1हे परमेश्वर, के तपाईंले हामीलाई सधैंको निम्ति त्याग्नु हुन्छ? के तपाईं आफ्ना मानिसहरूसित अझै क्रोधित हुनुहुन्छ?
1An Instruction of Asaph. Why, O God, hast Thou cast off for ever? Thine anger smoketh against the flock of Thy pasture.
2तपाईंले धेरै अघि किन्नु भएका ती मानिसहरूलाई सम्झनु होस्। तपाईंले हामीलाई बचाउँनु भयो। हामी तपाईं कै सम्पत्ति हौ। जहाँ तपाईं बस्नु भयो, त्यो सियोन पर्वतलाई सम्झनु होस्।
2Remember Thy company. Thou didst purchase of old, Thou didst redeem the rod of Thy inheritance, This mount Zion — Thou didst dwell in it.
3परमेश्वर, यी अनन्त भग्नावशेषहरूबाट हिंडेर आउनु होस्, पवित्र ठाउँमा जुन शत्रुहरूले नष्ट गरेको तर्फ फर्की आउनु होस्।
3Lift up Thy steps to the perpetual desolations, Everything the enemy did wickedly in the sanctuary.
4शत्रुहरू मन्दिरमा आफ्नो विजय नारा लगाएर चिच्याए। तिनीहरूले आफ्ना झण्डा युद्ध जित्यौं भनेर भान गर्न मन्दिरमा गाडे।
4Roared have thine adversaries, In the midst of Thy meeting-places, They have set their ensigns as ensigns.
5शत्रुका सैनिकहरू यस्ता देखिन्छन् कि घाँस कट्ने मानिसहरू घाँस काटिरहे जस्तो।
5He is known as one bringing in on high Against a thicket of wood — axes.
6हे परमेश्वर, तिनीहरूले आफ्ना बन्चरो र हँसियाहरू चलाउँदै तपाईंको मन्दिरका चौकटहरू काट्दै भत्काउने छन्।
6And now, its carvings together With axe and hatchet they break down,
7ती सिपाहीहरूले तपाईंको पवित्र स्थान जलाए। तिनीहरूले त्यो मन्दिर जुन तपाईंको नाउँको सम्मानमा बनिएको थियो भूँईमा लडाए।
7They have sent into fire Thy sanctuary, to the earth they polluted the tabernacle of Thy name,
8शत्रुले हामीलाई पूर्ण रूपले तहस्नहस्रू पार्ने निर्णय गरे, तिनीहरूले देशमा भएको प्रत्येक चिज र परमेश्वरको पवित्र स्थान जलाए।
8They said in their hearts, `Let us oppress them together,` They did burn all the meeting-places of God in the land.
9हामीले कुनै पनि हाम्रो चिन्हहरू देख्नसकेनौं। अब त्यहाँ अगमवक्ताहरू छैनन्। के गर्नु पर्ने कसैले जान्दैनन्।
9Our ensigns we have not seen, There is no more a prophet, Nor with us is one knowing how long.
10हे परमेश्वर, कहिले सम्म शत्रुले हामीलाई खेलौना बनाउने हो? के तपाईं आफ्नो निन्दा गराउन तिनीहरूलाई सधैं दिइरहनुहुन्छ?
10Till when, O God, doth an adversary reproach? Doth an enemy despise thy name for ever?
11हे परमेश्वर, तपाईंले यति कठिन दण्ड हामीलाई किन दिनुहुन्छ? तपाईंले आफ्नो महान-शक्तिले हामीलाई पूर्ण रूपमा नष्ट पार्नु भयो।
11Why dost Thou turn back Thy hand, Even Thy right hand? From the midst of Thy bosom remove [it].
12हे परमेश्वर, तपाईं लामो समयदेखि हाम्रो राजा हुनु भएको छ, तपाईंले यस देशमा धेरै युद्धहरू जिताउनलाई सहयोग गर्नु भएकोछ।
12And God [is] my king of old, Working salvation in the midst of the earth.
13हे परमेश्वर, तपाईंले आफ्नो महान् शक्ति प्रयोग गर्नुभयो, समुद्रलाई दुइ भागमा विभाजन गर्नुभयो।
13Thou hast broken by Thy strength a sea-[monster], Thou hast shivered Heads of dragons by the waters,
14तपाईंले विशाल समुद्रको राक्षसहरूलाई जित्नु भयो, तपाईंले लिब्यातानको शिर टुक्रा-टुक्रा पार्नु भयो, अनि त्यसको शरीर जनावरहरूले खाओस् भनेर फाली दिनुभयो।
14Thou hast broken the heads of leviathan, Thou makest him food, For the people of the dry places.
15तपाईंले नदीहरू र झर्नाहरू बग्ने बनाउनु भयो अनि तपाईंले नदीहरू सुकाइ दिनुभयो।
15Thou hast cleaved a fountain and a stream, Thou hast dried up perennial flowings.
16हे परमेश्वर, तपाईं एक हुनुहुन्छ जसले दिन र रातलाई नियन्त्रण गर्नु हुन्छ। तपाईंले चन्द्रमा र सूर्य बनाउनु भयो।
16Thine [is] the day, also Thine [is] the night, Thou hast prepared a light giver — the sun.
17तपाईंले पृथ्वीमा सबै कुराको सीमा बनाइदिनु भयो। अनि तपाईंले ग्रीष्म ऋतु र शिशिर ऋतु बनाउनु भयो।
17Thou hast set up all the borders of earth, Summer and winter Thou hast formed them.
18हे परमेश्वर, यी कुराहरू सम्झनु होस् कसरी तपाईंको निन्दा भयो। ती मूर्खहरूले तपाईंको नाउँलाई हेला गर्छन्!
18Remember this — an enemy reproached Jehovah, And a foolish people have despised Thy name.
19ती जङ्गली जनावरहरूलाई तपाईंको प्रिय ढुकुरलाई लैजान नदिनुहोस्! तपाईंको प्रिय दीन-दुःखी मानिसहरूलाई कहिल्यै नभुल्नुहोस्!
19Give not up to a company, The soul of Thy turtle-dove, The company of Thy poor ones forget not for ever.
20हाम्रो करार याद गर्नुहोस्! यस धर्तीको प्रत्येक अंध्यारो जग्गामा हिंसात्मक रूप छ।
20Look attentively to the covenant, For the dark places of earth, Have been full of habitations of violence.
21हे परमेश्वर, तपाईंका मानिसहरूलाई र्दुव्यवहार गरियो। प्रति कष्ट दिन तिनीहरूमाथि अझ लज्जित नबनाउनु होस्। दीन-दुःखी, असहाय मानिसहरूले तपाईंको प्रशंसा गर्न सकुन्।
21Let not the oppressed turn back ashamed, Let the poor and needy praise Thy name,
22हे परमेश्वर, उठ्नुहोस् र लडाइँ गर्नुहोस्! सम्झनुहोस्, ती मूर्खहरूले तपाईंलाई दिएका चेतावनी!
22Arise, O God, plead Thy plea, Remember Thy reproach from a fool all the day.
23तपाईंका शत्रुहरूको चिच्याहटलाई नभुल्नुहोस्, तिनीहरूले घरि-घरि तपाईंको अपमान गरे।
23Forget not the voice of Thine adversaries, The noise of Thy withstanders is going up continually!