1याकूबले आफ्ना छोराहरूसित मिश्रदेशतिर यात्रा गरे अनि तिनका प्रत्येक छोरोसित आफ्नो-आफ्नो परिवार थिए। इस्राएलका छोराहरू यिनीहरू नै हुन्,
1Now these are the names of the children of Israel, which came into Egypt; every man and his household came with Jacob.
2रूबेन, शिमोन, लेवी, यहूदा,
2Reuben, Simeon, Levi, and Judah,
3इस्साकार, जबूलून, बिन्यामीन,
3Issachar, Zebulun, and Benjamin,
4दान, नप्ताली, गाद र आशेर।
4Dan, and Naphtali, Gad, and Asher.
5याकूबका आफ्नै परिवारका जम्मा सन्तानहरू सत्तरी जना थिए। यूसुफ याकूबका बाह्रजना छोराहरू मध्ये एकजना थिए (तर तिनी पहिलेदेखि नै मिश्रमा थिए।)
5And all the souls that came out of the loins of Jacob were seventy souls: for Joseph was in Egypt already.
6यूसुफ, उनका दाज्यू-भाइहरू अनि त्यस पुस्ताका सबै मानिसहरूको मृत्यु भयो।
6And Joseph died, and all his brethren, and all that generation.
7तर इस्राएलका मानिसहरूका धेरै बाल-बच्चाहरू थिए अनि तिनीहरूका सन्तान बढि नै रहे। इस्राएलका मानिसहरू शक्तिशाली भए र इस्राएलीहरूले नै मिश्र देश भरियो।
7And the children of Israel were fruitful, and increased abundantly, and multiplied, and waxed exceeding mighty; and the land was filled with them.
8तब नयाँ राजाले मिश्रदेशमा शासन गर्न थाले। त्यो राजाले यूसुफलाई चिन्दैन थिए।
8Now there arose up a new king over Egypt, which knew not Joseph.
9त्यो राजाले आफ्ना मानिसहरूलाई भने, “इस्राएलका मानिसहरूलाई हेर, तिनीहरू विशाल संख्यामा छन् र हामीभन्दा बलिया पनि छन्।
9And he said unto his people, Behold, the people of the children of Israel are more and mightier than we:
10यी इस्राएलीहरूको संख्या वृद्धिमा अंकुशे लगाउन हामीले केही योजनाहरू बनाउनु पर्छ। यदि हामीसित कसैले लडाइँ गरे यी इस्राएलीहरू शत्रु पक्षपट्टि लाग्न सक्छन्। अनि तिनीहरूले हामीलाई जितेर हामीबाट उम्कन सक्छन्।”
10Come on, let us deal wisely with them; lest they multiply, and it come to pass, that, when there falleth out any war, they join also unto our enemies, and fight against us, and so get them up out of the land.
11मिश्रीहरूले इस्राएलीहरूको जीवन कष्टपूर्ण पार्ने निर्णय गरे। यसर्थ मिश्रीहरूले इस्राएलीहरूमाथि कमारा-स्वामीहरू नियुक्त गरे। ती स्वामीहरूले फिरऊनको निम्ति पिताम र रामसेस शहरहरू बनाउन ती इस्राएलीहरूलाई जोर लगाए। राजाले यी शहरहरू अन्न र अरू चीजहरू राख्न प्रयोग गरे।
11Therefore they did set over them taskmasters to afflict them with their burdens. And they built for Pharaoh treasure cities, Pithom and Raamses.
12मिश्रीहरूले इस्राएलीहरूलाई कठिन-कठिन कामहरू गर्न लगाउन थाले, तर जति तिनीहरूलाई काममा लगाइन्थ्यो त्यति नै तिनीहरूको संख्या बढथ्यो अनि फैलिन्थे। अनि मिश्रीहरू इस्राएलीहरूसंग अझै डराउन थाले।
12But the more they afflicted them, the more they multiplied and grew. And they were grieved because of the children of Israel.
