1हामी परमप्रभुको प्रशंसा गरौ, किनभने उहाँ भलो हुनुहुन्छ। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
1O give thanks unto the LORD; for he is good: for his mercy endureth for ever.
2देवहरूका परमेश्वरलाई प्रशंसा गरों! उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
2O give thanks unto the God of gods: for his mercy endureth for ever.
3परमप्रभुहरूका पनि महापरमप्रभुलाई प्रशंसा गरौ। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
3O give thanks to the Lord of lords: for his mercy endureth for ever.
4परमेश्वरको प्रशंसा गरौं, जसले एक्लैले नै आश्चर्यकामहरू गर्नुभयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
4To him who alone doeth great wonders: for his mercy endureth for ever.
5परमेश्वरको प्रशंसा गरौ जसले आकाश बनाउन बुद्धि लगाउनु भयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
5To him that by wisdom made the heavens: for his mercy endureth for ever.
6परमेश्वरले सुक्खा जमीन समुद्रमा राख्नु भयो, उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
6To him that stretched out the earth above the waters: for his mercy endureth for ever.
7परमेश्वरले ठूला-ठूला ज्योतिहरू बनाउनु भयो, उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
7To him that made great lights: for his mercy endureth for ever:
8दिनमा शासन गर्न परमेश्वरले घाम बनाउनु भयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
8The sun to rule by day: for his mercy endureth for ever:
9परमेश्वरले रातमा शासन गर्नलाई जून र तारहरू बनाउनु भयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
9The moon and stars to rule by night: for his mercy endureth for ever.
10परमेश्वरले मिश्रमा सबै भन्दा पहिला जन्मेका पुरूषहरू र पशुहरू मार्नु भयो। उहाँको स्नेहपूर्ण करूणआ अनन्तसम्म रहनेछ।
10To him that smote Egypt in their firstborn: for his mercy endureth for ever:
11परमेश्वरले मिश्रबाट इस्राएल लाई लानु भयो, उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
11And brought out Israel from among them: for his mercy endureth for ever:
12परमेश्वरले आफ्नो महान् शक्ति र बल देखाउनु भयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
12With a strong hand, and with a stretched out arm: for his mercy endureth for ever.
13परमेश्वरले लाल समुद्रलाई दुइ भागमा बाँड्नु भयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
13To him which divided the Red sea into parts: for his mercy endureth for ever:
14परमेश्वरले इस्राएल लाई समुद्र तार्नु भयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
14And made Israel to pass through the midst of it: for his mercy endureth for ever:
15परमेश्वरले फिरऊन र उनका सैन्यहरू लाल समुद्रमा डुबाई दिनु भयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
15But overthrew Pharaoh and his host in the Red sea: for his mercy endureth for ever.
16परमेश्वरले आफ्नो मानिसहरूलाई मरूभूमि भएर डोर्याउनु भयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
16To him which led his people through the wilderness: for his mercy endureth for ever.
17परमेश्वरले शक्तिशाली राजाहरूलाई हराउनु भयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
17To him which smote great kings: for his mercy endureth for ever:
18परमेश्वरले बलवान राजाहरूलाई पनि हराउनु भयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
18And slew famous kings: for his mercy endureth for ever:
19परमेश्वरले अमोरीहरूका राजा सीहोनलाई हराउनु भयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
19Sihon king of the Amorites: for his mercy endureth for ever:
20परमेश्वरले बाशानका राजा ओग्लाई हराउनु भयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
20And Og the king of Bashan: for his mercy endureth for ever:
21परमेश्वरले तिनीहरूका जग्गा इस्राएल लाई दिनुभयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
21And gave their land for an heritage: for his mercy endureth for ever:
22परमेश्वरले त्यो जग्गा उपहारको रूपमा इस्राएल लाई दिनुभयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
22Even an heritage unto Israel his servant: for his mercy endureth for ever.
23परमेश्वरले हामी हारेको बेलामा संम्झनु भयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
23Who remembered us in our low estate: for his mercy endureth for ever:
24परमेश्वरले शत्रुहरूबाट हामीलाई बचाउनु भयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ
24And hath redeemed us from our enemies: for his mercy endureth for ever.
25परमेश्वरले प्रत्येकलाई खाना दिनुभयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ
25Who giveth food to all flesh: for his mercy endureth for ever.
26स्वर्गका परमेश्वरको प्रशंसा गरौ। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
26O give thanks unto the God of heaven: for his mercy endureth for ever.