1एलीहू लगातार बोलिरह्यो। उसले भन्योः
1And Elihu addeth and saith: —
2“मसँग केही वेर धैर्यधारण गरी बस परमेश्वरसँग केही कुराहरू छन् जुन मसँग गर्न चाहनुहुन्छ।
2Honour me a little, and I shew thee, That yet for God [are] words.
3म टाढाबाट बुद्धि पाउँछु। परमेश्वरले मलाई बनाउनु भयो अनि म प्रमाण गर्न चाहन्छु कि परमेश्वर धर्मी हुनुहुन्छ।
3I lift up my knowledge from afar, And to my Maker I ascribe righteousness.
4अय्यूब म सत्य कुरा भनिरहेछु। म के विषयमा भनिरहेछु त्यो म जान्दछु।
4For, truly, my words [are] not false, The perfect in knowledge [is] with thee.
5परमेश्वर अत्यन्त शक्तिशाली हुनुहुन्छ, तर उहाँले मानिसहरूलाई घृणा गर्नु हुन्न। परमेश्वर अत्यन्त शक्तिशाली हुनुहुन्छ तर उहाँ अत्यन्त ज्ञानी पनि हुनुहुन्छ।
5Lo, God [is] mighty, and despiseth not, Mighty [in] power [and] heart.
6परमेश्वरले दुष्ट मानिसहरूलाई बाँच्न दिनुहुन्न। परमेश्वरले सधैं दीन-दुःखी मानिसहरूलाई समान व्यवहार गर्नुहुन्छ।
6He reviveth not the wicked, And the judgment of the poor appointeth;
7परमेश्वरले धर्मी मानिसहरूमाथि पहरा दिनु रोकिनु हुनेछैन। उहाँले राजाहरूलाई सिंहासनमा चीरकालको लागि राख्नु हुन्छ अनि तिनीहरूको उन्नति गराउनु हुन्छ।
7He withdraweth not from the righteous His eyes, And [from] kings on the throne, And causeth them to sit for ever, and they are high,
8[This verse may not be a part of this translation]
8And if prisoners in fetters They are captured with cords of affliction,
9[This verse may not be a part of this translation]
9Then He declareth to them their work, And their transgressions, Because they have become mighty,
10परमेश्वरले तिनीहरूलाई उहाँले दिएको चेताउनी धैर्य साथ सुन्न वाध्य गराउनु हुनेछ। उहाँले तिनीहरूलाई गल्ती कर्महरू गर्न बन्द गर भन्नुहुनेछ।
10And He uncovereth their ear for instruction, And saith that they turn back from iniquity.
11यदि ती मानिसहरूले परमेश्वरको कुराप्रति ध्यान दिएर उहाँको आज्ञा पालन गरे परमेश्वरले तिनीहरूलाई सफल बनाउनु हुनेछ अनि तिनीहरू सुखी जीवन बाँच्नेछन्।
11If they do hear and serve, They complete their days in good, And their years in pleasantness.
12तर तिनीहरूले परमेश्वरको आज्ञा पालन गरेनन भने तिनीहरू ध्वंश हुने छन्। तिनीहरू मूर्खहरू जस्तै मर्नेछन्।
12And if they do not hearken, By the dart they pass away, And expire without knowledge.
13मानिसहरू जसले परमेश्वरको पर्वाह गर्दैनन् तिनीहरू सधैं रीस गर्छन्। परमेश्वरले तिनीहरूलाई दण्ड दिए तापनि तिनीहरू परमेश्वरलाई प्रार्थना गर्न अस्वीकार गर्छन्।
13And the profane in heart set the face, They cry not when He hath bound them.
14अपमानित जीवनदेखि थोकेकाहरू जस्तै तिनीहरू आफ्ना जवानीपन मै मर्छन्।
14Their soul dieth in youth, And their life among the defiled.
15तर परमेश्वरले मानिसहरूलाई उहाँमाथि ध्यान दिओस् भनी चेतना दिनको लागि कष्ट दिनुहुन्छ। उहाँले तिनीहरूको कष्ट निवारण गरिदिनु हुन्छ।
15He draweth out the afflicted in his affliction, And uncovereth in oppression their ear.
16अय्यूब, परमेश्वरले तिमीलाई सहयोग गर्नु हुनेछ परमेश्वरले तिमीलाई संकटहरूदेखि छुटकारा दिनुहुनेछ परमेश्वरले तिमीलाई जीवन सजिलो दिनुहुनेछ। परमेश्वरले तिम्रो टेबलमा प्रशस्त भोजनहरू राखिदिनु हुनेछ।
16And also He moved thee from a strait place, [To] a broad place — no straitness under it, And the sitting beyond of thy table Hath been full of fatness.
