1तिमोथी! तिमी मेरो छोरो जस्तो हौ। ख्रीष्ट येशूमा भएको हाम्रो अनुग्रहमा दृढ बन।
1Thou therefore, my son, be strong in the grace that is in Christ Jesus.
2मैले सिकाएको कुरा तिमीले सुनेका छौ। अरू धेरैले पनि ती कुरा सुनेकाछन्। तिमीलाई पत्यार लागेका मानिसहरूलाई ती कुराहरू सुम्पीदेऊ जसद्वारा तिनीहरूले पनि अरूलाई सिकाउन योग्य हुनेछ।
2And the things that thou hast heard of me among many witnesses, the same commit thou to faithful men, who shall be able to teach others also.
3हाम्रो दुःखको भागीदार बन। ख्रीष्ट येशूको सच्चो सिपाहीले जस्तो दुःखलाई स्वीकार गर।
3Thou therefore endure hardness, as a good soldier of Jesus Christ.
4सिपाहीले आफ्ना नायकलाई सन्तुष्ट तुल्याउन खोज्छ। त्यसकारणले ऊ सामान्य जीवन कार्यमा फँस्दैन।
4No man that warreth entangleth himself with the affairs of this life; that he may please him who hath chosen him to be a soldier.
5यदि कुनै खेलाडीले दौडमा भाग लिने इच्छा गर्छ भने इनाम जित्नकोलागि उसले खेलको नियम पालन गर्नु पर्छ।
5And if a man also strive for masteries, yet is he not crowned, except he strive lawfully.
6किसान जसले कठिन परिश्रम गर्छ ऊ नै आफूले उमारेको अन्नको पहिलो अधिकारी हुनुपर्छ।
6The husbandman that laboureth must be first partaker of the fruits.
7मैले भनेका कुराहरूमा विचार गर, प्रभुले तिमीलाई यी सब बुझ्ने सामर्थ्य दिनुहुने छ।
7Consider what I say; and the Lord give thee understanding in all things.
8येशू ख्रीष्टको सम्झना गर। उहाँ दाऊदका सन्तान हुनुहुन्छ। येशूलाई मृत्यु पछि बौराइएको थियो। यही सुसमाचार म मानिसहरूलाई भन्छु।
8Remember that Jesus Christ of the seed of David was raised from the dead according to my gospel:
9अनि त्यो सुसमाचार भन्दा मैले दुःख पाइरहेछु। अपराधीलाई जस्तै साङ्गलोले बाँधिने अवस्थामा मैले कष्ट पाइरहेछु। तर पमेश्वरको शिक्षा साङ्गलाद्वारा बाँधिंदैन।
9Wherein I suffer trouble, as an evil doer, even unto bonds; but the word of God is not bound.
10यसैकारण म यी सब कष्टहरू धैर्यपूर्वक भोगिरहेको छु। परमेश्वरले चुनेका ती सबैका निम्ति म यसो गर्छु। ख्रीष्ट येशूमा हुने ती मानिसहरूले मुक्ति पाउन् भनेर नै म यी यातनाहरूलाई स्वीकार गर्छु। त्यही मुक्तिबाट महिमा आउँदछ जो अनन्त हुन्छ।
10Therefore I endure all things for the elect's sakes, that they may also obtain the salvation which is in Christ Jesus with eternal glory.
11यो एक साँचो शिक्षा होः यदि हामी उहाँसित मरेका भए, तब हामी पनि उहाँसितै जिउने थियौं।
11It is a faithful saying: For if we be dead with him, we shall also live with him:
12यदि हामीले दुःख र कष्ट सह्यौ भने हामी उहाँसितै शासन गर्नेछौं। यदि हामीले उहाँलाई स्वीकार्न अस्वीकार गर्यौं भने उहाँले पनि हामीलाई स्वीकार गर्न अस्वीकार गर्नु हुनेछ।
12If we suffer, we shall also reign with him: if we deny him, he also will deny us:
13यदि हामी विश्वासी नभए पनि उहाँ अझ विश्वासी हुनुहुन्छ किन कि उहाँ आफ्नो स्वभावलाई अस्वीकार गर्न सक्नु हुँदैन। परिचित कर्मी
13If we believe not, yet he abideth faithful: he cannot deny himself.
14मानिसहरूलाई यी कुराहरू भनी बस। अनि परमेश्वर समक्ष तिमीहरूलाई चेतावनी देऊ जसद्वारा तिनीहरूले वचनलाई लिएर कुनै बहस नगरून्। वचनहरू बारे र्तक गर्नाले केही लाभ हुने छैन। वास्तवमा त्यसले सुन्नेहरूलाई पनि नष्ट गर्छ।
14Of these things put them in remembrance, charging them before the Lord that they strive not about words to no profit, but to the subverting of the hearers.
