Nepali

King James Version

Exodus

2

1एकजना मानिस जो लेवी कुलका थिए, तिनले लेवी कुलकै एउटी आइमाईलाई विवाह गरे।
1And there went a man of the house of Levi, and took to wife a daughter of Levi.
2त्यो महिला गर्भवती भई अनि छोरा जन्माई। त्यो बालक अत्यन्त सुन्दर थियो। यसर्थ उसकी आमाले उसलाई तीन महीनासम्म लुकाएर राखी।
2And the woman conceived, and bare a son: and when she saw him that he was a goodly child, she hid him three months.
3जब उनले त्यसलाई अझ लामो समयसम्म लुकाउन सकिन उसले एउटा डालो बनाई अनि त्यसलाई अलकत्राले लिपि कारण यसो गर्दा त्यो पानीमा बग्थ्यो, उसले त्यो बालकलाई डालो भित्र हाली अनि डालो निगालोधारी बीच नील नदीको छेउमा राखी।
3And when she could not longer hide him, she took for him an ark of bulrushes, and daubed it with slime and with pitch, and put the child therein; and she laid it in the flags by the river's brink.
4त्यस नानीकी दिदीले बालकलाई के हुँदो रहेछ भनेर हेर्नको निम्ति केही टाढा बसी।
4And his sister stood afar off, to wit what would be done to him.
5जब फिरऊनकी छोरी नील नदीमा नुहाउन आइन् तिनकी सेवीकाहरू नील नदीको छेउमा हिंडे, फिरऊनकी छोरीले डालो अग्ला निगालो घारिको बीचमा देखिन्। यसर्थ तिनले त्यो डालो ल्याउन तिनीहरू मध्ये एकजनालाई अह्राइन्।
5And the daughter of Pharaoh came down to wash herself at the river; and her maidens walked along by the river's side; and when she saw the ark among the flags, she sent her maid to fetch it.
6राजकुमारीले ती डालो खोलिन् र त्यसभित्र एउटा बालकलाई रोइरहेको पाइन्। बालक रोइरहेकोमा त्यो राजकुमारी दुःखी भइन्। त्यसपछि तिनले थाहा पाइन् कि त्यो बालक कुनै हिब्रूको हो।
6And when she had opened it, she saw the child: and, behold, the babe wept. And she had compassion on him, and said, This is one of the Hebrews' children.
7त्यस बालककी दिदीले फिरऊनको छोरीलाई सोधी, “म एउटी हिब्रू आइमाईलाई खोजूँ जसले यो नानीलाई तपाईंको निम्ति स्याहार सुसार गर्न सक्छे?”
7Then said his sister to Pharaoh's daughter, Shall I go and call to thee a nurse of the Hebrew women, that she may nurse the child for thee?
8फिरऊनकी छोरीले भनी, “हुन्छ, ल्याई देऊ।” यसर्थ त्यो केटी गएर त्यस नानीकी आफ्नै आमालाई लिएर आई।
8And Pharaoh's daughter said to her, Go. And the maid went and called the child's mother.
9फिरऊनकी छोरीले नानीकी आमालाई भनी, “यो नानी लैजाऊ अनि यसलाई हेरचाह गर र म तिमीलाई त्यसका निम्ति ज्याला दिनेछु।” तब आइमाईले नानीलाई लगी र उसलाई हेरचाह गरी।
9And Pharaoh's daughter said unto her, Take this child away, and nurse it for me, and I will give thee thy wages. And the women took the child, and nursed it.
10त्यो नानी हुर्कियो अनि केही समयपछि त्यस आइमाईले राजकुमारीलाई नानी दिई। त्यो राजकुमारीले नानी ग्रहण गरी अनि त्यो नानीलाई उसले पानीबाट तानेर निकालेको हुनाले त्यसको नाउँ मोशा राखी।
10And the child grew, and she brought him unto Pharaoh's daughter, and he became her son. And she called his name Moses: and she said, Because I drew him out of the water.
11जब मोशा बढेर ठूलो भए, उनी बाहिर गए अनि हिब्रू, आफ्ना मानिसहरूलाई कठिन काम गर्न लगाएको देखे। एक दिन मोशाले एकजना मिश्री मानिसले मोशाको एकजना हिब्रू मानिसलाई हिर्काउँदै गरेको देखे।
11And it came to pass in those days, when Moses was grown, that he went out unto his brethren, and looked on their burdens: and he spied an Egyptian smiting an Hebrew, one of his brethren.
12मोशाले चारैतिर हेरे र त्यहाँ कोही अरू मानिसहरू नभएकाले त्यस मिश्री मानिसलाई मारेर बालुवा तल पुरे।
12And he looked this way and that way, and when he saw that there was no man, he slew the Egyptian, and hid him in the sand.
13अर्को दिन दुइ जना हिब्रू मानिसहरूलाई आफ्स्तमा लडाइँ गर्दै गरेको भेटे। तिनीहरू मध्ये एकजनाको कसुर भएको उनले पाए अनि तिनलाई भने, “तिमीले किन आफ्नो छिमेकीलाई नोक्सान पुर्याइरहेकाछौं?”
