1तेमानीबाट आएका एलीपजले जवाफ दिए;
1And Eliphaz the Temanite answereth and saith: —
2“के परमेश्वरलाई हाम्रो सहायता चाहिन्छ? अहँ। ज्ञानी पुरूष पनि परमेश्वरलाई साँच्चि नै कामलाग्ने होइन।
2To God is a man profitable, Because a wise man to himself is profitable?
3यदि तिमी धर्मी छौ भने के यसले परमेश्वरलाई मद्दत पुर्याउँछ? अहँ! यदि तिम्रो मार्गहरू सही छन् भने के सर्वशक्तिमान परमेश्वरलाई केही लाभ हुन्छ? अहँ।
3Is it a delight to the Mighty One That thou art righteous? is it gain, That thou makest perfect thy ways?
4अय्यूब, किन परमेश्वरले तिमीलाई दण्ड र दोष दिनुभयो? के यो तिमी उहाँको डर बोक्छौ भनेर हो?”
4Because of thy reverence Doth He reason [with] thee? He entereth with thee into judgment:
5होइन, यो तिम्रो धैरे दुष्टकर्महरूको कारणले हो। अय्यूब, तिमीले कहिल्यै तिम्रो दुष्टकर्म रोकेनौ।
5Is not thy wickedness abundant? And there is no end to thine iniquities.
6हुन सक्छ तिमीले दाज्यू-भाइ देखि रूपियाँ पैसा ऋण लिएका छौ, अनि तिमीलाई उसले केही देओस् भनेर वाध्य गर्यौ जसले त्यो फर्काइने प्रमाण गर्यो। हुन सक्छ तिमीले गरीब मानिसबाट बन्धक राखे जस्तै लुगा लिएको थियो। हुन सक्छ कुनै कारणै बिना तिमीले त्यो गर्यौ।
6For thou takest a pledge of thy brother for nought, And the garments of the naked Thou dost strip off.
7हुन सक्छ तिमीले ती थकित र भोकोहरूलाई पानी र भोजन दिएनौ।
7Thou causest not the weary to drink water, And from the hungry thou withholdest bread.
8अय्यूब, तिमीसंग खेती गर्ने थुप्रै जमीनहरू छन्। अनि मानिसहरूले तिमीलाई आदर गर्छन्।
8As to the man of arm — he hath the earth, And the accepted of face — he dwelleth in it.
9हुन सक्छ तिमीले केही पनि नदिइकन विधवाहरूलाई टाढा पठा्यौ। अय्यूब, हुन सक्छ तिमीले टुहुरा-टुहुरीहरूलाई धोका दियौ।
9Widows thou hast sent away empty, And the arms of the fatherless are bruised.
10यसकारण तिम्रो वरिपरि पासै-पासो छन् अनि नसोचेको दुःखले तिमीलाई भयभीत पार्दछ।
10Therefore round about thee [are] snares, And trouble thee doth fear suddenly.
11यसैले गर्दा यो अत्यन्त अन्धकार छ तिमी देख्न सक्तैनौ, अनि बाढीले तिमीलाई बगाउँछ।
11Or darkness — thou dost not see, And abundance of waters doth cover thee.
12परमेश्वर स्वर्गको उच्च तहमा बस्नुहुन्छ। हेर ताराहरू कतिमाथि छन्। परमेश्वरले उच्च ताराहरूबाट तल हेर्नु हुन्छ।
12Is not God high [in] heaven? And see the summit of the stars, That they are high.
13तर अय्यूब तिमीले भन्न सक्छौ, ‘परमेश्वरले के जान्नु हुन्छ? के परमेश्वरले कालो बादलहरूबाट देख्न सक्नुहुन्छ अनि हामीलाई न्याय गर्नुहुन्छ?
13And thou hast said, `What — hath God known? Through thickness doth He judge?
14बाक्लो बादलले उहाँलाई हामीदेखि लुकाउँछ, यसैले जब उहाँ आकाशको उच्चतम भागमा हिडनु हुन्छ माथि आकाशबाट उहाँले हामीलाई देख्नु हँदैन।’
14Thick clouds [are] a secret place to Him, And He doth not see;` And the circle of the heavens He walketh habitually,
15अय्यूब जुन बाटोमा दुष्ट मानिसहरू हिडिसकेका थिए, तिमी त्यही पुरानो बाटोमा हिंडिरहेछौ।
15The path of the age dost thou observe, That men of iniquity have trodden?
