1बजलेलले बबुल काठको पवित्र सन्दूक बनाए। त्यो सन्दूकको लम्बाई दुइ हात आधा, चौडाइ र उचाइ एक हात आधाको थियो।
1And Bezaleel made the ark of shittim wood: two cubits and a half was the length of it, and a cubit and a half the breadth of it, and a cubit and a half the height of it:
2त्यसको भित्र र बाहिर उसले सुनले मोहोर्यो उसले सन्दूकको वरिपरि सबैमा सुनको घेरा बनाए।
2And he overlaid it with pure gold within and without, and made a crown of gold to it round about.
3सन्दूकको एकपट्टि दुइवटा मुन्द्री लगाए।
3And he cast for it four rings of gold, to be set by the four corners of it; even two rings upon the one side of it, and two rings upon the other side of it.
4उसले बबुल काठका डण्डाहरू बनाए अनि तिनीहरूलाई सुनले मोहोरी दियो।
4And he made staves of shittim wood, and overlaid them with gold.
5उसले डण्डाहरू सन्दूकको दुवै भागमा भएका मुन्द्रीहरू भित्र घुसार्यो। यी डण्डाहरू सन्दूक बोक्न प्रयोग गर्थे।
5And he put the staves into the rings by the sides of the ark, to bear the ark.
6तब सन्दूकको आवरण शुद्ध सुनले बनाए। यो दुइ हात आधा लामो अनि एक हात आधा चौंडाईको थियो।
6And he made the mercy seat of pure gold: two cubits and a half was the length thereof, and one cubit and a half the breadth thereof.
7तब आवरणको प्रत्येक छेउममा बजलेलले करूब स्वर्गदूतको सुनको दुइवटा आकृतिहरू कुँदे।
7And he made two cherubim of gold, beaten out of one piece made he them, on the two ends of the mercy seat;
8उनले एउटा करूब स्वर्गदूतलाई आसनको एक छेउमा राखे, उनले अर्को करूब स्वर्ग दूतलाई आसनको अर्को छेउमा राख्यो, र करूब स्वर्गदूतलाई आसनसित जोडे तिनीहरू एउटै भए।
8One cherub on the end on this side, and another cherub on the other end on that side: out of the mercy seat made he the cherubim on the two ends thereof.
9करूब स्वर्गदूतका पखेंटाहरू आसनमाथि फैलिएका थिए, र तिनीहरूले त्यसलाई ढाकेका थिए। स्वर्गदूतहरू एक-अर्काका सम्मुख आसनभित्र हेरिरहेका थिए।
9And the cherubim spread out their wings on high, and covered with their wings over the mercy seat, with their faces one to another; even to the mercy seatward were the faces of the cherubim.
10बजलेलले बबुल काठबाट एउटा टेबल बनाए। यो टेबलको लम्बाई दुइ हात चौंडाइ एक हात अनि एक हात आधा उँचाई थियो।
10And he made the table of shittim wood: two cubits was the length thereof, and a cubit the breadth thereof, and a cubit and a half the height thereof:
11उनले टेबललाई शुद्ध सुनले मोहोरी दिए अनि सुनको घेरा टेबलको वरिपरि बनाए।
11And he overlaid it with pure gold, and made thereunto a crown of gold round about.
12उनले टेबलको वरिपरि चार औंलो ठूलो ताक्ता बनायो। उनले फल्याकको वरिपरि सबैतिर सुनले मोहोरी दियो।
12Also he made thereunto a border of an handbreadth round about; and made a crown of gold for the border thereof round about.
13फेरि उनले सुनको चारवटा मुन्द्रीहरू बनाए र त्यस टेबलको चारकुनामा र खुट्टाको छेउमा लगाए।
13And he cast for it four rings of gold, and put the rings upon the four corners that were in the four feet thereof.
14उनले फल्याकको नजिकै मुन्द्रीहरूलाई जोडे। डण्डाहरू मुन्द्रीहरूभित्र टेबल बोक्न लगाए।
14Over against the border were the rings, the places for the staves to bear the table.
15तब उनले बबुल काठको डण्डा बनाए अनि यसलाई सुनले मोहोर्यो। ती डण्डाहरू टेबल बोक्नुमा प्रयोग गर्थे।
15And he made the staves of shittim wood, and overlaid them with gold, to bear the table.
16त्यसपछि उनले टेबलमा प्रयोग गरिने वस्तुहरू थालहरू, धुपौरोहरू, कोपरा पेयबलि चढाउन गाग्री बनाए। यी सबै शुद्ध सुनबाट बनाए।
16And he made the vessels which were upon the table, his dishes, and his spoons, and his bowls, and his covers to cover withal, of pure gold.