13And when he went out the second day, behold, two men of the Hebrews strove together: and he said to him that did the wrong, Wherefore smitest thou thy fellow?
14त्यस मानिसले उत्तर दियो, “कसले तिमीलाई हाम्रो न्यायकर्ता र शासक बनायो? के तिमीले मलाई पनि मार्न लागिरहेकाछौ जस्तो तिमीले त्यो मिश्री मानिसलाई मारेका थियौ?” तब मोशा डराए। उनले सोचे, “मैले के गरेको थिएँ त्यो थाह पाए छ।”
14And he said, Who made thee a prince and a judge over us? intendest thou to kill me, as thou killedst the Egyptian? And Moses feared, and said, Surely this thing is known.
15मोशाद्वारा हत्या गरेको विषयमा फिरऊनले पनि थाह पाए, अनि उसलाई मार्ने निश्चय गरे। यसकारण मोशाले आफैलाई फिरऊन देखि बाँच्नको निम्ति भागेर मिद्यानमा गए। जब मोशा मिद्यानमा पुगे ऊ कुनै कुवाको नजिक बसे।
15Now when Pharaoh heard this thing, he sought to slay Moses. But Moses fled from the face of Pharaoh, and dwelt in the land of Midian: and he sat down by a well.
16त्यहाँ एक जना मिद्यान पूजाहारी बस्थे जसका सातवटी छोरीहरू थिए। छोरीहरू तिनीहरूका पिताका भेडाहरूका लागि त्यही कुवामा पानी निकाल्न आए। तिनीहरूले डुँडमा पानी भर्ने प्रयास गरिरहेका थिए।
16Now the priest of Midian had seven daughters: and they came and drew water, and filled the troughs to water their father's flock.
17तर त्यहाँ केही भेडा गोठालाहरू जो त्यहाँ थिए केटीहरूलाई पछ्याउने चेष्टा गरे। यसकारण मोशाले केटीहरूलाई बंचाए अनि पानी झिके र पशुहरूलाई दिए।
17And the shepherds came and drove them away: but Moses stood up and helped them, and watered their flock.
18तब ती केटीहरू तिनीहरूको बाबु रूएलकहाँ गए तिनीहरूका बाबुले तिनीहरूलाई सोधे, “किन आज तिमीहरू यति चाँडै घरमा आएकाछौं?”
18And when they came to Reuel their father, he said, How is it that ye are come so soon to day?
19केटीहरूले उत्तर दिए, “हो बाबु, गोठालाहरूले हामीलाई पछ्याउने चेष्टा गरे, तर एकजना मिश्र देशी मानिसले हाम्रो निम्ति पानी ताने र हाम्रा पशुहरूलाई खुवाए।”
19And they said, An Egyptian delivered us out of the hand of the shepherds, and also drew water enough for us, and watered the flock.
20यसकारण रूएलले आफ्नी छोरीहरूलाई भने, “त्यो मानिस कहाँ छ? किन तिमीहरूले उसलाई एक्लै छोड्यौ? उसलाई यहाँ बोलाऊ अनि उसले हामीसंगै खाओस्!”
20And he said unto his daughters, And where is he? why is it that ye have left the man? call him, that he may eat bread.
21मोशा रूएलसंग बस्न राजी भए। रूएलले आफ्नी छोरी सिप्पोरासंग मोशाको विवाह गरिदिए।
21And Moses was content to dwell with the man: and he gave Moses Zipporah his daughter.
22सिप्पोरा गर्भवती भई अनि एउटा छोरा जन्माइ मोशाले आफ्नो छोरोको नाउँ गेर्शोम राखे किनभने मोशा त्यस भूमिमा अपरिचित थिए जो उनको थिएन।
22And she bare him a son, and he called his name Gershom: for he said, I have been a stranger in a strange land.
23धेरै समय बिते पश्चात् मिश्रका राजाको मृत्यु भयो। तर इस्राएलका मानिसहरू अझै कठोर काम गर्नु बाध्य थिए। यसकारण तिनीहरूले सहायताको निम्ति प्रार्थना गरे अनि तिनीहरूको प्रार्थना परमेश्वरले सुन्नु भयो।
23And it came to pass in process of time, that the king of Egypt died: and the children of Israel sighed by reason of the bondage, and they cried, and their cry came up unto God by reason of the bondage.
24परमेश्वरले तिनीहरूको प्रार्थना सुन्नु भयो र उहाँले अब्राहाम, इसहाक अनि याकूबसित गर्नु भएको करार सम्झनु भयो। 25परमेश्वरले इस्राएलका मानिसहरूको कष्टहरू देख्नु भयो अनि चाँडै तिनीहरूलाई सहायता गर्नु पर्ने उहाँले बुझ्नु भयो।
24And God heard their groaning, and God remembered his covenant with Abraham, with Isaac, and with Jacob.
25[This verse may not be a part of this translation]
25And God looked upon the children of Israel, and God had respect unto them.