1साँच्चै नै इस्राएल को निम्ति परमेश्वर राम्रो हुनुहुन्छ। परमेश्वर ती मानिसहरूका निम्ति राम्रो हुनुहुन्छ जसको हृदय शुद्ध छ।
1A Psalm of Asaph. Only — good to Israel [is] God, to the clean of heart. And I — as a little thing, My feet have been turned aside,
2म प्रायः चुकें अनि पाप गर्न थालें।
2As nothing, have my steps slipped, For I have been envious of the boastful,
3मैले दुष्ट मानिसहरू सफल भएको देखें। म ती अहंकारी मानिसहरू देखि इर्ष्यालु भएँ।
3The peace of the wicked I see, That there are no bands at their death,
4ती मानिसहरू ह्रिष्टपुष्ट छन्। तिनीहरूलाई बाँच्नको लागि संघर्ष गर्नु पर्दैन।
4And their might [is] firm.
5ती दुष्ट मानिसहरू हामी जस्तो पीडित हुँदैनन्। अन्य मानिसहरू जस्ता तिनीहरू संकटमा छैनन्।
5In the misery of mortals they are not, And with common men they are not plagued.
6यसैले तिनीहरू अंहकारी र घृणित मानिसहरू हुन्। तिनीहरूले लगाएका बहुमूल्य गर-गहनाहरू र आर्कषक पोषाकहरू जस्तै देखिन्छन्।
6Therefore hath pride encircled them, Violence covereth them as a dress.
7यदि ती मानिसहरू केही अरू थोक जस्तो देखिएको भए, तिनीहरू जान्छन् र लिन्छन् तिनीहरूले जे चाहे पनि गर्दछन्।
7Their eye hath come out from fat. The imaginations of the heart transgressed;
8तिनीहरूले नीच र दुष्ट कुराहरू अरूको बारेमा भन्दछन् तिनीहरू घमण्डी र हठी खालका छन् अनि तिनीहरूले सधैं नै अरू माथि सहजै फाईदा उठाउने उपायहरू गर्दछन्।
8They do corruptly, And they speak in the wickedness of oppression, From on high they speak.
9ती अंहकारीहरू आफूलाई देवता मान्दछन्! तिनीहरूले आफूलाई पृथ्वीको शासक ठान्छन्।
9They have set in the heavens their mouth, And their tongue walketh in the earth.
10यसर्थ परमेश्वरका मानिसहरू पनि उनीहरू तिर फर्किए र तिनीहरूले जे भने तिनीहरूको निम्ति त्यही कुराहरू गरे।
10Therefore do His people return hither, And waters of fulness are wrung out to them.
11ती दुष्ट मानिसहरू भन्छन, “हामीहरूले के गरिरहेका छौं, भनेर परमेश्वर जान्दैनन्! सर्वोच्च परमेश्वरले जान्दैनन्।”
11And they have said, `How hath God known? And is there knowledge in the Most High?`
12ती घमण्डी मानिसहरू दुष्ट छन्, तर तिनीहरू धनी छन् र झन् धनी भईरहेका छन्।
12Lo, these [are] the wicked and easy ones of the age, They have increased strength.
13यसैले मैले मात्र हृदय किन शुद्ध पार्नु? किन मैले मेरो हातहरू धोई सफा राख्नु।
13Only — a vain thing! I have purified my heart, And I wash in innocency my hands,
14हे परमेश्वर, म दिनभरि नै कष्ट भोग्छु अनि प्रत्येक बिहान तपाईंले मलाई दण्ड दिनुहुन्छ।
14And I am plagued all the day, And my reproof [is] every morning.
15हे परमेश्वर, म यस विषयमा अरूहरूसँग कुरा गर्नु चाहुन्छु। तर म बुझ्छु कि म तपाईंका मानिसहरूलाई विश्वासघात गरिरहेको हुन्छु।
15If I have said, `I recount thus,` Lo, a generation of Thy sons I have deceived.
16मैले यी कुराहरू जान्नलाई यथासक्य कोशिश गरें। तर ती सबै मेरो लागि एकदम कठिन थिए।
16And I think to know this, Perverseness it [is] in mine eyes,
17जबसम्म म परमेश्वरको मन्दिरमा गईन तब सम्म मैले तिनीहरूको आखिरी विचार जानिन।
17Till I come in to the sanctuaries of God, I attend to their latter end.
18परमेश्वर, साँच्चि नै तपाईंले ती मानिसहरूलाई भयानक अवस्थामा राख्नु भएको रहेछ। सहजै तिनीहरू पतन हुने र नष्ट हुने रहेछन्।
18Only, in slippery places Thou dost set them, Thou hast caused them to fall to desolations.
19संकट अचानक आउन सक्छ, तब ती अंहकारीहरू नष्ट-विनिष्ट हुन सक्छन्। भयानक कुराहरू तिनीहरूमा घट्न सक्छन् अनि तिनीहरू समाप्त हुन्छन्।
19How have they become a desolation as in a moment, They have been ended — consumed from terrors.
20हे परमप्रभु, ती मानिसहरू सपना जस्तै हुन्, हामी जाग्ने बित्तिकै तिनीहरू अल्पिन्छन्। हाम्रो सपनाका राक्षसहरू जस्ता तपाईंले तिनीहरूलाई विलुप्त पारी दिनु हुनेछ।
20As a dream from awakening, O Lord, In awaking, their image Thou despisest.
21[This verse may not be a part of this translation]
21For my heart doth show itself violent, And my reins prick themselves,
22[This verse may not be a part of this translation]
22And I am brutish, and do not know. A beast I have been with Thee.
23मैले चाहेका सबै थोकहरू मसँग छन्। म सधैं नै तपाईंसँग साथमा छु। हे परमेश्वर, तपाईंले मेरो दाहिने हात पक्रनु भएकोछ।
23And I [am] continually with Thee, Thou hast laid hold on my right hand.
24हे परमेश्वर, तपाईंले मेरो अगुवाई गर्नु हुन्छ अनि असल सल्लाह दिनुहुन्छ। त्यस पश्चात् महिमा तर्फ मलाई अगुवाई गर्नु हुन्छ।
24With Thy counsel Thou dost lead me, And after honour dost receive me.
25हे परमेश्वर, तपाईं बाहेक म स्वर्गमा कसलाई चाहन्छु। अनि म तपाईंसित पृथ्वीमा भएको बाहेक अरू केही इच्छा गर्दिनँ।
25Whom have I in the heavens? And with Thee none I have desired in earth.
26मेरो तन र मन नष्ट हुन सक्छ, तर मसँग परमेश्वर छ जसलाई म प्रेम गर्छु। मसँग परमेश्वर सदा-सर्वदा हुनुहुन्छ!
26Consumed hath been my flesh and my heart, The rock of my heart and my portion [is] God to the age.
27हे परमेश्वर, मानिस जसले तपाईंलाई त्यग्दछ त्यो हराउने छ। तपाईंले तिनीहरूलाई ध्वंश गर्नु हुनेछ जो तपाईंसित विश्वासी छैनन्।
27For, lo, those far from Thee do perish, Thou hast cut off every one, Who is going a whoring from Thee.
28म परमेश्वर कहाँ आएँ अनि त्यो मेरो लागि हितकारी भयो। मैले परमप्रभु परमेश्वरलाई मेरो सुरक्षित ठाउँ बनाएँ। परमेश्वर, म तपाईंकहाँ, तपाईंले गर्नु भएका सबै थोकहरू बताउन आएँ।
28And I — nearness of God to me [is] good, I have placed in the Lord Jehovah my refuge, To recount all Thy works!