1दाऊद र सेनापतिहरूले आसापका छोराहरू हेमान अनि यदूतूनलाई विशेष कार्य गर्नका निम्ति छानेका थिए। तिनीहरूको विशेष काम सारङ्गी, वीणा अनि झ्यालीहरूको प्रयोग गरी परमेश्वरको वचनको अगमवाणी गर्नु थियो। यस प्रकारले सेवा गर्ने मानिसहरूको सूची यहाँ छः
1And David and the captains of the host separated for the service those of the sons of Asaph and of Heman and of Jeduthun who were to prophesy with harps and lutes and cymbals; and the number of the men employed according to their service was:
2आसापका परिवारबाटः जक्कूर, योसेफ, नतन्याह अनि अशरेला। राजा दाऊदले आसापलाई अगमवाणी गर्नका निम्ति चुने अनि आसापले आफ्ना छोराहरूको अगुवाइ गरे।
2of the sons of Asaph: Zaccur, and Joseph, and Nethaniah, and Asharelah, the sons of Asaph under the direction of Asaph, who prophesied at the direction of the king.
3यदूतूनका परिवारबाटः गदल्याह, सरी, यशयाह, शिमी, हशबियाह र मत्तित्याह। ती छः जना थिए। यदूतूनले आफ्ना छोराहरूको अगुवाइ गरे। यदूतूनले अगमवाणी गर्नका निम्ति परमप्रभुलाई धन्यवाद दिन र उहाँको स्तुति गर्नका निम्ति वीणाको प्रयोगगरे।
3Of Jeduthun, the sons of Jeduthun: Gedaliah, and Zeri, and Isaiah, Hashabiah, and Mattithiah, [and Shimei] six, under the direction of their father Jeduthun, who prophesied with the harp, to give thanks and to praise Jehovah.
4हेमानका छोराहरू जसले सेवा गरे ती बुक्कियाह, मत्तन्याह, उज्जीएल, शबूएल, यरीमोत, हनन्याह, हनानी, एलीआता, गिद्दलती, रोममती-एजेर, योश्बाकाशा, मल्लोती, होतीर अनि महजीओत थिए।
4Of Heman, the sons of Heman: Bukkijah, Mattaniah, Uzziel, Shebuel, and Jerimoth, Hananiah, Hanani, Eliathah, Giddalti, and Romamti-ezer, Joshbekashah, Mallothi, Hothir, Mahazioth:
5यी सबै मानिसहरू हेमानका छोराहरू थिए। हेमान दाऊदका दर्शी थिए। परमेश्वरले हेमानलाई शक्तिशाली बनाउने वचन दिनु भएको थियो। यसर्थ हेमानका धेरै छोराहरू भए। परमेश्वरले हेमानलाई चौध छोरा अनि तीन जना छोरीहरू दिनु भयो।
5all these were sons of Heman the king's seer in the words of God, to exalt his power; and God had given to Heman fourteen sons and three daughters.
6हेमानले परमप्रभुको मन्दिरमा गाउन आफ्ना छोराहरूको अगुवाइ गरे। ती छोराहरूले झ्याली, वीणा अनि साराङ्गीहरू प्रयोग गरे। राजाको आज्ञा अनुसार आसाप यदूत अनि हेमनले परमेश्वरको मन्दिरमा सेवा गर्ने त्यो तिनीहरूको यही तरिका थियो।
6All these were under the direction of their fathers Asaph, Jeduthun, and Heman, for song in the house of Jehovah, with cymbals, lutes and harps, for the service of the house of God, under the direction of the king.
7ती मानिसहरू अनि लेवीका कुल समूहका तिनीहरूका आफन्तहरूलाई परमप्रभुको महिमा गाउनमा तालिम दिइएको थियो। त्यहाँ 288 जना मानिसहरू थिए।
7And the number of them, with their brethren that were instructed in the songs of Jehovah, all of them skilful, was two hundred and eighty-eight.
