Nepali

Young`s Literal Translation

Genesis

18

1पछि फेरि परमप्रभुले अब्राहामलाई दर्शन दिनु भयो। अब्राहाम मम्रेको फलाँटको रूखको नजिक बस्दै थिए। एकदिन, दिउँसो एकदमै गर्मीको समयमा अब्राहाम पालको ढोकामा बसेका थिए।
1And Jehovah appeareth unto him among the oaks of Mamre, and he is sitting at the opening of the tent, about the heat of the day;
2अब्राहामले आँखा उठाएर हेरे र उनले तीन जना पुरूषहरूलाई आफ्नो अगाडि उभिएको देखे। जब तिनले तिनीहरूलाई देखे तिनी तिनीहरूको सामु गए अनि नमस्कार गरे।
2and he lifteth up his eyes and looketh, and lo, three men standing by him, and he seeth, and runneth to meet them from the opening of the tent, and boweth himself towards the earth,
3अब्राहामले तिनीहरूलाई भने, “हे मेरा महाशय म हजूरको दाससित केही बेर बस्नु होस्।
3And he saith, `My Lord, if, I pray thee, I have found grace in thine eyes, do not, I pray thee, pass on from thy servant;
4म तपाईंको पाउ धुनको निम्ति पानी लिएर आउँछु। तपाईंहरू रूखमुनि विश्राम गर्नुहोस्।
4let, I pray thee, a little water be accepted, and wash your feet, and recline under the tree;
5म तपाईंहरूको निम्ति केही रोटी ल्याउनेछु र तपाईंहरूको इच्छा अनुसार खान सक्नु हुन्छ। त्यसपछि तपाईंहरू आफ्नो गन्तव्य स्थानतिर प्रस्थान गर्न सक्नु हुन्छ।” तीनैजनाले भने, “यो अति नै असल कुरो हो र तपाईं जस्तो ठीक सम्झनु हुन्छ त्यही गर्नुहोस्।”
5and I bring a piece of bread, and support ye your heart; afterwards pass on, for therefore have ye passed over unto your servant;` and they say, `So mayest thou do as thou has spoken.`
6अब्राहाम लगतै पालभित्र पसे र सारालाई भने, “चाडो गरी मिहिन पीठोको तीनवटा रोटी बनाऊ।”
6And Abraham hasteth towards the tent, unto Sarah, and saith, `Hasten three measures of flour-meal, knead, and make cakes;`
7तब फेरि अब्राहाम झट्टारिएर गाई-गोरूहरूको बथानतिर गई एउटा खाईलाग्दो असल बाछो ल्याएर झट्टै त्यसलाई मारी भोजन बनाउन नोकरलाई अह्राए।
7and Abraham ran unto the herd, and taketh a son of the herd, tender and good, and giveth unto the young man, and he hasteth to prepare it;
8अब्राहामले ती तीनै जनालाई मासुको परिकार, केही दही र दूध टक्रायाए। जब तिनीहरू रूखमुनि बसेर खान लागे अब्राहाम तिनीहरूको नजिक त्यही उभिरहे।
8and he taketh butter and milk, and the son of the herd which he hath prepared, and setteth before them; and he is standing by them under the tree, and they do eat.
