Nepali

Young`s Literal Translation

Job

35

1एलीहू लगातर बोलीरहेछ। उसले भन्योः
1And Elihu answereth and saith: —
2“अय्यूब, तिमीले यस्तो भन्नु राम्रो होइन, ‘म परमेश्वर भन्दा अझ सही छु।’
2This hast thou reckoned for judgment: Thou hast said — `My righteousness [is] more than God`s?`
3अनि अय्यूब, तिमी परमेश्वरलाई सोध ‘यदि उसले परमेश्वरलाई खुशी पार्ने चेष्टा गरे त्यो मानिसलाई के लाभ हुन्छ? यदि मैले पाप गरिन भने मलाई के लाभ हुनेछ?’
3For thou sayest, `What doth it profit Thee! What do I profit from my sin?`
4अय्यूब, म तिमीलाई जवाफ दिन चाहन्छु अनि तिम्रा साथीहरू पनि तिमीसँग यहाँ छन्।
4I return thee words, and thy friends with thee,
5अय्यूब, आकाशमाथि हेर, माथि बादलहरू हेर त्यो तिमीभन्दा माथि छन्।
5Behold attentively the heavens — and see, And behold the clouds, They have been higher than thou.
6अय्यूब, यदि तिमीले पाप गर्यौ भने यसले परमेश्वरलाई घात पार्दैन। यदि तिमीले अपराधहरू गर्यौ भने त्यसले परमेश्वरलाई केही असर पार्दैन।
6If thou hast sinned, what dost thou against Him? And thy transgressions have been multiplied, What dost thou to Him?
7अनि अय्यूब, तिमी असल छौ भने त्यसले परमेश्वरलाई सहयोग गर्दैन्। परमेश्वरले तिमीदेखि केही पनि पाउनु हुन्न।
7If thou hast been righteous, What dost thou give to Him? Or what from thy hand doth He receive?
8अय्यूब, तिमीले सुकर्म अथवा कुकर्म जे गर्छौ त्यसले तिमी जस्तै अन्य मानिसहरूलाई प्रभाव पार्दछ। तर ती कर्महरूले परमेश्वरलाई सहयोग अथवा आघात केही पुर्याउँदैन।
8For a man like thyself [is] thy wickedness, And for a son of man thy righteousness.
9यदि दुष्ट मानिसहरूलाई नोक्सान परिरहेको छ भने तिनीहरू गुहारको लागि चिच्याउँछन। तिनीहरू शक्तिशाली मानिसहरूबाट बाँच्न गुहार माग्छन्।
9Because of the multitude of oppressions They cause to cry out, They cry because of the arm of the mighty.
10तर ती दुष्ट मानिसहरू परमेश्वरलाई गुहार्दैनन्। तिनीहरूले भन्ने छैनन् ‘परमेश्वर कहाँ हुनुहुन्छ जसले मलाई सृष्टि गर्नुभयो? परमेश्वर कहाँ हुनुहुन्छ? जब मानिसहरू दुःखमा पर्छन् परमेश्वरले तिनीहरूलाई सहायता गर्नुहुन्छ।
10And none said, `Where [is] God my maker? Giving songs in the night,
11परमेश्वरले हामीलाई चराचुरूङ्गी र जनावरहरू भन्दा ज्ञानी बनाउनु भयो। यसकारण उहाँ कहाँ हुनुहुन्छ?
11Teaching us more than the beasts of the earth, Yea, than the fowl of the heavens He maketh us wiser.`
12अथवा यदि ती दुष्टहरूले परमेश्वरलाई गुहार मागे भने परमेश्वरले तिनीहरूलाई जवाफ दिनु हुने छैन। किन? किनभने तिनीहरू साह्रै घमण्डी छन्। अझ पनि तिनीहरू नै महत्वपूर्ण हौं भनेर सोच्दछन्।
12There they cry, and He doth not answer, Because of the pride of evil doers.
13यो सत्य हो, परमेश्वरले तिनीहरूका महत्वहीन विन्ती सुन्नु हुने छैन। सर्वशक्तिमान परमेश्वरले तिनीहरू प्रति ध्यानै दिनुहुने छैन।
13Surely vanity God doth not hear, And the Mighty doth not behold it.
14यसकारण अय्यूब, परमेश्वरले तिमीलाई ध्यान दिनुहुन्न जब तिमी भन्दछौ कि उहाँलाई देखिन। तिमी परमेश्वरको आगमनको आशा गरिरहेका छौ ताकि तिमी आफै निर्दोष प्रमाण गर्न सक्छौ।
14Yea, though thou sayest thou dost not behold Him, Judgment [is] before Him, and stay for Him.
15अय्यूब, सोच कि परमेश्वरले दुष्ट मानिसहरूलाई दण्ड दिनु भएन, उसले सोच्दछ कि परमेश्वरले पापमाथि ध्यानै दिनु भएन।
15And, now, because there is not, He hath appointed His anger, And He hath not known in great extremity.
16यसकारण अय्यूबले आफ्नो महत्वहीन कुराहरू भनिरहे। अय्यूबले अझै महत्वपूर्ण मानिस जस्तो अभिनय गरिरहे। अय्यूबले के भनिरहेको छ त्यो उसले आफै जान्दैन भनी बुझ्न सजिलै छ।”
16And Job [with] vanity doth open his mouth, Without knowledge words he multiplieth.