Nepali

Darby's Translation

1 Chronicles

26

1कोरहका परिवारबाट द्वारपालकहरू यी हुन्। मेशेलेम्याह अनि तिनका छोराहरू। मेशेलेम्याह कोरेका छोरा थिए। तिनी आसापका परिवार समूहका थिए।
1The divisions of the doorkeepers. Of the Korahites: Meshelemiah the son of Kore, of the sons of Asaph.
2मेशेलेम्याहका छोराहरू थिएः जकर्याह सबै भन्दा जेठा छोरा थिए। यदीएल माहिला छोरा थिए। जबदियाह सँहिंला छोरा थिए। यत्नीएल काँहिला छोरा थिए।
2And Meshelemiah had sons: Zechariah the firstborn, Jediael the second, Zebadiah the third, Jathniel the fourth,
3एलाम अन्तरे छोरा थिए। यहोहानान जन्तेर छोरा थिए अनि एल्यहोनै कान्छा छोरा थिए।
3Elam the fifth, Johanan the sixth, Elioenai the seventh.
4ओबेद-एदोम अनि तिनका छोराहरूः ओबेद-एदोमका सबै भन्दा जेठा छोरा शमायाह थिए। यहोजाबाद तिनका माहिला छोरा थिए। योआह तिनका साहिला छोरा थिए। साकार तिनका काहिला छोरा थिए। नतनेल तिनका अन्तरे छोरा थिए।
4-- And the sons of Obed-Edom: Shemaiah the firstborn, Jehozabad the second, Joah the third, and Sacar the fourth, and Nethaneel the fifth,
5अम्मीएल तिनका जन्तरे छोरा थिए। यिस्सारकार तिनका खन्तरे छोरा थिए अनि पुल्लतै तिनका कान्छा छोरा थिए। परमेश्वरले साँच्चै नै ओबेद एदोमलाई बरदान दिनु भएको थियो।
5Ammiel the sixth, Issachar the seventh, Peulthai the eighth: for God had blessed him.
6ओबेद-एदोमका छोरा शमायाह थिए; शमायाहका पनि छोराहरू थिए। शमायाका छोराहरू तिनिहरूका पिताका परिवारका अगुवाहरू थिए किनभने तिनीहरू योग्य मानिसहरू थिए।
6And to Shemaiah his son were sons born, who were rulers in their father's house; for they were mighty men of valour.
7शमायाहका छोराहरू ओत्नी, रफाएल, ओबेद, एल्जाबाद, एलीहू, अनि समकियाह थिए। एल्जाबादका आफन्तहरू सामर्थ्यवान मानिसहरू थिए।
7The sons of Shemaiah: Othni, and Rephael, and Obed, [and] Elzabad, whose brethren were valiant men, Elihu and Semachiah.
8यी सबै मानिसहरू ओबेद-एदोमका सन्तानहरू थिए। ती मानिसहरू अनि तिनीहरूका छोराहरू र आफन्तहरू शक्तिशाली मानिसहरू थिए। तिनीहरू असल रक्षकहरू थिए। ओबेद एदोमका 62 जना छोराहरू थिए।
8All these were of the sons of Obed-Edom: they and their sons and their brethren, able men in strength for the service, were sixty-two of Obed-Edom.
9मेशेलेम्याहका छोराहरू अनि आफन्तहरू थिए, जो शक्तिशाली व्यक्तिहरू थिए। जम्मा 18 जना छोराहरू अनि आफन्तहरू थिए।
9-- And Meshelemiah had sons and brethren, men of valour, eighteen.
10यी मरारीका परिवारका द्वारपालकहरू थिए। त्यसमा होसा एक थिए। शिम्री जेठो छोरो अगुवा थिए। यद्यपि शिम्री पहिला जन्मेको छोरा थिएन, उसलाई उसको पिताले अगुवा चुने।
10-- And Hosah, of the sons of Merari, had sons: Shimri the head, for though he was not the firstborn, yet his father made him the head;
11हिल्कियाह तिनका माहिला छोरा थिए। तबलियाह तिनका साहिंला छोरा थिए, अनि जकर्याह तिनका कान्छा छोरा थिए। होसाका जम्मा 13 छोरा र आफन्तहरू थिए।
11Hilkijah the second, Tebaliah the third, Zechariah the fourth: all the sons and brethren of Hosah were thirteen.
