1हे परमेश्वर, तपाईं मेरो परमेश्वर हुनुहुन्छ। अनि म तपाईंलाई अत्यन्तै चाहन्छु। मेरो प्राण र शरीर तपाईंको लागि पानी नभएको सुख्खा जमीनमा पनि तपाईंकै निम्ति तिर्खाउँछु।
1A Psalm of David, in his being in the wilderness of Judah. O God, Thou [art] my God, earnestly do I seek Thee, Thirsted for Thee hath my soul, Longed for Thee hath my flesh, In a land dry and weary, without waters.
2हो, मैले तपाईंलाई तपाईंको मन्दिरमा देखेको छु। मैले तपाईंको शक्ति र महिमा देखेको छु।
2So in the sanctuary I have seen Thee, To behold Thy strength and Thine honour.
3तपाईंको स्नेहपूर्ण करूणा जीवनभन्दा श्रेष्ठ छ। मेरो ओंठले तपाईंको प्रशंसा गाउँदछ।
3Because better [is] Thy kindness than life, My lips do praise Thee.
4हो, म तपाईंको प्रशंसा तपाईंको नाउँमा म मेरो दुई हात जोडेर जीवन भर प्रशंसा गर्नेछु।
4So I bless Thee in my life, in Thy name I lift up my hands.
5मानौं मैले उत्तम खाना खाए जस्तो मनभरि तृप्ति हुनेछु। अनि मेरो प्रफुलित ओंठले तपाईंकै गुण गाउँनैछ।
5As [with] milk and fatness is my soul satisfied, And [with] singing lips doth my mouth praise.
6म बिछ्याउनमा ढल्कि रहेको बेलामा पनि तपाईंलाई नै सम्झिरहनेछु। मध्य-रातमा पनि म तपाईंलाई सम्झिरहने छु।
6If I have remembered Thee on my couch, In the watches — I meditate on Thee.
7तपाईंले साँच्चि नै मलाई साथ दिनुभयो! म खुशी छु कि तपाईंले मेरो रक्षा गर्नुभयो।
7For Thou hast been a help to me, And in the shadow of Thy wings I sing.
8मेरो प्राण तपाईंमा अल्झिन्छ अनि तपाईं मेरो हात समाउनु हुन्छ।
8Cleaved hath my soul after Thee, On me hath Thy right hand taken hold.
9कतिपय मानिसहरूले मलाई मार्ने कोशिश गरिहेछन् तर तिनीहरू नाश हुने नै छन्। तिनीहरू आफ्ना चिहानहरूमा जानेछन्।
9And they who for desolation seek my soul, Go in to the lower parts of the earth.
10तिनीहरू तरवारले मारिनेन्छन्। जंगली कुकुरहरूले तिनीहरूका मृत शरीरहरू खानेन्छन।
10They cause him to run on the edge of the sword, A portion for foxes they are.
11तर राजा आफ्ना परमेश्वरसँग खुशी हुनेछन अनि वचन दिएका ती मानिसहरू पनि परमेश्वरकै आज्ञामा गुण-गान गर्नेछन्। किनभने उहाँले ती सम्पूर्ण झूटाहरूलाई परास्त पार्नुभयो।
11And the king doth rejoice in God, Boast himself doth every one swearing by Him, But stopped is the mouth of those speaking lies!