1“बज्र, र बिजुलीले मलाई भयभीत पार्छ, छातीभित्र मुटु ढुकढुक गर्छ।
1Also, at this my heart trembleth, And it moveth from its place.
2सबैले सुन! परमेश्वरको आवाज बज्र जस्तो सुनिन्छ। परमेश्वरको मुखबाट आउने मेघ गर्जन सुन।
2Hearken diligently to the trembling of His voice, Yea, the sound from His mouth goeth forth.
3परमेश्वरले आकाशको वारपार आफ्नो बिजुली चम्काउनु हुन्छ अनि यसले सम्पूर्ण पृथ्वी नै चम्काउँछ।
3Under the whole heavens He directeth it, And its light [is] over the skirts of the earth.
4बिजुली चम्केपछि परमेश्वरको गर्जन आवाज सुन्न सकिन्छ। परमेश्वर अद्भूत आवाजले गर्जनु हुन्छ। जब बिजुली चम्कन्छ परमेश्वरको आवाज गर्जन्छ।
4After it roar doth a voice — He thundereth with the voice of His excellency, And He doth not hold them back, When His voice is heard.
5परमेश्वरको गर्जन आवाज चमत्कारमय हुन्छ। उहाँले महान कर्महरू गर्नु हुन्छ जुन हामी बुझ्न सक्तैनौं।
5God thundereth with His voice wonderfully, Doing great things and we know not.
6परमेश्वरले हिंऊलाई भन्नुहुन्छ, ‘पृथ्वीमा झर’ अनि परमेश्वरले वर्षालाई भन्नु हुन्छ, ‘पृथ्वीमाथि खनिईं।’
6For to snow He saith, `Be [on] the earth.` And the small rain and great rain of His power.
7परमेश्वरले सृष्टी गर्नु भएका सबै मानिसहरूले के गर्नु सकनु हुन्छ बुझुन् भनी उहाँले त्यसो गर्नु हुन्छ। त्यो उहाँको प्रमाण हो।
7Into the hand of every man he sealeth, For the knowledge by all men of His work.
8जनावरहरू आ-आफ्ना ओडारतिर भाग्छन् अनि त्यहाँ बस्छन्।
8And enter doth the beast into covert, And in its habitations it doth continue.
9भुँवरी दक्षिणबाट चल्छ। चिसो हावा उत्तरबाट आउँछ।
9From the inner chamber cometh a hurricane, And from scatterings winds — cold,
10परमेश्वरको स्वासले वरफ बनाउँछ, अनि समुद्रहरू जमाउँछ।
10From the breath of God is frost given, And the breadth of waters is straitened,
11परमेश्वरले बादलमा पानी भर्नुहुन्छ, अनि गर्जने मेघ फैलाउनु हुन्छ।
11Yea, by filling He doth press out a cloud, Scatter a cloud doth His light.
12परमेश्वरले बादलहरूलाई पृथ्वी वरिपरि बहन आदेश दिनुहुन्छ। बादलहरूले परमेश्वरकै आज्ञा अनुसार काम गर्दछ।
12And it is turning itself round by His counsels, For their doing all He commandeth them, On the face of the habitable earth.
13बाढी ल्याई मानिसहरूलाई सजाय दिन अथवा पानी बर्षाई तिनीहरूमाथि प्रेम दर्शाउन परमेश्वरले बादल ल्याउनु हुन्छ।
13Whether for a rod, or for His land, Or for kindness — He doth cause it to come.
14अय्यूब, एक मिनट खडा भएर सुन, परमेश्वरले गर्नु भएको ती अनौठा कुराहरू बारे सोच।
14Hear this, O Job, Stand and consider the wonders of God.
15अय्यूब, के तिमी जान्दछौ परमेश्वरले कसरी बादलहरूलाई वशमा राख्नुहुन्छ? के तिमी जान्दछौ परमेश्वरले कसरी बिजुली चम्काउनु हुन्छ?
15Dost thou know when God doth place them, And caused to shine the light of His cloud?
16के तिमी जान्दछौ कसरी बादलहरू आकाशमा झुण्डिन्छन्? परमेश्वरले बनाउनु भएका अनौठा सृजनाहरू मध्ये बादल खाली एकमात्र उदाहरण हो। अनि परमेश्वरले ती सबै कुराहरू विषयमा जान्नु हुन्छ।
16Dost thou know the balancings of a cloud? The wonders of the Perfect in knowledge?
17तर अय्यूब, तिमीले ती कुराहरू जान्दैनौ। जब तातो हावा दक्षिणबाट आउँदछ तिमीलाई पसिना आएर शरीरक लुगाहरू टाँसिनेछ अनि प्रत्येक चीज जस्ताको त्यस्तै शान्त रहनेछ।
17How thy garments [are] warm, In the quieting of the earth from the south?
18अय्यूब, के तिमीले परमेश्वरलाई आकाश फैलाउन सहयोग गर्न सक्छौ, अनि यसलाई पित्तल जस्तो चम्काउन सक्छौ?
18Thou hast made an expanse with Him For the clouds — strong as a hard mirror!
19अय्यूब, बताऊ हामीले परमेश्वरलाई के भन्नु पर्छ! तिम्रो अज्ञानताले गर्दा के भन्नु पर्ने हो हामी सोच्न सक्तैनौ।
19Let us know what we say to Him, We set not in array because of darkness.
20म परमेश्वरलाई भन्ने छैन कि म उहाँसँग बोल्न चाहन्छु। त्यो ध्वंश गराई माग्नु बराबर हुनेछ।
20Is it declared to Him that I speak? If a man hath spoken, surely he is swallowed up.
21एउटा मानिसले घाम हेर्न सक्तैन। बादलहरू हावाले उडाई लगिसके पछि यो आकाशमा अत्यन्त उज्यालो र चम्किलो हुन्छ।
21And now, they have not seen the light, Bright it [is] in the clouds, And the wind hath passed by and cleanseth them.
22अनि परमेश्वर पनि त्यस्तै हुनुहुन्छ। पवित्र पर्वतबाट परमेश्वरको सुनौलो महिमा चम्कन्छ परमेश्वरको वरिपरि त्यहाँ उज्यालो हुँदछ।
22From the golden north it cometh, Beside God [is] fearful honour.
23सर्वशक्तिमान परमेश्वर महान हुनुहुन्छ। हामी परमेश्वरलाई बुझ्न सक्तैनौं। परमेश्वर अत्यन्त शक्तिशाली हुनुहुन्छ, तर उहाँ हाम्रो लागि असल र उचित हुनुहुन्छ। परमेश्वरले हामीलाई घात पुर्याउन चाहनुहुन्न।
23The Mighty! we have not found Him out, High in power and judgment, He doth not answer! And abundant in righteousness,
24त्यसैकारण मानिसहरूले परमेश्वरलाई श्रद्धा गर्दछन्। तर परमेश्वरले घमण्डी मानिसहरूलाई आदर गर्नुहुन्न किनभने तिनीहरू आफैलाई ज्ञानी ठान्दछन्।”
24Therefore do men fear Him, He seeth not any of the wise of heart.