Nepali

Darby's Translation

2 Corinthians

8

1अनि अब दाज्यू-भाइ, दिदी-बहिनीहरू! तिमीहरूलाई अनुग्रह बारे जनाउनु चाहन्छौं जुन परमेश्वरले म्यासिडोनियामा त्यहाँका मण्डलीहरूलाई दिनुभयो।
1But we make known to you, brethren, the grace of God bestowed in the assemblies of Macedonia;
2ती विश्वासीहरूलाई अत्यन्तै कष्ट दिएर परीक्षा लिइन्थ्यो।
2that in a great trial of affliction the abundance of their joy and their deep poverty has abounded to the riches of their [free-hearted] liberality.
3ती साह्रै गरीब मानिसहरू थिए। तथापि ठूलो र्हषसाथ तिनीहरूले मुट्ठी खोलेर दिए। म भन्न सक्छु आफ्नो गच्छेले पुगेसम्म तिनीहरूले दिए। ती विश्वासीहरूले, आफुले दिन सक्ने भन्दा पनि धेरै नै दिए। उनीहरूले उदारतापूर्वक दिए। कसैले तिनीहरूलाई त्यसो गर्न भनेका थिएन।
3For according to [their] power, I bear witness, and beyond [their] power, [they were] willing of their own accord,
4तर तिनीहरूले हामीलाई घरिघरि सोध्थे परमेश्वरका मानिसहरूको यस सेवामा भागीदार बन्न पाऊँ भनेर हामीलाई विन्ती गर्थे।
4begging of us with much entreaty [to give effect to] the grace and fellowship of the service which [was to be rendered] to the saints.
5अनि तिनीहरूले यस प्रकारले दिए कि जुन हामीले आशै गरेका थिएनौं। तिनीहरूले आफ्नो दान दिनु अघि नै आफैं प्रभुमा पहिले समर्पण भए। यो नै परमेश्वर चाहनुहुन्छ।
5And not according as we hoped, but they gave themselves first to the Lord, and to us by God's will.
6यसैले यो विशेष पूनित कार्य सिद्धयाउन हामीले तितसलाई र तिमीहरूलाई सघाइ माग्यौ। तितस नै एकजना हुन् जसले यो काम शुरू गरे।
6So that we begged Titus that, according as he had before begun, so he would also complete as to you this grace also;
7तिमीहरू हरेक कुरामा धनी छौ-विश्वासमा, वचनमा, सहायता गर्ने चाहनामा अनि हामीबाट सिकेको प्रेम गर्नमा। र त्यसैले दान दिने काममा पनि तिमीहरू महान बन भन्ने हामी इच्छा गर्छौ।
7but even as ye abound in every way, in faith, and word, and knowledge, and all diligence, and in love from you to us, that ye may abound in this grace also.
8मैले दिनु भनेर तिमीहरूलाई आज्ञा गरिरहेको छैनँ। तर तिमीहरूको प्रेम सत्य प्रेम नै रहेछ कि भन्ने हेर्न खोज्दैछु। अरू मानिसहरूर मद्दत गर्न इच्छुक छन् भन्ने देखाउन मात्र म यी कुराहरू गर्छु।
8I do not speak as commanding [it], but through the zeal of others, and proving the genuineness of your love.
9हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह त तिमीहरू जान्दछौ। अनि तिमीहरू यो पनि जान्दछौ कि ख्रीष्ट परमेश्वरमा धनी हुनु हुथ्यो, तर तिमीहरूको निम्ति उहाँ गरीब हुनु भयो। आफू गरीब बनेर तिमीहरू धनी हुन सक भनेर नै उनले त्यसो गर्नु भएको हो।
9For ye know the grace of our Lord Jesus Christ, that for your sakes he, being rich, became poor, in order that *ye* by *his* poverty might be enriched.
10अनि त्यस विषयमा मैले मेरो राय दिएँ अनि यो मैले भनें किनभने म विश्वास गर्छु कि यो तिमीहरूको लागि राम्रो हो। पोहोर साल दान दिन इच्छा गर्नेहरूमा तिमीहरू प्रथम थियौ। साँच्चै नै तिमीहरू दान दिनमा प्रथम थियौ। साच्चै नै दान दिन मा प्रथम थियौ।
10And I give [my] opinion in this, for this is profitable for you who began before, not only to do, but also to be willing, a year ago.
11यसर्थ तिमीहरूले शुरू गरेको काम अब पूरा गर। तब मात्र तिमीहरूको “गर्ने इच्छा” अनि तिमीहरूको “कर्म” समतुल्य हुनेछ। तिमीहरूसित जे छ त्यहीबाट दान देऊ।
11But now also complete the doing of it; so that as [there was] the readiness to be willing, so also to complete out of what ye have.
12तिमीहरू दिन चाहन्छौ भने मात्र तिमीहरूको दान थापिन्छ। र तिमीसित भएकोबाट तिम्रो दान जाँचिन्छ, तर तिमीहरूसँग नभएकोबाट होइन।
