Nepali

Young`s Literal Translation

Job

19

1तब अय्यूबले जवाफ दिएः
1And Job answereth and saith: —
2“कहिलेसम्म तिमीहरूले मलाई चोट पुर्याउने छौ अनि मेरो वचनहरू भङ्ग पार्ने छौ?
2Till when do ye afflict my soul, And bruise me with words?
3तिमीहरूले मलाई दश पल्ट बेइज्जत गर्यौ। ममाथि अन्याय गर्दा तिमीहरू लज्जित भएनौ?
3These ten times ye put me to shame, ye blush not. Ye make yourselves strange to me —
4यो मेरो समस्या हो। यदि मैले पाप गरें भने पनि त्यसले तिमीहरूलाई चोट पुर्याउँदैन।
4And also — truly, I have erred, With me doth my error remain.
5तिमीहरूले म भन्दा केवल आफूलाई राम्रो देखाउन चाह्यौ। तिमीहरूले मेरा संकटहरू नै मेरा गल्तीहरू हुन भन्यौ।
5If, truly, over me ye magnify yourselves, And decide against me my reproach;
6तर यहाँ परमेश्वर हुनु हुन्छ जसले ममाथि गल्ती काम गर्नु भयो। मलाई पक्रन उहाँले आफ्नो पासो थाप्नु भयो।
6Know now, that God turned me upside down, And His net against me hath set round,
7म चिच्याएँ, ‘उहाँले मलाई चोट पुर्याउनु भयो।’ तर मैले जवाफ पाइन। मैले सहायताको लागि कराँए, तर न्यायको लागि कसैले पनि मेरो कुरा सुनेन्।
7Lo, I cry out — violence, and am not answered, I cry aloud, and there is no judgment.
8परमेश्वरले मेरो बाटो रोकि दिनु भयो। यसकारण म बाटोबाट जान सक्तिन। उहाँले अन्धकारमा मेरो बाटो हराइदिनु भयो।
8My way He hedged up, and I pass not over, And on my paths darkness He placeth.
9परमेश्वरले मेरो सम्मान खोसेर लैजानु भयो उहाँले मेरो शिरबाट मुकुट उतारिदिनुभयो।
9Mine honour from off me He hath stripped, And He turneth the crown from my head.
10परमेश्वरले म शेष नहोउञ्जेलसम्म चारैतिरबाट हिर्काउनु भयो। उहाँले मेरो आशा खोसेर लैजानु भयो जसरी जराहरूले रूखलाई तान्दछ।
10He breaketh me down round about, and I go, And removeth like a tree my hope.
11परमेश्वरको क्रोधको आगो मेरो विरूद्ध जल्यो। उहाँले मलाई आफ्नो शत्रु ठान्नु भयो।
11And He kindleth against me His anger, And reckoneth me to Him as His adversaries.
12परमेश्वरले मलाई आक्रमण गर्न आफ्ना सेनाहरू पठाउनु भयो। तिनीहरूले आक्रमण धरहराहरू मेरो वरिपरि बनाए तिनीहरूले मेरो पाल वरिपरि आफ्नो छाउनी बनाए।
12Come in do His troops together, And they raise up against me their way, And encamp round about my tent.
13परमेश्वरले मेरो दाज्यू-भाइहरूलाई मलाई घृणा गर्ने बनाउनु भयो। म मेरो सारा मित्रहरूका लागि नौलो मानिस भएँ।
13My brethren from me He hath put far off, And mine acquaintances surely Have been estranged from me.
14मेरो आफन्तहरूले मलाई त्यागेर गए। मेरो मित्रहरूले मलाई बिर्से।
14Ceased have my neighbours And my familiar friends have forgotten me,
15मेरो घरमा भेट गर्न आउनेहरूले अनि मेरो दासीहरूले मलाई यस्तो प्रकारले हेर्छन् मानौं म एउटा विदेशी अथवा परदेशी हुँ।
15Sojourners of my house and my maids, For a stranger reckon me: An alien I have been in their eyes.
16मैले आफ्नो दासलाई बोलाएँ तर त्यसले जवाफ दिएन। मैले उसित माफ माग्नु पर्छ।