9ती तीनजना मानिसहरूले अब्राहामलाई सोधे, “तिम्री पत्नी सारा कहाँ छिन्?” अब्राहामले उत्तर दिए, “तिनी भित्र पालमा छिन्।”
9And they say unto him, `Where [is] Sarah thy wife?` and he saith, `Lo — in the tent;`
10तब परमप्रभुले भन्नुभयो, “म फेरि वसन्त ऋतुमा आउनेछु। त्यस समयमा तिम्री पत्नी साराले छोरो जन्माएकी हुनेछिन्।” साराले पालबाट यी सब कुराहरू सुनिरहेकी थिइन्।
10and he saith, `returning I return unto thee, about the time of life, and lo, to Sarah thy wife a son.`
11अब्राहाम र सारा निकै वृद्ध भइसकेका थिए। साराको सन्तान जन्मिने समय बितिसकेको थियो।
11And Sarah is hearkening at the opening of the tent, which is behind him;
12यसर्थ उनले जे सुनिन त्यो विश्वास गरिनन्। तिनी आफू एक्लै हाँसिन र भनिन्, “म र मेरा पति दुवै वृद्ध भइसकेका छौं मेरो गर्भधारण गर्ने समय बितिसकेको छ।”
12and Abraham and Sarah [are] aged, entering into days — the way of women hath ceased to be to Sarah;
13तब परमप्रभुले अब्राहामलाई भन्नुभयो, “किन सारा हाँस्छिन् र भन्छिन् उमेरले गर्दा तिनी गर्भधारण गर्न असमर्थ भएकी छिन।
13and Sarah laugheth in her heart, saying, `After I have waxed old I have had pleasure! — my lord also [is] old!`
14के परमप्रभुको निम्ति केही चीज गर्न गाह्रो छ? होइन! जब म वसन्तमा आउनेछु अनि तिम्री पत्नी साराले छोरो जन्माउनेछिन्।”
14And Jehovah saith unto Abraham, `Why [is] this? Sarah hath laughed, saying, Is it true really — I bear — and I am aged? Is any thing too wonderful for Jehovah? at the appointed time I return unto thee, about the time of life, and Sarah hath a son.`
15तर साराले आफू, “नहाँसेको कुरो भनिन्।” तिनले डराएर त्यसो भनेकी हुन्। तर परमप्रभुले भन्नुभयो, “होइन। तिमीले जे भन्यौ त्यो साँचो होइन। तिमी साँच्चै हाँस्यौ।”
15And Sarah denieth, saying, `I did not laugh;` for she hath been afraid; and He saith, `Nay, but thou didst laugh.`
16तब ती मानिसहरू जानका लागि तर्खरमा उठे। तिनीहरूले सदोमतर्फ हेरे अनि त्यही दिशातर्फ हिंडे। अब्राहाम तिनीहरूलाई बाटो देखाउन केही परसम्म गए।
16And the men rise from thence, and look on the face of Sodom, and Abraham is going with them to send them away;
17परमप्रभुले आफैंलाई भन्नुभयो, “के म अब के गर्नेछु अब्राहामलाई भनुँ?
17and Jehovah said, `Am I concealing from Abraham that which I am doing,
18अब्राहाम एउटा महान र शक्तिशाली जाति बनिनेछन् अनि पृथ्वीका सबै मानिसहरू तिनको कारणले आशिष पाउनेछन्।
18and Abraham certainly becometh a nation great and mighty, and blessed in him have been all nations of the earth?
19म अब्राहामसित राम्रो सम्बन्ध राख्न आएकोछु जसले गर्दा उ आफ्ना नानीहरू अनि सन्तानहरूलाई सही र स्वच्छ के हो त्यो गर्न सिकाउन सक्छ ताकि तिनीलाई जे प्रतिज्ञा गरेको छ त्यो हुन दिन्छु।”
19for I have known him, that he commandeth his children, and his house after him (and they have kept the way of Jehovah), to do righteousness and judgment, that Jehovah may bring on Abraham that which He hath spoken concerning him.`
20तब परमप्रभुले भन्नुभयो, “मैले धेरै पल्ट सुनेकोछु सदोम र गमोराका मानिसहरू साह्रै दुष्ट छन्।
20And Jehovah saith, `The cry of Sodom and Gomorrah — because great; and their sin — because exceeding grievous:
21म त्यहाँ जान्छु अनि हेर्छु मानिसहरू जस्तो मैले सुनेकोछु त्यस्तै छन् कि छैनन्। तब म पक्का जान्नेछु।”
21I go down now, and see whether according to its cry which is coming unto Me they have done completely — and if not — I know;`
22तब ती मानिसहरु फर्के अनि सदोम तर्फ हिंडन थाले। तर अब्राहाम परमप्रभुकोअघि उभिए।
22and the men turn from thence, and go towards Sodom; and Abraham is yet standing before Jehovah.
23तब अब्राहामले परमप्रभुतर्फ बढेर सोधे, “परमप्रभु, के दुष्ट मानिसहरूलाई ध्वंश पार्दा धर्मी मानिसहरूलाई पनि ध्वंश पार्नु हुन्छ?
23And Abraham draweth nigh and saith, `Dost Thou also consume righteous with wicked?
24यदि त्यहाँ पचास धर्मी मानिसहरू छन् भने त्यो शहरलाई नाश गर्नु हुन्छ?
24peradventure there are fifty righteous in the midst of the city; dost Thou also consume, and not bear with the place for the sake of the fifty — the righteous who [are] in its midst?
