Nepali

Young`s Literal Translation

Ezekiel

42

1तब त्यो मानिसले मलाई बाहिरी चोकमा लिएर गयो जो उत्तरतिर फर्केको थियो। उसले ती कोठाहरूमा लिएर गयो जुन भवनको चोकको पारिपट्टि थियो।
1And he bringeth me forth unto the outer court, the way northward, and he bringeth me in unto the chamber that [is] over-against the separate place, and that [is] over-against the building at the north.
2भवनको 100 हात लामो अनि 50 हात चौडा थियो। मानिसहरू यसको उत्तर पट्टिको आंगनबाट प्रवेश गर्थे।
2At the front of the length [is] a hundred cubits [at] the north opening, and the breadth fifty cubits.
3भवन तीन तला अग्लो अनि बरण्डाहरू थिए। भवन अनि मन्दिरको बीचमा भित्री आँगन 20 हात लामो थियो। अर्कोपट्टि कोठा बाहिर चोकको ढुङ्ग ओछ्याएको पिडीतिर फर्केका थियो।
3Over-against the twenty [cubits] that are to the inner court, and over-against the pavement that [is] to the outer court, [is] gallery over-against gallery, in the three [storeys].
4त्यस कोठाको अर्को तिर एउटा लामो भित्री बाटो थियो। त्यो भित्र पुग्थ्यो। यो दश हात चौडा, एक सय हात लामो थियो। यो भवनको उत्तर पट्टि थियो।
4And at the front of the chambers [is] a walk of ten cubits in breadth unto the inner part, a way of one cubit, and their openings [are] at the north.
5माथिको कोठा अत्यन्तै साँघुरो थियो किनकि बरण्डाले बीच अनि तल्लो तलाको भन्दा बेशीठाँउ ओगटेको थियो।
5And the upper chambers [are] short, for the galleries contain more than these, than the lower, and than the middle one, of the building;
6कोठा तीन तलामाथि थियो। बाहिरी चोकको जस्तै त्यसको स्तम्भ थिएन। यसकारण माथिल्लो कोठा बीचको कोठा अनि तल्लो तलाको कोठाहरू भन्दा ज्यादा पछाडी थियो।
6for they [are] threefold, and they have no pillars as the pillars of the court, therefore it hath been kept back — more than the lower and than the middle one — from the ground.
7त्यहाँ बाहिर एउटा भित्ता थियो। त्यो कोठाहरूको सामान्तरमा थियो। यो बाहिरी चोक सम्म जान्थ्यो। यो कोठाहरूको छेउ-छेउमा थियो। यो पचास हात बढेको थियो।
7As to the wall that [is] at the outside, over-against the chambers, the way of the outer-court at the front of the chambers, its length [is] fifty cubits;
8बाहरी चोकपट्टि फर्केको कोठाहरू पचास हात लामो अनि मन्दिर तिर फर्केका कोठाहरू एक सय हात लामो थिए।
8for the length of the chambers that [are] to the outer court [is] fifty cubits, and of those on the front of the temple a hundred cubits.
9यो कोठाहरूको बीचमा प्रवेशद्वार थियो। जुन बाहिरी चोकबाट पूर्व सम्म जान्थ्यो।
9And under these chambers [is] the entrance from the east, in one`s going into them from the outer court.
10बाहिरी भित्ताको आरम्भमा दक्षिणपट्टि भवनको चोकको छेउ अनि भवनको भित्ताको बाहिर कोठाहरू थिए।
10In the breadth of the wall of the court eastward, unto the front of the separate place, and unto the front of the building, [are] chambers.
11यी कोठाहरूको छेउमा एउटा ठूलो द्वार थियो। त्यो उत्तर कोठाहरूको छेउमा थियो। दक्षिणको द्वारको लमाई चौडाइमा त्यति नै नापको थियो जति उत्तरको थियो। दक्षिणको नाप द्वार, रूपाकृत्ति अनि प्रवेश द्वारको दृष्टिबाट उत्तरका द्वारहरूको बराबर थियो।
