Nepali

King James Version

Job

17

1“मेरो आत्मा टुक्रियोः म त्याग्न तयार छु। मेरो जीवन प्रायः बितिसक्यो, चिहानले मलाई पर्खिरहेछ।
1My breath is corrupt, my days are extinct, the graves are ready for me.
2मानिसहरू मेरो वरिपरि उभिन्छन् अनि मप्रति हाँस्छन्। जब तिनीहरूले मलाई जिस्काउछन् र खिसी गर्छन् म तिनीहरूलाई हेर्छु।
2Are there not mockers with me? and doth not mine eye continue in their provocation?
3हे परमेश्वर, मलाई देखाउनु होस् कि साँचि नै मलाई मद्दत गर्नुहुन्छ। अन्य कुनै मानिसहरूले मलाई मद्दत गर्नेछैन।
3Lay down now, put me in a surety with thee; who is he that will strike hands with me?
4तपाईंले मेरा मित्रहरूका ज्ञान बन्द गरिदिनु भयो अनि तिनीहरूले बुझ्दैनन्। दया गरेर तिनीहरूलाई जित्न नदिनुहोस्।
4For thou hast hid their heart from understanding: therefore shalt thou not exalt them.
5तपाईंहरूलाई यो भनाई थाहा छ, ‘मानिसहरूले आफ्ना नानीहरूलाई भोक भोकै राखी साथीलाई मद्दत गर्छन्।’
5He that speaketh flattery to his friends, even the eyes of his children shall fail.
6परमेश्वरले अरूहरू अघि मेरो बदनाम गर्नुभयो। मानिसहरूले मेरो मुखमा थुक्छन्।
6He hath made me also a byword of the people; and aforetime I was as a tabret.
7मेरो आँखाहरू प्राय अन्धा बराबर भइसके किनभने म साह्रै दुःखी छु अनि अत्यन्तै पीडामा छु। मेरो सारा शरीर छायाँ जस्तै हल्का भएको छ।
7Mine eye also is dim by reason of sorrow, and all my members are as a shadow.
8धार्मिक मानिसहरू यसमा शोकित हुन्छन्। अधर्मी मानिसहरूको कारणले निर्दोष मानिसले कष्ट पाउँछ।
8Upright men shall be astonied at this, and the innocent shall stir up himself against the hypocrite.
9तर इमान्दार मानिसहरू सही ढंगमा लगातार बसिरहन्छन्। विधि पूर्वक शुद्ध हात भएको मानिस अझ बलियो बनिन्छ।
9The righteous also shall hold on his way, and he that hath clean hands shall be stronger and stronger.
10तर तिमीहरू सबैजना आऊ, यी सबै भुल मेरै हुन भनी देखाउने कोशिश गर। तिमीहरू माझ मैले ज्ञानी मानिस पाउन सक्तिन।
10But as for you all, do ye return, and come now: for I cannot find one wise man among you.
11मेरो जीवन बितिरहेछ। मेरो योजनाहरू नष्ट भइरहेछ। मेरो इच्छा मर्यो।
11My days are past, my purposes are broken off, even the thoughts of my heart.
12तर मेरो सारा मित्रहरू सालेमाले भए। तिनीहरू रातलाई दिन सोच्छन तिनीहरू अन्ध्यारोले उज्यालो भगाउँछ भनेर सोच्छन्।
12They change the night into day: the light is short because of darkness.
13म चिहानलाई मेरो नयाँ घर भनेर आशा गरौंला अंध्यारो चिहानमा मेरो ओछयान बनाउँने आशा गरौंला।
13If I wait, the grave is mine house: I have made my bed in the darkness.
14म चिहानलाई भन्न सक्छु, ‘तपाईं मेरा पिता हुनुहुन्छ, अनि कीरालाई, ‘मेरी माता’ अथवा ‘मेरी बहिनी भन्न सक्छु।’
14I have said to corruption, Thou art my father: to the worm, Thou art my mother, and my sister.
15तर त्यति नै मेरो आशा हो भने तब मेरो अरू कुनै आशा छैन्। यदि त्यति नै मात्र मेरो आशा हो भने तब मानिसहरूले मलाई आशा शून्य पाउँनेछन्।
15And where is now my hope? as for my hope, who shall see it?
16के मेरो आशा मसँगै मरेर जानेछ? के यो मृतलोकमा जानेछ? के हामी साथसाथै मैला धूलोमा सँगै जानेछौं?”
16They shall go down to the bars of the pit, when our rest together is in the dust.