1केही ठग मानिसहरू त्रुटिपूर्ण तराजुहरू प्रयोग गर्छन्। परमप्रभुले त्यस्तो व्यवहार गर्नेहरूलाई घृणा गर्नु हुन्छ तर सही ओजन गर्नेहरूलाई उहाँले मन पराउनु हुन्छ।
1Balances of deceit [are] an abomination to Jehovah, And a perfect weight [is] His delight.
2अपमान घमण्डसँग आँउछ, तर ज्ञान नम्रतासँगै आउँछ।
2Pride hath come, and shame cometh, And with the lowly [is] wisdom.
3ईमानदार मानिसहरूलाई आफ्नो इमान्दारीले पथ-प्रदर्शन गराउँछ, तर विश्वासघातीहरूलाई तिनीहरूको दुष्टताले नै सर्वनाश गराउँछ।
3The integrity of the upright leadeth them, And the perverseness of the treacherous destroyeth them.
4धनले मानिसहरूलाई परमेश्वरको न्याय दिनमा सहायता गर्नु सक्दैन, तर धार्मीकताले मानिसलाई मृत्युबाट रक्षा गर्छ।
4Wealth profiteth not in a day of wrath, And righteousness delivereth from death.
5निर्दोष मानिसहरूको धार्मीकताले तिनीहरूको मार्ग सिधा बनाउँछ, तर दुष्ट मानिसलाई उसले गरेका दुष्टकार्यहरूले ध्वंश पार्नेछ।
5The righteousness of the perfect maketh right his way, And by his wickedness doth the wicked fall.
6सोझो मानिसहरूको धार्मीकताले तिनीहरूलाई बचाउँछ, तर अविश्वासीहरू तिनीहरूको खराब अभिलाषा द्वारा नै ध्वंश हुन्छन्।
6The righteousness of the upright delivereth them, And in mischief the treacherous are captured.
7जब एकजना दुष्ट मानिस मर्छ उसको कुनै आशा हुँदैन। उसले आशा गरेका प्रत्येक चीज सकिन्छ र यसको मुल्य हुँदैन।
7In the death of a wicked man, hope perisheth, And the expectation of the iniquitous hath been lost.
8धर्मी मानिसलाई कष्टबाट बचाइन्छ, तर बदलामा त्यो कष्ट दुष्ट माथि आइ पर्छ।
8The righteous from distress is drawn out, And the wicked goeth in instead of him.
9अधर्मी मानिसले आफ्नो छिमेकीलाई वचनले नै आघात तुल्याउँछ, तर धर्मी मानिसहरू ज्ञान द्वारा बचाइन्छन्।
9With the mouth a hypocrite corrupteth his friend, And by knowledge the righteous are drawn out.
10जब धर्मी मानिसहरूले उन्नति गर्छन सम्पूर्ण शहर नै आनन्दित हुन्छ। तर जब दुष्टहरूको ध्वंश हुन्छ मानिसहरू आनन्दमा कराउँछन्।
10In the good of the righteous a city exulteth, And in the destruction of the wicked [is] singing.
11ती धार्मिक मानिसहरूले उनीहरूको शहरलाई आशीर्वाद दिन्छन् त्यो शहरको उन्नति हुन्छ, तर दुष्टहरूले भनेका कुराहरूले शहर ध्वंश हुन्छ।
11By the blessing of the upright is a city exalted, And by the mouth of the wicked thrown down.
12असल समझ नभएकाहरूले आफ्ना छिमेकीहरूको विषयमा विरोधी कुरा गर्छन्, तर समझदार मानिसहरूले आफ्नो जिब्रोलाई नियन्त्रणमा राख्छन्।
12Whoso is despising his neighbour lacketh heart, And a man of understanding keepeth silence.
13अविश्वासी मानिसले अरूको गोप्य कुराहरू जताततै भनि हिडछ, तर एउटा विश्वासनीय मानिसले ती कुराहरू गोप्य राख्छ।
13A busybody is revealing secret counsel, And the faithful of spirit is covering the matter.
14मार्गदर्शन सही नभएको खण्डमा एउटा राष्ट्र नष्ट हुन्छ, तर धैरै सल्लाहकारहरू भए विजय आउँछ।
14Without counsels do a people fall, And deliverance [is] in a multitude of counsellors.
15नचिनेको मानिसको निम्ति जमानी बसे कष्ट भोग्नु पर्छ तर यदि तिमी त्यस्तो काममा संलग्न भएनौ भने, तिमी सुरक्षित रहनेछौ।
15Evil [one] suffereth when he hath been surety [for] a stranger, And whoso is hating suretyship is confident.
16एउटी दयालु तथा भद्र स्त्रीले आदर पाउँछे तर निर्दयी मानिसले सम्पत्ति मात्र आर्जन गर्छ।
16A gracious woman retaineth honour, And terrible [men] retain riches.
