1त्यहाँ बिक्रीका छोरा शेबा नाउँ गरेको दुष्ट प्रवृतिका बिन्यामीन कुल समूहका एकजना मानिस थिए। शेबाले तुरही फुकेर मानिसहरू भेला गर्ने भए। तब उसले भने, “हामीसित दाऊदको भाग छैन यिशैको छोरामा हाम्रो कुनै अंश छैन इस्राएल, हामी सबै घर जाऔं आफ्नो पालमा।”
1And there happened to be there a man of Belial, whose name was Sheba, the son of Bichri, a Benjaminite; and he blew a trumpet, and said, We have no portion in David, neither have we inheritance in the son of Jesse: every man to his tents, Israel.
2यसैले सबै इस्राएलीहरू दाऊदलाई छोडेर बिक्रीका छोरा शेबाकापछि लागे। तर यहूदाका सबै मानिसहरू यर्दन नदी देखि यरूशलेमसम्मै बाटोमा राजाका साथ बसे।
2Then all the men of Israel went up from after David, following Sheba the son of Bichri. But the men of Judah clave to their king, from the Jordan even to Jerusalem.
3दाऊद उनको महल यरूशलेम फर्किएर आए। दाऊदले आफ्ना 10 जना “उप-पत्नीहरूलाई महलको हेरचार गर्नका निम्ति छोडेका थिए। तब दाऊदले ती उप-पत्नीहरूलाई विशेष महलमा राखेका थिए। यो घरको सुरक्षा गरिरहन द्वारपालेहरू त्यहाँ थिए। ती स्त्रीहरू नमरिञ्जेलसम्म त्यहीं बसे। दाऊदले तिनीहरूका निम्ति भोजनको बन्दोबस्त गरिदिएका थिए, तर शारीरिक सम्बन्ध भने गरेन्न। तिनीहरूले विधुवाको जस्तै जीवन बिताए।
3And David came to his house at Jerusalem; and the king took the ten women, concubines, whom he had left to keep the house, and put them in a house of confinement and maintained them, but did not go in to them. So they were shut up unto the day of their death, living in widowhood.
4राजाले आमासालाई भने, “यहूदाका मानिसहरूलाई तीन दिन भित्र मलाई भेट्नु भन्नु। अनि त्यहाँ तिमी पनि हुने छौ।”
4And the king said to Amasa, Call me the men of Judah together within three days, and do thou attend here.
5आमासाले यहूदाका मानिसहरू भेला गर्न गए। तर राजाले दिएको समयभन्दा ज्यादा लगाए।
5So Amasa went to call together [the men of] Judah; but he delayed longer than the set time which he had appointed him.
6दाऊदले अबीशैलाई भने, “बिक्रीको छोरा शेबा हाम्रो निम्ति अब्शालोम भन्दा डरलाग्दो हो। मेरा अधिकारीहरूसित शेबालाई पछ्याऊ। शहरको पर्खालमा पस्नु भन्दा अघि उसलाई समात। यदि शेबाले सुरक्षित शहरमा प्रवेश गर्यो भने हामीले त्यसलाई भेट्न सक्दैनौ।”
6And David said to Abishai, Now shall Sheba the son of Bichri do us more harm than did Absalom. Take thou thy lord's servants, and pursue after him, lest he get him fortified cities and escape our sight.
7यसैकारण योआब अनि अबीशै बिक्रीको छोरा शेवाको पिछा गर्न यरूशलेम छोडे। योआबले आफ्ना साथमा करेती, पलेती र अरू सिपाहीहरू लगे।
7And there went out after him Joab's men, and the Cherethites, and the Pelethites, and all the mighty men; and they went out of Jerusalem, to pursue after Sheba the son of Bichri.
8जब गिबोनका ठूला चट्टानमा योआब र तिनका सिपाहीहरू आए, अमासा तिनीहरूलाई भेटून आए। योआबले आफ्नो पोषाक लगाएका थिए। योआबले पेटी कसेका थिए अनि म्यानमा तरवार भिरेका थिए। जस्तो योआब अमासालाई भेटून गए त्यस्तै योआबको म्यानबाट तरवार खस्यो। योआबले तरवार टिपेर हातमा लिए।
8When they were at the great stone which is in Gibeon, Amasa came before them. And Joab was girded with his coat, his dress, and upon it was the girdle of the sword which was fastened on his loins in its sheath; and as he went forth it fell out.
