Nepali

Darby's Translation

2 Corinthians

7

1प्यारा साथीहरू! हामीले परमेश्वरबाट यी प्रतिज्ञाहरू पाएकोछौं। यसकराण हरेक किसिमको अशूद्धताबाट हाम्रा शरीर वा हाम्रा अत्मालाई पवित्र पर्छ। हाम्रो जिउने तरिकामा परिपक्क हुने कोशिश हामीले गर्नुपर्छ, किन कि हामी परमेश्वरलाई आदर गर्छौं।
1Having therefore these promises, beloved, let us purify ourselves from every pollution of flesh and spirit, perfecting holiness in God's fear.
2हाम्रो लागि आफ्नो हृदय खुला राख। हामीले कसैलाई नराम्रो गरेका छैनौं, हामीले कसैको विश्वास नष्ट गरेका छैनौं। हामीले कसैलाई शोषण गरेका छैनौं।
2Receive us: we have injured no one, we have ruined no one, we have made gain of no one.
3मैले यो तिमीहरूलाई दोष्याउनको लागि भनेको होइन। मैले अघि नै भनें हामी तिमीहरूलई यती धेरै माया गर्छौं कि हामी तिमीहरूको जीवन र मृत्युसंगै मिलेका छौं,
3I do not speak for condemnation, for I have already said that ye are in our hearts, to die together, and live together.
4म तिमीहरूसित औधि ढुक्क अनुभव गर्छु। म तिमीहरू प्रति र्गवित छु। तिमीहरू मलाई धेरै उत्साह दिन्छौ र हाम्रा सारा दुखहरूमा पनि म बढो अनिन्दित छु।
4Great [is] my boldness towards you, great my exulting in respect of you; I am filled with encouragement; I overabound in joy under all our affliction.
5जब हामी म्यासिडोनियामा आयौं, हामीलाई विश्राम थिएन। हामीले आफ्नो चारैतिर दुःखै दुःख देख्यौं। बाहिर-बाहिर हाम्रो लडाइँ थियो तर भित्र-भित्र डर।
5For indeed, when we came into Macedonia, our flesh had no rest, but [we were] afflicted in every way; without combats, within fears.
6तर दुःखमा पर्नेहरूलाई परमेश्वरले सुख दिनुहुन्छ। अनि जब तीतस आए, परमेश्वरले हामीलाई सुख दिनुभयो।
6But he who encourages those that are [brought] low, [even] God, encouraged us by the coming of Titus;
7तिनको आगमन अनि तिमीहरूले उनलाई दिएको सुखले हामीहरू सुखी भयौ। तीतसले भने कि तिमीहरू मलाई भेट्न चाहन्छौ। आफूले गरेको कामको लागि तिमीहरूले दुःख मान्यौ भनी उनले मलाई भने। अनि तिमीहरूले मेरो खुब याद गर्छौ भनेर पनि उनले मलाई भने। यो सुनेर म अत्यन्तै खुशी भएँ।
7and not by his coming only, but also through the encouragement with which he was encouraged as to you; relating to us your ardent desire, your mourning, your zeal for me; so that I the more rejoiced.
8मैले लेखेको पत्रले तिमीहरूलाई खिन्न तुल्यायो भने पनि त्यो लेखेकोमा म दुःखित छैनँ। तर, त्यसले शुरूमा तिमीहरूलाई खिन्न बनायो नै, म पनि पहिले त त्यसको लागि दुःखी भएँ। तर त्यसले तिमीहरूलाई थोरै समयको लागि मात्र खिन्न तुल्यायो।
8For if also I grieved you in the letter, I do not regret [it], if even I have regretted it; for I see that that letter, if even [it were] only for a time, grieved you.
9अनि अहिले म र्हषित छु। तिमीहरूलाई खिन्न बनाएर म र्हषित भएको होइन। तर म यसकारणले र्हषित छु कि तिमीहरूको यो यस्तो दुःख हो जुन परमेश्वरले चाहनु हुन्छ। यसर्थ हामीले तिमीहरूलाई कुनै प्रकारले पनि चोट पुर्याईनौं।
