Nepali

King James Version

Hebrews

1

1अघि-अघि परमेश्वर हाम्रा पिता-पुर्खाहरूसित अगमवक्ताहरूद्वारा बोल्नुहुन्थ्यो। परमेश्वर धेरै पटक विभिन्न प्रकारले बोल्नुभयो।
1God, who at sundry times and in divers manners spake in time past unto the fathers by the prophets,
2अनि अब यी अन्तिम दिनहरूमा परमेश्वर हामीसंग आफ्ना पुत्रद्वारा बोल्नुभएकोछ। उहाँले आफ्ना पुत्रद्वारा यो समस्त विश्व बनाउनु भयो अनि उहाँले आफ्ना पुत्रलाई सबै कुराको आफ्ना उत्तराधिकारी बनाउनुभयो।
2Hath in these last days spoken unto us by his Son, whom he hath appointed heir of all things, by whom also he made the worlds;
3पुत्रले परमेश्वरको महिमा प्रतिबिम्बित गर्नुहुन्छ। उहाँ परमेश्वरको स्वभावको पूर्ण प्रतिरूप हुनुहुन्छ। उहाँले हरेक कुरालाई आफ्नो शक्तिशाली आदेशको अधीनमा राख्नुहुन्छ। उहाँले मानिसहलाई उनीहरूको पापहरूदेखि शुद्ध तुल्याउनु भयो र स्वर्गमा परमेश्वरको दाहिने हातपट्टि बस्नुभयो।
3Who being the brightness of his glory, and the express image of his person, and upholding all things by the word of his power, when he had by himself purged our sins, sat down on the right hand of the Majesty on high:
4परमेश्वरले उहाँलाई एउटा नाउँ दिनुभयो जुन कुनै पनि स्वर्गदूतहरूको नाउँ भन्दा उच्च छ। त्यसैले उहाँ स्वर्गदूतहरू रू भन्दा महान् हुनुहुन्छ।
4Being made so much better than the angels, as he hath by inheritance obtained a more excellent name than they.
5परमेश्वरले यी कुरा कुनै पनि स्वर्गदूतहरूलाई भन्नुभएको थिएन “तिमी मेरा पुत्र हौ, आज म तिम्रो पिता बनेको छु।” भजनसंग्रह 2:7 उहाँले कुनै स्वर्गदूतलाई यो कुरो भन्नु भएन “म तिनका पिता बन्नेछु र तिनी मेरा पुत्र बन्नेछन्।” 2 शमूएल 7:14
5For unto which of the angels said he at any time, Thou art my Son, this day have I begotten thee? And again, I will be to him a Father, and he shall be to me a Son?
6अनि जब परमेश्वरले आफ्नो पहिलो पुत्रलाई यस संसारमा चिनाउनुहुन्छ, उहाँ भन्नुहुन्छ “परमेश्वरका सारा स्वर्गदूतहरूले उहाँलाई आराधना गरून्।” व्यवस्था 32:43
6And again, when he bringeth in the firstbegotten into the world, he saith, And let all the angels of God worship him.
7स्वर्गदूतहरूको बारेमा परमेश्वर भन्नुहुन्छ, “परमेश्वरले आफ्ना स्वर्गदूतहरूलाई बतास जस्तो बनाउनुभयो, अनि आफ्ना दासहरूलाई आगोको ज्वाला जस्तो बनाउनुभयो।” भजनसंग्रह 104:4
7And of the angels he saith, Who maketh his angels spirits, and his ministers a flame of fire.
8तर आफ्ना पुत्रको बारेमा परमेश्वरले भन्नुभयो “हे परमेश्वर, तपाईंको सिंहासन सदा सर्वदा रहिरहने छ न्यायपूर्वक तपाईंले आफ्नो राज्य चलाउनु हुनेछ।
8But unto the Son he saith, Thy throne, O God, is for ever and ever: a sceptre of righteousness is the sceptre of thy kingdom.
9तपाईंले धार्मिकतालाई प्रेम गर्नुहुन्छ अनि दुष्टलाई घृणा गर्नुहुन्छ, त्यसैले हे परमेश्वर, तपाईंका परमेश्वरले तपाईंलाई तपाईंको साथीहरूलाई दिएको भन्दा महान आनन्द दिनु भएको छ।”भजनसंग्रह 45:6-7
9Thou hast loved righteousness, and hated iniquity; therefore God, even thy God, hath anointed thee with the oil of gladness above thy fellows.
10परमेश्वर अझै भन्नुहुन्छ “हे प्रभु, आदिमा तपाईंले पृथ्वीको जग बसाउनुभयो अनि आकाशमण्डल तपाईंका हातका कामहरू हुन्।
10And, Thou, Lord, in the beginning hast laid the foundation of the earth; and the heavens are the works of thine hands:
11“यी सब विनाश भएर जाने छन् तर तपाईं सदाकाल रहिरहनु हुनेछ अनि सबै थोकहरू वस्त्र झैं पुराना बन्नेछन्
11They shall perish; but thou remainest; and they all shall wax old as doth a garment;
12तपाईंले त्यसलाई वस्त्र जस्तो लपेट्नु हुनेछ। ती फेरि वस्त्र झै बद्लिने छन्, तर तपाईं कहिल्यै बद्लिनु हुने छैन। तपाईंको जीवनको अन्त कहिल्यै हुने छैन।” भजनसंग्रह 102:25-27
12And as a vesture shalt thou fold them up, and they shall be changed: but thou art the same, and thy years shall not fail.
13अनि परमेश्वरले यो कुरो स्वर्गदूतलाई करिल्यै भन्नुभएन “तपाईं मेरो दाहिने हात पट्टि बस्नुहोस्, जबसम्म तपाईंको शत्रुहरूलाई तपाईंका पाउमा ल्याइँदैन।” भजनसंग्रह 110:1
13But to which of the angels said he at any time, Sit on my right hand, until I make thine enemies thy footstool?
14सबै स्वर्गदूतहरू आत्मा हुन् जो परमेश्वरको सेवा गर्छन् अनि उद्धार पाउनेहरूको सहायता गर्न तिनीहरूलाई पठाइन्छन्।
14Are they not all ministering spirits, sent forth to minister for them who shall be heirs of salvation?