1यो याद गर। अन्तिम दिनहरूमा आपदको समय हुनेछ।
1This know also, that in the last days perilous times shall come.
2ती दिनहरूमा मानिसले आफूलाई र पैसालाई मात्र माया गर्नेछन्। ती अहंकारी, घमण्डी र अर्कालाई गाली गर्ने हुन्छन्। मानिसहरूले आफ्ना माता पिताका आज्ञा पालन गर्ने छैनन् अनि कृतज्ञ बन्ने छैनन्। ती परमश्वरले मन पराउनु हुने मानिसहरू हुनेछैनन्।
2For men shall be lovers of their own selves, covetous, boasters, proud, blasphemers, disobedient to parents, unthankful, unholy,
3मानिसहरूले अर्कालाई प्रेम गर्ने छैनन्। तिनीहरूले अरूलाई क्षमा गर्न अस्वीकार गर्नेछन्। तिनीहरूले नराम्रा कुराहरू बोल्नेछन्। तिनीहरूमा आत्मसंयम हुने छैन। तिनीहरू दुराचारी र नीच हुनेछन् अनि असल कुरालाई हेला गर्ने हुनेछन्।
3Without natural affection, trucebreakers, false accusers, incontinent, fierce, despisers of those that are good,
4अन्त्यका दिनहरूमा मानिसहरू आफ्नै साथीको शत्रु बन्ने छन्। केही विचारै नगरी तिनीहरू मूर्ख काम गर्छन्। ती कपटी हुनेछन्। तिनीहरू परमेश्वरलाई भन्दा सुखभोगलाई अधिक प्रेम गर्ने हुन्छन्।
4Traitors, heady, highminded, lovers of pleasures more than lovers of God;
5तिनीहरूले परमेश्वरको सेवा गरे जस्तो त गर्नेछन्। तर व्यवहारमा तिनीहरूले परमेश्वरको सेवा गर्दैनन्। तिमोथी, त्यस्ता मानिसहरूबाट टाडा बस।
5Having a form of godliness, but denying the power thereof: from such turn away.
6त्यस्ता कति मानिसहरू घर जान्छन् र पापले पूर्ण भएका स्त्रीहरूलाई आफ्ना अधीनमा राख्छन्। तिनीहरूले गर्न चाहने धेरै नराम्रा कुराहरूद्वारा तिनीहरूलाई पाप तिर तानिन्छन्।
6For of this sort are they which creep into houses, and lead captive silly women laden with sins, led away with divers lusts,
7ती स्त्रीहरू सदैव नयाँ शिक्षाहरू सिक्न चाहन्छन् तर तिनीहरू सत्यलाई पूर्णरूपले बुझ्न कहिल्यै पनि योग्य हुँदैनन्।
7Ever learning, and never able to come to the knowledge of the truth.
8जेन्नस र जेम्ब्रसलाई नै संझ। तिनीहरू मोशाको विरूद्ध थिए। यी मानिसहरू पनि त्यस्तै हुन्। तिनीहरू सत्यका विरोधी हुन्। तिनीहरूको विचार बहकिएको छ। तिनीहरू सत्यको अनुसरण गर्न चुकेका छन्।
8Now as Jannes and Jambres withstood Moses, so do these also resist the truth: men of corrupt minds, reprobate concerning the faith.
9तर तिनीहरू आफ्ना काममा सफल हुन सक्ने छैनन्। सबले जान्नेछन् कि तिनीहरू मूर्खछन्। जेन्नस र जेम्ब्रसको मामलामा जस्तै प्रत्येकले जान्नेछन् कि तिनीहरू मूर्ख हुन्।
9But they shall proceed no further: for their folly shall be manifest unto all men, as their's also was.
10मेरो बारेमा तिमी सबै जान्दछौ। म के सिकाउँछु, कसरी बस्छु, तिमी जान्दछौ। तिमी मेरो जीवनको लक्ष्य, मेरो विश्वास, धैर्य र प्रेम पनि जान्द्छौ। तिमी जान्दछौ कि कोशिश गर्न म कहिल्यै छोडदिनँ।
10But thou hast fully known my doctrine, manner of life, purpose, faith, longsuffering, charity, patience,
11तिमी मेरो कष्टहरू र यातनाहरू जान्दछौ। एन्टिओक, आइकोनियम र लिस्त्रामा ममाथि घटेका घटनाहरू तिमी सबै जान्दछौ। ती स्थानहरूमा मैले सामना गर्न परेका कष्टहरू तिमीलाई थाहा छ। तर प्रभुले मलाई ती विपदहरूबाट बचाउनु भयो।
11Persecutions, afflictions, which came unto me at Antioch, at Iconium, at Lystra; what persecutions I endured: but out of them all the Lord delivered me.
12ख्रीष्ट येशूमा जसले परमश्वरले चाहेको अनुसार बाँच्न चाहन्छ उसले कष्टहरू भोग्नै पर्छ।
12Yea, and all that will live godly in Christ Jesus shall suffer persecution.
13मानिसहरू जो दुष्ट अनि अरूलाई धोका दिनेहरू छन् ती नराम्रोदेखि अझ नराम्रो हुँदै जान्छन्। तिनीहरू अरूलाई मूर्ख तुल्याउँछन् तर तिनीहरू स्वयंलाई मूर्ख बनाइरहेका हुन्छन्।
13But evil men and seducers shall wax worse and worse, deceiving, and being deceived.
14तिमीले सिकेका शिक्षालाई तिमीले अनुसरण गर्नुपर्छ किनभने ती सत्य हुन् भनी तिमीलाई भरोशा छ। यो कुरा तिमी जान्दछौ किनकि तिनीहरू जसले तिमीलाई ती सिकाए तिनीहरू भरोसा योग्य छन।
14But continue thou in the things which thou hast learned and hast been assured of, knowing of whom thou hast learned them;
15तिम्रो बाल्यकालदेखि नै तिमीलाई पवित्र शास्त्र थाहा छ। ती धर्मशास्त्रले तिमीलाई ज्ञानी तुल्याउनेछ। अनि त्यो ज्ञानले ख्रीष्ट येशूमा विश्वासद्वारा मुक्ति तर्फ डोर्याउँछ।
15And that from a child thou hast known the holy scriptures, which are able to make thee wise unto salvation through faith which is in Christ Jesus.
16सबै धर्मशास्त्रहरू परमेश्वरले दिनु भएको हो। ती धर्मशास्त्रहरू शिक्षा दिनु अनि मानिसको जीवनमा भएका गलत कुराहरू देखाइदिने काममा उपयोगी छन्। धर्मशास्त्रहरू गल्ती सुधार्न अनि उचित जीवन कसरी जिउनु त्यो सिकाउनुमा उपयोगी छन्।
16All scripture is given by inspiration of God, and is profitable for doctrine, for reproof, for correction, for instruction in righteousness:
17परमेश्वरको प्रत्येक सेवक धर्मशास्त्रको प्रयोग गरेर तयार हुनेछ अनि हर किसिमको उत्तम कार्य गर्न उसलाई आवश्यक हरेक कुरा प्राप्त हुनेछ।।
17That the man of God may be perfect, throughly furnished unto all good works.