12For if the readiness be there, [a man is] accepted according to what he may have, not according to what he has not.
13जब अरूहरू सुखी रहाँदा तिमीहरूलाई चाँहि कष्टमा होऊ भन्ने हामी चाहँदैनौं। हामी सबा थोक बराबरी होस् भन्ने चाहन्छौं।
13For [it is] not in order that there may be ease for others, and for you distress,
14यसधरि तिमीहरूसित प्रशस्त छ। तिमीहरूसित भएका यी कूराले अरू मानिसहरूलाई खाँचो परेको कुरो टार्न मद्दत पुग्नेछ। अनि पछि जब उनिहरूसित प्रशस्त हुन्छ उनीहरूले तिमीहरूको खाँचो टारिदिन सक्छन्। तब सबै बराबर हुनेछन्।
14but [on the principle] of equality; in the present time your abundance for their lack, that their abundance may be for your lack, so that there should be equality.
15धर्मशास्त्रमा यस्तै लेखिएको छः “जसले धेरै बटुल्यो उसको धेरै रहेन, जसले थोरै बटुल्यो उसकोमा अलिकति मात्र रहेन।” प्रस्थान 16:18
15According as it is written, He who [gathered] much had no excess, and he who [gathered] little was nothing short.
16म परमेश्वरलाई धन्यवाद चडउँछु किनभने उनले तितसलाई तिमीहरू प्रति त्यही प्रेम दिए जुन मेरो तिमीहरू प्रति छ।
16But thanks [be] to God, who gives the same diligent zeal for you in the heart of Titus.
17हामी उनलाई जे गराउन निवेदन गरेका थियौं, उनले त्यही स्वीकार गरे। उनी तिमीहरूकहाँ जान औधी चाहन्थे। यो उनको आफ्नै विचार थियो।
17For he received indeed the entreaty, but, being full of zeal, he went of his own accord to you;
18तितसको साथमा हामी एक जना भाइलाई पठाउँदैछौं जसको प्रशंसा सबै मण्डलीहरूबाट भएको छ। सुसमाचार प्रचारमा उनको सेवाको कारणले यी भाइ प्रशंसित छन्।
18but we have sent with him the brother whose praise [is] in the glad tidings through all the assemblies;
19हामीले यस्तो दान लिएर हिडदा यी भाइ हामीसित हिंडन मण्डलीहरूबाट छानिएका थिए। प्रभुमा महिमा ल्याउनु, हामी साँच्चै सघाउन चाहन्छौं भन्ने देखाउन हामी यो सेवा गर्दैछौं।
19and not only [so], but [is] also chosen by the assemblies as our fellow-traveller with this grace, ministered by us to the glory of the Lord himself, and [a witness of] our readiness;
20यो घरै धन व्यवहार गर्दा कसैले हामीलाई दोष लाउन मौका नपावोस्। यसर्थ हामी खुबै सर्तक छौं।
20avoiding this, that any one should blame us in this abundance [which is] administered by us;
21हामी ठीक काम गर्ने कोशिश गर्छौ। प्रभुले जस्तो ठीक मान्नु हुन्छ र मानिसहरूले पनि जुन ठीक ठान्छन् हामी त्यही गर्न चाहन्छौं।
21for we provide for things honest, not only before [the] Lord, but also before men.
22अर्को एकजना भाइलाई पठाउँदैछौं जो मद्दत गर्न भने पछि सधैं अघि सर्छन्। उनको सहायता गर्ने इच्छा अनेकौ पल्ट प्रमाणित गरिसकेका छन्। अनि अहिले पनि उनी अझै धेरै सहयाता गर्न चाहन्छन्, किनभने तिमीहरूमाथि उनको त्यस्तो विश्वास छ।
22And we have sent with them our brother whom we have often proved to be of diligent zeal in many things, and now more diligently zealous through the great confidence [he has] as to you.
23अब तितसको बारेमा-उनी मेरा सहकर्मी हुन्। तिमीहरूलाई सहायता गर्न उनी मसँगै काम गर्दैछन्। अनि अरू भाइहरूको बारेमा तिनीहरू मण्डलीहरूबाट पठाइएका हुन् र तिनीहरूले पनि ख्रीष्टमा महिमा ल्याउँछन्।
23Whether as regards Titus, [he is] my companion and fellow-labourer in your behalf; or our brethren, [they are] deputed messengers of assemblies, Christ's glory.
24त्यसकारण यी मानिसहरू प्रति तिमीहरूले आफ्नो प्रेम देखाऊ। हामी तिमीहरू प्रति किन र्गवित छौं। त्यो तिनीहरूलाई देखाऊ ताकि जम्मै मण्डलीहरूले त्यो देख्नेछन्।
24Shew therefore to them, before the assemblies, the proof of your love, and of our boasting about you.