17त्यसपछि उनले सामदान बनाए। उनले शुद्ध सुनलाई मार्तोलले कुटेर सामदानको आधार अनि डण्डा बनाए। तब उनले कोपिला, फूल र पत्र बनाएर एकै ठाँउ जोडे।
17And he made the candlestick of pure gold: of beaten work made he the candlestick; his shaft, and his branch, his bowls, his knops, and his flowers, were of the same:
18त्यो सामदानको एकापट्टि तीनवटा र अर्को तिर तीनवटा गरी जम्मा छ वटा शाखाहरू थिए।
18And six branches going out of the sides thereof; three branches of the candlestick out of the one side thereof, and three branches of the candlestick out of the other side thereof:
19प्रत्येक शाखामा तीनवटा फूलहरू थिए। यी फूलहरू वदामको फल जस्तै र त्यससित कोपिला र पत्रहरू पनि थिए।
19Three bowls made after the fashion of almonds in one branch, a knop and a flower; and three bowls made like almonds in another branch, a knop and a flower: so throughout the six branches going out of the candlestick.
20त्यो सामदानको डण्डामा चारवटा फूलहरू थिए। तिनीहरूको आकार बदामको फूलसित कोपिला अनि पातहरू जस्ता थिए।
20And in the candlestick were four bowls made like almonds, his knops, and his flowers:
21सामदानका दुइ पाटाबाट निकालिएको तीन तीनवटा गरी छःवटा शाखामा फूल, कोपिला र पत्रहरू थिए। ती फूलहरू शाखा निस्किएको ठाउँमा थिए।
21And a knop under two branches of the same, and a knop under two branches of the same, and a knop under two branches of the same, according to the six branches going out of it.
22सबै फूल सामदानका, हागाहरू शुद्ध सुनबाट बनाए। यी सबै भाग एउटै बनाउनलाई संगै जोडिएका थिए।
22Their knops and their branches were of the same: all of it was one beaten work of pure gold.
23उनले सामदानको निम्ति सातवटा दियोहरू बनाए। उनले शुद्ध सुनबाट सलेदो मिलाउने थाली बनाए।
23And he made his seven lamps, and his snuffers, and his snuffdishes, of pure gold.
24उनले एक तोडा शुद्ध सुनको सामदान अनि सबै सामग्री बनाए। धूप जलाउँनको निम्ति वेदी
24Of a talent of pure gold made he it, and all the vessels thereof.
25बजलेलले वेदी बनाउनका लागि बबुल काठका उपयोग गरे। यो वेदी धूप बाल्नमा उपयोग हुन्थ्यो। यो एक हात लामो, एक हात चौडा अनि दुइ हात उँचाईको थियो। यो वेदी वर्गकार थियो। प्रत्येक कुनामा एक-एकवटा गरी यस वेदीमा चावटा सींङहरू थिए। यी सींङहरू एउटै बनाउनलाई वेदीसित जोडिएको थियो।
25And he made the incense altar of shittim wood: the length of it was a cubit, and the breadth of it a cubit; it was foursquare; and two cubits was the height of it; the horns thereof were of the same.
26उनले सिङहरूमाथि अनि सींङका पाटाहरू शुद्ध सुनर त्यसपछि वेदीको वरिपरि सुन पगालेर घेरा ठोके।
26And he overlaid it with pure gold, both the top of it, and the sides thereof round about, and the horns of it: also he made unto it a crown of gold round about.
27उनले सुनको दुइवटा मण्डपहरू बनाएर वेदीको दुवै पट्टि मोहोरेको भित्र जोडीदिए। यी मुन्द्रीहरू वेदी उठाएर कतै लाँदा डण्डाहरू घुसार्ने काममा प्रयोग हुन्थे।
27And he made two rings of gold for it under the crown thereof, by the two corners of it, upon the two sides thereof, to be places for the staves to bear it withal.
28उनले त्यसपछि बबुल काठको डण्डा बनाएर त्यसलाई सुनले मोहोरे।
28And he made the staves of shittim wood, and overlaid them with gold.
29त्यसपछि उनले अभिषेक गर्ने पवित्र तेल अनि सुगन्धित शुद्ध धूप बनाए। उनले सबै चीजहरू सुगन्धित अत्तर बनाउनेले झैं बनाए।
29And he made the holy anointing oil, and the pure incense of sweet spices, according to the work of the apothecary.