Nepali

King James Version

Exodus

36

1“यसकारण बजलेल, ओहोलीआब अनि अरू सबै निपुण कर्मीहरूलाई आज्ञा परमप्रभुले दिनुभएको अनुसारका चीज बनाउनु पर्छ। परमप्रभुले पवित्र स्थान बनाउन आवश्यक पर्ने चीज बनाउनु ती निपुण कर्मीहरूलाई सीप दिनु भयो।”
1Then wrought Bezaleel and Aholiab, and every wise hearted man, in whom the LORD put wisdom and understanding to know how to work all manner of work for the service of the sanctuary, according to all that the LORD had commanded.
2त्यसपछि मोशाले बजलेल, ओहोलीआब अनि अरू सबै निपुण मानिसहरूलाई बोलाए ज-जसलाई परमप्रभुले विशेष ज्ञान दिनुभएको थियो। ती मानिसहरू पनि आए किनभने तिनीहरूले यो काममा सहायता गर्न चाहन्थे।
2And Moses called Bezaleel and Aholiab, and every wise hearted man, in whose heart the LORD had put wisdom, even every one whose heart stirred him up to come unto the work to do it:
3मोशाले तिनीहरूलाई ती सब चीजहरू दिए जो इस्राएली मानिसहरूले परमप्रभुको निम्ति उपहार स्वरूप ल्याएका थिए अनि तिनीहरूले ती सबै चीजहरू पवित्र स्थान निर्माण गर्न प्रयोग गरे। मानिसहरूले प्रत्येक बिहान भेटीहरू ल्याए।
3And they received of Moses all the offering, which the children of Israel had brought for the work of the service of the sanctuary, to make it withal. And they brought yet unto him free offerings every morning.
4आखिरमा ती सबै कर्मीहरूले तिनीहरूले गर्दै गरेको काम रोके। तिनीहरू मोशाकहाँ गए र भने,
4And all the wise men, that wrought all the work of the sanctuary, came every man from his work which they made;
5“मानिसहरूले उपहारहरू धेरै ल्याए। अहिले हामीसंग परमप्रभुले आज्ञा गर्नु भए अनुसार चीजहरू बनाउन चाहे भन्दा प्रशस्त समानहरू छन्।”
5And they spake unto Moses, saying, The people bring much more than enough for the service of the work, which the LORD commanded to make.
6तब मोशाले पुरै छाउनीमा यो समाचार पठाए, “अब कुनै पनि पुरूष अथवा स्त्रीले पवित्र स्थानका निम्ति केही पनि भेटी ल्याउनु पर्दैन।”यसकारण मानिसहरूले भेटीहरू ल्याउन रोके।
6And Moses gave commandment, and they caused it to be proclaimed throughout the camp, saying, Let neither man nor woman make any more work for the offering of the sanctuary. So the people were restrained from bringing.
7मानिसहरूले आवश्यक भन्दा बेशी भेटीहरू पठाए।
7For the stuff they had was sufficient for all the work to make it, and too much.
8तब निपुण कर्मीहरूले पवित्र पाल निर्माण गर्न शुरू गरे। तिनीहरूले मसिनो सुतीको कपडा अनि निलो, बैजनी अनि रातो धागोहरू बाट दशवटा पर्दाहरू बनाए। तिनीहरूले प्रत्येक पर्दाहरूमाथि करूब स्वर्गदूतको बुट्टा बनाए।
8And every wise hearted man among them that wrought the work of the tabernacle made ten curtains of fine twined linen, and blue, and purple, and scarlet: with cherubim of cunning work made he them.
9त्यहाँ बनिएका प्रत्येक पर्दा एउटै नापको थिए। 28 हात लामो अनि 4 हात चौंडाई भएको।
9The length of one curtain was twenty and eight cubits, and the breadth of one curtain four cubits: the curtains were all of one size.
10ती कर्मीहरूले पाँचवटा पर्दाहरूलाई जोडेर एउटा बनाए, अनि तिनीहरूले अर्को पाँचवटा पर्दाहरूलाईसंगै जोडेर अर्को एउटा पर्दा बनाए।
10And he coupled the five curtains one unto another: and the other five curtains he coupled one unto another.
