Nepali

King James Version

Philemon

1

1ख्रीष्ट येशूको एक कैदी पावल र हाम्रा भाइ तिमोथीबाट हाम्रा प्रिय बन्धु तथा सहकर्मी फिलेमोनलाई अभिवादन।
1Paul, a prisoner of Jesus Christ, and Timothy our brother, unto Philemon our dearly beloved, and fellowlabourer,
2साथै हाम्री बहिनी अप्फियालाई, सहकर्मी अर्खिप्पसलाई र तिम्रो घरमा भेला हुने मण्डलीलाई, पनि!
2And to our beloved Apphia, and Archippus our fellowsoldier, and to the church in thy house:
3हाम्रा परमेश्वर पिता अनि प्रभु येशू ख्रीष्टबाट अनुग्रह अनि शान्ति तिमीहरू साथ रहोस्।
3Grace to you, and peace, from God our Father and the Lord Jesus Christ.
4आफ्नो प्रार्थनामा म तिमीलाई सम्झन्छु र तिम्रो निम्ति म सधैं मेरो परमेश्वरलाई धन्यवाद चढाउँछु।
4I thank my God, making mention of thee always in my prayers,
5परमेश्वरका पवित्र मानिसहरू प्रति तिम्रो प्रेम र प्रभु येशूमा तिम्रो विश्वासको कुरा म सुन्दछु।
5Hearing of thy love and faith, which thou hast toward the Lord Jesus, and toward all saints;
6म प्रार्थना गर्छु कि तिमीले हामीसित सहयोग गरेको विश्वासले ख्रीष्टमा भएको हाम्रा हरेक असल कुरो गहनपूर्वक बुझ्नमा तिमीलाई सहायता दिनेछ।
6That the communication of thy faith may become effectual by the acknowledging of every good thing which is in you in Christ Jesus.
7मेरा भाइ! तिमीले परमेश्वरका मानिसहरूलाई प्रेम गर्यौ अनि तिनीहरूलाई प्रफुल्लित तुल्यायौ। यसले मलाई आनन्द अनि सुविस्था प्रदान गरेको छ।
7For we have great joy and consolation in thy love, because the bowels of the saints are refreshed by thee, brother.
8तिमीले केही गर्नु छ। ख्रीष्ट प्रति भएको मेरो अधिकारको कारणले म तिमीलाई यसो गर भन्न सक्छु।
8Wherefore, though I might be much bold in Christ to enjoin thee that which is convenient,
9[This verse may not be a part of this translation]
9Yet for love's sake I rather beseech thee, being such an one as Paul the aged, and now also a prisoner of Jesus Christ.
10म मेरो छोरो ओनेसिमसको बारेमा निवेदन गरिरहेछु। म कारागारमा छँदा उ मेरो छोरो बनियो।
10I beseech thee for my son Onesimus, whom I have begotten in my bonds:
11बितेका दिनहरूमा उ तिम्रोलागि बेकम्म थियो। तर वर्त्तमान समयमा तिमी र म दुवैको लागि ऊ उपयोगी मानिस भएको छ।
11Which in time past was to thee unprofitable, but now profitable to thee and to me:
12म उसलाई फेरि तिमीकहाँ मेरो हृदयसितै पठाउँदैछु।
12Whom I have sent again: thou therefore receive him, that is, mine own bowels:
13म कारागारमा रहेको बेला मलाई सहायता गर्नका निम्ति म आफै उसलाई यहाँ सुसमाचारको निम्ति राख्न चाहन्थें। मलाई सहायता गरेर उसले तिम्रो सेवा गर्ने थियो।
13Whom I would have retained with me, that in thy stead he might have ministered unto me in the bonds of the gospel:
14तर तिम्रो अनुमति नलिई म केही गर्न चाहँदिन। त्यसो हुँदा तिमीले मेरो निम्ति गर्ने असल कार्य तिमीले स्वयं गर्न चाहेको हुनेछौ अनि मैले कर लाएको हुने छैन।
14But without thy mind would I do nothing; that thy benefit should not be as it were of necessity, but willingly.
15ओनेसिमस तिमीबाट केही समयकोलागि छुट्टिएको थियो। यसो भएको हुन सक्छ कि त्यसलाई तिमीले सदाका निम्ति फिर्ता पाउनेछौ।
15For perhaps he therefore departed for a season, that thou shouldest receive him for ever;
16अझ एक दासको रूपमा होइन, तर दासभन्दा अधिक अनि एक प्रिय भाइको रूपमा ग्रहण गर। म उसलाई खुबै माया गर्छु। तर तिमीले उसलाई अझ बेसी माया गर्नेछौ। तिमीले उसलाई एउटा मानिसको रूपमा अनि प्रभुमा भाइको रूपमा पनि माया गर्नेछौ।
16Not now as a servant, but above a servant, a brother beloved, specially to me, but how much more unto thee, both in the flesh, and in the Lord?
17यसर्थ यदि मलाई साथी भनेर स्वागत गर्छौ भने ओनेसिमसलाई पनि स्वागत गर। मलाई स्वीकार गरे जस्तै उसलाई स्वीकार गर।
17If thou count me therefore a partner, receive him as myself.
18ओनेसिमसले तिमीसित केही भूल गरेछ भने मलाई दोष्याऊ। यदि उसले केही तिर्नु परे मलाई लगाऊ।
18If he hath wronged thee, or oweth thee ought, put that on mine account;
19म पावल हुँ। यो म मेरो आफ्नै हातले लेख्दैछु। यदि ओनेसिमसले केही बाँकी तिर्नु छ भने त्यो म तिर्छु। आफ्नो जीवनको लागि तिमी मेरो कति ऋणी छौ त्यस बारे म केही भन्न चाहँदिन।
19I Paul have written it with mine own hand, I will repay it: albeit I do not say to thee how thou owest unto me even thine own self besides.
20हो, मेरा भाइ, प्रभुका निम्ति मेरो लागि केही गरिदेऊ। ख्रीष्टमा मेरो हृदय शान्त गराऊ।
20Yea, brother, let me have joy of thee in the Lord: refresh my bowels in the Lord.
21तिमीले मेरो आशा पूरा गर्नेछौ भन्ने पूर्ण विश्वासमा म यो पत्र लेख्दैछु। म जान्दछु तिमीले मैले भनेको भन्दा अधिक गर्नेछौ।
21Having confidence in thy obedience I wrote unto thee, knowing that thou wilt also do more than I say.
22दया गरी मलाई बस्नको लागि एउटा कोठा व्यवस्था गरी देऊ। म आशा गर्छु कि परमेश्वरले तिम्रो प्रार्थना सुन्नेछन् अनि म तिमीकहाँ आउन सक्नेछु।
22But withal prepare me also a lodging: for I trust that through your prayers I shall be given unto you.
23मेरो साथी इपाफ्रास पनि ख्रीष्ट येशूको निम्ति मसित बन्दी छ। उसले तिमीलाई अभिवादन पठाउँछ।
23There salute thee Epaphras, my fellowprisoner in Christ Jesus;
24अनि मर्कूस, अरिस्तार्खस्, डेमास र लूकाले पनि तिमीलाई अभिवादन गर्न मसँग एक साथ छन्। यी सबै मैसित काम गर्दैछन्।
24Marcus, Aristarchus, Demas, Lucas, my fellowlabourers.
25हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिम्रो आत्मासित रहोस्। आमिन।
25The grace of our Lord Jesus Christ be with your spirit. Amen.