Nepali

Young`s Literal Translation

Psalms

72

1हे परमेश्वर त्यस राजालाई सहायता गर्नुहोस्, ताकि उसले तपाईंद्वारा विवेकपूर्ण न्याय गरोस्। राजकुमारको सहायता गर्नुहोस् ताकि उसले तपाईंको धार्मिकता जानोस्।
1By Solomon. O God, Thy judgments to the king give, And Thy righteousness to the king`s son.
2आफ्ना प्रजाहरूलाई निष्पक्ष न्याय गर्न राजालाई सघाउनुहोस्। गरीब मानिसहरू प्रति विवेकपूर्ण न्याय गर्नलाई तपाईंले राजालाई सघाउनु होस्।
2He judgeth Thy people with righteousness, And Thy poor with judgment.
3त्यहाँ देशभरि शान्ति र न्याय रहोस्।
3The mountains bear peace to the people, And the heights by righteousness.
4गरीब मानिसहरूप्रति राजा निष्पक्ष रहुन्। उहाँले असहायहरूलाई साथ दिओस्। कष्ट दिने मानिसहरूलाई उहाँले दण्ड दिऊन्।
4He judgeth the poor of the people, Giveth deliverance to the sons of the needy, And bruiseth the oppressor.
5जब सम्म घाम उदाउँदछ अनि जून आकाशमा रहन्छन् मानिस डरले राजालाई सम्मान गर्ने होस्!
5They fear Thee with the sun, and before the moon, Generation — generations.
6खेतहरूमा पानी वर्षे जस्तै, धर्तीमा पानी झरी जस्तै राजा बनोस्।
6He cometh down as rain on mown grass, As showers — sprinkling the earth.
7उहाँको राज्यकालमा धार्मिकता फूलोस्, फूलोस्। जब सम्म जून रहँन्छ तब सम्म शान्ति रहोस्।
7Flourish in his days doth the righteous, And abundance of peace till the moon is not.
8उहाँको राज्य एक समुद्र देखि अर्को समुद्रसम्म फैलियोस्। युफ्रेटिस नदीदेखि पृथ्वीमा धेरै टाढो सम्म बढोस्!
8And he ruleth from sea unto sea, And from the river unto the ends of earth.
9मरूभूमिमा बसिरहेका मानिसहरूले उहाँको अघि भूँई तिर अनुहार पारेर शिर झुकाउन् उहाँको सम्पूर्ण शत्रुहरू तिनीहरूको मैलो अनुहार लिएर उहाँप्रति निहुरिउन्।
9Before him bow do the inhabitants of the dry places, And his enemies lick the dust.
10तर्शीशमा बसिरहेका अनि सुदूर प्रान्तकाहरूले उहाँलाई उपहार ल्याऊन्। शेबा र शेबाका राजाहरूले उहाँ प्रति भेटी चढाऊन्।
10Kings of Tarshish and of the isles send back a present. Kings of Sheba and Seba a reward bring near.
11सम्पूर्ण राजाहरूले हाम्रो राजाप्रति शिर झुकाउन्। सबै जातिहरूले उहाँको सेवा गरून्।
11And all kings do bow themselves to him, All nations do serve him,
12हाम्रो राजाले असहायहरूलाई सहयोग गर्नु हुन्छ। हाम्रो राजाले दीन-दुःखि, असहायहरूलाई साथ दिनुहुन्छ।
12For he delivereth the needy who crieth, And the poor when he hath no helper,
13दीन-दुःखी, असहायहरू उहाँमाथि आश्रित छन्। राजाले तिनीहरूलाई जीउँदो राख्नुहुन्छ।
13He hath pity on the poor and needy, And the souls of the needy he saveth,
14अत्याचार र क्रूर मानिसहरू जसले तिनीहरूलाई नोक्सान पुरा्याउँन चाहन्छन् तिनीहरूदेखि राजाले बचाउँनु हुन्छ। ती दीन-हीन मानिसहरूको जीवन राजाको निम्ति अत्यन्त महत्वपूर्ण छ।
14From fraud and from violence he redeemeth their soul, And precious is their blood in his eyes.
15राजाको दीर्घायु होस्! अनि उहाँले शेबाबाट सुन प्राप्त गरून्। सधैं राजाको निम्ति प्रार्थना गर। प्रत्येक दिन राजालाई आशीर्वाद दिनु।
15And he liveth, and giveth to him of the gold of Sheba, And prayeth for him continually, All the day he doth bless him.
16खेतहरूमा प्रशस्त मात्रमा अन्नहरू उब्जियोस् र पहाडहरू अन्नबालीले ढाकियोस्। खेतहरू लबानोन जस्ता मलिलो रहोस्। अनि खेतहरू हरियो घाँसहरूले ढाकिए जस्तो शहरहरू मानिसहरूले भरिभराउ बनोस्।
16There is a handful of corn in the earth, On the top of mountains, Shake like Lebanon doth its fruit, And they flourish out of the city as the herb of the earth.
17राजा सदालाई ख्याती प्राप्त बनोस्। जब सम्म घाम रहन्छ तब सम्म मानिसहरूले उहाँको नाउँ याद गरून्। मानिसहरू उहाँबाट धन्य रहोस् अनि सबैले उहाँलाई आशीर्वाद दिऊन्।
17His name is to the age, Before the sun is his name continued, And they bless themselves in him, All nations do pronounce him happy.
18परमप्रभु परमेश्वर, इस्राएल का परमेश्वरको गुण-गान गर! परमेश्वरले मात्र त्यस्तो आश्चर्यचकित कामहरू गर्न सक्नु हुन्छ!
18Blessed is Jehovah God, God of Israel, He alone is doing wonders,
19उहाँको महिमामय नाउँको सदा-सर्वदा प्रशंसा गर! उहाँको महिमाले सारा संसार भरिपूर्ण रहोस्! आमेन! आमेन!
19And blessed [is] the Name of His honour to the age, And the whole earth is filled [with] His honour. Amen, and amen!
20यस्सीको छोरो दाऊदको प्रार्थना यही समाप्त हुँदछ।
20The prayers of David son of Jesse have been ended.