Nepali

Young`s Literal Translation

Ezekiel

43

1त्यो मानिसले मलाई मूल-ढोका सम्म लिएर गयो जुन मूल-ढोका सम्म पूर्व पट्टि खुल्ला थियो।
1And he causeth me to go to the gate, the gate that is looking eastward.
2त्यहाँ पूर्वबाट परमप्रभु इस्राएलको परमेश्वरको महिमा तल आयो। परमेश्वरको आवाज समुद्रको गर्जन बराबर उच्च थियो। परमेश्वरको महिमाबाट भूमि उज्जवल भयो।
2And lo, the honour of the God of Israel hath come from the way of the east, and His voice [is] as the noise of many waters, and the earth hath shone from His honour.
3दर्शन त्यस्तै थियो जब उहाँ शहर ध्वंश पार्न आउँदा मैले देखेको थिएँ। दर्शन त्यही थियो जुन मैले कबार नदीको किनारमा देखको थिएँ। मैले मेरो शिर भूइँतिर निहुराएर लम्पसार भएँ।
3And according to the appearance [is] the appearance that I saw, as the appearance that I saw in my coming in to destroy the city, and the appearances [are] as the appearance that I saw at the river Chebar, and I fall on my face.
4परमप्रभुको महिमा मन्दिरमा मूल-ढोकाबाट आयो जुन पूर्वमा खोलिएको थियो।
4And the honour of Jehovah hath come in unto the house, the way of the gate whose face [is] eastward.
5त्यसपछि आत्माले मलाईमाथि उठायो अनि भित्री चोकमा लिएर गयो। परमप्रभुको महिमाले मन्दिर भरियो।
5And take me up doth the Spirit, and bringeth me in unto the inner court, and lo, the honour of Jehovah hath filled the house.
6मैले मन्दिरभित्र कोही बोल्दै गरेको सुनें। मानिस मेरो छेउमा उभिरहेको थियो।
6And I hear one speaking unto me from the house, and a man hath been standing near me,
7मन्दिरमा एउटा आवाजले मलाई भन्यो, “हे मानिसको छोरो! यो ठाउँ मेरो सिंहासनको ठाउँ मेरो पैतालाको लागि हो, म यस ठाँउमा इस्राएलका मानिसहरूसित सदा-सर्वदा रहनेछु। इस्राएलका सन्तानले मेरो नाम फेरि नष्ट गर्ने छैनन्। राजाहरू अनि तिनीहरूका मानिसहरूले व्यभिचार पापहरू गरेर अथवा तिनीहरूको राजाहरूको मृत शरीरहरू यस ठाउँमा गाडेर मेरो नामलाई बदनाम गर्नेछैन।
7and He saith unto me: `Son of man, the place of My throne, And the place of the soles of My feet, Where I dwell in the midst of the sons of Israel to the age, Defile no more do the house of Israel My holy name, They, and their kings, by their whoredom, And by the carcases of their kings — their high places.
8तिनीहरूले मेरो नाम आफ्नो सँघार मेरो सँघारसित बनाएर तथा आफ्नो द्वार-स्तम्भ मेरो द्वार-स्तम्भसँग बनाएर लज्जित पार्नेछैनन्। बितेका दिनहरूमा एउटा भित्ताले मात्र मलाई तिनीहरूबाट अलग गरेको थियो। यसकारण तिनीहरूले जति-जति बेला पाप अनि ती डरलाग्दा कामहरू गरे त्यस बेला मेरो नाम बदनाम गरे। यसकारण म क्रोधित भएँ अनि तिनीहरूलाई नष्ट गरे।
8In their putting their threshold with My threshold, And their door-post near My door-post, And the wall between Me and them, And they have defiled My holy name, By their abominations that they have done, And I consume them in Mine anger.
9अब तिनीहरूलाई व्यभिचार पापहरू टाढो हटाउन देऊ अनि आफ्नो राजाहरूको लाश मबाट टाढा लानु देऊ। तब म तिनीहरू बीच सदैव रहन्छु।
9Now do they put far off their whoredom, And the carcases of their kings — from Me, And I have dwelt in their midst to the age.
