1तिमीहरू सबै जाति-जातिहरू यसलाई ध्यान दिएर सुन। पृथ्वीमा भएका सबै मानिसहरू यसलाई ध्यान दिएर सुन।
1To the Overseer. — By sons of Korah. A Psalm. Hear this, all ye peoples, Give ear, all ye inhabitants of the world.
2प्रत्येक मानिस, धनी-गरीब सबैले बराबर ध्यान दिएर सुन्नु नै पर्छ।
2Both low and high, together rich and needy.
3म तिमीहरूलाई ज्ञान र बुद्धिका कुराहरू भन्ने छु। मेरो विचारले तिमीहरुलाई बुझ्न सहायता गर्नेछ।
3My mouth speaketh wise things, And the meditations of my heart [are] things of understanding.
4मैले स्वयंले ती कथाहरू सुनें अनि अब मेरो वीणासँग गाउने छु अनि त्यो संदेश तपाईंलाई प्रकट गर्ने छु।
4I incline to a simile mine ear, I open with a harp my riddle:
5कष्ट आउँछ भनेर म किन डराउनु? यदि दुष्ट मानिसहरूले वरिपरि घेरेर मलाई पासोमा पार्ने कोशिश गर्छन् भने पनि म डराउने आवश्यकता छैन।
5Why do I fear in days of evil? The iniquity of my supplanters doth compass me.
6कतिपय मानिसहरू सोच्छन् कि तिनीहरूको बल र धनले तिनीहरूलाई रक्षा गर्नेछ। तर ती मानिसहरू मूर्खहरू हुन्।
6Those trusting on their wealth, And in the multitude of their riches, Do shew themselves foolish.
7कुनै तिम्रो मानव मित्रले तिमीलाई बचाउन सक्तैन, अनि तिमीले परमेश्वरलाई घूस दिन सक्तैनौ।
7A brother doth no one at all ransom, He doth not give to God his atonement.
8कुनै मानिससँग त्यस्तो प्रशस्त धन हुनेछैन जसद्वारा उसले आफ्नो जीवन किन्न सकोस्।
8And precious [is] the redemption of their soul, And it hath ceased — to the age.
9कुनै मानिसँग त्यस्तो प्रशस्त धन हुनेछैन जसद्वारा उसले अनन्त बाँच्ने अधिकार किन्न सकोस्, अनि आफ्नो जीवन चिहानमा सड्न देखि बचाउन सकोस्।
9And still he liveth for ever, He seeth not the pit.
10हेर, ज्ञानी पुरूषहरू पनि त्यसरी नै मर्छन् जसरी मूर्खहरू र अट्टेरी मर्छन्। तिनीहरू मर्छन् र आफ्ना धन-सम्पत्तिहरू अरूहरूलाई छोडेर जान्छन्।
10For he seeth wise men die, Together the foolish and brutish perish, And have left to others their wealth.
11चिहाननै तिनीहरूको निम्ति सदा-सर्वदा आफ्नो घर हुनेछ। तिनीहरू जत्तिनै जग्गा-जमीनका मालिक हुन् त्यसले कुनै फरक पर्दैन!
11Their heart [is]: Their houses [are] to the age, Their tabernacles to all generations. They proclaimed their names over the lands.
12मानिसहरू सम्पन्न हुन सक्लान, तर तिनीहरू यहाँ सधैंका लागि बाँच्न सक्तैनन्। तिनीहरू पशुहरू जस्तै मरेर जानेछन्।
12And man in honour doth not remain, He hath been like the beasts, they have been cut off.
13ती मूर्खहरूसँग त्यही घटना हुनेछ जो आफ्ना सम्पत्तिसँग खुशी हुन्छन्।
13This their way [is] folly for them, And their posterity with their sayings are pleased. Selah.
14ती मानिसहरू खाली भेंडा जस्तै हुन्। चिहान नै तिनीहरूको खोर हो। मृत्यु तिनीहरूको गोठाला हुनेछन। त्यस पश्चात् त्यो बिहान धार्मिक मानिसहरू नै विजेता हुनेछन्। जति बेला ती धर्मी मानिसहरूका शरिरहरूत विस्तारै चिहानमा सड्दछ तिनीहरू आफ्ना सुन्दर-सुन्दर घरहरूदेखि टाढा हुन्छन।
14As sheep for Sheol they have set themselves, Death doth afflict them, And the upright rule over them in the morning, And their form [is] for consumption. Sheol [is] a dwelling for him.
15तर परमेश्वरले मूल्य तिर्नु हुनेछ अनि मेरो जीवन बचाउनु हुनेछ, उहाँले मलाई पातालको शक्तिबाट बचाउनु हुनेछ जब उहाँले मलाई आफूसितै लैजानु हुने छ!
15Only, God doth ransom my soul from the hand of Sheol, For He doth receive me. Selah.
16तिनीहरू धनी छन् भनेर मानिसहरूसित नडराऊ। तिनीहरूका सुन्दर घरहरू छन् भनी नडराऊ।
16Fear not, when one maketh wealth, When the honour of his house is abundant,
17ती मानिसहरू मरेर गएपछि आफूसंग केही पनि लाँदैनन्। तिनीहरूले ती कुनै पनि सुन्दर चीजहरू लगेर जाने होइनन्।
17For at his death he receiveth nothing, His honour goeth not down after him.
18एकजना धनी मानिसले आफ्नो जीवनमा कति राम्रो काम गरें भनेर आफूलाई नै बधाइ दिन सक्छ। अनि हो, अरू मानिसहरूले पनि उसले राम्रो काम गर्यो भनेर उसको प्रशंसा गर्न सक्छन्।
18For his soul in his life he blesseth, (And they praise thee when thou dost well for thyself.)
19तर उसको मरणको समय आउनेछ अनि आफ्नो पिता-पुर्खाहरूकहाँ जान्छ, अनि उसले कहिल्यै पनि दिनको उज्यालो देख्ने छैन।
19It cometh to the generation of his fathers, For ever they see not the light.
20मानिसहरू सम्पन्न हुन सक्लान अनि अझै बुझ्दैनन् तिनीहरू पशुहरू जस्तै मर्ने छन्।
20Man in honour, who understandest not, Hath been like the beasts, they have been cut off!