1त्यसपछि तेमानीबाट आएका एलीपजले अय्यूबलाई जवाफ दिएः
1And Eliphaz the Temanite answereth and saith: —
2“अय्यूब, यदि तिमी साँच्चि नै ज्ञानी हुँदो हौ त तिमीले यसरी आफ्ना अर्थहीन व्यक्तिगत विचारहरूले जवाफ दिने थिएनौ। तिमी किन आफैलाई तातो हावाले भराई रहन्छौ?
2Doth a wise man answer [with] vain knowledge? And fill [with] an east wind his belly?
3के तिमी सोच्दछौ कि एकजना ज्ञानी मानिससित त्यस्तो बेकामे तर्क अनि त्यस्ता विवेकशुन्य क्षमा-याचना हुन्छ।
3To reason with a word not useful? And speeches — no profit in them?
4अय्यूब, यदि तिमीले यस्तै गर्दै गयौ भने कसैले पनि परमेश्वरलाई श्रद्धा अनि आराधना गर्ने छैन।
4Yea, thou dost make reverence void, And dost diminish meditation before God.
5जे कुराहरू तिमीले भन्छौ त्यसले तिम्रो पाप छर्लङ्ग देखाउँछ। अय्यूब, तिमीले चतुर शब्दहरू चलाएर आफ्नो पापहरू छोप्न खोजिरहेछौ।
5For thy mouth teacheth thine iniquity, And thou chooseth the tongue of the subtile.
6म तिमी गल्ती छौ भनेर प्रमाण गर्न खोज्दिन। किन? तिमीले आफ्नो मुखबाट उच्चारण गरेका शब्दहरूले नै तिमी गल्ती भएको देखाउँछ। तिम्र ओठहरू तिम्रै विरूद्ध बोल्छ।
6Thy mouth declareth thee wicked, and not I, And thy lips testify against thee.
7अय्यूब, के तिमी सोच्छौ कि प्रथम जन्मिने मानिस तिमी मात्र थियौ? तिमी यो पहाडहरू भन्दा पहिल्यै जन्मेका थियौ?
7The first man art thou born? And before the heights wast thou formed?
8के तिमीले परमेश्वरको गोप्य योजनाहरू सुन्यौ? के तिमी आफै मात्र ज्ञानी मानिस भनेर सोच्छौ?
8Of the secret counsel of God dost thou hear? And withdrawest thou unto thee wisdom?
9अय्यूब, तिमीले गरे भन्दा धेरै कुराहरू हामी जान्दछौ हामी बुझ्छौ अनि त्यही तिमी बुझ्दैनौ
9What hast thou known, and we know not? Understandest thou — and it is not with us?
10केश सेतै पाकेका बूढा-पाकाहरू हामीसँग सहमत छन्। हो, तिम्रा बाबु भन्दा जेठा मानिसहरू हाम्रो पक्षमा छन।
10Both the gray-headed And the very aged [are] among us — Greater than thy father [in] days.
11परमेश्वरले तिमीलाई सान्तवना दिनु हुन्छ तर त्यति मात्र तिमीलाई प्रशस्त छैन हामी परमेश्वरको सन्देश तिमीलाई शिष्ट भाषामा भन्छौ।
11Too few for thee are the comforts of God? And a gentle word [is] with thee,
12अय्यूब, तिमी किन बुझ्दैनौ? किन हामी सत्य देख्दैनौ?
12What — doth thine heart take thee away? And what — are thine eyes high?
13जब तिमी त्यस्ता क्रोधपूर्ण शब्दहरू भन्छौ तिमी परमेश्वरको विरूद्धमा छौ।
13For thou turnest against God thy spirit? And hast brought out words from thy mouth:
14मानिस साच्चै नै निर्दोष हुन सक्तैन। मानिस परमेश्वर भन्दा धर्मी हुन सक्तैन।
14What [is] man that he is pure, And that he is righteous, one born of woman?
15परमेश्वरले आफ्ना दूतहरूसम्मलाई विश्वास गर्नुहुन्न? परमेश्वरसंग तुलना गर्दा स्वर्गसम्म निर्दोष छैन।
15Lo, in His holy ones He putteth no credence, And the heavens have not been pure in His eyes.
16मानिस अत्यन्तै निम्न हुन्छ। मानिस मैलो र भ्रष्ट छ। उसले अधर्म पानी सरह पिउँछ।
16Also — surely abominable and filthy Is man drinking as water perverseness.
17मेरो कुरा ध्यान दिएर सुन अय्यूब, अनि म यो तिमीलाई व्याख्या गर्नेछु। मैले के बुझे त्यही तिमीलाई भन्नेछु।
17I shew thee — hearken to me — And this I have seen and declare:
18म तिमीलाई ती कुराहरू भन्नेछु, जुन ज्ञानी मानिसहरूले मलाई भनेका छन् ती ज्ञानी मानिसहरूका पिता-पुर्खाहरूले ती कुराहरू तिनीहरूलाई भनेका हुन्।
18Which the wise declare — And have not hid — from their fathers.