9Now I rejoice, not that ye have been grieved, but that ye have been grieved to repentance; for ye have been grieved according to God, that in nothing ye might be injured by us.
10परमेश्वरले चाहनु भए जस्तो पीरले एक व्यक्तिको हृदय र जीवनमा परिवर्त्तन ल्याउँछ। यसले मानिसलाई मुक्ति तर्फ डोरयाउँछ र हामी त्यसको लागि कुनै पीर मान्दैनौं। तर संसारिक शोकले मृत्यु गराउँछ।
10For grief according to God works repentance to salvation, never to be regretted; but the grief of the world works death.
11तिमीले पाएको त्यो पीर चाँहि परमेश्वरले चाहेको पीर नै थियो। अब तिमी बुझ्छौ कि त्यस पीरले तिमीमा के ल्यायो। त्यस पीरले तिमीलाई अझ गम्भीर बनायो अनि आफू भूलमा भएको प्रमाण गराउन प्रेरित गरायो। त्यसले तिमीलाई क्रुद्ध र कातर बनायो। त्यसले तिमीमा मलाई भेट्ने इच्छा जगायो। त्यसले तिमीहरूलाई उत्साहित गरायो र न्याय गर्न पर्ने रहेछ भन्ने इच्छा गरायो। त्यस चीजहरूबाट तिमी यो समस्यामा नरहेको प्रत्यक्ष बनायो।
11For, behold, this same thing, your being grieved according to God, how much diligence it wrought in *you*, but [what] excusing [of yourselves], but [what] indignation, but [what] fear, but [what] ardent desire, but [what] zeal, but [what] vengeance: in every way ye have proved yourselves to be pure in the matter.
12त्यो चिट्ठी मैले लेख्नुको कारण यो होइन कि व्यक्तिले भूल गर्यो तर कारण यो हो कि मानिस भूलमा थियो। वास्तवमा परमेश्वरको अघि तिमीहरू हामीलाई कति धेरै याद गर्छौ सो जान्नु त्यो चिटठी तिमीहरूलाई लेखिएको हो।
12So then, if also I wrote to you, [it was] not for the sake of him that injured, nor for the sake of him that was injured, but for the sake of our diligent zeal for you being manifested to you before God.
13त्यसैकारण हामी सुखी थियौं। हामी खुबै आनन्दित थियौं किनभने तितस धेरै आनन्दित थिए। तिमीहरूले गरेको व्यवहारमा तिनी अत्यन्तै खुशी थिए।
13For this reason we have been encouraged. And we the rather rejoiced in our encouragement more abundantly by reason of the joy of Titus, because his spirit has been refreshed by you all.
14मैले तीतससित तिमीहरूबारे गर्व गरेको थिंए। अनि मैले ठीकै गरें भन्ने तिमीहरूले प्रमाण गरयौ। हामीले तिमीहरूलाई भनेको हरेक कुरो साँचो थियो। अनि तितससित हामीले गरेको गर्व पनि साँचो थियो भन्ने तिमहरूले हामीले गरेको गर्व पनि साँचो थियो भन्ने तिमीहरूले नै साबित गरिदियौ।
14Because if I boasted to him anything about you, I have not been put to shame; but as we have spoken to you all things in truth, so also our boasting to Titus has been [the] truth;
15अनि उनको तिमी प्रति प्रेम अझ ठूलो हुन्छ जब उसले सम्झन्छ कि तिमीहरू सबै आज्ञाकारी थियौ। तिमीहरूले डर र आदरिसित उनलाई स्वागत गर्यौ।
15and his affections are more abundantly towards you, calling to mind the obedience of you all, how with fear and trembling ye received him.
16म खुबै आनन्दित छु किनभने तिमीहरूमाथि म पूरै विश्वास गर्न सक्छु।
16I rejoice that in everything I am confident as to you.