16To my servant I have called, And he doth not answer, With my mouth I make supplication to him.
17मेरो पत्नीले मेरो सासको गन्धलाई घृणा गर्छे। मेरो आफ्नै दाज्यू-भाइहरूले मलाई घृणा गर्छन्।
17My spirit is strange to my wife, And my favours to the sons of my [mother`s] womb.
18साना-साना नानीहरूले पनि मलाई घृणा गर्छन्। जब म तिनीहरूको छेउमा जाँदछु, तिनीहरूले म प्रति नराम्रा वचनहरू बोल्छन्।
18Also sucklings have despised me, I rise, and they speak against me.
19मेरा सारा हितैषी मित्रहरूले मलाई घृणा गर्छन्। जुन मानिसहरूलाई म प्रेम गर्छु तिनीहरू सम्मले मेरो विरूद्ध मुख खोले।
19Abominate me do all the men of my counsel, And those I have loved, Have been turned against me.
20म एकदम दुब्लो छु, मेरो छालाहरूले हड्डीहरू छाडेर झोलिएका छन्। मसँग अब अलिकति मात्र प्राण छ।
20To my skin and to my flesh Cleaved hath my bone, And I deliver myself with the skin of my teeth.
21मलाई दया गर, मेरो मित्रहरू ममाथि करूणा जगाऊ। किन? किनभने परमेश्वर मेरो विरूद्ध हुनुहुन्छ।
21Pity me, pity me, ye my friends, For the hand of God hath stricken against me.
22किन तिमीहरूले मलाई परमेश्वरले झैं सजाय दिइरहेछौ? तिमीहरूले मलाई चोट पुर्याइसकेका छैनौं।
22Why do you pursue me as God? And with my flesh are not satisfied?
23म चाहन्छु कि कसैले ती कुराहरू सम्झेला जुन म भन्छु र पुस्तकमा लेख्छु। म चाहन्छु मेरो वचनहरू चर्मपत्रमा लेखियोस्।
23Who doth grant now, That my words may be written? Who doth grant that in a book they may be graven?
24म इच्छा गर्छु कि मेरा शब्दहरू फलामको छिनुले ढुङ्गामाथि कुँदियोस् ताकि सदासर्वदा रहनेछन्।
24With a pen of iron and lead — For ever in a rock they may be hewn.
25म जान्दछु त्यहाँ मेरा निम्ति लडिदिने कोही त छ। म जान्दछु उ बाँच्छ। अनि अन्तमा उ यहाँ पृथ्वीमा उभिनेछ अनि मलाई बचाउनेछ।
25That — I have known my Redeemer, The Living and the Last, For the dust he doth rise.
26म जान्दछु कि म मरे पछि अनि मेरो शरीरबाट छाला काढिए पछि मैले परमेश्वरलाई देख्ने छु।
26And after my skin hath compassed this [body], Then from my flesh I see God:
27म परमेश्वरलाई आफ्नै आँखाहरूले देख्नेछु। म मात्रै अन्य कोही पनि होइन, परमेश्वरलाई देख्नेछु। मेरो इच्छाको खिंचाईलाई मेरो हृदयले थाम्न सक्तैन।
27Whom I — I see on my side, And mine eyes have beheld, and not a stranger, Consumed have been my reins in my bosom.
28हुन सक्छ, तिमीले भन्नेछौ, ‘हामीले उनीमाथि दवाफ पार्नुपर्छ। हामीले उसलाई दोष दिने कारणहरू पाउँन सक्नेछौं।’
28But ye say, `Why do we pursue after him?` And the root of the matter hath been found in me.
29तर तिमीहरू आफै नै तरवारदेखि डराउनु पर्नेछ। किन? किनभने परमेश्वरले दोषी मानिसहरूलाई दण्ड दिनुहुनेछ। परमेश्वरले तिमीहरूलाई दण्ड दिनलाई तरवार चलाउनु हुनेछ। तब तिमीहरूले जान्नेछौ कि त्यहाँ न्यायको समय छ।”
29Be ye afraid because of the sword, For furious [are] the punishments of the sword, That ye may know that [there is] a judgment.