11And the way before them [is] as the appearance of the chambers that [are] northward, according to their length so [is] their breadth, and all their outlets, and according to their fashions, and according to their openings.
12दक्षिणी कोठाहरूको तल एउटा द्वार थियो यो लामो भित्रीबाटो सम्म पुग्थ्यो। दक्षिणको कोठाको पारी एउटा छुट्याउने पर्खाल थियो।
12And according to the openings of the chambers that [are] southward [is] an opening at the head of the way, the way directly in the front of the wall eastward in entering them.
13त्यस मानिसले मलाई भन्यो, “चोकको पारिपट्टि दक्षिणको कोठाहरू अनि उत्तरको कोठाहरू पवित्र कोठाहरू हुन। ती पूजाहारीहरूले यी कोठाहरूमा अति पवित्र भोजन खाए। तिनीहरूले महापवित्र भेंटी त्यहाँ खाए। किनकि यो स्थान पवित्र हो। महापवित्र भेटीहरू यी हुन अन्नबलि, पापबलि र दोषबलि।
13And he saith unto me, `The north chambers, the south chambers, that [are] at the front of the separate place, they [are] holy chambers, where the priests (who [are] near to Jehovah) eat the most holy things, there they place the most holy things, and the present, and the sin-offering, and the guilt-offering, for the place [is] holy.
14पूजाहारी पवित्र स्थानमा प्रवेश गर्छन। तर बाहिर चोकमा जानु भन्दा पहिला ऊ आफ्नो वस्त्र पवित्र स्थानमा राख्छ। किन? किनकि यो वस्त्र पवित्र छ। यदि पूजाहारीले चाह्यो भने उ त्यो मन्दिरको त्यस ठाँउमा जान सक्छ जहाँ अरूहरू बस्छन्। त्यसैले तिनीहरू त्यो कोठामा जानु पर्छ अनि अरू लुगा लगाउनुपर्छ।”
14In the priests` going in, they come not out from the sanctuary unto the outer court, and there they place their garments with which they minister, for they [are] holy, and have put on other garments, and have drawn near unto that which [is] for the people.`
15त्यो मानिसले जब मन्दिर भित्रको क्षेत्रको नाप लिई सकेको थियो, त्यति बेला त्यो मूल-ढोकाबाट मलाई बाहिर ल्यायो जुन पूर्वपट्टि थियो। उसले बाहिर चारैतिर नाप्यो।
15And he hath finished the measurements of the inner house, and hath brought me forth the way of the gate whose front [is] eastward, and he hath measured it all round about.
16त्यस मानिसले टाँगोले पूर्वपट्टि नाप्यो। यो पाँच सय हात लामो थियो।
16He hath measured the east side with the measuring-reed, five hundred reeds, with the measuring-reed round about.
17त्यसले उत्तरपट्टि नाप्यो। त्यो पाँचसय हात लामो थियो।
17He hath measured the north side, five hundred reeds, with the measuring reed round about.
18उसले दक्षिणपट्टि नाप्यो। त्यो पाँच सय हात लामो थियो।
18The south side he hath measured, five hundred reeds, with the measuring-reed.
19त्यो पश्चिम पट्टि गयो अनि त्यहाँ नाप्यो। त्यो पाँच सय हात लामो थियो।
19He hath turned round unto the west side, he hath measured five hundred reeds with the measuring-reed.
20उसले मन्दिरको चारै पट्टि नाप्यो। त्यो भित्ता चारैतिर गएको थियो। भित्ता पाँच सय हात लामो अनि पाँच सय हात चौडाको थियो। यसले पवित्र क्षेत्रलाई अपवित्र क्षेत्रबाट अलग राखेको थियो।
20At the four sides he hath measured it, a wall [is] to it all round about, the length five hundred, and the breadth five hundred, to separate between the holy and the profane place.