Nepali

King James Version

Job

36

1एलीहू लगातार बोलिरह्यो। उसले भन्योः
1Elihu also proceeded, and said,
2“मसँग केही वेर धैर्यधारण गरी बस परमेश्वरसँग केही कुराहरू छन् जुन मसँग गर्न चाहनुहुन्छ।
2Suffer me a little, and I will shew thee that I have yet to speak on God's behalf.
3म टाढाबाट बुद्धि पाउँछु। परमेश्वरले मलाई बनाउनु भयो अनि म प्रमाण गर्न चाहन्छु कि परमेश्वर धर्मी हुनुहुन्छ।
3I will fetch my knowledge from afar, and will ascribe righteousness to my Maker.
4अय्यूब म सत्य कुरा भनिरहेछु। म के विषयमा भनिरहेछु त्यो म जान्दछु।
4For truly my words shall not be false: he that is perfect in knowledge is with thee.
5परमेश्वर अत्यन्त शक्तिशाली हुनुहुन्छ, तर उहाँले मानिसहरूलाई घृणा गर्नु हुन्न। परमेश्वर अत्यन्त शक्तिशाली हुनुहुन्छ तर उहाँ अत्यन्त ज्ञानी पनि हुनुहुन्छ।
5Behold, God is mighty, and despiseth not any: he is mighty in strength and wisdom.
6परमेश्वरले दुष्ट मानिसहरूलाई बाँच्न दिनुहुन्न। परमेश्वरले सधैं दीन-दुःखी मानिसहरूलाई समान व्यवहार गर्नुहुन्छ।
6He preserveth not the life of the wicked: but giveth right to the poor.
7परमेश्वरले धर्मी मानिसहरूमाथि पहरा दिनु रोकिनु हुनेछैन। उहाँले राजाहरूलाई सिंहासनमा चीरकालको लागि राख्नु हुन्छ अनि तिनीहरूको उन्नति गराउनु हुन्छ।
7He withdraweth not his eyes from the righteous: but with kings are they on the throne; yea, he doth establish them for ever, and they are exalted.
8[This verse may not be a part of this translation]
8And if they be bound in fetters, and be holden in cords of affliction;
9[This verse may not be a part of this translation]
9Then he sheweth them their work, and their transgressions that they have exceeded.
10परमेश्वरले तिनीहरूलाई उहाँले दिएको चेताउनी धैर्य साथ सुन्न वाध्य गराउनु हुनेछ। उहाँले तिनीहरूलाई गल्ती कर्महरू गर्न बन्द गर भन्नुहुनेछ।
10He openeth also their ear to discipline, and commandeth that they return from iniquity.
11यदि ती मानिसहरूले परमेश्वरको कुराप्रति ध्यान दिएर उहाँको आज्ञा पालन गरे परमेश्वरले तिनीहरूलाई सफल बनाउनु हुनेछ अनि तिनीहरू सुखी जीवन बाँच्नेछन्।
11If they obey and serve him, they shall spend their days in prosperity, and their years in pleasures.
12तर तिनीहरूले परमेश्वरको आज्ञा पालन गरेनन भने तिनीहरू ध्वंश हुने छन्। तिनीहरू मूर्खहरू जस्तै मर्नेछन्।
12But if they obey not, they shall perish by the sword, and they shall die without knowledge.
13मानिसहरू जसले परमेश्वरको पर्वाह गर्दैनन् तिनीहरू सधैं रीस गर्छन्। परमेश्वरले तिनीहरूलाई दण्ड दिए तापनि तिनीहरू परमेश्वरलाई प्रार्थना गर्न अस्वीकार गर्छन्।
13But the hypocrites in heart heap up wrath: they cry not when he bindeth them.
14अपमानित जीवनदेखि थोकेकाहरू जस्तै तिनीहरू आफ्ना जवानीपन मै मर्छन्।
14They die in youth, and their life is among the unclean.
15तर परमेश्वरले मानिसहरूलाई उहाँमाथि ध्यान दिओस् भनी चेतना दिनको लागि कष्ट दिनुहुन्छ। उहाँले तिनीहरूको कष्ट निवारण गरिदिनु हुन्छ।
15He delivereth the poor in his affliction, and openeth their ears in oppression.
16अय्यूब, परमेश्वरले तिमीलाई सहयोग गर्नु हुनेछ परमेश्वरले तिमीलाई संकटहरूदेखि छुटकारा दिनुहुनेछ परमेश्वरले तिमीलाई जीवन सजिलो दिनुहुनेछ। परमेश्वरले तिम्रो टेबलमा प्रशस्त भोजनहरू राखिदिनु हुनेछ।
16Even so would he have removed thee out of the strait into a broad place, where there is no straitness; and that which should be set on thy table should be full of fatness.