10“अब हे मानिसको छोरो! इस्राएलका परिवारलाई यस मन्दिरको विषयमा भन्। तब तिनीहरू आफ्नो पापहरू प्रति लज्जित हुनेछन्। तिनीहरूले मन्दिरको योजनाको बारेमा सिकनेछन्।
10Thou, son of man, Shew the house of Israel the house, And they are ashamed of their iniquities, And they have measured the measurement.
11“यदि तिनीहरूले गरेको नराम्रो कर्महरूमा लज्जित हुन्छन् भने मन्दिरको ढाँचा विषयमा बुझाइदेऊ। त्यो कसरी निमार्ण गरिन्छ यसको प्रवेशद्वारहरू कस्तो हुनेछ, निस्कने द्वारहरू अनि सबै आकृतिहरू जो त्यसमा हुनेछन् ती सबै तिनीहरूले सिकुन। तिनीहरूलाई यसको सबै नमूनाहरू अनि विधिहरूको विषयमा सिकाऊ अनि तिनीहरू लेखिदेऊ जसबाट ती सबै तिनीहरूले देख्न सकुन्। त्यसपछि तिनीहरू मन्दिरको सबै नमूनाहरू अनि सबै विधिहरू पालन गर्नेछन्। तब तिनीहरूले ती सबै गर्न सक्छन्।
11And since they have been ashamed of all that they have done, The form of the house, and its measurement, And its outlets, and its inlets, and all its forms, And all its statutes, even all its forms, And all its laws cause them to know, And write [it] before their eyes, And they observe all its forms, And all its statutes, and have done them.
12मन्दिरको नियम यस्तो छ पर्वतको टाकुराका सारा क्षेत्र अति पवित्र हुनेछ। यो मन्दिरको नियम हो।
12This [is] a law of the house: on the top of the mountain, all its border all round about [is] most holy; lo, this [is] a law of the house.
13“वेदीको नाप हात भन्दा लामो नाप प्रयोग गरेर यस प्रकरको छ वेदीको आधार वरिपरि त्यहाँ मैला नाली थियो त्यो चारै तिर एक हात गहिरो अनि एक हात चौडा थियो। यसको टाउकोमा चारैतिर एक बित्ता अल्गो बीट थियो। यही प्रकारले वेदीको उचाईमा, यस्तो थियो।
13`And these [are] measures of the altar by cubits: The cubit [is] a cubit and a handbreadth, and the centre [is] a cubit, and a cubit the breadth; and its border on its edge round about [is] one span, and this [is] the upper part of the altar.
14तल्लो किनार सम्म जगको नाप दुइ हात थियो। यो एक हात चौडा थियो। सानो किनारबाट ठूलो किनार सम्म यसको नाप चार हात थियो। यो एक हात चौडा थियो।
14And from the centre of the ground unto the lower border [is] two cubits, and the breadth one cubit, and from the lesser border unto the greater border four cubits, and the breadth a cubit.
15वेदीमा आगोको स्थान चार हात अग्लो थियो। वेदीको चारै किनार सींङको आकारको थियो।
15`And the altar [is] four cubits, and from the altar and upward [are] four horns.
16वेदीमा आगोको स्थान बाह्र हात लामो अनि बाह्र हात चौडाको थियो। यो पुरै वर्गाकार थियो।
16And the altar [is] twelve long by twelve broad, square in its four squares.
17किनार पनि वर्गाकार थियो, चौध हात लामो अनि चौध हात चौडा। यसको किनार चारैपट्टि आधा हात गहिरो थियो। वेदी सम्म जाने खुड्किला पूर्व दिशामा थियो।”
17And the border [is] fourteen long by fourteen broad, at its four squares, and the border round about it [is] half a cubit, and the centre to it [is] a cubit round about, and its steps are looking eastward.`
18त्यसपछि त्यो मानिसले मलाई भन्यो, “हे मानिसको छोरो! परमप्रभु अनि मालिक यसो भन्नुहुन्छ ‘वेदीका निम्ति यी नियमहरू छन। जुन दिन होमबलि दिइन्छ यसमाथि रगत छर्किनु पर्नेछ।
18And He saith unto me, `Son of man, Thus said the Lord Jehovah: These [are] statutes of the altar in the day of its being made to cause burnt-offering to go up on it, and to sprinkle on it blood.
