Nepali

King James Version

Psalms

135

1परमप्रभुको दासहरू, परमप्रभुको प्रशंसा गर! परमप्रभुको नाउँको प्रशंसा गर! उहाँको प्रशंसा गर!
1Praise ye the LORD. Praise ye the name of the LORD; praise him, O ye servants of the LORD.
2ती मानिसहरू, जो परमप्रभुको मन्दिरमा र परमप्रभुकै मन्दिरका चोकहरूमा उभिहेका छन्, उहाँको प्रशंसा गर।
2Ye that stand in the house of the LORD, in the courts of the house of our God.
3परमप्रभुको प्रशंसा गर, किनभने उहाँ भला हुनुहुन्छ। उहाँको नाउँको प्रशंसा गर, किनभने यो आनन्दमय छ।
3Praise the LORD; for the LORD is good: sing praises unto his name; for it is pleasant.
4परमप्रभुले याकूबलाई रोज्नु भयो, इस्राएल परमप्रभु कै हो।
4For the LORD hath chosen Jacob unto himself, and Israel for his peculiar treasure.
5म जान्दछु परमप्रभु महान् हुनुहुन्छ! हाम्रो स्वामी सबै देवताहरूभन्दा महान् हुनुहुन्छ!
5For I know that the LORD is great, and that our Lord is above all gods.
6परमप्रभुले चाहेका जेपनि आकाशमा, पृथ्वीमा, पातालमा, समुद्रमा र गहिरा सागरहरूमा गर्नुहुन्छ।
6Whatsoever the LORD pleased, that did he in heaven, and in earth, in the seas, and all deep places.
7परमप्रभुले पृथ्वीभरि नै बादलहरू उठ्ने बनाउनु हुन्छ। परमेश्वरले बिजुली र वर्षा पठाउनु हुन्छ। परमेश्वरले हावा ल्याउनुहुन्छ।
7He causeth the vapours to ascend from the ends of the earth; he maketh lightnings for the rain; he bringeth the wind out of his treasuries.
8परमप्रभुले प्रथम जन्मिएका सारा पुरूषहरू अनि मिश्रमा प्रथम जन्मिएका सारा पशुहरू नाश गर्नुभयो।
8Who smote the firstborn of Egypt, both of man and beast.
9परमप्रभुले धेरै आश्चर्यजनक र अलौकिक कार्यहरू मिश्रमा गर्नुभयो। परमप्रभुले फिरऊन र उनका अधिकारी प्रति त्यस्ता घटनाहरू गराउनु भयो।
9Who sent tokens and wonders into the midst of thee, O Egypt, upon Pharaoh, and upon all his servants.
10परमेश्वरले धेरै ठूला-ठूला जातिहरूलाई परास्त पार्नुभयो। शक्तिशाली राजाहरूलाई पनि उहाँले मार्नुभयो।
10Who smote great nations, and slew mighty kings;
11परमप्रभुले अमोरीहरूका राजा सीहोनलाई परास्त पार्नु भयो। परमप्रभुले ओग् भन्ने बाशानका राजालाई परास्त पार्नु भयो। परमप्रभुले कनानका सबै जातिहरूलाई परास्त पार्नुभयो।
11Sihon king of the Amorites, and Og king of Bashan, and all the kingdoms of Canaan:
12परमेश्वरले तिनीहरूका भूमि इस्राएल लाई सुम्पनु भयो। परमप्रभुले ती जग्गाहरू आफ्ना मानिसहरूलाई दिनुभयो।
12And gave their land for an heritage, an heritage unto Israel his people.
13हे परमप्रभु, तपाईंको नाउँ सदा-सर्वदा प्रख्यात रहने छ! हे परमप्रभु, मानिसहरूले तपाईंलाई सदा-सर्वदा याद गर्नेछन्।
13Thy name, O LORD, endureth for ever; and thy memorial, O LORD, throughout all generations.
14परमप्रभुले अन्य जातिहरूलाई दण्ड दिनु भयो तर परमप्रभुले आफ्ना दासहरूलाई कृपादृष्टि राख्नु भएको थियो।
14For the LORD will judge his people, and he will repent himself concerning his servants.
15अन्य मानिसहरूका देवताहरू सुन र चाँदीका मूर्तिहरू थिए। तिनीहरूका देवताहरू मानिसहरूले बनाएका मूर्तिहरू मात्र थिए।
15The idols of the heathen are silver and gold, the work of men's hands.
16ती मूर्तिहरूका मुखहरू थिए, तर बोल्न सक्दैनथे। ती मूर्तिहरूका आँखाहरू थिए, तर देख्न सक्दैनथे।
16They have mouths, but they speak not; eyes have they, but they see not;
17ती मूर्तिहरूका कानहरू थिए, तर सुन्न सक्दैनथे। ती मूर्तिहरूका नाकहरू थिए, तर सुघ्न सक्दैनथे।
17They have ears, but they hear not; neither is there any breath in their mouths.
18तिनीहरू जसले ती मूर्तिहरू बनाए उनीहरू पनि त्यस्तै खालको हुनेछन्। किनभने तिनीहरूले ती मूर्तिहरूमा सहायताको निम्ति भरोसा गरे।
18They that make them are like unto them: so is every one that trusteth in them.
19हे इस्राएल को परिवार, परमप्रभुको प्रशंसा गर! हे हारूनको परिवार, परमप्रभुको प्रशंसा गर!
19Bless the LORD, O house of Israel: bless the LORD, O house of Aaron:
20हे लेवीको परिवार, परमप्रभुको प्रशंसा गर! हे परमप्रभुको भक्तजनहरू हो, परमप्रभुको प्रशंसा गर!
20Bless the LORD, O house of Levi: ye that fear the LORD, bless the LORD.
21सियोनबाट आएका परमप्रभु धन्य हुनुभयो, यरूशलेम र उहाँको वास-स्थानबाट परमप्रभुको प्रशंसा गर।
21Blessed be the LORD out of Zion, which dwelleth at Jerusalem. Praise ye the LORD.