11पहिलाको पर्दाको अन्तिम किनारमा सुर्काउनी बनाउन तिनीहरूले निलो लुगा प्रयोग गरे। तिनीहरूले अर्को समूहको अन्तिममा पनि त्यसै गरे।
11And he made loops of blue on the edge of one curtain from the selvedge in the coupling: likewise he made in the uttermost side of another curtain, in the coupling of the second.
12एक समूहको अन्तिम पर्दामा पचास सुर्काउनी र अर्को समूहको अन्तिम पर्दामा पनि पचास सुर्काउनीहरू थिए। सुर्काउनीहरू एकार्को थिए।
12Fifty loops made he in one curtain, and fifty loops made he in the edge of the curtain which was in the coupling of the second: the loops held one curtain to another.
13त्यसपछि तिनीहरूले सुनका पचासवटा अंकुसेहरू ती दुइ पर्दालाई जोडन बनाए अनि यसरी पवित्र पालसंगै जोडिएर एउटै भयो।
13And he made fifty taches of gold, and coupled the curtains one unto another with the taches: so it became one tabernacle.
14त्यसपछि कर्मीहरूले पवित्र पाल ढाक्नको निम्ति अर्को एउटा पाल बनाए। तिनीहरूले एघारवटा पर्दाहरू बनाउन बाख्राको भुत्ला प्रयोग गरे।
14And he made curtains of goats' hair for the tent over the tabernacle: eleven curtains he made them.
15तीस हात लामो अनि चार हात चौडा सबै पर्दाहरू एउटा नापका बनाए।
15The length of one curtain was thirty cubits, and four cubits was the breadth of one curtain: the eleven curtains were of one size.
16ती कर्मीहरूले पाँचवटा पर्दा जोडेर एउटा ठूलो र फेरि छ वटा पर्दा जोडेर अर्को समूह बनाए।
16And he coupled five curtains by themselves, and six curtains by themselves.
17एक समूहको आखिरी पर्दीको अन्तिम किनारामा तिनीहरूले पचासवटा प्वालहरू पारे अनि अर्को समूहको अन्तिम किनारामा पनि पचासवटा प्वालहरू पारे।
17And he made fifty loops upon the uttermost edge of the curtain in the coupling, and fifty loops made he upon the edge of the curtain which coupleth the second.
18ती दुइ समूहका पर्दाहरू जोडेर एउटा पाल बनाउन तिनीहरूले काँसाको पचासवटा अंकुसे बनाए।
18And he made fifty taches of brass to couple the tent together, that it might be one.
19तब तिनीहरूले पवित्र पालको निम्ति अझ दुइवटा आवरणहरू बनाए। एउटा आवरण रातो रंगले रंगाएको भेडाको छालाबाट अनि अरू नरम छालाहरूबाट बनाए।
19And he made a covering for the tent of rams' skins dyed red, and a covering of badgers' skins above that.
20तब तिनीहरूले बबुल काठको फल्याकहरू पवित्र स्थानलाई सहायता गर्न बनाए।
20And he made boards for the tabernacle of shittim wood, standing up.
21प्रत्येक फल्याक दश हात लामा अनि एक हात आधा चौडाइको थियो।
21The length of a board was ten cubits, and the breadth of a board one cubit and a half.
22प्रत्येक फल्याक बनाउँदा दुइवटा खम्बाहरू एका अर्कोमा बाख्राको भुत्लासित जोडिएका थिए। यी सबै फल्याकहरू पवित्र स्थानको निम्ति थिए।
22One board had two tenons, equally distant one from another: thus did he make for all the boards of the tabernacle.
23पवित्र स्थानको दक्षिण पट्टिको निम्ति तिनीहरूले बीसवटा फल्याकहरू बनाए।
23And he made boards for the tabernacle; twenty boards for the south side southward:
24त्यसपछि तिनीहरूले चालीसवटा चाँदीको आधारहरू बनाए तिनीहरूले दुइवटा आधारहरू प्रत्येक फल्याकमा लगाए।
24And forty sockets of silver he made under the twenty boards; two sockets under one board for his two tenons, and two sockets under another board for his two tenons.
25तिनीहरूले पवित्र पालको उत्तर पट्टिको निम्ति पनि बीसवटा फल्याकहरू बनाए।
25And for the other side of the tabernacle, which is toward the north corner, he made twenty boards,
26तिनीहरूले चालीसवटा आधारहरू बनाए, तिनीहरूले दुइवटा आधारहरू प्रत्येक फल्याकमा लगाए।
26And their forty sockets of silver; two sockets under one board, and two sockets under another board.
