1हामी बाबेल नदीहरूका किनारमा बसेर सियोनलाई सम्झेर रोयौ।
1By the rivers of Babylon, there we sat down, yea, we wept, when we remembered Zion.
2हामीले हाम्रा वीणाहरू छेउमा भएको बेंसीको रूखहरूमा झुण्डाएर राख्यौ।
2We hanged our harps upon the willows in the midst thereof.
3बाबेलमा जसले हामीलाई पक्रेर राखे उनीहरूले नै गीत गाउनु भने। तिनीहरूले हामीलाई खुशीका गीतहरू गाउन भने, तिनीहरूले हामीलाई सियोनको बारेमा गीतहरू गाउनु भने।
3For there they that carried us away captive required of us a song; and they that wasted us required of us mirth, saying, Sing us one of the songs of Zion.
4तर कसरी विदेशमा हामीहरू परमप्रभुका गीतहरू गाउन सक्छौं?
4How shall we sing the LORD's song in a strange land?
5हे यरूशलेम, यदि मैले तिमीलाई बिर्सेको भए, मैले कहिल्यै फेरि दाहिने हातले वीणा बजाउनु बिर्सिने थिएँ।
5If I forget thee, O Jerusalem, let my right hand forget her cunning.
6यरूशलेम यदि मैले तिमीलाई भुलेको भए तब म भरोसा गर्छु फेरि कहिल्यै गाउने थिईन्। म कसम खाँन्छु, म तिमीलाई कहिलै भुल्ने छैन।
6If I do not remember thee, let my tongue cleave to the roof of my mouth; if I prefer not Jerusalem above my chief joy.
7म कसम खाँन्छु यरूशलेम सधैं मेरो महान् आनन्द हुनेछ। हे परमप्रभु, एदोमीहरूले के काम गरे, याद गर्नुहोस्। तिनीहरूले चीत्कार गरे, “पूर्णरूपले विध्वंश पारे, त्यसको जगसम्मै पूर्णरूपले विध्वंश गरे।”
7Remember, O LORD, the children of Edom in the day of Jerusalem; who said, Rase it, rase it, even to the foundation thereof.
8हे बेबिलोन, तिमी नाश हुनेछौ! त्यस मानिसलाई धन्यवाद देऊ जसले तिमीलाई दण्ड दिन्छ जुन दण्डको निम्ति तिमी योग्य थियौ। त्यस पुरूषलाई धन्यवाद देऊ जसले तिमीलाई कष्ट दियो जसरी तिमीले हामीलाई कष्ट दियौ।
8O daughter of Babylon, who art to be destroyed; happy shall he be, that rewardeth thee as thou hast served us.
9त्यस मानिसलाई धन्यवाद देऊ जसले तिमीहरूका शिशुहरू समाते तिनीहरूलाई ढुङ्गामा थेचारे।
9Happy shall he be, that taketh and dasheth thy little ones against the stones.