16ती दुष्टहरू नष्ट भए तिनीहरू मृत्युको मुखमा पुग्नु अघि नै तिनीहरूलाई बाढीले बगाएर लग्यो।
16Who have been cut down unexpectedly, A flood is poured out on their foundation.
17ती मानिसहरूले परमेश्वरलाई भने, ‘हामीलाई एक्लै छाडी दिनुहोस्, सर्वशक्तिमान परमेश्वरले हामीलाई केही पनि गर्न सक्नु हुन्न।’
17Those saying to God, `Turn aside from us,` And what doth the Mighty One to them?
18उहाँ नै परमेश्वर, जसले आफ्ना घरहरू असल कुराहरूले भर्नु भयो। अहँ, म दुष्ट मानिसहरूका सल्लाहको पछि लाग्दिनँ।
18And he hath filled their houses [with] good: (And the counsel of the wicked Hath been far from me.)
19धर्मी मानिसहरूले तिनीहरूलाई विनाश भएको देख्छन अनि ती धर्मी मानिसहरू खुशी हुनेछन। निर्दोष मानिसहरू ती दुष्ट मानिसहरूमाथि हाँस्दछन्।
19See do the righteous and they rejoice, And the innocent mocketh at them,
20‘साँच्चि नै हाम्रा शत्रुहरू नाश भए। आगोले तिनीहरूका सम्पत्ति खरानी बनाई दियोस्।’
20`Surely our substance hath not been cut off, And their excellency hath fire consumed.`
21अब, अय्यूब, तिमी स्वयंलाई परमेश्वर कहाँ समर्पण गर अनि उहाँसँग शान्तिले बस। त्यसो गर, अनि तिमीले धेरै असल कुराहरू पाउँनेछौ।
21Acquaint thyself, I pray thee, with Him, And be at peace, Thereby thine increase [is] good.
22उहाँबाट शिक्षा ल्याऊ। उहाँले के भन्नुहुन्छ त्यसमा ध्यान देऊ।
22Receive, I pray thee, from His mouth a law, And set His sayings in thy heart.
23अय्यूब, सर्वशक्तिमान परमेश्वर तर्फ फर्की आऊ, अनि तिमी पुनःनर्स्थापित हुनेछौ तर, अहिले तिमीले आफ्नो घरबाट दुष्ट आत्मालाई अहिले खेदी हाल।
23If thou dost return unto the Mighty Thou art built up, Thou puttest iniquity far from thy tents.
24सोच, तिम्रो जति सुनहरूछन तर ती धुलो हुन अति उत्तम सुन खोलाका ससाना ढुङ्गाहरू जस्ता।
24So as to set on the dust a defence, And on a rock of the valleys a covering.
25अनि सर्वशक्तिमान परमेश्वरलाई तिम्रो लागि मुल्यवान र तिम्रो सुन चाँदी झैं हुन देऊ।
25And the Mighty hath been thy defence, And silver [is] strength to thee.
26तब सर्वशक्तिमान परमेश्वरमा तिमी आनन्दित हुन सक्छौ। तब तिमी परमेश्वरलाई माथि हेर्नैछौ।
26For then on the Mighty thou delightest thyself, And dost lift up unto God thy face,
27तिमीले उहाँलाई प्रार्थना गर्नेछौ अनि उहाँले तिम्रो प्रार्थना सुन्नु हुनेछ। अनि तिमीले आफ्ना वचनहरू पूर्ण गर्नेछौ।
27Thou dost make supplication unto Him, And He doth hear thee, And thy vows thou completest.
28यदि तिमीले केही गर्छु भनेर निर्णय लिएका छौ भने त्यो सफलता पूर्वक हुनेछ अनि तिम्रो भविष्य निश्चय उज्जवल हुनेछ।
28And thou decreest a saying, And it is established to thee, And on thy ways hath light shone.
29परमेश्वरले घमण्डी मानिसहरूलाई लज्जित पार्नुहुन्छ। तर परमेश्वरले विनम्र मानिसहरूलाई सहयोग गर्नुहुन्छ।
29For they have made low, And thou sayest, `Lift up.` And the bowed down of eyes he saveth.
30तब तिमी ती मानिसहरूलाई सहयोग गर्न सक्छौ जसले गल्ती कामहरू गर्छन्। तिमीले परमेश्वरलाई प्रार्थना गर्नेछौ अनि उहाँले ती मानिसहरूलाई क्षमा गरिदिनु हुनेछ। किन? किनभने तिमी एकदमै पवित्र हुनेछौ।”
30He delivereth the not innocent, Yea, he hath been delivered By the cleanness of thy hands.