1“बज्र, र बिजुलीले मलाई भयभीत पार्छ, छातीभित्र मुटु ढुकढुक गर्छ।
1At this also my heart trembleth, and is moved out of his place.
2सबैले सुन! परमेश्वरको आवाज बज्र जस्तो सुनिन्छ। परमेश्वरको मुखबाट आउने मेघ गर्जन सुन।
2Hear attentively the noise of his voice, and the sound that goeth out of his mouth.
3परमेश्वरले आकाशको वारपार आफ्नो बिजुली चम्काउनु हुन्छ अनि यसले सम्पूर्ण पृथ्वी नै चम्काउँछ।
3He directeth it under the whole heaven, and his lightning unto the ends of the earth.
4बिजुली चम्केपछि परमेश्वरको गर्जन आवाज सुन्न सकिन्छ। परमेश्वर अद्भूत आवाजले गर्जनु हुन्छ। जब बिजुली चम्कन्छ परमेश्वरको आवाज गर्जन्छ।
4After it a voice roareth: he thundereth with the voice of his excellency; and he will not stay them when his voice is heard.
5परमेश्वरको गर्जन आवाज चमत्कारमय हुन्छ। उहाँले महान कर्महरू गर्नु हुन्छ जुन हामी बुझ्न सक्तैनौं।
5God thundereth marvellously with his voice; great things doeth he, which we cannot comprehend.
6परमेश्वरले हिंऊलाई भन्नुहुन्छ, ‘पृथ्वीमा झर’ अनि परमेश्वरले वर्षालाई भन्नु हुन्छ, ‘पृथ्वीमाथि खनिईं।’
6For he saith to the snow, Be thou on the earth; likewise to the small rain, and to the great rain of his strength.
7परमेश्वरले सृष्टी गर्नु भएका सबै मानिसहरूले के गर्नु सकनु हुन्छ बुझुन् भनी उहाँले त्यसो गर्नु हुन्छ। त्यो उहाँको प्रमाण हो।
7He sealeth up the hand of every man; that all men may know his work.
8जनावरहरू आ-आफ्ना ओडारतिर भाग्छन् अनि त्यहाँ बस्छन्।
8Then the beasts go into dens, and remain in their places.
9भुँवरी दक्षिणबाट चल्छ। चिसो हावा उत्तरबाट आउँछ।
9Out of the south cometh the whirlwind: and cold out of the north.
10परमेश्वरको स्वासले वरफ बनाउँछ, अनि समुद्रहरू जमाउँछ।
10By the breath of God frost is given: and the breadth of the waters is straitened.
11परमेश्वरले बादलमा पानी भर्नुहुन्छ, अनि गर्जने मेघ फैलाउनु हुन्छ।
11Also by watering he wearieth the thick cloud: he scattereth his bright cloud:
12परमेश्वरले बादलहरूलाई पृथ्वी वरिपरि बहन आदेश दिनुहुन्छ। बादलहरूले परमेश्वरकै आज्ञा अनुसार काम गर्दछ।
12And it is turned round about by his counsels: that they may do whatsoever he commandeth them upon the face of the world in the earth.
13बाढी ल्याई मानिसहरूलाई सजाय दिन अथवा पानी बर्षाई तिनीहरूमाथि प्रेम दर्शाउन परमेश्वरले बादल ल्याउनु हुन्छ।
13He causeth it to come, whether for correction, or for his land, or for mercy.
14अय्यूब, एक मिनट खडा भएर सुन, परमेश्वरले गर्नु भएको ती अनौठा कुराहरू बारे सोच।
14Hearken unto this, O Job: stand still, and consider the wondrous works of God.
15अय्यूब, के तिमी जान्दछौ परमेश्वरले कसरी बादलहरूलाई वशमा राख्नुहुन्छ? के तिमी जान्दछौ परमेश्वरले कसरी बिजुली चम्काउनु हुन्छ?
15Dost thou know when God disposed them, and caused the light of his cloud to shine?
16के तिमी जान्दछौ कसरी बादलहरू आकाशमा झुण्डिन्छन्? परमेश्वरले बनाउनु भएका अनौठा सृजनाहरू मध्ये बादल खाली एकमात्र उदाहरण हो। अनि परमेश्वरले ती सबै कुराहरू विषयमा जान्नु हुन्छ।
16Dost thou know the balancings of the clouds, the wondrous works of him which is perfect in knowledge?
17तर अय्यूब, तिमीले ती कुराहरू जान्दैनौ। जब तातो हावा दक्षिणबाट आउँदछ तिमीलाई पसिना आएर शरीरक लुगाहरू टाँसिनेछ अनि प्रत्येक चीज जस्ताको त्यस्तै शान्त रहनेछ।
17How thy garments are warm, when he quieteth the earth by the south wind?
18अय्यूब, के तिमीले परमेश्वरलाई आकाश फैलाउन सहयोग गर्न सक्छौ, अनि यसलाई पित्तल जस्तो चम्काउन सक्छौ?
18Hast thou with him spread out the sky, which is strong, and as a molten looking glass?
19अय्यूब, बताऊ हामीले परमेश्वरलाई के भन्नु पर्छ! तिम्रो अज्ञानताले गर्दा के भन्नु पर्ने हो हामी सोच्न सक्तैनौ।
19Teach us what we shall say unto him; for we cannot order our speech by reason of darkness.
20म परमेश्वरलाई भन्ने छैन कि म उहाँसँग बोल्न चाहन्छु। त्यो ध्वंश गराई माग्नु बराबर हुनेछ।
20Shall it be told him that I speak? if a man speak, surely he shall be swallowed up.
21एउटा मानिसले घाम हेर्न सक्तैन। बादलहरू हावाले उडाई लगिसके पछि यो आकाशमा अत्यन्त उज्यालो र चम्किलो हुन्छ।
21And now men see not the bright light which is in the clouds: but the wind passeth, and cleanseth them.
22अनि परमेश्वर पनि त्यस्तै हुनुहुन्छ। पवित्र पर्वतबाट परमेश्वरको सुनौलो महिमा चम्कन्छ परमेश्वरको वरिपरि त्यहाँ उज्यालो हुँदछ।
22Fair weather cometh out of the north: with God is terrible majesty.
23सर्वशक्तिमान परमेश्वर महान हुनुहुन्छ। हामी परमेश्वरलाई बुझ्न सक्तैनौं। परमेश्वर अत्यन्त शक्तिशाली हुनुहुन्छ, तर उहाँ हाम्रो लागि असल र उचित हुनुहुन्छ। परमेश्वरले हामीलाई घात पुर्याउन चाहनुहुन्न।
23Touching the Almighty, we cannot find him out: he is excellent in power, and in judgment, and in plenty of justice: he will not afflict.
24त्यसैकारण मानिसहरूले परमेश्वरलाई श्रद्धा गर्दछन्। तर परमेश्वरले घमण्डी मानिसहरूलाई आदर गर्नुहुन्न किनभने तिनीहरू आफैलाई ज्ञानी ठान्दछन्।”
24Men do therefore fear him: he respecteth not any that are wise of heart.