17दयालु मानिसले केही कर्म गर्दा उसको हित हुन्छ, तर दुष्ट मानिसको कर्मले उसैलाई सङ्कष्ट गराउँछ।
17A kind man is rewarding his own soul, And the fierce is troubling his own flesh.
18दुष्ट मानिसले अरूलाई ठग्छ र तिनीहरूबाट पैसा लिन्छ तर एक धार्मिक मानिसले सही कर्म गर्छ अनि उसले वास्तविक इनाम पाउँछ।
18The wicked is getting a lying wage, And whoso is sowing righteousness — a true reward.
19साँचो धार्मिक मानिसले जीवन ल्याउँछ, तर दुष्ट मानिसहरू दुष्टताको पछि लाग्छन अनि मर्छन्।
19Rightly [is] righteousness for life, And whoso is pursuing evil — for his own death.
20कुटिल हृदय भएका मानिसहरूलाई परमप्रभुले घृणा गर्नुहुन्छ तर ईमान्दार जीवन जीउने मानिसहरू सित उहाँ खुशी हुनुहुन्छ।
20An abomination to Jehovah [are] the perverse of heart, And the perfect of the way [are] His delight.
21यो सत्य हो कि दुष्ट मानिसहरूले सजाय पाउँने छन् तर धर्मी मानिसहरूले तिनीहरूको संन्तानहरूलाई मुक्त पार्नेछन्
21Hand to hand, the wicked is not acquitted, And the seed of the righteous hath escaped.
22एउटी सुन्दरी तर मूर्ख आइमाई, सुँगुरको नाकमा शुद्ध सुनको बुलाकी जस्ती हो।
22A ring of gold in the nose of a sow — A fair woman and stubborn of behaviour.
23जब धर्मी मानिसहरूले तिनीहरूले इच्छा गरेको चीजहरू पाँउछन्, यसले असल चीजहरूमा डोर्याउँछ तर जब दुष्ट मानिसहरूले चाहेको चीजहरू तिनीहरूले पाँउछन् त्यसले कष्ट मात्र गराउँछ।
23The desire of the righteous [is] only good, The hope of the wicked [is] transgression.
24त्यहाँ एकजना मानिस छ जसले उदारहातले दिन्छ तर उसले धेरै पाउँदै जान्छ अनि त्यहाँ अर्को मानिस छ जसले दिन पर्ने चीज दिन अस्वीकार गर्छ तर ऊसँग सामान कम्ति कम्ति हुँदै जान्छ।
24There is who is scattering, and yet is increased, And who is keeping back from uprightness, only to want.
25उदार मानिसले उन्नति गर्छ अरूको तिर्खा मेटाउने मानिसको आफ्नो पनि तिर्खा मेटिन्छ।
25A liberal soul is made fat, And whoso is watering, he also is watered.
26एकजना मानिस जसले अन्न बेच्न अस्वीकार गर्छ उसले सराप पाउँछ। तर जसले इच्छा र इमान्दारी पूर्वक बेच्छ उसले आशिर्वाद पाउँछ।
26Whoso is withholding corn, the people execrate him, And a blessing [is] for the head of him who is selling.
27एउटा मानिस जसले असल गर्न चेष्टा गर्छ, ऊ जनप्रिय हुनेछ, तर जसले दुष्ट कर्म मात्र गर्छ उसले पनि खराबी नै सामना गर्नु पर्छ।
27Whoso is earnestly seeking good Seeketh a pleasing thing, And whoso is seeking evil — it meeteth him.
28जसले आफ्नो सम्पत्तिमा भरोसा गर्छ त्यो सुकेको पात झैं झर्छ। तर असल मानिस नयाँ पालुवाको हरियो पात झैं बढछ।
28Whoso is confident in his wealth he falleth, And as a leaf, the righteous flourish.
29यदि कुनै मानिसले आफ्नो परिवारमा कष्ट पुर्याउँछ भने उसले पैतृक सम्पत्तिको अधिकार प्राप्त गर्दैन। अनि आखिरमा त्यस मूर्ख मानिसलाई ज्ञानी मानिसको सेवा गर्ने बनाइन्छ।
29Whoso is troubling his own house inheriteth wind, And a servant [is] the fool to the wise of heart.
30धर्मी मानिसले गरेको कर्मफल “जीवनको वृक्ष” जस्तो हो, अनि ज्ञानी मानिसले आरूलाई नयाँ जीवन दिन्छन्।
30The fruit of the righteous [is] a tree of life, And whoso is taking souls [is] wise.
31यदि एकजना धर्मी मानिसलाई अफूले पृथ्वीमा गरेको राम्रो कामको फल प्राप्त हुन्छ।
31Lo, the righteous in the earth is recompensed, Surely also the wicked and the sinner!