू थिए। तिनीहरूका मुखिया एलीएल थिए।
10Af Ússíelsniðjum: Ammínadab, er var þeirra helstur, og frændum hans, hundrað og tólf alls.
10उज्जीएलका परिवार समूहबाट 112 जना मानिसहरू थिए। तिनीहरूका मुखिया अम्मोनीदाब थिए। पूजाहारी र लेवीहरूसित दाऊद कुराकानी गर्छन्
11Síðan kallaði Davíð á Sadók og Abjatar presta og Úríel, Asaja, Jóel, Semaja, Elíel og Ammínadab levíta,
11तब दाऊदले पूजाहारीहरू, सादोक अनि अबियाथारलाई तिनी कहाँ आउनु भने। दाऊदले यी लेवीहरूलाई पनि तिनी कहाँ आउनु भने, उरीएल, असायाह, योएल, शमायाह, एलीएल अनि अम्मीनादाब।
12og mælti við þá: ,,Þér eruð ætthöfðingjar levíta. Helgið yður og frændur yðar og flytjið örk Drottins, Ísraels Guðs, á þann stað, er ég hefi búið handa henni.
12दाऊदले तिनीहरूलाई भने, “तिमीहरू लेवी कुल समूहका अगुवाहरू हौ। तिमीहरू र अन्य लेवीहरूले आफैंलाई पवित्र बनाउनु पर्छ। त्यसपछि करारको सन्दूकलाई मैले त्यसको निम्ति बनाएको स्थानमा ल्याउनु पर्छ।
13Af því að þér voruð eigi við hið fyrra skipti, hefir Drottinn Guð vor lostið oss, af því að vér leituðum hans eigi svo sem vera bar.``
13अघिल्लो पल्ट करारको सन्दूक कसरी बोक्नु पर्ने भनी हामीले परमप्रभुलाई सोधेनौं। तिमी लेवीहरूले त्यो बोकेनौ अनि त्यसै कारण परमप्रभुले हामीलाई दण्ड दिनुभयो।”
14Þá helguðu prestarnir og levítarnir sig til þess að flytja örk Drottins, Ísraels Guðs, upp eftir.
14तब पूजाहारी र लेवीहरूले स्वयंमलाई पवित्र तुल्याए जसद्वारा तिनीहरूले परमप्रभु इस्राएलका परमेश्वरको करारको सन्दूक बोक्न सके।
15Síðan báru niðjar levíta örk Guðs, eins og Móse hafði fyrirskipað eftir boði Drottins, á stöngum á herðum sér.
15लेवीहरूले मोशाले आदेश गरे झैं करारको सन्दूकलाई आफ्ना काँधमा बोक्नमा निम्ति विशेष डन्डा प्रयोग गरे। तिनीहरूले करारको सन्दूक परमप्रभुले भन्नु भए अनुसार बोके।
16Því næst bauð Davíð höfðingjum levíta að setja frændur þeirra, söngmennina, með hljóðfærum þeirra, hörpum, gígjum og skálabumbum, til þess að þeir skyldu láta fagnaðarglaum kveða við.
16दाऊदले लेवीहरूलाई आफ्ना सङ्गीतकार दाज्यू-भाईहरूलाई ल्याउनु भने। सङ्गीतकारहरूले बाजा, वीणा, सारङ्गी अनि झ्यालीहरू ल्याउनु पर्ने अनि खुशीको गीत गाउनु पर्ने थियो।
17Settu levítar til þess Heman Jóelsson, og af frændum hans Asaf Berekíason, og af Meraríniðjum, frændum sínum, Etan Kúsajason,
17तब लेवीहरूले हेमान अनि उसका दाज्यू-भाईहरू आसाप अनि एतानलाई ल्याए। हेमान योएलका छोरा थिए। आसाप बेरेक्याहका छोरा थिए। एतान कुशायाहका छोरा थिए। यी मानिसहरू मरारीका परिवार समूहका थिए।
18og með þeim frændur þeirra af öðrum flokki: Sakaría Jaasíelsson, Semíramót, Jehíel, Únní, Elíat, Benaja, Maaseja, Mattitja, Elífelehú, Mikneja, Óbeð Edóm og Jeíel hliðverði.
18तिनीहरूको परिवारमा दोस्रो दर्जाका थिए। तिनीहरू जकर्याह, याजीएल, शमीरामोत, यहीएल, उन्नी, एलीआब, बनायाह, मासेयाह, मत्तित्याह, एलीपलेहु, मिक्नेयाह ओबेद एदोम र यीएल यी मानिसहरू द्वार पालहरू थिए।
19Auk þess söngvarana Heman, Asaf og Etan með skálabumbum úr eiri, til þess að syngja hátt,
19सङ्गीतकार हेमान, आसाप अनि एतानले काँसाका झ्यालीहरू बजाए।
20og Sakaría, Asíel, Semíramót, Jehíel, Únní, Elíat, Maaseja og Benaja með hörpur, til þess að syngja háu raddirnar,
20जकर्याह, अजीएल, शमीरामोत, यहीएल, उन्नी, एलीआब, मासेयाह अनि बनायाहले अलामोत सारङ्गी बजाए।
21og Mattitja, Elífelehú, Mikneja, Óbeð Edóm, Jeíel og Asaja með gígjur, til þess að syngja lægri raddirnar.
