Nepali

Young`s Literal Translation

Isaiah

16

1तिमीहरूले त्यस भूमिको राजालाई उपहार पठाउनु पर्नेछ। तिमीहरूले मरूभूमि हुँदा सेलादेखि सियोनको छोरीको पर्वतलाई एउटा थुमा पठाउनु पर्नेछ।
1Send ye a lamb [to] the ruler of the land, From Selah in the wilderness, Unto the mount of the daughter of Zion.
2मोआबका स्त्रीहरूले अर्नोनको अरोण नदी पार गर्ने प्रयास गर्छन्। तिनीहरू सहायताका निम्ति एक ठाउँ देखि अर्को ठाउँमा हेरिरहेछन्। तिनीहरू रूखबाट गुँड भूईंमा झरेपछि लापत्ता भएका बचेराहरू जस्ता भएका छन्।
2And it hath come to pass, As a wandering bird, a nest cast out, Are daughters of Moab, [at] fords of Arnon.
3तिनीहरू भन्दछन्, “हामीलाई सहयोग दिनुहोस्! के गर्नु पर्ने हो बताउनु होस्! मध्यदिनहको घामबाट हामीलाई ओझल पारे जस्तै हाम्रा शत्रुहरूबाट हामीलाई बचाउँनु होस। हाम्रा शत्रुहरूबाट हामी भागिरहेका छौं। हामीलाई लुकाउनु होस्! शत्रुहरूको हातमा पर्न नदिनुहोस्।”
3Bring ye in counsel, do judgment, Make as night thy shadow in the midst of noon, Hide outcasts, the wanderer reveal not.
4ती मोअबबाट आएका मानिसहरूलाई जबरजस्ती आफ्ना घरहरू छोड्न लगाए। यसकारण तिमीहरूका जग्गामा तिनीहरूलाई बस्न देऊ। तिनीहरूका शत्रुहरूबाट तिनीहरूलाई लुकाऊ, लुटपाट रोकिने छ शत्रु पराजित हुनेछ। मानिसहरूलाई दुःख कष्ट दिनेहरू जति यस ठाउँबाट जानेछन्।
4Sojourn in thee do My outcasts, O Moab, Be a secret hiding-place to them, From the face of a destroyer, For ceased hath the extortioner, Finished hath been a destroyer, Consumed the treaders down out of the land.
5त्यसपछि दाऊदको घरानाबाट एकजना नयाँ राजा आउनेछन्। उनी देशभक्त, मायालु र कृपालु हुनेछन्। यी राजाले निष्पक्ष न्याय गर्नेछन्। उनले ती कुराहरू मात्र गर्नेछन् जुन राम्रो र सही हुन्।
5And established in kindness is the throne, And [one] hath sat on it in truth, in the tent of David, Judging and seeking judgment, and hasting righteousness.
6हामीले सुनेका छौं कि मोआबका मानिसहरू एकदम अंहकारी र कपटी छन्। ती मानिसहरू हिंसक र ठूला कुराहरू गर्नेवालाहरू छन्। तर घमण्ड चहिँ खाली खोक्रो शब्दमात्र हो।
6We have heard of the pride of Moab — very proud, His pride, and his arrogance, and his wrath, Not right [are] his devices.
7त्यही अहंकारको कारणले मोआबका सारा मानिसहरूले दुःख पाउनेछन्। मोआबका सारा मानिसहरू रूनेछन्। मानिसहरू उदास हुनेछन्। विगतमा तिनीहरूसित भएका कुरा तिनीहरूले चाहन्छन्। तिनीहरूले कीरहारेशेतमा बनाएको नेभाएको केकहरूको इच्छा गर्छन्।
7Therefore howl doth Moab for Moab, all of it doth howl, For the grape-cakes of Kir-Hareseth it meditateth, Surely they are smitten.
8हेशबोन अनि सिब्माका दाखका बोटहरूमा दाखहरू नउप्जिनाले मानिसहरू उदास हुनेछन्। विदेशी शासकहरूले दाखका बोटहरू ढाल्नेछन्। शत्रुका सैनिकहरू याजेर शहर र मरूभूमिभरी फैलिए। अनि तिनीहरू समुद्र पारि सम्म फैलिए।
8Because fields of Heshbon languish, The vine of Sibmah, Lords of nations did beat her choice vines, Unto Jazer they have come, They have wandered in a wilderness, Her plants have spread themselves, They have passed over a sea.
9“दाखका बोटहरू नष्ट भएकोले गर्दा म याजेर अनि सिब्माको मानिसहरूसित रूनेछ। म हेशबोन र एलालेका मानिसहरूसंग रूनेछ किनभने त्यहाँ फसलहरू हुनेछैन्। त्यहाँ ग्रीष्मऋतुको फलहरू पनि हुने छैन्। अनि त्यहाँ आनन्दको हल्ला पनि हुनेछैन्।
9Therefore I weep with the weeping of Jazer, The vine of Sibmah, I water thee [with] my tear, O Heshbon and Elealeh, For — for thy summer fruits, and for thy harvest, The shouting hath fallen.
10एक समय फलले परिपूर्ण रहने अङ्गुरको खेतहरूमा खुशीको गीतहरू गाइने छैन्। बाली भियाउने समयमा मोज-मज्जा समाप्त पार्नेछु। अङ्गुरहरू दूध मदमा परिणत हुन तयार छन्। तर ती सबै चीजहरू खेर जानेछन्।
10And removed have been gladness and joy from the fruitful field, And in vineyards they sing not, nor shout, Wine in the presses treadeth not the treader, Shouting I have caused to cease.
11यसैकारण, मोआब प्रति म अत्यन्तै दुःखी छु। कीर-हरेशे प्रति म अत्यन्तै दुःखी छु। म ती शहरहरू प्रति अत्यन्त दुःखी छु।
11Therefore my bowels for Moab as a harp do sound, And mine inward parts for Kir-Haresh.
12मोआबका मानिसहरू आफ्ना पूजा गर्ने ठाउँमा जानेछन् तिनीहरू प्रार्थना गर्ने प्रयास गर्नेछन्। तर त्यहाँ के हुँदैछ तिनीहरूले देख्ने छन् अनि तिनीहरू प्रार्थना गर्नु अत्यन्तै दुर्बल हुनेछन्।”
12And it hath come to pass, when it hath been seen, That weary hath been Moab on the high place, And he hath come unto his sanctuary to pray, And is not able.
13परमप्रभुले मोआबको बारेमा यस्ता कुराहरू धेरै पल्ट भन्नु भएको थियो।
13This [is] the word that Jehovah hath spoken unto Moab from that time,
14अनि अहिले परमप्रभु भन्नुहुन्छ, “तीन वर्षभित्र ज्यालामा काम गर्नेहरूले आफ्नो समय गने झैं सबै मानिसहरूका गर्व र वस्तुहरू समाप्त भएर जानेछ। त्यहाँ केही मानिसहरू मात्र रहनेछन् तर धेरै मानिसहरू हुने छैनन्।” अरामलाई परमेश्वरको सन्देश
14And now hath Jehovah spoken, saying, `In three years, as years of an hireling, Lightly esteemed is the honour of Moab, With all the great multitude, And the remnant [is] little, small, not mighty!`