1हे परमेश्वर, मतर्फ कृपालु हुनुहोस्, किनभने तपाईंको दायालु कृपादृष्टिले, तपाईंको महान् अनुग्रहले मेरा सारा पापहरू मेटाई दिनुहोस्।
1To the Overseer. — A Psalm of David, in the coming inn unto him of Nathan the prophet, when he hath gone in unto Bath-Sheba. Favour me, O God, according to Thy kindness, According to the abundance of Thy mercies, Blot out my transgressions.
2परमेश्वर मेरो दोष धोएर मेटाई दिनुहोस्। मेरा पापहरू धोइ-पखाली दिनुहोस्, मलाई फेरि एकपल्ट शुद्ध पारिदिनुहोस्!
2Thoroughly wash me from mine iniquity, And from my sin cleanse me,
3म जान्दछु मैले पाप गरें। म सधैं ती पापहरू देख्दछु।
3For my transgressions I do know, And my sin [is] before me continually.
4हे परमेश्वर, जुन तपाईंले गल्ती भन्नुभयो मैले त्यही कुरा गरें। परमेश्वर, तपाईंको विरूद्धमा मात्र मैले पाप गरें म ती गल्तीहरू स्वीकार गर्दछु, ताकि मानिसहरूले जानुन म गलत छु, र तपाईं साँचो हुनुहुन्छ। तपाईंको निर्णयहरू निष्कपट छन्।
4Against Thee, Thee only, I have sinned, And done the evil thing in Thine eyes, So that Thou art righteous in Thy words, Thou art pure in Thy judging.
5पापमा नै मेरी आमाले मलाई गर्भधारण गरिन् अनि म पापमा नै जन्मेको थिएँ।
5Lo, in iniquity I have been brought forth, And in sin doth my mother conceive me.
6हे परमेश्वर, तपाईंले मलाई साँचो रूपमा विश्वासी भएको देख्न चाहनु हुन्छ, यसैले साँचो ज्ञान मेरो अन्तस्करणमा हाली दिनुहोस्।
6Lo, truth Thou hast desired in the inward parts, And in the hidden part Wisdom Thou causest me to know.
7विधिपूर्वक हिसप झारले मस्काएर मलाई शुद्ध पार्नुहोस्। जबसम्म म हिऊँ जस्तो सेतो हुन्न तबसम्म मलाई धोइ पखाल्नुहोस्।
7Thou cleansest me with hyssop and I am clean, Washest me, and than snow I am whiter.
8मलाई खुशी पार्नुहोस्। बताउनु होस् फेरि खुशी कसरी हुनु। तपाईंले धूलो-पिठो पार्नु भएको हड्डीहरु फेरि आनन्दले नाचोस्।
8Thou causest me to hear joy and gladness, Thou makest joyful bones Thou hast bruised.
9मेरो पापहरू तपाईं नहेर्नु होस्! ती सबै मेटी दिनुहोस्!
9Hide Thy face from my sin. And all mine iniquities blot out.
10हे परमेश्वर, शुद्ध हृदय मभित्र सृजना गरिदिनु होस्! मेरो आत्मा फेरि एकपल्ट बलियो पारी दिनुहोस्।
10A clean heart prepare for me, O God, And a right spirit renew within me.
11मलाई नठेल्नु होस्। अनि मदेखि तपाईंको पवित्र आत्मा टाढा नलैजानु होस्!
11Cast me not forth from Thy presence, And Thy Holy Spirit take not from me.
12तपाईंको सहयोगले मलाई खुशी पार्दछ! मलाई फेरि एकपल्ट त्यो आनन्द दिनुहोस्। मेरो आत्मा बलियो पारी दिनुहोस् र तपाईंको आज्ञा पालन गर्न तयार होस्।
12Restore to me the joy of Thy salvation, And a willing spirit doth sustain me.
13म पापीहरूलाई तपाईंको चाहना अनुसार कसरी बाँच्नु भनेर सिकाउने छु अनि तिनीहरू फर्केर तपाईं कहाँ आउने छन्।
13I teach transgressors Thy ways, And sinners unto Thee do return.
14हे परमेश्वर, मृत्यु दण्ड देखि मलाई बचाउँनु होस्। तपाईंको धार्मिकताको विषयमा मलाई गीत गाउन दिनुहोस्।
14Deliver me from blood, O God, God of my salvation, My tongue singeth of Thy righteousness.
15हे मेरो स्वामी, म मेरो मुख खोल्नेछु र तपाईंको प्रशंसा-गीत गाउने छु!
15O Lord, my lips thou dost open, And my mouth declareth Thy praise.
16तपाईं वास्तवमा बलिहरू चाहनु हुन्न् यसकारण मैले किन बलिहरू चढाउनु।
16For Thou desirest not sacrifice, or I give [it], Burnt-offering Thou acceptest not.
17जुन बलि परमेश्वरले चाहनु हुन्छ त्यो विनम्र आत्मा हो। हे परमेश्वर, जो-जो विनम्र अनि समर्पित हृदय लिएर आउँदछन्, तपाईं उनीहरू देखि मुख फर्काउनु हुन्न!
17The sacrifices of God [are] a broken spirit, A heart broken and bruised, O God, Thou dost not despise.
18हे परमेश्वर, सियोन प्रति कल्याणकारी बन्नु होस्। यरूशलेमको पर्खालहरू पुर्ननिर्माण गर्नुहोस्।
18Do good in Thy good pleasure with Zion, Thou dost build the walls of Jerusalem.
19[This verse may not be a part of this translation]
19Then Thou desirest sacrifices of righteousness, Burnt-offering, and whole burnt-offering, Then they offer bullocks on thine altar!