1तब बिल्ददले (शुहीले यसो भनेर) जवाफ दिएः
1And Bildad the Shuhite answereth and saith: —
2“अय्यूब, तिमी कहिले बोल्न बन्द गर्नेछौ? चुपलाग अनि सुन। हामीलाई केही भन्नदेऊ।
2When do ye set an end to words? Consider ye, and afterwards do we speak.
3किन तिमीले हामीलाई लाटा गाई जस्तो मूर्ख सम्झन्छौ?
3Wherefore have we been reckoned as cattle? We have been defiled in your eyes!
4अय्यूब, तिम्रो रीसले तिमीलाई नै पिरोल्छ। के मानिसहरूले खाली तिम्रो लागि पृथ्वी छोडनै पर्छ? के तिमी सोच्दछौ कि परमेश्वरले तिम्रै सन्तुष्टीको लागि मात्र पर्वतहरूको ठाउँ सार्नु हुन्छ?
4(He is tearing himself in his anger.) For thy sake is earth forsaken? And removed is a rock from its place?
5हो, दुष्ट मानिसको प्रकाश निभाइनेछ। उसको आगो जल्न छाडनेछ।
5Also, the light of the wicked is extinguished. And there doth not shine a spark of his fire.
6उसको घरको प्रकाश अन्धयारो हुनेछ। उसको छेउको बत्ती पनि निभ्ने छ।
6The light hath been dark in his tent, And his lamp over him is extinguished.
7उसको बलियो पाइलाहरू अझ छोटो र कमजोर हुनेछन्। उसको पापपूर्ण योजनाहरूले उसकै पतन गराउनेछ।
7Straitened are the steps of his strength, And cast him down doth his own counsel.
8उसको आफ्नै खुट्टाले उसलाई पासोमा फसाउने छ उ पासोमाथि हिंडनेछ र फस्नेछ।
8For he is sent into a net by his own feet, And on a snare he doth walk habitually.
9पासोले उसको एढी पक्रने छ। पासोले उसलाई कस्सेर समात्ने छ।
9Seize on the heel doth a gin, Prevail over him do the designing.
10भूँईमा लुकेको डोरीले त्यसलाई अल्झाउनेछ। पासोले उसको बाटो पर्खनेछ।
10Hidden in the earth is his cord, And his trap on the path.
11आतकंले त्यसलाई चारैतिरबाट पर्खिरहेछ। त्रासले त्यसको बढदो प्रत्येक पाईलालाई पछ्याई रहेछ।
11Round about terrified him have terrors, And they have scattered him — at his feet.
12भोकले उसको शक्ति दुर्बल पार्छ। जब उसको पतन शरू हुन्छ उसको विनाश र ध्वंश तत्पर रहन्छन्।
12Hungry is his sorrow, And calamity is ready at his side.
13डरलाग्दो रोगले उसको छाला खाई दिनेछ। त्यसले उसको पाखुराहरू र खुट्टाहरू सडाउनेछ।
13It consumeth the parts of his skin, Consume his parts doth death`s first-born.
14दुष्ट मानिसलाई आफ्नो सुरक्षित घरबाट टाडो लैजानेछ। उसलाई आतकंका राजाहरू भेटाउनलाई त्यतैतिर डोर्याउनेछ।
14Drawn from his tent is his confidence, And it causeth him to step to the king of terrors.
15उसले आफ्नो घरमा केही पनि छाडने छैन। किन? किनभने सबै जल्ने गन्धक उसको घरभरि छरिनेछ।
15It dwelleth in his tent — out of his provender, Scattered over his habitation is sulphur.
16उसको मुनिका जराहरू सुकेर जानेछन् अनि उसकामाथिका हाँगाहरू मरेर जान्छन्।
16From beneath his roots are dried up, And from above cut off is his crop.
17पृथ्वीमा भएका मानिसहरूले उसलाई सम्झने छैनन्। कसैले उसलाई एकैपल्ट पनि संम्झने छैन।
17His memorial hath perished from the land, And he hath no name on the street.
18मानिसहरूले उसलाई उसको संसारको प्रकाशबाट अन्धकारमा खेद्नेछन्।
18They thrust him from light unto darkness, And from the habitable earth cast him out.
19उसको न छोरा-छोरीहरू हुनेछ न त नाता-नातिनीहरू उसको कुनै पनि सन्तान रहनेछैन्।
19He hath no continuator, Nor successor among his people, And none is remaining in his dwellings.
20पश्चिममा भएका मानिसहरूलाई आपत पर्नेछ जब उनीहरूले दुष्ट मानिसहरूमा कस्तो घट्ना आइपर्यो भन्ने सुन्दा पूर्वमा भएका मानिसहरू डरले स्तब्ध हुनेछन्।
20At this day westerns have been astonished And easterns have taken fright.
21त्यो साँचि नै ती दुष्ट मानिसहरूको घरमा घट्ने नै छ। त्यस्ता मानिसको जीवनमा घटिन जानेछ जसले परमेश्वरलाई यादै गर्दैन।”
21Only these [are] tabernacles of the perverse, And this the place God hath not known.