17तर तिमी हैरान छौ कि तिमी दुष्ट भएको कारण परमेश्वर तिमीप्रति अन्यायी हुनु भएको छ। तिमी खाली अदालत जान र न्याय माग्ने कुरा सोचिरहन्छौ।
17And the judgment of the wicked thou hast fulfilled, Judgment and justice are upheld — because of fury,
18तिम्रो रीसले परमेश्वरलाई खिसी गर्न तिमीलाई वहकाउन नदेऊ। सही बाटोबाट महा-प्रलोभनले तिमीलाई खिच्न नदेऊ।
18Lest He move thee with a stroke, And the abundance of an atonement turn thee not aside.
19के तिम्रो चित्कारले अथवा तिम्रो अथक चेष्टाहरूले तिमीलाई कष्टबाट बाहिर निकाल्छ?
19Doth He value thy riches? He hath gold, and all the forces of power.
20जो मानिसहरू राती भित्र लुक्न चाहन्छन यसर्थ तिनीहरूलाई भेट्नु रात आओस् भनी कामना गर्छन्। तिनीहरू सोच्छन् कि तिनीहरू परमेश्वरको आँखा छल्न सकछन्।
20Desire not the night, For the going up of peoples in their stead.
21अय्यूब, तिमीले धेरै कष्ट भोग्यौ। गल्ती नगर्नुको लागि होशियार बन। खराब कर्म नगर।
21Take heed — do not turn unto iniquity, For on this thou hast fixed Rather than [on] affliction.
22हेर, परमेश्वरको शक्तिले उसलाई महान बनायो। परमेश्वर नै महान गुरू हुनुहुन्छ।
22Lo, God doth sit on high by His power, Who [is] like Him — a teacher?
23कसैले पनि परमेश्वरलाई के गर्नु पर्ने भनेर बताउनु पर्दैन। कसैले पनि परमेश्वरलाई ‘तपाईंले खराब काम गर्नु भयो’ भनी भन्न सक्तैन।
23Who hath appointed unto Him his way? And who said, `Thou hast done iniquity?`
24उहाँले गर्नुभएको कामको लागि उहाँको प्रशंसा गर्नु नभूल। मानिसहरूले परमेश्वरको प्रशंसा गर्दै धेरै गीतहरू लेखेका छन्।
24Remember that thou magnify His work That men have beheld.
25परमेश्वरले के गर्नु भयो प्रत्येकले देख्न सक्छन्। धेरै टाढो देशका मानिसहरूले पनि ती कुराहरू देख्न सक्छन्।
25All men have looked on it, Man looketh attentively from afar.
26हो, परमेश्वर महान् हुनुहुन्छ। तर हामी उहाँको महानता बुझ्न सक्तैनौं। हामी जान्दैनौं कि परमेश्वर देखि हुनुहुन्छ।
26Lo, God [is] high, And we know not the number of His years, Yea, there [is] no searching.
27परमेश्वरले पृथ्वीबाट पानी लैजानु हुन्छ अनि यसलाई तुषारो र हिउँमा परिवर्तन गर्नुहुन्छ।
27When He doth diminish droppings of the waters, They refine rain according to its vapour,
28यसकारण बादलले पानी बर्षाउँछ अनि धेरै पानी मानिसहरूमाथि पर्छ।
28Which clouds do drop, They distil on man abundantly.
29परमेश्वरले आकाशमा बादल कसरी फैलाउनु हुन्छ अथवा मेघ कसरी गर्जाउनु हुन्छ कसैले पनि बुझ्न सक्तैन।
29Yea, doth [any] understand The spreadings out of a cloud? The noises of His tabernacle?
30हेर, परमेश्वरले पृथ्वीमाथि प्रकाश फैलाउनु भयो समुद्रको गहिरो भागसम्म ढाक्नु भयो।
30Lo, He hath spread over it His light, And the roots of the sea He hath covered,
31मानिसहरूमाथि नियन्त्रण राख्न अनि तिनीहरूलाई प्रशस्त भोजन दिन परमेश्वरले यसो गर्नु हुन्छ।
31For by them He doth judge peoples, He giveth food in abundance.
32परमेश्वरले उज्यालो आफ्नो हातमा अठ्याउनु हुन्छ र उहाँले जहाँ चाहनुहुन्छ त्यहाँ हिर्काउने आदेश गर्नु हुन्छ।
32By two palms He hath covered the light, And layeth a charge over it in meeting,
33आकाशको गर्जनले आँधी कहाँ आउदैछ बताउँछ। यसर्थ गाई वस्तुले पनि बुझ्छ कि आँधी बेई कहाँ आउँदैछ।
33He sheweth by it [to] his friend substance, Anger against perversity.