15परमेश्वरको समक्ष यस्तो प्रकारले स्वयं उपस्थित हुने भरसक कोशिश गर कि उहाँले तिमीलाई अनुमोदन गर्नु हुनेछ। आफ्नो काममा लज्जित नबन। सत्य शिक्षालाई उचित रूपले उपयोग गर्ने कर्मी बन।
15Study to shew thyself approved unto God, a workman that needeth not to be ashamed, rightly dividing the word of truth.
16जो परमेश्वरबाट आएको होइन त्यस्ता व्यर्थका कुरा गर्नेहरूबाट अलग बस। त्यस्तो कुराले मानिसलाई परमेश्वरको झन- झन विरोधी बन्न अग्रसर गराउँछ।
16But shun profane and vain babblings: for they will increase unto more ungodliness.
17तिनीहरूका झूटो शिक्षा शरीरमा रोग जस्तै फैलिनेछन्। हाइमेनियस र फिलेतस त्यस्तै मानिसहरू हुन्।
17And their word will eat as doth a canker: of whom is Hymenaeus and Philetus;
18तिनीहरूले साँचो शिक्षा त्याग गरे। तिनीहरू सिकाउँछन् कि मृत्युबाट बौराई त पहिल्यै भइसक्यो । यही रीतले ती दुईले कति मानिसहरूका विश्वास ध्वंश पार्दैछन्।
18Who concerning the truth have erred, saying that the resurrection is past already; and overthrow the faith of some.
19तर परमेश्वरको सुदृढ घडेरी सुदृढ नै रहिरहन्छ। त्यस घडेरीमा यी शब्दहरू लेखिएका छनः “प्रभु आफ्ना मानिसहरूलाई चिन्नुहुन्छ।” अनि यी शब्दहरू पनि लेखिएका छन् “प्रत्येक मानिस जसले प्रभुमा विश्वास छ भन्ने दावा गर्छ उसले पापपूर्ण कार्य गर्नु छोडनु पर्छ।”
19Nevertheless the foundation of God standeth sure, having this seal, The Lord knoweth them that are his. And, Let every one that nameth the name of Christ depart from iniquity.
20एउटा ठूलो भवनमा सुन र चाँदीले बनिएका समानहरू छन, तर त्यहाँ काठ र माटाले बनिएका वस्तुहरू पनि छन्। कोही विशेष कामकालागि हुन्छन् भने कुनै साधारण कामकालागि हुन्छन्।
20But in a great house there are not only vessels of gold and of silver, but also of wood and of earth; and some to honour, and some to dishonour.
21यदि कसैले आफूलाई नराम्रो कर्महरूबाट विशुद्ध बनाउँछ भने उसलाई विशेष काममा उपयोग गरिनेछ। त्यो मानिस पवित्र बन्छ अनि ऊ घरको मालिकका निम्ति उपयोगी हुन्छ। ऊ सबै असल कामको निम्ति लायक हुन्छ।
21If a man therefore purge himself from these, he shall be a vessel unto honour, sanctified, and meet for the master's use, and prepared unto every good work.
22जवानीको अभिलाषा देखि टाढो बस। असल जीवन जिउनुलाई विश्वास, प्रेम र शान्ति प्राप्त गर्न महान प्रयास गर। यी कुराहरू शुद्ध हृदय भएका अनि परमप्रभुमा विश्वास भएका मानिसहरूको सङ्गतमा गर्ने प्रयास गर।
22Flee also youthful lusts: but follow righteousness, faith, charity, peace, with them that call on the Lord out of a pure heart.
23मूर्ख र बेसमझका र्तकहरू छोड। तिमी जान्दछौ यस्ता र्तक बढ्ढेर विवादमा परिणत हुन्छन्।
23But foolish and unlearned questions avoid, knowing that they do gender strifes.
24प्रभुको सेवकले झगडा गर्नु हुँदैन। उसले सबैप्रति दयालु हुनु पर्छ। प्रभुको सेवक असल शिक्षक हुनुपर्छ। उ सहनशील हुनुपर्छ।
24And the servant of the Lord must not strive; but be gentle unto all men, apt to teach, patient,
25आफूसित सहमत नहुने मानसिहरूलाई उसले नम्रतापूर्वक सिकाउनु पर्छ। परमेश्वरले तिनीहरूको हृदय परिवर्तन गरिदिन सक्नुहुन्छ अनि तिनीहरुले सत्यलाई स्वीकार गर्न सक्छन्।
25In meekness instructing those that oppose themselves; if God peradventure will give them repentance to the acknowledging of the truth;
26त्यस्ता मानिसहरू शैतानको जालमा परेका हुन्छन् अनि शैतानले चाहे जस्तै काम गर्छन्। तर तिनीहरू जान्न अनि शैतानको जालबाट उम्कन सक्छन्।
26And that they may recover themselves out of the snare of the devil, who are taken captive by him at his will.