9योआबले अमासालाई सोधे, “भाइ, जाती नै छौ?” तब योआबले दाहिने हातले अमासाको दाह्री समातेर म्वाई खान खोजे।
9And Joab said to Amasa, Art thou well, my brother? And Joab took Amasa by the beard with the right hand to kiss him.
10अमासाले योआबको देब्रे हातमा भएको तरवार ख्यालै गरेनन्। त्यही मौकामा योआबले तरवारद्वारा अमासाको भुँडी रोपिदिन्छ। अमासाको आन्द्रा भुँडी भुँइभरि हुन्छ। योआबले अर्कोचोटि रोप्न परेन ऊ मरिसकेको थियो। तब योआब र तिनका भाइ अबीशैले बिक्रीको छोरा शेबाको लगातार खोजी गर्छन्।
10And Amasa had taken no notice of the sword that was in Joab's hand: so he smote him with it in the belly and shed out his bowels to the ground, and struck him not again; and he died. And Joab and Abishai his brother pursued after Sheba the son of Bichri.
11योआबका एकजना जवान सिपाही अमासाको लाशको छेउमा उभिएका थिए। त्यस जवान सिपाहीले भने, “ज-जसले योआब र दाऊदलाई समर्थन गर्दछौ, तिमीहरू योआबलाई पछ्याऊ।”
11And one of Joab's young men stood by [Amasa] and said, He that favours Joab, and he that is for David, let him follow Joab.
12अमासाको शरीर बाटोको बीचमा रगतमा मुछिएर लडिरहेको थियो। त्यस जवान सिपाहीलाई लाग्यो कि अमासाको लाश हेर्न सबै त्यहाँ रोकिए। यसैले उसले लाशलाई बाटोबाट खेततिर पल्टाइदियो। तब उसले यस लाशलाई लुगाले ढाकि दियो।
12Now Amasa wallowed in blood in the midst of the highway. And when the man saw that all the people stood still, he removed Amasa out of the highway into the field, and cast a cloth upon him, when he saw that every one that came by stood still.
13बाटोबाट अमासाको लाश हटाएपछि मानिसहरू योआबको पछि-पछि लागे। योआबलाई भेटेपछि बिक्रीको छोरा शेबाको खोजीमा लागे।
13When he was removed out of the highway, all the people went on after Joab, to pursue after Sheba the son of Bichri,
14बिक्रीको छोरा शेबा सबै इस्राएल कुल समूहबाट हुँदै आबेल-बेत-माका तिर लागे। सबै मानिसहरू जम्मा भए अनि शेबाको अनुशरण गरे।
14who went through all the tribes of Israel to Abel, and to Beth-Maacah, and all the Berim; and they gathered together, and went also after him.
15योआब र तिनका मानिसहरू आबेल बेत-माका आए। योआबका सेनाले शहरलाई घेरे। तिनीहरूले पर्खालको छेउमा माटो थुपारे, जसद्वारा पर्खाललाई नाग्न सकियोस्। योआबका मानिसहरूले पर्खालका ढुङ्गाहरू फुटाउन थाले, जसले पर्खाललाई लडाउँन सकियोस्।
15And they came and besieged him in Abel-Beth-Maacah, and they cast up a bank against the city, and it was raised in the trench; and all the people that were with Joab sapped the wall, to throw it down.
16तर त्यस शहरमा एउटी ज्ञानी स्त्री थिई। तिनले याओबलाई शहरभित्रबाट कराइन्। तिनले भनिन्, “मेरो कुरा सुन्नुहोस्, योआबलाई यहाँ आउनु भन। म ऊसित कुरा गर्न चाहान्छु।”
16And a wise woman cried out of the city, Hear, hear: say, I pray you, unto Joab, Come near hither, that I may speak with thee.