8हरेक व्यक्तिले गर्नु पर्ने विभिन्न किसिमका कामहरू छान्न तिनीहरूले चिट्ठा लगाए। हरेक व्यक्तिलाई समान व्यवहार गरिन्थ्यो। जवान अनि बूढा मानिसहरू प्रति एकसमान व्यवहार गरिन्थ्यो। अनि गुरूलाई शिष्यलाई जस्तै समान व्यवहार गरिन्थ्यो।
8And they cast lots with one another over the charges, the small as well as the great, the teacher with the scholar.
9पहिलो-आसापका छोराहरू (योसेफ) अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिहरू चुनिएका थिए। दोस्रो-गदल्याहका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिहरू चुनिएका थिए।
9And the first lot came forth for Asaph to Joseph; to Gedaliah the second: he and his brethren and his sons were twelve.
10तेस्रो-जवकूरका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिहरू चुनिएका थिए।
10The third to Zaccur; his sons and his brethren, twelve.
11चौथो-यिस्त्रीका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिहरू चुनिएका थिए।
11The fourth to Jizri; his sons and his brethren, twelve.
12पाँचौं-नतन्याहका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिहरू चुनिएका थिए।
12The fifth to Nethaniah; his sons and his brethren, twelve.
13छैटौं-बुक्कियाहका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिहरू चुनिएका थिए।
13The sixth to Bukkijah; his sons and his brethren, twelve.
14सातौं-यसरेलाका छोराहरू अनि आफन्तहरूबाट बाह्र व्यक्तिहरू चुनिएका थिए।
14The seventh to Jesharelah; his sons and his brethren, twelve.
15आठौं-यशयाहका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिहरू चुनिएका थिए।
15The eighth to Isaiah; his sons and his brethren, twelve.
16नवौं-मत्तन्याहका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिहरू चुनिएका थिए।
16The ninth to Mattaniah; his sons and his brethren, twelve.
17दशौं-शिमीका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिहरू चुनिएका थिए।
17The tenth to Shimei; his sons and his brethren, twelve.
18एघारौं-अज्रेलका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिहरू चुनिएका थिए।
18The eleventh to Azareel; his sons and his brethren, twelve.
19बाह्रौं-हशबियाहका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिहरू चुनिएका थिए।
19The twelfth to Hashabiah; his sons and his brethren, twelve.
20तेह्रौं-शूबाएलका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिहरू चुनिएका थिए।
20The thirteenth to Shubael; his sons and his brethren, twelve.
21चौधौं-मत्तित्याहका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिहरू चुनिएका थिए।
21The fourteenth to Mattithiah; his sons and his brethren, twelve.
22पन्ध्रौं-यरेमोतका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिहरू चुनिएका थिए।
22The fifteenth to Jeremoth; his sons and his brethren, twelve.
23सोह्रौं-हन्नयाहका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिहरू चुनिएका थिए।
23The sixteenth to Hananiah; his sons and his brethren, twelve.
24सत्रौं-योशबकाशाका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिहरू चुनिएका थिए।
24The seventeenth to Joshbekashah; his sons and his brethren, twelve.
25अठारौं-हनानीका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिहरू चुनिएका थिए।
25The eighteenth to Hanani; his sons and his brethren, twelve.
26उन्नाईसौं मल्लोतीका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिहरू चुनिएका थिए।
26The nineteenth to Mallothi; his sons and his brethren, twelve.
27बीसौं-एलियाताका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिहरू चुनिएका थिए।
27The twentieth to Elijathah; his sons and his brethren, twelve.
28एक्काईसौं-होतीरका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिहरू चुनिएका थिए।
28The twenty-first to Hothir; his sons and his brethren, twelve.
29बाईसौं-गिद्दलतीका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिहरू चुनिएका थिए।
29The twenty-second to Giddalti; his sons and his brethren, twelve.
30तेईसौं-महजीओतका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिहरू चुनिएका थिए।
30The twenty-third to Mahazioth; his sons and his brethren, twelve.
31चौबीसौं-रोम्मती - एजेरका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिहरू चुनिएका थिए। द्
31The twenty-fourth to Romamti-ezer; his sons and his brethren, twelve.