19त्यस दिन तिमी सादोकको परिवारको मानिसहरूलाई एउटा नयाँ बाछा पापबलिको रूपमा दिनेछु। यो मानिस लेवी कुल समूहको हो। तिनीहरू पूजाहारी हुनेछन। तिनीहरूले भेटी मानिसहरूकहाँ ल्याउँछन् अनि यस्तो प्रकारले मेरो सेवा गर्छन्।”‘ परमप्रभु मेरो मालिकले यसो भन्नुभयो।
19And thou hast given unto the priests, the Levites, who [are] of the seed of Zadok — who are near unto Me, an affirmation of the Lord Jehovah, to serve Me — a calf from the herd, for a sin-offering.
20“तिमीले बाछाको अलिकति रगत लिनु अनि वेदीको चारै सींङहरूमा, किनारको चारै कुनामा अनि पट्टीको चारैतिर लगाऊ। यस्तो प्रकारले तिमीले वेदीलाई पवित्र पार्छौ।
20And thou hast taken of its blood, and hast put it on its four horns, and on the four corners of its border, and on the border round about, and hast cleansed it, and purified it.
21तिमीले बाछालाई पापबलिको रूपमा लिनेछौ। गोरू पवित्र क्षेत्र बाहिर, मन्दिरको विशेष स्थानमा पालिनेछ।
21And thou hast taken the bullock of the sin-offering, and hast burnt it in the appointed place of the house at the outside of the sanctuary.
22“अर्को दिन तिमीहरूले एउटा निष्खोट बोको बलिदान दिनेछौ। यो पापबलि हुनेछ। पूजाहारीले वेदीलाई त्यस्तै प्रकारले शुद्ध पार्नेछ जस्तो प्रकारले उसले बाछालाई शुद्ध पार्यो।
22And on the second day thou dost bring near a kid of the goats, a perfect one, for a sin-offering, and they have cleansed the altar, as they cleansed [it] for the bullock.
23जब तिमीहरूले वेदीलाई शुद्ध पारी सकेको हुन्छौ तब तिमीहरूले एउटा निष्खोट बाछा अनि एउटा निष्खोट भेडाको पाठो बलिदान चढाउनु आवश्यक्ता पर्छ।
23In thy finishing cleansing, thou dost bring near a calf, a son of the herd, a perfect one, and a ram out of the flock, a perfect one.
24त्यसपछि पूजाहारीले त्यसमा रगत छर्किनेछ। त्यसपछि पूजाहारीले बाछा अनि थुमा परमप्रभुलाई होमबलिको रूपमा बलि चढाउनेछ।
24And thou hast brought them near before Jehovah, and the priests have cast upon them salt, and have caused them to go up, a burnt-offering to Jehovah.
25तब एउटा बोका प्रति दिन सात दिन सम्म पापबलिका निम्ति तयार पार। तिमीले एउटा नयाँ बहर अनि एउटा भेडा तयार पार्नेछौ। बहर र बाछी निष्खोट हुनुपर्छ।
25Seven days thou dost prepare a goat for a sin-offering daily, and a bullock, a son of the herd, and a ram out of the flock, perfect ones, do they prepare.
26पूजाहारीहरूले वेदीको प्रायश्चित सात दिन सम्म गरेर यसलाई शुद्ध पार्दै सेवाकोलागि तयार राख्नु पर्छ।
26Seven days they purify the altar, and have cleansed it, and filled their hand.
27यसको सँग-सँगै सात दिन वेदी तयार पार्ने अनि यसलाई परमेश्वरलाई समप्रित गर्ने, पुरा हुन्छ। आठौं दिन अनि यसको अघाडी पूजाहारीले तिमीहरूका होमबलि अनि मेलबालि वेदीमा चढाउन सक्छ। त्यसपछि म स्वीकार गर्छु।” परमप्रभु मेरो मालिकले यसो भन्नुभयो।
27And the days are completed, and it hath come to pass on the eighth day, and henceforth, the priests prepare on the altar your burnt-offerings and your peace-offerings, and I have accepted you — an affirmation of the Lord Jehovah.`