12यी द्वारपालकहरूका समूहहरूमा प्रधानहरू थिए। द्वारपालकहरूले परमप्रभुको मन्दिरमा सेवा गर्ने विशेष तरिका थियो जस्तो तिनीहरूका आफन्तहरूले गर्थे।
12Among these were the divisions of the doorkeepers, among the head-men, as to the charges together with their brethren, for performing the service in the house of Jehovah.
13हरेक परिवारलाई एउटा द्वारको रक्षा गर्न दिइएको थियो। एउटा परिवारको निम्ति द्वार छान्न चिट्ठा लगाएको थियो। जवान र बृद्धहरू प्रति समान व्यवहार गरिन्थ्यो।
13And they cast lots, the small as well as the great, according to their fathers' houses, for every gate.
14मेशेलेम्याह पूर्व द्वारको रक्षाका निम्ति चुनिएका थिए। त्यसपछि मेशेलेम्याहका छोरा जकर्याहका निम्ति चिट्ठा लगाए। जकरिया एक बुद्धिमान सल्लाहकार थिए। जकरिया उत्तर द्वारका निम्ति चुनिए।
14And the lot eastward fell to Shelemiah; and they cast lots for Zechariah his son, a wise counsellor, and his lot came out northward;
15ओबेद-एदोम दक्षिण द्वाराका निम्ति चुनिए अनि ओबेद-एदोमका छोराहरू त्यस मन्दिरको रक्षाका निम्ति चुनिए जहाँ मूल्यवान चीज-बीजहरू राखिएका थिए।
15to Obed-Edom southward; and to his sons the storehouse.
16शुप्पीम अनि होसा पश्चिमद्वार र माथिल्लो सडकको शल्लेकेत द्वाराका निम्ति चुनिए। रक्षकहरू एक-अर्काको छेउ छेउमा उभिन्थे।
16To Shuppim and Hosah westward, with the gate Shallecheth, by the causeway of the ascent, watch against watch.
17छः जना लेवीहरू हरेक दिन रक्षामा पूर्व द्वार तिर उभिन्थे। चार जना लेवीहरू हरेकदिन रक्षामा उत्तर द्वारतिर उभिन्थे। चारजना लेवीहरू रक्षामा दक्षिण द्वार तिर उभिन्थे अनि दुइजना लेवीहरूले त्यस मन्दिरको रक्षा गर्थे जहाँ मूल्यवान बस्तुहरू राखिएको थियो।
17Eastward were six Levites, northward four a day, southward four a day, and in the storehouse two [and] two.
18जति सक्दो पश्चिमी (कचहरीको बाटोमा) चार जना रक्षकहरू थिए अनि दुइजना रक्षकहरू कचहरीमा नै बस्थे।
18At the portico westward, four at the causeway, two at the portico.
19यी, द्वारपालकहरूका समूहहरू थिए। ती द्वारपालकहरू कोरह अनि मरारीका परिवारहरूबाट थिए।
19These are the divisions of the doorkeepers among the sons of the Korahites and among the sons of Merari.
20अहियाह लेवी कुल समूहबाट थिए। अहियाहले परमेश्वरको मन्दिरका बहुमूल्य वस्तुहरूको हेर चाहको जिम्मा लिएका थिए। जहाँ पवित्र बस्तुहरू राखिएका थिए।
20And the Levites: Ahijah was over the treasures of the house of God, and over the treasures of the dedicated things.
21लादान गेर्शेन परिवारका थिए। यहीएली लादान परिवार समूहका मुखियाहरू मध्ये एक थिए।
21The sons of Laadan, the sons of the Gershonites of Laadan, chief fathers of Laadan the Gershonite: Jehieli;
22यहीएलीका छोराहरू जेताम अनि जेतामको भाइ योएल थिए। तिनीहरूले परमप्रभुको मन्दिरका मूल्यवान वस्तुहरूको जिम्मा लिएका थिए।
22the sons of Jehieli: Zetham, and Joel his brother, over the treasures of the house of Jehovah.
23अन्य मुखियाहरू अम्राम, यिसहार, हेब्रोन अनि उज्जीएल कुल समूहका थिए।
23As to the Amramites, the Jizharites, the Hebronites, the Uzzielites....
24शबूएल परमप्रभुको मन्दिरका मूल्यवान बस्तुहरूको जिम्मेवार प्रधान थिए। शूबाएल गेर्शोमका छोरा थिए। गेर्शोम मोशाका छोरा थिए।
24And Shebuel the son of Gershom, the son of Moses, was overseer of the treasures.
