Nepali

Young`s Literal Translation

Ezekiel

19

1परमेश्वरले मलाई भन्नुभयो, “तिमीले इस्राएलको नेताहरूको विषयमा दुखको गीत गाउनु पर्छ!
1And thou, lift up a lamentation unto princes of Israel,
2“‘कस्तो सिंहिनी तिम्री आमा? ऊ सिंहहरू बीच एउटा सिंहिनी थिई। ऊ जवानसिंहहरूको बीच ढल्केर बस्थी अनि आफ्नो डमरूहरूलाई हुर्काउने गर्थी।
2and thou hast said: What [is] thy mother? — a lioness, Among lions she hath crouched down, In the midst of young lions she hath multiplied her whelps.
3ती डमरूहरूमध्ये एउटालाई त्यसले हुर्काई। त्यो एउटा शक्तिशाली बलियो सिंह बनियो। त्यसले शिकार गर्न सिक्यो। त्यसले एउटा मानिसलाई मार्यो अनि खायो।
3And she bringeth up one of her whelps, A young lion it hath been, And it learneth to tear prey, man it hath devoured.
4जाति-जातिहरूले त्यसले गर्जेको सुने अनि तिनीहरूले त्सलाई आफ्नो जालमा फँसाए। तिनीहरूले त्यसको मुखमा बल्छी लगाए अनि जवान सिंहलाई मिश्र देशमा लिएर आए।
4And hear of it do nations, In their pit it hath been caught, And they bring it in with chains unto the land of Egypt.
5आमा सिंहिनीलाई आशा थियो कि त्यो डमरू प्रमुख बन्नेछ। तर अहिले तिनका सबै आशा हराए। यसकारण आफ्नो डमरूहरू मध्ये उसले अर्को एउटा लिई। त्यसलाई उसले एउटा सिंह हुने प्रशिक्षण दिई।
5And she seeth, that stayed — perished hath her hope, And she taketh one of her whelps, A young lion she hath made it.
6त्यो जवान सिंहहरूसँग शिकार गर्न गयो। त्यो जवान सिंह एउटा बलवान सिंह भयो। उसले आफ्नो शिकार पक्रन सिक्यो। उसले एउटा मानिस मार्यो अनि त्यसलाई खायो।
6And it goeth up and down in the midst of lions, A young lion it hath been, And it learneth to tear prey, man it hath devoured.
7उसले महलहरूमा आक्रमण गर्यो, उसले शहरहरू नष्ट पार्यो। त्यो देशको प्रत्येक मानिस त्यति बेला साह्रै डराउँथे जतिबेला त्यसको गर्जन सुन्थे।
7And it knoweth his forsaken habitations, And their cities it hath laid waste, And desolate is the land and its fulness, Because of the voice of his roaring.
8त्यसपछि उसको चारैतिर भएका राष्ट्रहरूले जाल फिँजाए अनि तिनीहरूले त्यलाई खाल्डामा पारे।
8And set against it do nations Round about from the provinces. And they spread out for it their net, In their pit it hath been caught.
9तिनीहरूले त्यसलाई खोरमा हाले अनि बन्द गरिदिए। तिनीहरूले त्यसलाई आफ्नो जालमा बन्द गरे यसप्रकारले तिनीहरूले त्यसलाई बाबेलको राजाकहाँ लिएर गए। अब त्यसको गर्जन तिमीहरूले इस्राएलको पर्वतमा सुन्नेछैनौ।
9And they put it in prison — in chains, And they bring it unto the king of Babylon, They bring it in unto bulwarks, So that its voice is not heard any more On mountains of Israel.
10तिम्री आमा पानीको छेउको दाखको बोट जस्तै थिई। त्योसँग प्रशस्त पानी थियो। यसकारण त्यसले फल लाग्ने हाँगाहरू उत्पन्न गरी।
10Thy mother [is] as a vine in thy blood by waters planted, Fruitful and full of boughs it hath been, Because of many waters.
11त्यसपछि उसले एउटा ठूलो हाँगा उत्पन्न गर्यो, त्यो हाँगा टेक्ने लौरो जस्तो थियो। त्यो हाँगा राजाको राजदण्ड जस्तो थियो। बोट अग्लो अनि अग्लो हुँदै गयो। यसको धेरै हाँगाहरू थिए अनि त्यसले बादलहरू छुन थाल्यो।
11And it hath strong rods for sceptres of rulers, And high is its stature above thick branches, And it appeareth in its height In the multitude of its thin shoots.
12तर बोटलाई जरैसँग उखेलिदियो, अनि त्यसलाई जमीनमा फ्याँकि दियो। गरम पूर्वीय बतास चल्न थाल्यो अनि त्यसको फलहरू सुकाई दियो, शक्तिशाली हाँगाहरू भाँचिए अनि त्यसलाई आगोमा फ्याँकि दियो।
12And it is plucked up in fury, To the earth it hath been cast, And the east wind hath dried up its fruit, Broken and withered hath been the rod of its strength, Fire hath consumed it.
13तर त्यो दाखको बोट अब मरूभूमिमा रोपियो, यो एकदमै सुक्खा र पानी नभएको ठाउँ थियो।
13And now — it is planted in a wilderness, In a land dry and thirsty.
14विशाल हाँगामा आगो फैलियो, आगोले त्यसको हाँगाहरू र फलहरू भस्म पारयो। यसकारण, कुनै हाँगाको शक्तिशाली लौरो रहेन। कुनै राजाको राजदण्ड थिएन।’ यो मृत्युको बारेमा दुखको गीत थियो अनि यो मृत्युको बारेमा दुखको गीतको रूपमा गाइयो।”
14And go forth doth fire from a rod of its boughs, Its fruit it hath devoured, And it hath no rod of strength — a sceptre to rule, Lamentation it [is] — and it is for a lamentation!`