1परमप्रभु, देवताहरूका पनि परमेश्वर बोल्नु भयो। सूर्योदयदेखि र सूर्यास्तसम्म उहाँले सबैलाई पृथ्वीमा बोलाउनु भयो।
1A Psalm of Asaph. The God of gods — Jehovah — hath spoken, And He calleth to the earth From the rising of the sun unto its going in.
2सियोनबाट चम्किरहने परमेश्वर परम सुन्दर हुनुहुन्छ।
2From Zion, the perfection of beauty, God shone.
3हाम्रो परमेश्वर आउनु हुँदैछ। अनि उहाँ चुपचाप बस्नु हुने छैन। उहाँको अघि आगो बल्छ। उहाँको वरिपरि ठूलो आँधी छ।
3Our God cometh, and is not silent, Fire before Him doth devour, And round about him it hath been very tempestuous.
4जब हाम्रो परमेश्वरले मानिसहरूको न्याय गर्नु हुन्छ उहाँले पृथ्वी र आकाशलाई साक्षीको रूपमा बोलाउनु हुनेछ।
4He doth call unto the heavens from above, And unto the earth, to judge His people.
5परमेश्वर भन्नुहुन्छ, “मेरा शिष्यहरू मेरो वरिपरि भेला हुन आऊ मेरा भक्तजनहरू र हामी एकाअर्कासित सम्झौता गरौं।”
5Gather ye to Me My saints, Making covenant with Me over a sacrifice.
6परमेश्वर न्यायी हुनुहुन्छ र आकाशले उहाँको धार्मिकता प्रकट गर्नेछ।
6And the heavens declare His righteousness, For God Himself [is] judge. Selah.
7परमेश्वर भन्नुहुन्छ, “हे मेरो भक्तजनहरू, ध्यान दिएर मेरो कुरा सुन! इस्राएल का मानिसहरू हो, म तिमीहरूलाई तिमीहरूकै विरूद्धमा साक्षी प्रकट गर्ने छु म परमेश्वर हुँ, तिमीहरूकै परमेश्वर।
7Hear, O My people, and I speak, O Israel, and I testify against thee, God, thy God [am] I.
8मैले तिमीहरूले चढाएका बलिहरूका विषय मैले गुनासो गरिरहेको छैन। तिमी इस्राएल का मानिसहरूले सधैं नै होमबलिहरू चढायौं। प्रत्येक दिन ती बलिहरू मलाई चढायौं।
8Not for thy sacrifices do I reprove thee, Yea, thy burnt-offerings [Are] before Me continually.
9म तिम्रो घरबाट साँढेहरू लिने छैन म तिमीहरूको गोठहरूबाट बाख्राहरू लिने छैन।
9I take not from thy house a bullock, From thy folds he goats.
10मलाई ती पशुहरूको आवश्यकता छैन। मसँग पहिल्यैबाट जंङ्गलमा पशुहरू छन्। हजारौं पर्वतहरूमा त्यस्ता पशुहरू मेरो आफ्नै छन्।
10For Mine [is] every beast of the forest, The cattle on the hills of oxen.
11उच्च पर्वतहरूमा भएका सबै चरा-चुरूङ्गीहरू म जान्दछु। प्रत्येक जल-प्राणी र जति पहाडहरूमा छन् ती सबै मेरै हुन्।
11I have known every fowl of the mountains, And the wild beast of the field [is] with Me.
12म भोको छैन। तर यदि म भोको हुँदो हुँ ता पनि म तिमीहरूलाई खाना माग्ने छैन। पहिल्यैबाटै यो संसार र यसका प्रत्येक चीजहरू मेरो आफ्नै हुन्।
12If I am hungry I tell not to thee, For Mine [is] the world and its fulness.
13म साँढहरूको मासु र बाख्राहरूका दूध खान्न।”
13Do I eat the flesh of bulls, And drink the blood of he-goats?
14यसैले अरूहरूसँग बाँडचुँड गरे पछिको धन्यवादको अर्पणहरू लिएर मसित हुनलाई आऊ। तिमीहरूले उच्चतम परमेश्वरलाई वचनहरू दिएका छौ, यसैले ती वचनहरू पूरा गर।
14Sacrifice to God confession, And complete to the Most High thy vows.
15परमप्रभु भन्नुहुन्छ, “तिमीहरूलाई दुःख परेको बेला मलाई पुकारा गर म सहयोग गर्नेछु। अनि त्यसपछि तिमीहरूले मलाई सम्मान गर्न सक्छौ।”
15And call Me in a day of adversity, I deliver thee, and thou honourest Me.
16परमेश्वरले दुष्ट मानिसहरूलाई भन्नुहुन्छ, “तिमीहरूले मेरो नियमहरूको बारेमा कुरा गर्छौ। तिमीहरूले मेरो करारको बारेमा कुरा गर्यौ।
16And to the wicked hath God said: What to thee — to recount My statutes? That thou liftest up My covenant on thy mouth?
17यसकारण यसलाई किन उपेक्षा गर्छौ जब कि म तिमीहरूलाई सुधार्न खोज्छु? किन मैले भनेका कुराहरू अस्वीकार गर्दछौ?
17Yea, thou hast hated instruction, And dost cast My words behind thee.
18तिमीहरूले चोरलाई भेट्छौ र त्यो सित मिल्न दौडन्छौ। तिमीहरू व्यभिचारीहरूसँग सुत्छौ।
18If thou hast seen a thief, Then thou art pleased with him, And with adulterers [is] thy portion.
19तिमीहरूले अनुचित र झूटो कुराहरू गर्छौ।
19Thy mouth thou hast sent forth with evil, And thy tongue joineth deceit together,
20तिमीहरूले लगातार आफ्ना दाज्यु भाईहरूको विषयमा आलोचना गर्छौ अनि दोष लगाईरहेका छौ।
20Thou sittest, against thy brother thou speakest, Against a son of thy mother givest slander.
21यद्यपि तिमीहरूले त्यस्ता अनुचित कुराहरू गरे पनि म चुपचाप बसें, यसैले तिमीहरुले सोच्यौ कि म पनि तिमीहरू जस्तै हुँ। हेर धेरै बेर म चुपचाप बस्ने छैन! म स्पष्ट गर्न चाहन्छु र तिमीहरूकै सम्मुखमा दोष लाउनेछु।
21These thou didst, and I kept silent, Thou hast thought that I am like thee, I reprove thee, and set in array before thine eyes.
22तिमीहरूले परमेश्वरलाई भुलेर गयौ, यो मैले तिमीहरूलाई टुक्रा-टुक्रा पार्नु भन्दा अघि नै बुझ्ने चेष्टा गर। यदि त्यस्तो भयो भने कसैले पनि तिमीहरूलाई बचाउँन सक्ने छैन!
22Understand this, I pray you, Ye who are forgetting God, Lest I tear, and there is no deliverer.
23यदि कसैले धन्यवाद अर्पण दिन्छ भने, उसले मलाई श्रद्धा देखाउँछ, तर त्यो जसले सही जीवन विताउन चाहन्छ म उसलाई मेरो मुक्तिको शक्ति देखाउने छु।”
23He who is sacrificing praise honoureth Me, As to him who maketh a way, I cause him to look on the salvation of God!