25यी शबूएलका आफन्तहरू थिएः एलाजारबाट तिनका आफन्तहरूः रहब्याह-एलीजरका छोरा, यशयिया-रहब्याहका छोरा, योराम-यशयियाका छोरा, जिंक्री-योरामका छोरा अनि शलोमीत-जिक्रीका छोरा।
25And his brethren, of Eliezer: Rehabiah his son, and Isaiah his son, and Joram his son, and Zichri his son, and Shelomith his son.
26यी शलोमीत र तिनका आफन्तहरू दाऊदले संग्रह गरेका बस्तुहरूको जिम्मामावाल थिए। सेनाका अधिकारीहरूले पनि चीज बीजहरू मन्दिरका निम्ति दिए।
26This Shelomith and his brethren were over all the treasures of the dedicated things, which king David, and the chief fathers, the captains over thousands and hundreds, and the captains of the host, had dedicated
27तिनीहरूले युद्धमा लिएका कतिपय वस्तुहरू दिए। तिनीहरूले ती वस्तुहरू परमप्रभुको मन्दिरको संचालनको लागि निर्देशन दिए।
27(from the wars and out of the spoils had they dedicated [them], to maintain the house of Jehovah),
28शलोमीत र तिनका आफन्तहरूले दर्शी शमूएल कीशका छोरा शाऊल, नेरका छोरा अबनेर अनि सरूयाहका छोरा योआबले दिएका पवित्र वस्तुहरूको पनि हेरचाह गरे। शलोमीत अनि तिनका आफन्तहरूले सबै पवित्र वस्तुहरूको हेरचाह गरे जुन मानिसहरूले परमप्रभुलाई दिएका थिए।
28and all that Samuel the seer, and Saul the son of Kish, and Abner the son of Ner, and Joab the son of Zeruiah had dedicated: all that was dedicated was under the hand of Shelomith and of his brethren.
29केनन्याह यिसहारका परिवारका थिए। केनन्याह अनि तिनका छोराहरू मन्दिर बाहिर काम गर्दथे। तिनीहरूले इस्राएलका विभिन्न भागमाहरूमा प्रबन्धक अधिकारी र न्यायकर्त्ताहरूका रूपमा काम गदथे।
29Of the Jizharites, Chenaniah and his sons were over Israel, for the outward business for officers and judges.
30हशब्याह हेब्रोन परिवारका थिए। हशब्याह अनि तिनका आफन्तहरूले परमप्रभुका सबै कार्य गर्दथे अनि इस्राएलको यर्दन नदीको पश्चिम तिर राजाको काम-काजको जिम्मावाला पनि थिए। हशब्याहका समूहमा 1,700 जना योग्य मानिसहरू थिए।
30Of the Hebronites, Hashabiah and his brethren, men of valour, a thousand and seven hundred, for the administration of Israel on this side Jordan westward, for all the business of Jehovah, and for the service of the king.
31हेब्रोन परिवारको वंशावलीले यो देखाउँछ कि यरियाह तिनीहरूका अगुवा थिए। दाऊद राजाको चालीसौं वर्षको शासन कालमा उसले उसको अधिकारीहरूलाई बलवान अनि कुशल मानिसहरूको परिवारिक वंशवाली खोज्ने आज्ञा गरे केही योग्य मानिसहरू हेब्रोनीहरूले बीचमा यारजे र गिलादमा पाए।
31Of the Hebronites was Jerijah the head; (as to the Hebronites, according to their families according to the fathers: in the fortieth year of the reign of David they were sought for, and there were found among them mighty men of valour at Jaazer in Gilead;)
32यरियाहका 2,700 जना आफन्तहरू थिए, जो शक्तिशाली व्यक्तिहरू परिवारहरूका मुखियाहरू थिए। राजा दाऊदले ती 2,700 जना आफन्तहरूलाई रूबेन, गाद अनि मनश्शेका आधा कुल समूहहरूलाई परमप्रभुको कार्य अनि राजाको काम-काजको हेर चाह गर्नमा अगुवाइ गर्ने जिम्मा दिए।
32and his brethren, men of valour, two thousand seven hundred chief fathers, whom king David made rulers over the Reubenites and the Gadites and the half tribe of the Manassites, for every matter pertaining to God, and the affairs of the king.