1तब अय्यूबले जवाफ दिए,
1And Job answereth and saith: —
2मैले पहिलाबाट “यी कुराहरू सुनेको हुँ। तिमीहरू तीनजना मानिसहरूले मलाई दुःख दिइरहेकाछौ, सान्तवना होइन।
2I have heard many such things, Miserable comforters [are] ye all.
3तिमीहरूका लामा भाषणहरू कहिले सिद्धिने होइन। किन तिमीहरूको तर्कहरू तन्काई रहन्छौ?
3Is there an end to words of wind? Or what doth embolden thee that thou answerest?
4तिमीहरूले भनेकै कुराहरू म पनि भन्न सक्थें यदि तिमीहरूसँग मेरो जस्तै संकटहरू भए। म तिमीहरूलाई ज्ञानी कुराहरू सुनाउन सक्थे अनि मेरो टाउको तिमीहरूतिर हल्लाउथें।
4I also, like you, might speak, If your soul were in my soul`s stead. I might join against you with words, And nod at you with my head.
5तर म तिमीलाई उत्साह दिउँला अनि मैले भनेका कुराहरूसँग आशा जगाई दिउँला।
5I might harden you with my mouth, And the moving of my lips might be sparing.
6मैले जे भने पनि मेरो पीडा केहीबाट हरण हुने छैन, तर चुपचाप बसिरहनु पनि लाभ छैन।
6If I speak, my pain is not restrained, And I cease — what goeth from me?
7हे परमेश्वर, साँचो रूपमा, तपाईंले मेरो शक्ति लैजानु भयो। तपाईंले मेरो सबै परिवार तहसनहस पारिदिनु भयो।
7Only, now, it hath wearied me; Thou hast desolated all my company,
8तपाईंले मलाई दुब्लो-पातलो बनाइदिनु भयो, अनि मानिसहरूलाई त्यसले मलाई दोष्याउने कारण उब्जाउँछ।
8And Thou dost loathe me, For a witness it hath been, And rise up against me doth my failure, In my face it testifieth.
9परमेश्वर क्रोधित हुनुभयो अनि मेरो शरीरलाई एउटा सिंहले झैं आक्रमण गर्नु भयो। मेरो शरीर टुक्रा-टुक्रा पारी च्यात्नु भयो। अनि मेरो शत्रुहरूले मलाई तिनीहरूको घृणित नजरले हेरे।
9His anger hath torn, and he hateth me, He hath gnashed at me with his teeth, My adversary sharpeneth his eyes for me.
10मानिसहरूले मेरो वरिपरि थुप्रेर, तिनीहरूले मलाई हाँसोको पात्र बनाए अनि थप्पड लगाए।
10They have gaped on me with their mouth, In reproach they have smitten my cheeks, Together against me they set themselves.
11परमेश्वरले मलाई दुष्ट मानिसहरूकहाँ दिनु भयो। मलाई दुःख दिओस् भनेर उहाँले कुकर्मीहरूलाई छोडी दिनुभयो।
11God shutteth me up unto the perverse, And to the hands of the wicked turneth me over.
12जबसम्म परमेश्वरले मलाई घाँटीमा समात्नु भएन अनि मलाई टुक्रा-टुक्रा पार्नु भएन तबसम्म प्रत्येक कुरो राम्रै भइरहेको थियो। तब उहाँले मलाई पहिलेकै अवस्थामा ल्याउनु भयो र मलाई उहाँको तारोको रूप प्रयोग गर्नुभयो।
12At ease I have been, and he breaketh me, And he hath laid hold on my neck, And he breaketh me in pieces, And he raiseth me to him for a mark.
13परमेश्वरका धनुर्धारीहरू मेरो वरिपरि छन्। उहाँले मेरो मिर्गौलामा काँढले हान्नु भयो। उहाँले ममाथि दयाभाव देखाउनु भएन उहाँले मेरो पित्त भुईंमा फुटाउनु भयो।
13Go round against me do his archers. He splitteth my reins, and spareth not, He poureth out to the earth my gall.
14घरिघरि परमेश्वरले मलाई आक्रमण गर्नुहुन्छ। उहाँ एक सिपाही युद्धभूमिमा दौडे जस्तो दगुर्नुहुन्छ।
14He breaketh me — breach upon breach, He runneth upon me as a mighty one.
15म अत्यन्त उदास छु, यसैले म त्यस्ता उदासी पोषाकहरू लगाउँछु। म यहाँ धुलोमुलो र खरानीको थुप्रोमा बस्छु, अनि म पराजित भएको ठान्छु।
15Sackcloth I have sewed on my skin, And have rolled in the dust my horn.
16रूँदा-रूँदा मेरो अनुहार रातो भइसक्यो। मेरो आँखा वरिपरि कालो गोलो रेखाहरू छन्।
16My face is foul with weeping, And on mine eyelids [is] death-shade.
17मैले कसैलाई नोक्सान गरेको छैन। तर त्यस्ता अप्रिय घटनाहरू मकहाँ आई लाग्यो। मेरा प्रार्थनाहरू उचित र चोखा छन्।
17Not for violence in my hands, And my prayer [is] pure.
18पृथ्वी, गल्ती कुराहरू नलुकाऊ जुन ममाथि आइपर्यो। मेरो न्यायको पुकारलाई नरोक।
18O earth, do not thou cover my blood! And let there not be a place for my cry.
19अहिले पनि त्यहाँ स्वर्गमा कोही छ जो मसँग बोल्नु हुन्छ। त्यहाँ माथि कोही त छ जसले मेरो लागि साक्षी दिनेछ।
19Also, now, lo, in the heavens [is] my witness, And my testifier in the high places.
20मेरो साथीहरूले मलाई हप्काउँछ। मेरा आँखहरूबाट परमेश्वरका निम्ति आँशु बग्छ।
20My interpreter [is] my friend, Unto God hath mine eye dropped:
21तर परमेश्वर अघि उसले मेरो विषयमा साथीको लागि न्याय गरिदिने मानिसले झैं बोलिदिन्छ।
21And he reasoneth for a man with God, And a son of man for his friend.
22केही वर्षमा म नफर्किने ठाउँमा जानेछु।
22When a few years do come, Then a path I return not do I go.