27पवित्र पालको पश्चिम भागको तिनीहरूले अझै छःवटा फल्याकहरू तैयार गरे।
27And for the sides of the tabernacle westward he made six boards.
28पवित्र पालको पछिल्तिरको कुनाको निम्ति पनि तिनीहरूले दुइवटा फल्याकहरू बनाए।
28And two boards made he for the corners of the tabernacle in the two sides.
29अनि यी फल्याकहरू तल सबै संगै जोडिएका थिए। माथिल्लो भागमा कुनाका फल्याकहरू एउटा अंकुसेले जोडिएका थिए। ती कर्मीहरूले अरू कुनाका फल्याकहरू पनि त्यसरी नै जोडेका थिए।
29And they were coupled beneath, and coupled together at the head thereof, to one ring: thus he did to both of them in both the corners.
30यसकारण त्यहाँ जम्मा आठवटा फल्याकहरू अनि प्रत्येक फल्याकको दुइवटा आधारहरू थिए, जम्मा सोह्रवटा चाँदीका आधारहरू थिए।
30And there were eight boards; and their sockets were sixteen sockets of silver, under every board two sockets.
31कर्मीहरूले बबुलको काठ पवित्र पालको एक पट्टिको फल्याक पाँच पट्टी बनाउन प्रयोग गरे।
31And he made bars of shittim wood; five for the boards of the one side of the tabernacle,
32प्रयोग गरे अर्को पट्टिको फल्याकहरूको निम्ति पाँचवटा पट्टीहरू अनि पवित्र पालको पछि पट्टिको फल्याकहरूको पश्चिम पट्टि।
32And five bars for the boards of the other side of the tabernacle, and five bars for the boards of the tabernacle for the sides westward.
33तिनीहरूले मध्य फल्याकहरूबाट एक कुना देखि अर्को कुनासम्म छिराएर पठाउनलाई बनाए।
33And he made the middle bar to shoot through the boards from the one end to the other.
34तिनीहरूले यी फल्याकहरूलाई सुनले मोहोरे। तब तिनीहरूले पट्टी समात्नको निम्ति मुन्द्राहरू बनाए। तिनीहरूले बारहरूलाई सुनले मोहोरे।
34And he overlaid the boards with gold, and made their rings of gold to be places for the bars, and overlaid the bars with gold.
35तिनीहरूले महापवित्र स्थानका पर्दाहरू बनाउदा मिहीन निलो सुती लुगा बैजनी र रातो धागो प्रयोग गरे अनि तिनीहरूले मिहीन सूती लुगामाथि करूब स्वर्गदूतको चित्रमा बुट्टा भरे।
35And he made a vail of blue, and purple, and scarlet, and fine twined linen: with cherubim made he it of cunning work.
36तिनीहरूले बबुल काठको चारवटा खम्बाहरू बनाएर सुनले मोहरे। ती खम्बाहरूका निम्ति सुनको अंकुसेहरू बनाए। तिनीहरूले ती खम्बाहरूको निम्ति चारवटा चाँदीका आधारहरू पनि बनाए।
36And he made thereunto four pillars of shittim wood, and overlaid them with gold: their hooks were of gold; and he cast for them four sockets of silver.
37त्यसपछि पवित्र पालको प्रवेशद्वार ढाक्न तिनीहरूले पर्दा बनाए। यस पर्दाको निम्ति मिहीन सूती अनि निलो, बैजनी अनि रातो धागो प्रयोग गरे र पर्दामा नक्शा सिलाए।
37And he made an hanging for the tabernacle door of blue, and purple, and scarlet, and fine twined linen, of needlework;
38प्रयोग द्वारमाथि पर्दाको लागि तिनीहरूले पाँचवटा खम्बाहरू तथा अंकुसेहरू बनाएर खम्बाका सुर्काउनीहरू र पर्दाका खाम्बालाई सुनले मोहोरे। ती पाँचवटा खम्बाको लागि तिनीहरूले पाँचवटा आधारहरू बनाए।
38And the five pillars of it with their hooks: and he overlaid their chapiters and their fillets with gold: but their five sockets were of brass.