21मत्तित्याह, एलीपलेहू मिक्नेयाह, ओबेद-एदोम यीएल अनि अजज्याहले शिमीनीत निदेशक अनुसार वीणा बजाए। यो तिनीहरूको प्रतिदिनको कार्य थियो।
22Kenanja, er var helstur levítanna við arkarburðinn, sá um arkarburðinn, því að hann bar skyn á það.
22लेवी प्रमूख कनन्याह गाउने जिम्मामा थिए। कनन्याहले यो काम पाए किनभने तिनी गाउनमा खूबै निपुण थिए।
23Berekía og Elkana voru hliðverðir arkarinnar.
23बेरेक्याह अनि एल्काना करारको सन्दूकका दुइ रक्षकहरू थिए।
24Sebanja, Jósafat, Netaneel, Amasaí, Sakaría, Benaja og Elíeser prestar þeyttu lúðra frammi fyrir örk Guðs, og Óbeð Edóm og Jehía voru hliðverðir arkarinnar.
24पूजाहारीहरू शबन्याह, योशापात, नतनेल, अमासै, जकर्याह, बनायाह अनि एलीएजेरको काम करारको सन्दूक अघि-अघि हिंडदा तुरही बजाउने थियो। ओबेद-एदोम अनि यहियाह करारको सन्दूकका अन्य रक्षकहरू थिए।
25Davíð og öldungar Ísraels og þúsundhöfðingjarnir fóru til þess að flytja sáttmálsörk Drottins með fögnuði úr húsi Óbeð Edóms.
25दाऊद, इस्राएलका बूढा-प्रधानहरू अनि सेनाका कप्तानहरू करारको सन्दूक लिन गए। तिनीहरूले त्यसलाई ओबेद एदोमको घर बाहिर निकाले। प्रत्येक व्यक्ति खुशी थिए।
26Og er Guð hjálpaði levítunum, er báru sáttmálsörk Drottins, fórnuðu þeir sjö nautum og sjö hrútum.
26परमेश्वरले लेवीहरूलाई सहायता गर्नु भयो जसले करारको सन्दूक बोकेका थिए। तिनीहरूले सातवटा साढे र सातवटा भेडाहरूको बलिदिए।
27Og Davíð var klæddur baðmullarkyrtli, svo og allir levítarnir, er örkina báru, og söngmennirnir og Kenanja, burðarstjóri, æðstur söngmannanna, en Davíð bar línhökul.
27सबै लेवीहरू जसले करारको सन्दूक बोकेका थिए तिनीहरूले मलमलका राम्रा पोशाक लगाएका थिए। कनन्याह, गाउने जिम्माका व्यक्ति अनि सबै गायकहरूका मलमलका राम्रा पोशाकहरूमा थिए। दाऊदले पनि मलमल द्वारानिर्मित राम्रा पोशाक लगाएका थिए। अनि दाऊदले उत्तम मलमलद्वारा निर्मित एपोद पनि लाएका थिए।
28Og allur Ísrael flutti sáttmálsörk Drottins upp eftir með fagnaðarópi og lúðurhljómi, með lúðrum og skálabumbum, og létu hljóma hörpur og gígjur.En er sáttmálsörk Drottins kom í Davíðsborg, leit Míkal, dóttir Sáls, út um gluggann. Og er hún sá Davíð konung vera að hoppa og dansa, fyrirleit hún hann í hjarta sínu.
28यसरी इस्राएलका सबै मानिसहरूले करारको सन्दूक ल्याए। तिनीहरूले जय-जयकार गरे, तिनीहरूले नरसिङ्गा तुरहीहरू र झ्याली, वीणा अनि साराङ्गीहरू बजाए।
29En er sáttmálsörk Drottins kom í Davíðsborg, leit Míkal, dóttir Sáls, út um gluggann. Og er hún sá Davíð konung vera að hoppa og dansa, fyrirleit hún hann í hjarta sínu.
29जब करारको सन्दूक दाऊदको शहरमा ल्याइपुर्याइयो, मीकलले झ्यालबाट हेरिन्। मीकल शाऊलकी छोरी थिइन्। तब तिनले राजा दाऊदलाई नाच्दै गरेका अनि बाद्य-बाजाहरू बजाउँदै गरेका देखिन्, अनि तिनले दाऊद प्रतिको आफ्नो श्रद्धा हराइन अनि तिनले सोचिन दाऊदले आफैंलाई मूर्ख बनाइरहेछन्।