17तर तिमी हैरान छौ कि तिमी दुष्ट भएको कारण परमेश्वर तिमीप्रति अन्यायी हुनु भएको छ। तिमी खाली अदालत जान र न्याय माग्ने कुरा सोचिरहन्छौ।
17But thou hast fulfilled the judgment of the wicked: judgment and justice take hold on thee.
18तिम्रो रीसले परमेश्वरलाई खिसी गर्न तिमीलाई वहकाउन नदेऊ। सही बाटोबाट महा-प्रलोभनले तिमीलाई खिच्न नदेऊ।
18Because there is wrath, beware lest he take thee away with his stroke: then a great ransom cannot deliver thee.
19के तिम्रो चित्कारले अथवा तिम्रो अथक चेष्टाहरूले तिमीलाई कष्टबाट बाहिर निकाल्छ?
19Will he esteem thy riches? no, not gold, nor all the forces of strength.
20जो मानिसहरू राती भित्र लुक्न चाहन्छन यसर्थ तिनीहरूलाई भेट्नु रात आओस् भनी कामना गर्छन्। तिनीहरू सोच्छन् कि तिनीहरू परमेश्वरको आँखा छल्न सकछन्।
20Desire not the night, when people are cut off in their place.
21अय्यूब, तिमीले धेरै कष्ट भोग्यौ। गल्ती नगर्नुको लागि होशियार बन। खराब कर्म नगर।
21Take heed, regard not iniquity: for this hast thou chosen rather than affliction.
22हेर, परमेश्वरको शक्तिले उसलाई महान बनायो। परमेश्वर नै महान गुरू हुनुहुन्छ।
22Behold, God exalteth by his power: who teacheth like him?
23कसैले पनि परमेश्वरलाई के गर्नु पर्ने भनेर बताउनु पर्दैन। कसैले पनि परमेश्वरलाई ‘तपाईंले खराब काम गर्नु भयो’ भनी भन्न सक्तैन।
23Who hath enjoined him his way? or who can say, Thou hast wrought iniquity?
24उहाँले गर्नुभएको कामको लागि उहाँको प्रशंसा गर्नु नभूल। मानिसहरूले परमेश्वरको प्रशंसा गर्दै धेरै गीतहरू लेखेका छन्।
24Remember that thou magnify his work, which men behold.
25परमेश्वरले के गर्नु भयो प्रत्येकले देख्न सक्छन्। धेरै टाढो देशका मानिसहरूले पनि ती कुराहरू देख्न सक्छन्।
25Every man may see it; man may behold it afar off.
26हो, परमेश्वर महान् हुनुहुन्छ। तर हामी उहाँको महानता बुझ्न सक्तैनौं। हामी जान्दैनौं कि परमेश्वर देखि हुनुहुन्छ।
26Behold, God is great, and we know him not, neither can the number of his years be searched out.
27परमेश्वरले पृथ्वीबाट पानी लैजानु हुन्छ अनि यसलाई तुषारो र हिउँमा परिवर्तन गर्नुहुन्छ।
27For he maketh small the drops of water: they pour down rain according to the vapour thereof:
28यसकारण बादलले पानी बर्षाउँछ अनि धेरै पानी मानिसहरूमाथि पर्छ।
28Which the clouds do drop and distil upon man abundantly.
29परमेश्वरले आकाशमा बादल कसरी फैलाउनु हुन्छ अथवा मेघ कसरी गर्जाउनु हुन्छ कसैले पनि बुझ्न सक्तैन।
29Also can any understand the spreadings of the clouds, or the noise of his tabernacle?
30हेर, परमेश्वरले पृथ्वीमाथि प्रकाश फैलाउनु भयो समुद्रको गहिरो भागसम्म ढाक्नु भयो।
30Behold, he spreadeth his light upon it, and covereth the bottom of the sea.
31मानिसहरूमाथि नियन्त्रण राख्न अनि तिनीहरूलाई प्रशस्त भोजन दिन परमेश्वरले यसो गर्नु हुन्छ।
31For by them judgeth he the people; he giveth meat in abundance.
32परमेश्वरले उज्यालो आफ्नो हातमा अठ्याउनु हुन्छ र उहाँले जहाँ चाहनुहुन्छ त्यहाँ हिर्काउने आदेश गर्नु हुन्छ।
32With clouds he covereth the light; and commandeth it not to shine by the cloud that cometh betwixt.
33आकाशको गर्जनले आँधी कहाँ आउदैछ बताउँछ। यसर्थ गाई वस्तुले पनि बुझ्छ कि आँधी बेई कहाँ आउँदैछ।
33The noise thereof sheweth concerning it, the cattle also concerning the vapour.