25साँच्ची नै, तपाईंले शहर नष्ट पार्नु हुनेछैन। दुष्ट मानिसहरूलाई सर्वनाश पार्दा ती पचास जना मानिसहरूलाई ध्वंश पार्नु हुँदैन। यदि त्यस्तो भयो भने दुष्ट र राम्रा मानिसहरू एकै हुन्छन दुवै वर्गले सजाय भोग्ने छन् निश्चय ब्रमाण्डका न्यायधिशले जे सही छ त्यही गर्नुहुन्छ।”
25Far be it from Thee to do according to this thing, to put to death the righteous with the wicked; that it hath been — as the righteous so the wicked — far be it from Thee; doth the Judge of all the earth not do justice?`
26तब परमप्रभुले भन्नुभयो, “यदि मैले सदोममा पचास जना असल मानिसहरू पाएँ भने म सम्पूर्ण शहरलाई माफ गर्नेछु।”
26And Jehovah saith, `If I find in Sodom fifty righteous in the midst of the city, then have I borne with all the place for their sake.`
27तब अब्राहामले भने, “तपाईंको तुलनामा परमप्रभु म धूलो, र खरानी बराबर मात्र हुँ। तर तपाईंलाई विरक्त बनाउदै म एउटा प्रश्न फेरि गर्न पाउँ
27And Abraham answereth and saith, `Lo, I pray thee, I have willed to speak unto the Lord, and I — dust and ashes;
28के यदि पाँच जना धर्मी मानिसहरू हराए अनि पैतालीस जना मानिसहरू असल छन भने पनि के ती पाँच जानले गर्दा सारा शहर नाश पार्नुहुन्छ?” परमप्रभुले भन्नुभयो, “यदि मैले पैतालीस जना धर्मी व्यक्तिहरू पाए भने त्यो शहर नाश पार्ने छैन।”
28peradventure there are lacking five of the fifty righteous — dost Thou destroy for five the whole of the city?` and He saith, `I destroy [it] not, if I find there forty and five.`
29अब्राहामले फेरि भने, “के यदि चालीसजना त्यहाँ असल भेटीए त्यो शहर नष्ट पार्नु हुन्छ?” परमप्रभुले भन्नुभयो, “यदि मैले चालीस जना व्यक्तिहरू असल भेटे त्यो शहर नाश पार्नेछैन।”
29And he addeth again to speak unto Him and saith, `Peradventure there are found there forty?` and He saith, `I do [it] not, because of the forty.`
30तब अब्राहामले भने, “परमप्रभु दया गरी मसंग नरिसाउनु होस्। मलाई यो जान्न दिनु होस् यदि त्यस शहरमा तीस जना व्यक्तिहरू असल भेटे तपाईं के त्यो शहर नष्ट पार्नु हुन्छ?” परमप्रभुले भननुभयो, “यदि मैले तीस जना व्यक्तिहरू असल भेट त्यो शहर नष्ट पार्ने छैन।”
30And he saith, `Let it not be, I Pray thee, displeasing to the Lord, and I speak: peradventure there are found there thirty?` and He saith, `I do [it] not, if I find there thirty.`
31तब अब्राहामले सोधे, “म मेरा परमप्रभुलाई विरक्तपार्दै फेरि प्रश्न गर्छु, यदि बीस जना मात्र असल मानिसहरू भेटे के गर्नु हुन्छ?” परमप्रभुले उत्तर दिनु भयो, “यदि मैले बीस जना मात्र असल मानिसहरू भेटे म त्यो शहर नष्ट पार्ने छैन।”
31And he saith, `Lo, I pray thee, I have willed to speak unto the Lord: peradventure there are found there twenty?` and He saith, `I do not destroy [it], because of the twenty.`
32तब अब्राहामले भने, “परमप्रभु, दया गरी मसंग नरिसाउनु होला, तर अन्तिम पटक तपाईलाई विरक्त पार्दै फेरि म प्रश्न राख्न चाहन्छु। यदि तपाईंले दश जना मात्र असल मानिसहरू भेटे के गर्नु हुन्छ?” परमप्रभुले भन्नुभयो, “यदि दश जना मात्र पनि असल मानिसहरू भेटे म नाश पार्ने छैन।”
32And he saith, `Let it not be, I pray Thee, displeasing to the Lord, and I speak only this time: peradventure there are found there ten?` and He saith, `I do not destroy [it], because of the ten.`
33जब परमप्रभुले अब्राहामसित कुरा गरि सक्नु भयो अनि जानु भयो। अनि अब्राहाम आफ्नो घर गए।
33And Jehovah goeth on, when He hath finished speaking unto Abraham, and Abraham hath turned back to his place.