13यसर्थ तिनीहरूलाई मिश्रीहरूले अझ कठिन कामहरू गर्न लगाए।
13And the Egyptians made the children of Israel to serve with rigor:
14मिश्रीहरूले इस्राएलीहरूको जीवन कठिन बनाइ दिए। मिश्रीहरूले इस्राएलीहरूलाई ईंटा र त्यसको मसला बनाउँने जस्ता कठिन काम गर्न वाध्य गराए। तिनीहरूलाई खेतमा पनि कठिन काम गर्न वाध्य गराए। तिनीहरूलाई खेतमा पनि कठिन कामहरू गर्न जोर दिए। तिनीहरूले गर्ने प्रत्येक काममा नै इस्राएलीहरूलाई सह्रै कठिन अप्ठयारोमा पारे।
14And they made their lives bitter with hard bondage, in mortar, and in brick, and in all manner of service in the field: all their service, wherein they made them serve, was with rigor.
15हिब्रू स्त्रीहरूले नानी जन्माउने समयमा हेरचाह गर्ने त्यहाँ दुइजना सुँडेनीहरू थिए। तिनीहरूको नाउँ शिप्रा र पूआ थियो। मिश्रदेशका राजाले ती दुइ सुँडेनीसंग कुरा गरे।
15And the king of Egypt spake to the Hebrew midwives, of which the name of the one was Shiphrah, and the name of the other Puah:
16राजाले तिनीहरूलाई भने, “जब तिमीहरूले एउटा हिब्रू स्त्रीहरूलाई नानी जन्माउनमा सहायता गर्नेछौ, यदि छोरी जन्मिछे भने उसलाई बाँच्न देऊ। तर यदि छोरा जन्मिछ भने तब त्यसलाई अवश्य मारिदेऊ।”
16And he said, When ye do the office of a midwife to the Hebrew women, and see them upon the stools; if it be a son, then ye shall kill him: but if it be a daughter, then she shall live.
17तर ती सुँडेनीहरूले परमेश्वरलाई सम्मान गर्थे। यसकारण तिनीहरूले राजाको हुकुम पालन नगरी, जन्मेका बालकहरूलाई बाँच्न दिए।
17But the midwives feared God, and did not as the king of Egypt commanded them, but saved the men children alive.
18तब राजाले ती सुँडेनीहरूलाई बोलाए र तिनीहरूलाई भने, “तिमीहरूले यस्तो किन गर्यौ? तिमीहरूले बालकहरूलाई किन बाँच्न दियौ? यसो किन गर्यौ?”
18And the king of Egypt called for the midwives, and said unto them, Why have ye done this thing, and have saved the men children alive?
19सुँडेनीहरूले फिरऊनलाई उत्तर दिए, “महाराज! हिब्रू स्त्रीहरू मिश्री स्त्रीहरूभन्दा ज्यादै बलिया छन्। हामीहरू तिनीहरूलाई सहायता गर्न पुग्नअघिनै नानी जन्माइसकेका हुन्छन्।”
19And the midwives said unto Pharaoh, Because the Hebrew women are not as the Egyptian women; for they are lively, and are delivered ere the midwives come in unto them.
20[This verse may not be a part of this translation]
20Therefore God dealt well with the midwives: and the people multiplied, and waxed very mighty.
21[This verse may not be a part of this translation]
21And it came to pass, because the midwives feared God, that he made them houses.
22यसकारण राजा फिरऊनले आफ्ना सबै मानिसहरूलाई आदेश दिए, “सबै बालिकाहरूलाई बाँच्न देऊ। तर जब प्रत्येक पल्ट बालक जन्मन्छ तिमीहरूले उसलाई नील नदीमा अवश्यै फ्याँक्नु पर्छ।”
22And Pharaoh charged all his people, saying, Every son that is born ye shall cast into the river, and every daughter ye shall save alive.