17त्यस महिलासँग कुरा गर्न योआब गए। त्यस महिलाले योआबलाई भनिन्, “तपाईं नै योआब हुनुहुन्छ?” योआबले जवाफ दिए, “ज्यू, म नै हुँ।” तब त्यस महिलाले भनिन, “मेरो कुरा सुन्नुहोस्।” योआबले भने, “म सुन्दैछु।”
17And he came near to her; and the woman said, Art thou Joab? And he said, I [am he]. And she said to him, Listen to the words of thy handmaid. And he said, I am listening.
18तब त्यस महिलाले भनिन्, “पहिले पहिले मानिसहरू भन्ने गर्थे, ‘आबेल-बेतमा सहायता माग जे जस्तो समस्या पनि हल हुन्छ।’
18And she spoke saying, They were wont to speak in old time saying, Just inquire in Abel; and so they ended.
19म यस शहरका शान्तिप्रिय र राजभक्त मानिसहरूमध्ये एकजना हुँ। इस्राएलको एउटा महत्वपूर्ण शहर नष्ट गर्ने चेष्टामा छौ। किन तपाईं परमप्रभुको सम्पत्ति नष्ट गर्न चाहानु हुन्छ?”
19I am peaceable [and] faithful in Israel: thou seekest to destroy a city and a mother in Israel. Why wilt thou swallow up the inheritance of Jehovah?
20योआबले जवाफ दिए, “होइन, मैले केही नष्ट गर्न चाहिरहेको छैन। मैले तिम्रो शहरलाई पनि नष्ट गर्दिन।
20And Joab answered and said, Far be it, far be it from me, that I should swallow up or destroy.
21तर एप्रैमको एकजना मानिस तिम्रो यस शहरमा छ। उसको नाउँ शेबा हो, ऊ बिक्रीको छोरा हो। त्यसले राजा दाऊदको विरूद्धमा जाने चेष्टा गर्यो। त्यसलाई मेरो जिम्मा लगाइदेऊ, म शहर छोडिहाल्छु।” त्यस महिलाले योआबलाई भनिन्, “ठीक छ। त्यसको टाउको पर्खालबाट तपाईंलाई दिइने छ।”
21The matter is not so; but a man of mount Ephraim, Sheba the son of Bichri by name, has lifted up his hand against the king, against David: give up him only, and I will depart from the city. And the woman said to Joab, Behold, his head shall be thrown to thee over the wall.
22तब त्यस महिलाले बुद्धिमानी तवरले शहरका सबै मानिसहरूलाई भनिन्। मानिसहरूले बिक्रीको छोरा शेबाको टाउको छिनाए। त्यसपछि पर्खालबाट शेबाको टाउको योआबको निम्ति हुत्याइदिए। त्यसपछि योआबले तुरही फुके अनि सेनाहरूले शहर छोडे। सिपाहीहरू घर गए, अनि योआब यरूशलेममा राजाकहाँ गए।
22Then the woman went to all the people in her wisdom. And they cut off the head of Sheba the son of Bichri, and cast it to Joab. And he blew a trumpet, and they dispersed from the city, every man to his tent. And Joab returned to Jerusalem to the king.
23योआब इस्राएली सेनाका कप्तान थिए। यहोयादाका छोरा बनायाहाले करेती र पलेतीहरूका सेनापति थिए।
23And Joab was over all the host of Israel; and Benaiah the son of Jehoiada was over the Cherethites and over the Pelethites;
24अदोनिराम ती कठिन काम गर्न बाध्य गरिएका मानिसहरूका नाईके थिए। अहीलूदका छोरा यहोशापात इतिहासकार थिए। 25शेबा सचिव थिए। सादोक र एबीयातार दुवै पूजाहारी थिए। 26अनि याइरी ईराचाहि दाऊदका मुख्य सल्लाहाकार थिए।
24and Adoram was over the levy; and Jehoshaphat the son of Ahilud was recorder;
25[This verse may not be a part of this translation]
25and Sheva was scribe; and Zadok and Abiathar were priests;
26[This verse may not be a part of this translation]
26and Ira also, the Jairite, was David's chief ruler.