19तिनीहरू मात्र आफ्ना देशमा बस्थे। त्यहाँ कुनै विदेशीहरू बसोवास गर्न पाउँदैनथे यसकारण तिनीहरूलाई कसैले नौलो विचारहरू भनेन्।
19To them alone was the land given, And a stranger passed not over into their midst:
20दुष्ट मानिसहरूले आफ्नो सम्पूर्ण जीवनभरी कष्ट पाइरहन्छ। निष्ठूर मानिस जीवनभरी नै प्रत्येक साल शिकार भइरहन्छ।
20`All days of the wicked he is paining himself, And few years have been laid up for the terrible one.
21प्रत्येक कोलाहलले उसलाई तर्साउँछ। उसका शत्रुहरूले उसलाई सताउँछ, शत्रुले आक्रमण गर्छ जब उसले आफूलाई सुरक्षित सम्झदछ।
21A fearful voice [is] in his ears, In peace doth a destroyer come to him.
22दुष्ट मानिसहरू अत्यन्त निराश हुन्छन् अनि अन्धकारदेखि छुटकारा पाउने तिनीहरूसंग कुनै मौका नै हुँदैन। त्यहाँ कतै तिनीहरूलाई मार्नका लागि तरवार छ।
22He believeth not to return from darkness, And watched [is] he for the sword.
23रोटीको खोजीमा “त्यो कहाँ छ” भनी यता उता घुमिरहन्छ। उसले जान्दछ कि उसको मृत्यु अब नजिक छ।
23He is wandering for bread — `Where [is] it?` He hath known that ready at his hand Is a day of darkness.
24चिन्ता र पीडाहरूले उसलाई भयभीत बनाउँछ। राजा ध्वंश गर्न तम्से जस्तो ती कुराहरूले तिनीहरूलाई आक्रमण गर्छ।
24Terrify him do adversity and distress, They prevail over him As a king ready for a boaster.
25किन? किनभने दुष्ट मानिसहरूले परमेश्वरलाई मान्नु अस्वीकार गर्छ उसले आफ्नो मुक्का परमेश्वरमा नचाउँछ अनि सर्वशक्तिमान परमेश्वरलाई पराजित गर्ने कोशिश गर्छ।
25For he stretched out against God his hand, And against the Mighty he maketh himself mighty.
26त्यो दुष्ट मानिस साह्रै हठी हुन्छ। उसले मोटो बलियो ढालसंग परमेश्वरलाई आक्रमण गर्ने कोशिश गर्छ।
26He runneth unto Him with a neck, With thick bosses of his shields.
27उसको अनुहार बोसोले ढाकिएको छ। धनी अनि मोटा भएको छ।
27For he hath covered his face with his fat, And maketh vigour over [his] confidence.
28तर उसको शहर ध्वंश हुनेछ, उसको घर ध्वंश हुनेछ, उसको घर रित्तो हुनेछ।
28And he inhabiteth cities cut off, houses not dwelt in, That have been ready to become heaps.
29दुष्ट मानिस सधैंलाई धनी भई रहँदैन। उसको सम्पत्ति सँधैलाई रहँदैन उसको अन्नबालि सबै उम्रिन्दैन।
29He is not rich, nor doth his wealth rise, Nor doth he stretch out on earth their continuance.
30ती दुष्ट मानिस अंन्धकार देखि मुक्त हुनेछैन। उ त्यस्तो रूख सरह हुनेछ जसका पातहरू रोगबाट झर्छ। अनि बतासले सबै उडाई लैजाईनेछ।
30He turneth not aside from darkness, His tender branch doth a flame dry up, And he turneth aside at the breath of His mouth!
31दुष्ट मानिसले स्वयंलाई मूर्ख बनाउनु पर्दैन जब उसले महत्वहीन कुराहरूमा विश्वास गर्छ। किन? किनभने उसले केही पनि पाउँने छैन।
31Let him not put credence in vanity, He hath been deceived, For vanity is his recompence.
32उसको जीवन अन्त हुन अघि नै त्यो दुष्ट मानिस बृद्ध र निराश भइजान्छ। उ सुकेको हाँगा जस्तो हुन्छ, फेरि कहिल्यै हरियो हुनेछैन।
32Not in his day is it completed, And his bending branch is not green.
33त्यो दुष्ट मानिस दाखको रूख जस्तो हुनेछ जसले पाक्न अघिनै दाख गुमाउँछ। त्यो मानिस भद्राक्षेको रूख जस्तै हुनेछ जसले आफ्नो कोपिलाहरू गुमाउँछ।
33He shaketh off as a vine his unripe fruit, And casteth off as an olive his blossom.
34किन? किनभने परमेश्वर नभए मानिसहरूसँग केही पनि रहँदैन। मानिसहरू जसले पैसालाई प्रेम गर्छ आगोले आफ्नो घर खरानी बनाउँछ।
34For the company of the profane [is] gloomy, And fire hath consumed tents of bribery.
35दुष्ट मानिसहरूले कष्ट गर्भधारण गर्छन्, दुष्ट्याईं जन्माउँछन् अनि तिनीहरूको कोखले खाली कपट उब्जाउँछ।”
35To conceive misery, and to bear iniquity, Even their heart doth prepare deceit.